Tag: सेयर बजार

  • नेप्सेले तीन हजार विन्दु पार गर्‍यो, एक घण्टामा ५४.९९ अंक बढ्यो

    नेप्सेले तीन हजार विन्दु पार गर्‍यो, एक घण्टामा ५४.९९ अंक बढ्यो

    काठमाडौं । नेप्से परिसूचकले ३ हजार विन्दु पार गरेको छ । १ घण्टाको व्यापारमा ५४.९९ अंकले बढ्दै ३०३८.१० विन्दुमा कारोबार भइरहेको छ ।

    अहिलेसम्मको ४ अर्ब ४८ करोड रूपैयाँको कारोबार भइसकेको छ । यो अवधिसम्म नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । अहिले खानीखोला र घालेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

  • नेप्सेले हटायो ‘एओएन’ व्यवस्था, आवश्यकता अनुसारको सेयर खरिदबिक्री गर्न पाइने

    नेप्सेले हटायो ‘एओएन’ व्यवस्था, आवश्यकता अनुसारको सेयर खरिदबिक्री गर्न पाइने

    काठमाडौं । दोस्रो बजारको कारोबार गर्ने अनलाइन प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा रहेको एओएन (अल अर नन) को व्यवस्था हटाइएको छ ।

    ठुला लगानीकर्ताहरूले ‘एओएन ‘ प्रयोग गर्दै कृतिम चाप सृजना गरी सेयरको मूल्य बढाउने चलखेल हुने गरेपछि नेपाल धितोपत्र बोर्डले बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो ।

    लगानीकर्ताले कृतिम बिक्रीको चाप देखाई मूल्य बढाएर साना तथा नयाँ लगानीकर्तालाई ठग्ने काम भइरहेको भन्दै धितो पत्र बोर्डमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा धितो पत्र बोर्डले उक्त सुविधा हटाउन भनेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

    एओएनको दुरुपयोग गरी कृतिम अर्डर हालेर मूल्य बढाएको भन्दै केही लगानीकर्ताले गुनासो गरेपछी बोर्डले बिक्रीतर्फ उक्त अप्सन सुविधा हटाउनका लागि नेप्सेलाई निर्देशन आएको उनले जानकारी दिए ।

    ‘बाइङ गर्दा कृतिम अर्डर हालेर सेयर मूल्य बढाएको भन्दै धितोपत्र बोर्डमा गुनासो परेको र बिक्रीतर्फ अर्डर हाल्दा एओएन हटाउन बोर्डबाट निर्देशन आएकाले हामीले हटाएका छौं’, उनले भने ।

    ‘अल अर नन’ अप्सनले बिक्रीमा राखिएको सबै सेयर खरिद गर वा कुनै पनि खरिद नगर भन्ने बुझाउँछ । कुनै लगानीकर्ताले एओएन गरी १५० कित्ता सेयर बिक्रीका आदेश दिएमा खरिद गर्न चाहने लगानीकर्ताले सबै सेयर खरिद गर्नुपर्ने बाध्यता थियो ।

    धितोपत्र बोर्डको निर्देशननुसार अब त्यस्तो बाध्यता हटेको छ । बिक्री गर्दा एओएन प्रयोग गर्न नपाइने भएपछि लगानीकर्ताले आफ्नो आवश्यकतानुसारको सेयर अर्डर म्याच गरी खरिदबिक्री गर्न पाउनेछन् ।

  • साढे १९ अर्बको कारोबार गर्दै नेप्सेले बनायो रेकर्ड

    साढे १९ अर्बको कारोबार गर्दै नेप्सेले बनायो रेकर्ड

    काठमाडौं । नेप्से परिसूचक आज ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको छ । कारोबार रकममा पनि रेकर्ड कायम गरेको छ ।

    आज १९ अर्ब ५५ करोड १ लाख बराबरको कारोबार भयो । यो अहिलेसम्मकै उच्च हो । यसभन्दा अघि गत आइतबार १७ अर्ब २७ करोड १७ लाख कारोबार भएको थियो ।

    आज सबैभन्दा बढी कमाउने कम्पनीहरूमा श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक रहने । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य ८.२४ प्रतिशतले बढेको छ । यसैगरी व्यापार समूहका लगानीकर्ताले भने सबैभन्दा धेरै १.०६ प्रतिशतले गुमाउन पुगेका छन् ।

  • नेप्से झिनो अंकले घट्यो

    नेप्से झिनो अंकले घट्यो

    काठमाडौं । आज नेप्से परिसूचक १.८० अंकले घट्दै २९४४.७८ विन्दुमा रोकिएको छ । ३ करोड ६ लाख ६६ हजार ४४ सेयर कित्ताको किनबेचमा आज १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रूपैयाँको कारोबार भयो ।

    आज हाइड्रोपावर कम्पनीका सेयरधनीले २.९९ प्रतिशतले कमाएका छन् । सबैभन्दा बढी हाइड्रो इलेक्ट्रिक इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८३ करोडको कारोबार भयो ।

    नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार ४५ करोड बराबरको भयो । आज पाँचथर पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

  • नेप्सेमा नयाँ रेकर्डको निरन्तरता, ३ हजारनजिक पुग्यो परिसूचक

    नेप्सेमा नयाँ रेकर्डको निरन्तरता, ३ हजारनजिक पुग्यो परिसूचक

    काठमाडौं । नेप्से परिसूचक ५३.४४ अंकले बढ्दै २९६०.१४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । गत आइतबार नेप्से परिसूचक २९०६.८९ विन्दुमा पुगेको थियो ।

    आज फाइनान्स र विकास बैंकको सेयरमूल्यमा उछाल आउँदा नेप्से परिसूचक उच्च विन्दुमा पुगेको हो । विकास बैंक समूहको सेयर मूल्य ९ .०४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ८.७१ प्रतिशतले बढ्यो ।

    आज ३ करोड ५७ लाख ७० हजार ३७४ कित्ताको किनबेचमा १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रूपैयाँको कारोबार भयो । मुक्तिनाथ विकास बैंकलगायत ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेको छ । २९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्दै सर्किट लेभलमा पुगेका छन् ।

    सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६ करोडको कारोबार भयो । आज सबैभन्दा बढी गुमाउने कम्पनीमा माइक्रोफाइनान्स, लगानी र होटल तथा टुरिजम समूह छन् ।

  • झिनो अंकले घट्यो नेप्से, १५ अर्बमाथि कारोबार

    झिनो अंकले घट्यो नेप्से, १५ अर्बमाथि कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज ०.२१ अंकले घटेर आज २९०६.७० विन्दुमा रोकिएको छ ।

    ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घट्न पुग्यो । आज ३ करोड ५४ लाख १४ हजार ६४५ कित्ताको किनबेचमा १५ अर्ब ७८ करोड ४८ लाख १९ हजार ९३० रूपैयाँ कारोबार भयो । यो रकम हिजोभन्दा २ अर्ब कम हो ।

    आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७१ करोडको कारोबार भयो । यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोडको कारोबार भयो ।

    आइसीएफसी फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लाग्यो । यसैगरी अन्य १४ कम्पनीको सेयर कारोबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज बैंकिङ, व्यापार, होटल, उत्पादन, लघुवित्त र लगानी समूहको उपसूचक रातो भएका छन् । फाइनान्स समूहको उपसूचक ८.२७ प्रतिशतले बढेको छ ।

  • निषेधाज्ञाकै बीच सेयर बजारमा लगातार उछाल, के भन्छन् सरोकारवाला ?

    निषेधाज्ञाकै बीच सेयर बजारमा लगातार उछाल, के भन्छन् सरोकारवाला ?

    काठमाडौं । निषेधाज्ञाकै बीचमा पनि पछिल्लो समय नेपालको पूँजी बजार ‘बुम’ भइरहेको छ । अन्य व्यापार-व्यवसाय ठप्प भएको वेलामा पूँजीबजार भने दैनिक नयाँ-नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ ।

    शेयर बजारमा अहिले नयाँ अनुहारहरु धेरै देखिएका छन् । नयाँ र पुराना लगानीकर्ताको भिडसँगै कारोवार रकम उच्च दरले बढिरहेको छ भने नेप्से पनि उकालो यात्रामा छ । डेढ वर्ष अघिसम्म नेप्सेमा ५/६ अर्ब कारोबार रकम पुग्न पनि हम्मे हम्मे पर्थ्यो । तर, अहिले १७ अर्ब नाघेको अवस्था छ । नेप्से पनि १५ सय बिन्दूबाट २८ सय विन्दुमा पुगेको छ ।

    अहिलेको सेयर बजारमा अवसरसँगै जोखिम पनि उत्तिकै रहेको शेयर विश्लेषकहरु बताउँछन् । लगानीकर्ताहरु पनि बजार आगामी दिनमा कुन दिशामा जाला भनेर अन्योलमा नै छन् ।

    अहिले शेयर बजारको अहिलेको अवस्था कस्तो छ र नयाँ लगानीकर्ता कसरी सुरक्षित हुन सक्छन् भनेर हामीले केही शेयर बजार विश्लेषक तथा नियामक निकायका पदाधिकारीलाई सोधेका छौं:

    सिस्टम नबसाउन्जेल जोखिम नै छ
    प्रकाश तिवारी
    शेयर बाजार विश्लेषक

    अहिले बजार र कारोबार रकम दैनिक बढ्दै जानुमा पहिलो त अनलाइन कारोबार भएर हो । हिजोको जस्तो ब्रोकर कम्पनीमा भएका एक-दुई जना कर्माचारीबाट शेयर किनबेच गर्दा धेरै नै झण्झट वेहुर्नु पर्थ्यो । तर, अहिले त्यस्तो छैन । लाखौ लगानीकर्ताले घरमा बसेर शेयर कारोबार गर्न सक्छन् ।

    अहिले नेप्सेलाई धेरै कुराले साथ दिएको छ । एकातिर अनलाइन कारोबार शुरु भयो अर्कोतिर लकडाउन भएका मानिस कोरोनाका कारण घरमा थुनिन बाध्य भए । त्यसै समयमा अन्यन्त्र लगानीको अवसर खुम्चिन पुग्यो ।

    अहिले सामान्य विद्यार्थीदेखि विभिन्न पेशा-व्यापार गर्ने मानिस शेयर बजारमा छन् । शेयर बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन थाले । तर, बजार हो, सँधै बढिरहने र सँधै घटिरहने हुँदैन । अब पनि शेयर बजार कता जान्छ भन्न सकिने अवस्था छैन । किनकी लकडाउन खुल्नासाथ शेयरबजारमा भएका लगानीकर्ता विभिन्न क्षेत्रका भएकाले उनीहरु आफ्नो क्षेत्रमा फर्कन सक्छन् ।

    साथै असार मसान्तमा सबै बैंक तथा वित्तीय क्षेत्रको रिपोर्ट आउँछ त्यसले पनि बजार बढ्न र घट्नमा भूमिका निर्वाह गर्छ । देशको राजनीतिक अवस्थाले पनि प्रभाव पर्छ । संसद् पुनर्स्थापना हुन्छ कि चुनाव हुन्छ भन्ने अहिले टुंगो छैन । अदालतको फैसलाले पनि शेयर बजारलाई थोरबहुत प्रभाव पार्न सक्छ । त्यसैले लकडाउन खुल्नासाथ शेयर बजार यसरी नै अघि बढ्छ कि वा केही करेक्शन हुन्छ त्यो अहिले भन्न सक्ने अवस्था रहँदैन ।

    नेपालको पूँजी बजारलाई नियामक निकायले केही गरेको हस्तक्षेप अवस्था छैन् । नेप्से हेर्ने नियामक निकाय धेरै नै कमजोर देखिन्छ । नेप्सेलाई पारदर्शी तथा चुस्त-दुरुस्त बनाउनका लागि ऐन-कानून छन्, तर कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेको छ । हिजो २० वर्ष अघि पनि टाठा÷बाठा लगानीकर्ताले जसरी गैह्रकानूनी ढंगले शेयरबजारबाट कमाउन सक्थे, आज पनि त्यसरी नै कमाइरहेका छन् । साथै, अहिले नयाँ लगानीकर्ताको संरक्षणका लागि नियामक निकायबाट कामै हुन सकेको छैन ।

    त्यसैले अहिले नयाँ लगानीकर्ता बजार ‘बुम’ भएको अवस्थामा प्रवेश गर्दा धेरै जोखिम हुने गर्छ । शेयर बजारमा नकारात्मक क्रियकलाप गरेर आफूले अकुत कमाउने र सोझासाझा लगानीकर्तालाई फँसाउनेलाई कडाइका साथ नियामक निकायले कारवाही गर्नु पर्ने हो । तर, त्यसो हुन सकेको छैन ।

    नेप्सेमा आउने समस्या सामधान गर्नुपर्‍यो
    राधा पोख्रेल
    अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ

    हिजोसम्म नेपालको शेयर बजारमा १० अर्बको कारोबार होला त ? भन्ने अवस्थामा अहिले कारोबार रकम २० अर्बको नजिक पुगेको अवस्था छ । यसले पनि नेपालको पूँजीबजार दिनानुदिन ठूलो भोल्यूममा कारोबार गर्दैछ भन्ने देखाउँछ ।

    शेयर बजारको प्रकृति नै बढ्ने र घट्ने भइरहन्छ । तर, हिजो सानो बजारमा जस्तो समस्या र झण्झट थियो आज बजारको दायरा बढ्दा पनि त्यो समस्या सामधान हुन सकेको छैन । भलै हिजो ब्रोकरकोमा गएर घण्टौ लाइन बसेर आइपिओ भर्नुपर्थ्यो भने आज भर्नु पर्दैन । शेयर कारोबार पनि घरबाट नै गर्न सकिन्छ ।

    तर, हेर्नुस इडियस गर्न अहिले पनि राति १२ बजे उठ्नु पर्ने वाध्यता छ । अर्कोतिर टिएमएस नचलेर ब्रोकरकोमा नै गएर पैसा बुझाउनु पर्ने बाध्यता छ । बजारमा हुने अन्य चलखेलका कुरै छाडौं । यस्तो वेलामा हाम्रो देशको नियामक निकाय धितोपत्र बोर्ड भने ढुंगेयुगमा जसरी अत्यन्त सुस्त गतिमा काम गरिरहेको छ । जसरी कारोबार रकम र लगानीकर्ता बढेका छन् त्यसैगरी प्रविधिको पनि विकास गर्नु पर्ने होइन ?

    अलि बढी कारोबार होस् त, टिएमएस त चल्नै पो छाड्छ । अर्कोतिर अहिले पनि बजारमा चलखेल गरेर केही टाठा/बाठा लगानीकर्ता तथा कम्पनीले नै साना लगानीकर्तालाई आफ्नो पासोमा पारिरहेको अवस्था छ । तर, नियामक निकाय मौन बसेको छ । हिजो सानो रुपमा कारोबार हुँदा पनि ब्रोकर संख्या एउटै थियो, आज कारोबार बढेर डबल\ट्रिपल भएको अवस्थामा पनि ब्रोकरको संख्या उही छ । ब्रोकर संख्या बढाउन वा बैंकलाई ब्रोकरको लाइसेन्स अझै दिन सकिएको छैन । यस्तो परस्थितिमा नियामक निकायले बजार कसरी बढ्यो भनेर अंकुश लाउनमात्र खोजेर हुँदैन । राम्रोसँग नियमन भूमिका निर्वाह गर्नु पर्ने हुन्छ ।

    अहिले बजार बुलिस ट्रेन्डमा भएकाले साना लगानीकर्ताले अत्यन्त चनाखो भएर मात्र लगानी गनुृपर्ने हुन्छ । सामाजिक सञ्जालका भरमा लगानी गर्ने, कुनै कम्पनीको शेयर मूल्यले सकारात्मक सर्किट हान्यो भन्दैमा लहैलहैमा कम्पनीको विश्लेषण नै नगरी लगानी गर्नु हुँदैन । यसो गरेको खण्डमा डुब्ने पक्का छ ।

    नेपाली दाजुभाई जुवातास छोडेर शेयर बजारमा आएका छन्
    चन्द्र सिंह साउद
    निर्देशक नेप्से

    अहिले विश्वभर रहेका नेपालीले जहाँबाट पनि कारोबार गर्न सक्छन् । उद्योग-व्यापार सबै बन्द भएको अवस्था छ । अन्यन्त्र कारोबार भइरहने रकम अहिले पूँजी बजारमा आएको पनि छ । साथै बैंक तथा वित्तीय संस्थाबाट सस्तो व्याजदरमा ऋण पाइरहेको अवस्था पनि छ । यसले पनि बजार बढ्नलाई सहयोग पुर्‍याएको छ ।

    पछिल्लो समय बैंकको तुलनामा पूँजीबजारको प्रतिफल राम्रो भएर पनि मानिस यसमा आकर्षित भएका हुन् ।

    पछिल्ला दिनमा जसरी मानिसले आइपीओमा लगानी गरे, त्यसले पनि बजारबाट राम्रो प्रतिफल पाइँदो रहेछ भन्ने भयो ।

    पहिला शेयर बजारमा प्रवेश गर्नका लागि सहरका ब्रोकर कम्पनीमा मात्र निर्भर थियो । तर, अहिले अनलाइनबाट गाउँ, सहर, देश, विदेश सबै ठाउँबाट कारोबार गर्न सकिन्छ । यसले पनि शेयर कारोबारको दायरा बढाएको छ ।

    यस्तै, अहिले नेपाली दाजुभाई जुवा, तास, जाँड, रक्सी छोडेर शेयर बजारमा प्रवेश गरेका छन्, यसले पनि शेयर बजारलाई बुम गर्नमा सहयोग पुर्‍याएको छ ।

    यसले त बजार मात्र बुम होइन, देशलाई नै समुन्नत बनाउनेतर्फ डोर्‍याउँछ । पूँजी बजारको विगत पनि राम्रो थियो, वर्तमान पनि राम्रो छ र, भविष्य पनि राम्रो छ ।

    नियामक निकायले पनि समयसापेक्ष राम्रै काम गर्दै आएको छ । अझै आफूले करेक्सन गर्नु पर्ने ठाउँमा करेक्सन गर्दै जानु पर्छ ।

    धितोपत्र बोर्डले गर्नुपर्ने काम गरिरहेको छ
    भिष्मराज ढुंगना
    अध्यक्ष, धितोपत्र बोर्ड 

    नेप्सेको नियमक निकाय धितोपत्र बोर्डले काम नगरेको भन्ने होइन । धितोपत्र बोर्डले गर्नु पर्ने काम गरिरहेको छ । यसको उदाहरण त हिजो लगानीको अवस्था कस्तो थियो र अहिले कस्तो छ, त्यो हेरे पनि हुन्छ ।

    हामीले प्रविधि भित्र्याउनेदेखि आफूले अनुसन्धान गर्ने कार्य पनि गरिरहेका छौं । अहिले पनि धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गर्ने लगायतका नेप्सेमा देखिएका विकृतिहरुलाई कसरी कारबाही गर्ने भनेर अनुसन्धान गरिरहेका छौं ।

    हामीले कसैले भनेको भरमा कारवाही गरिहाल्न मिल्दैन । अरुले भनेकै भरमा त्यसलाई ठोकिहालुम भनेर हुँदैन । यसका लागि धेरै नै अनुसन्धान गर्नु पर्ने हुन्छ । साथै हाम्रो कानूनले पनि धितोपत्र बोर्डलाई धेरै अधिकार दिएको रहेनछ । जस्तो राष्ट्र बैंकले वित्तीय संस्थाले नकारात्मक काम गरेको पाएमा कारवाही गर्छ तर, धितोपत्र बोर्डले त्यसरी कारवाही गर्न पनि सक्दैन ।

    यसमा हामीले के भेनका छौं भने इन्साइडर ट्रेडिङ गर्ने तथा अन्य क्रियाकलाप गरेर बजारलाई प्रभावित तुल्याउने मानिस छन् भने तिनीहरुलाई समात्न नसकिने होइन् । तर, त्यसका लागि सरकारले तदारुकता देखाएर ती व्यक्तिहरुको फोन ट्रेसिङ गर्ने, इन्टरनेटको माध्यमबाट गरेको रहेछ भने त्यो पत्ता लगाउने आदि कामका गर्न अनुमति दिन आवश्यक छ । यससम्बन्धमा हामीले अव कसरी अघि बढ्ने भनेर अध्ययन गरिरहेका छौं । कानून दह्रो नबनुन्जेलसम्म धितोपत्र बोर्डले केही गर्न सक्दैन ।

    अहिले बजार बुम भइरहेको अवस्था छ यस्तो वेलामा साना लगानीकर्ता अत्यन्त सचेत हुन आवश्यक छ । कुनै पनि कम्पनीको शेयर किन्दा आफ्नो औकातले भ्याउने मात्र किन्नुस । अन्धाधुन्ध प्रतिफल पाइहालिन्छ भन्ने हल्लाका भरमा ऋण काढेर लगानी नगर्नुस । यदि नयाँ लगानीकर्ता हुनुहुन्छ भने कम्पनीको बारेमा सम्पूर्ण जानकारी दिएर मात्र लगानी गर्नुस । यसो गरेको खण्डमा शेयरमा डुब्नबाट बच्न सकिन्छ ।

  • नेप्सेमा ४५ अंकको गिरावट

    नेप्सेमा ४५ अंकको गिरावट

    काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा ४५.२५ अंकले घट्दै २७८२.६८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेचबाट १३ खर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.५८ अंकले घट्दै ५००.४७ अंकको विन्दुमा पुगेर आजको कारोबार बन्द भएको हो ।

    समूहगत परिसूचकतर्फ सामूहिक लगानी कोष समूहका कम्पनीको सूचांकमा भएको सामान्य ०.०४ अंकको वृद्धिले सबै समूहगत कारोबारहरू घटेका छन् ।

    सबैभन्दा धेरै निर्जीवन बीमा समूहका कम्पनीको सूचांक ३८०.८८ अंकले घटेको छ । यसैगरी जीवन बीमा समूहको ३५६.९, जलविद्यूत समूहको १२९.९३ , व्यापार समूहको १६८.०९, उत्पादनमुलक समूहको १०३.२१, विकास बैंक समूहको ५६.९७, अन्य समूहको ५३.५३, बैंकिङ समूहको १९.०२, वित्त समूहको १२.८१ र लघुवित्त समूह ९.९९ अंकले घटेको छ ।

    बोनस सेयर घोषणा गरेको राधी विद्य्युत कम्पनी ९१ करोडसहित सबैभन्दा धेरै कारोबार गर्ने र ९.९८ प्रतिशतको वृद्धिसहित सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ । त्यस्तै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाएका छन् । बरुण हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.५७ प्रतिशतले गुमाएका छन् ।

  • सेयर बजारमा ३ कीर्तिमान, १३ अर्बमाथिको कारोबार

    सेयर बजारमा ३ कीर्तिमान, १३ अर्बमाथिको कारोबार

    काठमाडौं । सेयर बजारले ३ कीर्तिमान राखेको छ । आज कारोबार रकम, नेप्से परिसूचक र कारोबार संख्यामा कीर्तिमान कायम भएको हो ।

    नेप्से परिसूचक बढेर २८२३.०५ विन्दुमा पुगेको छ । हिजो २८२० विन्दुमा पुगेको थियो । आज हालसम्मकै सर्वाधिक १३ अर्ब ७ करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसअघि गत जेठ ५ गते ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज २ करोड ६९ लाख ८३ हजार १९ कित्ता सेयर २ सय १६ कम्पनीको किनबेच भएको छ । यसअघि गत जेठ ४ गते २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता कारोबार भएको थियो ।

  • सेयर बजार : नेप्से परिसूचक २८ सयनजिक, ११ अर्बभन्दा बढी कारोबार

    सेयर बजार : नेप्से परिसूचक २८ सयनजिक, ११ अर्बभन्दा बढी कारोबार

    काठमडौं । आज नेप्से परिसूचक ३४.६८ अंकले बढ्दा दुई दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशत र १० कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । आज १ दशमलव २६ प्रतिशतले बढ्दै नेप्से २७९३.९० विन्दुमा रोकिएको हो ।

    २१३ वटा कम्पनीको २ करोड ३० लाख ५६ हजार ९८६ कित्ताको सेयर किनबेचमा अहिलेसम्मकै बढी ११ अर्ब ३२ करोड ११ लाख ४० हजार ४४९ रूपैयाँ कारोबार भयो । यो अहिलेसम्मकै बढी कारोबार रकम हो । यसअघि २०७७ साल माघ २६ मा १० अर्ब ६१ करोड ९१ लाखको किनबेच भएको थियो ।

    आज नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार ६७ करोड रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोडको सेयर कारोबार भयो । यसैगरी विशाल बजार, घालेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेश्नल हाइड्रोपावर, समता लघुवित्तलगायतका कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

    महामारीमा अरु व्यापार/व्यवसाय ठप्प भएकोले सेयरप्रति आकर्षण बढेको प्रकाश तिवारीले बताए । आज सबैभन्दा बढी होटल तथा टुरिजमका सेयर धनीले कमाएका छन् । होटल तथा टुरिजम समूहको सेयर ६.१५ प्रतिशतले बढेको छ । यसैगरी फाइनान्स समूहको पनि सेयर मूल्य ५.८६ प्रतिशत बढेको छ ।

  • दोहोरो अंकले बढेको नेप्सेमा कारोबार रकम पनि बढ्यो

    दोहोरो अंकले बढेको नेप्सेमा कारोबार रकम पनि बढ्यो

    काठमाडौं । मंगलबार नेप्से परिसूचक २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा रोकिएको छ ।

    आज १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपी हाइड्रो पावरको २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भयो ।

    आज बोर्टलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बोर्टलर्सको शेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । यसैगरी, रुरु जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले नै बढेको छ ।

    विसाल बजार कम्पनीको शेयर मूल्य आज सबैभन्दा बढी करिब १० प्रतिशतले नै घट्न पुगेको छ । आज सबै समूहको उपसूचकहरु हरियो भएका छन् । यसैगरी सबैभन्दा बढी अन्य समूहको सेयर २.५३ प्रतिशतले बढेको छ ।

  • दोहोरो अंकले घट्यो नेप्से

    दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक आज १८.५६ अंक घटेको छ । कारोबार भने उत्साहजनक नै देखियो ।

    दोहोरो अंकले घटेको बजारमा २६१८.५६ विन्दुमा रोकिएको छ । आज १ करोड २७ लाख २८ हजार १२५ कित्ताको किनबेचमा नेप्से ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रूपैयाँ बराबरको कारोबार भयो ।

    आज समता लघुवित्त र रुरु जलविद्युत कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी कारोबार एनसीसी बैंकको २८ करोड बराबर भएको छ । कुमारी बैंक लिमिटेडको पनि २८ करोड बराबरको नै कारोबार भएको छ ।

    आज सबै उप समूहका परिसूचक रातो लागेका छन् ।

  • दोहोरो अंकले घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १२.४ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेर २६३७.१३ विन्दुमा रोकिएको छ ।

    आज १ करोड ५९ लाख ८० हजार ८१५ कित्ताको किनबेचमा ६ अर्व ८१ करोड ९१ हजार ४५३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ४६ करोड रूपैयाँ बराबरको कारोबार भयो । यस्तै एनसीसी बैंकको ४२ लाख बराबरको कारोबार भएको छ ।

    खानी खोला हाइड्रोपावर, जनउत्थान सामूहिक लघुवित्त, महिला लघुवित्त, समता लघुवित्तलगायत चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी आज बैंकिङ, लगानी र फाइनान्सबाहेक सबै उप समूह घटेका छन् ।

  • झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम घट्यो

    झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम घट्यो

    काठमाडौं । नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढ्दै २६५४.६९ विन्दुमा पुगेको छ । पहिलो एक घण्टामा पाँच दशमलव ६२ अंकले घटेको नेप्से कोरोबारको तेस्रो घण्टामा दुई दशमलव २७ अंकले बढेको थियो ।

    आज एक करोड ३० लाख ९ हजार ४५० कित्ताको सेयर किनबेचमा ६ अर्ब ४ करोड ८६ लाख २ हजार १९० रुपैयाँको कारोबार भयो । आज नौं कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

    समता लघुवित्त र महिला लघुवित्तको सेयर १० प्रतिशतले बढ्यो भने विशाल बजार, राधी जलविद्युत, रुरु लजविद्युतलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

    सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड बराबरको कारोबार भयो । अरुण कावेली हाइड्रो पावरको सेयर १६ करोड रूपैयाँ बराबर किनबेच भयो ।

    आज बैंकिङ, होटल एन्ड टुरिजम, फाइनान्स, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको सेयर कारोबार रातो लागेका छन् ।

  • १२ अंकले घट्यो नेप्से, कारोबार भने उकालो

    १२ अंकले घट्यो नेप्से, कारोबार भने उकालो

    काठमाडौं । नेप्से परिसूचक आज १२.३५ अंकले घटेको छ । तर, कारोबार घटेपनि कारोबार रकम भने उकालो लागेको छ ।

    शून्य दशमलव ४६ प्रतिशतले घटेको नेप्से २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको छ । आज १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेचमा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भयो ।

    आज अपि हाइड्रो पावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३९ करोड रूपैयाँ बराबरको भएको छ । यसैगरी, पुनर्बीमा कम्पनीको सेयरयर कारोबार २९ करोड रूपैयाँ बराबरको भएको छ । नेश्नल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

    विशाल बजारको सेयर आज पनि मूल्य १० प्रतिशतले नै बढेको छ । महिला लघुवित्तको सेयर पनि १० प्रतिशन बढेको छ । आज लघुवित्त तथा उत्पादन समूह बाहेक सबै उप समूहहरू रातो भएका छन् ।

  • कोरोना प्रभावमा नेप्से : ६५ अंकले घट्यो बजार

    कोरोना प्रभावमा नेप्से : ६५ अंकले घट्यो बजार

    काठमाडौं । आइतबार ७५ अंकले घटेको नेप्सेको आजको बजार ६५.५८ अंकले घट्दै बन्द भएको छ । आज २.५५ प्रतिशत घट्दै नेप्से २५०६.६२ विन्दुमा रोकिएको छ ।

    आज १ करोड २९ लाख ११ हजार ७२१ कित्ताको कारोबारमा ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रूपैयाँ बराबरको कारोबार भएको छ । घटेको बजारमा विशाल बजार र महिला लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै ३१ करोड रूपैयाँ बराबरको कारोबार भयो ।

    यसैगरी, नेपाल इन्फ्रास्ट्रकचर बैंकको २५ करोड र पुनर्बीमा कम्पनीको २० करोड बराबरको सेयर कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो भएको छ ।

    सबैभन्दा धेरै हाइड्रो पावरको समूह ४.०४ प्रतिशतले घटेको छ । यसैगरी व्यापार समूह ३.५८ प्रतिशतले घटेको छ ।

  • कारोबारको ५० मिनेटमै ४५ अंकले घट्यो नेप्से

    कारोबारको ५० मिनेटमै ४५ अंकले घट्यो नेप्से

    काठमाडौं । कारोबारको ४५ मिनेटमा करिब ५० अंकले घट्न पुगेको नेप्से केही बढ्दै पुन: ५० मिनेटमा ४५ अंकमा झरेको छ । आइतबार प्रि-ओपन समयमा नेप्से परिसूचक १६ अंक बढेको थियो ।

    कारोबारको पहिलो दिन नेप्से परिसूचक ५० मिनेटमा १.७० प्रतिशतले घट्दै २६०२.९१ विन्दुमा पुगेको छ । अहिलेसम्म भएको २२ लाख २० हजार ९९३ कित्ता सेयर किनबेचमा १ अर्ब १७ करोड ७० लाख ६० हजार ३३२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको २३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । अहिले सबै उपपरिसूचक घटेका छन् ।

  • प्रि-ओपन सेसनमा १६.६९ अंकले बढ्यो नेप्से

    प्रि-ओपन सेसनमा १६.६९ अंकले बढ्यो नेप्से

    काठमाडौं । आइतवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.६९ अंकले बढेको छ । प्रि-ओपन सेसनमा ०.६३ प्रतिशतले बढ्दै नेप्से परिसूचक २६६४.७० विन्दुमा पुगेको हो ।

    अहिले भएको २४ हजार ३५ कित्ता सेयर किनबेचमा १ करोड ७९ लाख ८८ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको छ ।

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । नेप्से परिसूचक आज ३२.४१ अंकले घटेको छ ।

    आज १.२२ प्रतिशतले घट्दै नेप्से २६३२.२० विन्दुमा रोकिएको हो । आज १ करोड ३७ लाख ८७ हजार २१८ कित्ताको किनबेचमा ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रूपैयाँ कारोबार भएको छ । मंगलबारभन्दा यो कारोबार १६ करोडले कमी हो ।

    आज नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को सबैभन्दा बढी २५ करोड बराबरको कारोबार भएको छ । यसैगरी २२ करोड रूपैयाँ बराबर हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार भएको छ ।

    यसैगरी नागरिक लगानी कोषको १८ करोड बराबरको कारोबार भयो । नेप्से परिसूचक घटे पनि ज्योती लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक र हिमाल दोलखा हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । म्यूचल फण्डबाहेक सबै नेप्से उप-परिसूचक रातो भएका छन् ।

  • दुई अंकले बढेको नेप्सेमा कारोबार भने ओरालो

    दुई अंकले बढेको नेप्सेमा कारोबार भने ओरालो

    काठमाडौं । सोमबार ३७ अंकले घटेको नेप्से परिसूचक आज २ दशमलव ६८ अंकले बढेको छ ।

    मंगलबारको कारोबारमा नेप्से परिसूचक २६६४.६१ विन्दुमा रोकिएको छ । आज १ करोड २३ लाख ६९ हजार ५०१ कित्ताको किनबेचमा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रूपैयाँ बराबरको कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड रूपैयाँ बराबर कारोबार भएको छ ।

    यसैगरी नेपाल इन्फ्रास्ट्रकचर बैंकको १९ करोड बराबरको कारोबार भयो । यसैगरी आज सबैभन्दा बढी महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मोदी हाइड्रो पावरको पनि शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज बैंकिङ, निर्जीवन बीमा, म्यूचल फण्ड तथा इन्भेष्टमेण्टबाहेक सबै उपसूचक बढेका छन् ।

  • सेयर बजारमा गिरावटको श्रृङ्खला जारी रहेपनि रोकिएन चन्द्रागिरिको उकालो यात्रा

    सेयर बजारमा गिरावटको श्रृङ्खला जारी रहेपनि रोकिएन चन्द्रागिरिको उकालो यात्रा

    काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा १८.०७ अंकले घटेर २३८९.१९  बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ बर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा समेत ५.०७ अंकले घटेर ४३०.०५ विन्दुमा पुगेको छ ।

    आज २१२ कम्पनीका ९६ लाख  चार हजार ५२९ कित्ता सेयर खरिदबिक्रिबाट ४ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    १३ समूहको कारोबार भएको नेप्सेमा व्यपारिक समूहमा ५५.१ अंक , होटल तथा पर्यटन समूहमा ९०.९३ अंक, उत्पादन समूहको १०.२ अंक, सामूहिक लगानीकोष समूहको सामान्य अंक र लगानी समूह ०.५३ अंक बाहेकका अन्य समूहगत परिसूचकमा गिरावट आएको छ ।

    सबैभन्दा धेरै नीर्जीवन बीमा समूह १९२.०५ र जीवन बीमा समूह १२१.०६ अंकले घटेको छ । आज पनि चन्द्रागिरि हिल्स लगानीकर्ताले सबैभन्दा धेरै ९.९५ प्रतिशतले कमाएका छन् ।

    चन्द्रागिरि हिल्स कम्पनीको सेयर लगातार रुपमा बढ्दै ९ सय ७२ रुपैयाँ मूल्य कायम भएको छ । हिमालय पावर पार्टनरका लागानीकर्ताले आज सबैभन्दा धेरै ६.२५ प्रतिशतले गुमाएका छन् ।

  • नेप्से २३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब तलै

    नेप्से २३ अंकले घट्यो, कारोबार रकम ५ अर्ब तलै

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्समा २३.२२ अंकले घटेर २४६१.८८ अंकमा बजार बन्द भएको छ ।

    त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ४.४७ अंकले घटेर ४४५.२१ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

    २१० कम्पनीको सेयर कारोबार भएको नेप्सेमा आज १ करोड २४ लाख ८२ हजार ४ सय २८ कित्ता सेयर किनबेचबाट ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    १३ समूहगत परिसूचक मध्ये होटल तथा पर्यटन समूहका कम्पनीहरुको सेयर ६८.११ अंक र जलबिद्युत समूहको ३६.३९ अंकले बढेको छ भने अन्य ११ समूह कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

    नीर्जीवन बीमा समूहको कम्पनीको सेयरको मूल्यमा सबैभन्दा धेरै २०१.५६ अंकले घटेको छ । त्यस्तै जीवन बीमा समूहको ११३.७ अंक, उत्पादनमुलक समूहको ८८.७४ प्रतिशत , ब्यापार समूहको ४९.८२ अंक , माइक्रोफाइनान्स समूहको ४७.४६ अंक , बैकिङ्ग समूहको २१.७७ अंक , अन्य समूहको २०.४१ अंकले घटेको छ भने बाँकी समूहको कम्पनीको सेयर मुल्यमा सामान्य गिरावट आएको छ ।

    आज कारोवार भएका कम्पनी मध्ये हिमालय उर्जा बिकास कम्पनी , चन्द्रागिरि हिल्स , नेपाल हाइड्रो डेभलपर्स , रैराङ जलविद्युत कम्पनी र युनाइटेड फाइनान्स कम्पनीको सेयर कारोवार सकारात्मक सर्किट नजिक पुगेर बन्द भएका छन् ।

    सपोट लघुवित्त कम्पनीका लागानीकर्ताले सबैभन्दा धेरै ५.१८ प्रतिशतले गुमाएका छन् ।

    ६५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको शिखर इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ ।

  • सेयर बजारमा हरियाली, नेप्से परिसूचक ४०.६४ अंकले बढ्यो

    सेयर बजारमा हरियाली, नेप्से परिसूचक ४०.६४ अंकले बढ्यो

    काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज नेप्से परिसूचक ४०.६४ अंकले बढेको हो । हिजो भने ७९.७४ अंकले बजार घटेको थियो ।

    नेप्सेका अनुसार आज १.६४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१५.०३ अंकमा गएको छ ।

    आज २०९ कम्पनीका १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    बजारमा करेक्शन आएको दिन आज सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा बढी ३५९.१७ अंकले बढेको छ ।

    चन्द्रागिरी हिल्सको सेयर मूल्य सबैभन्दा बढी ९.९० प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी १.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को उच्च कारोबार भएको छ । निफ्राको ४४ करोड ४८ लाख ५२ हजार ६ सय ४७ रूपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

  • सेयर बजार परिसुचक नेप्सेमा ७९.७४ प्रतिशतको गिरावट, हल्लाको भरमा बजारमा गिरावट आयो 

    सेयर बजार परिसुचक नेप्सेमा ७९.७४ प्रतिशतको गिरावट, हल्लाको भरमा बजारमा गिरावट आयो 

    काठमाडौं ।आइतबार सेयर बजार परिसुचक नेप्सेमा ७९.७४ अंकको करेक्स देखिएको छ । २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर किनेवेचबाट ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ ।

    ‘क’ वर्गका कम्पनीको करोवार मापन गर्ने सेन्सेटिभ परिसुचक १४.५३ अंकले घटेर ४४७.२९ अंकमा कारोवार वन्द भएको छ । समूहगत परिसचक तर्फ होटल तथा पर्यटन क्षेत्रमा भएको ११.८ अंकको वृद्धि वाहेक अन्य सबै समुहको सेयर कारोवारमा गिरावट रेकर्ट भएको छ ।

    सबैभन्दा धेरै जीवन वीमा समुहमा ६२४.८ अंकले गिरावट आएको छ । त्यस्तै उत्पादन समूहमा १९८.२ अंक, बैकिङ समूहमा ५४.५७ अंक, हाइड्रोपावर समूहमा ६७.१५ अंक , नीर्जीवन वीमा समूहमा १७८.१ अंक माइक्रोफाइनान्स समूहमा १४१.२९ अंक, अन्य समूहमा ८१.३५ , विकास बैंक समूहमा ७५.५१ अंकको गिरावट आएको छ ।

    चन्द्रगिरि हिल्सले सेयर कारोवारमा सकारात्मक सर्किट ब्रेक लाग्दै ४१४ रुपैयाँमा कारोवार पछी उक्त कम्पनीका लागानीकर्ताले सबैभन्दा धेरै कमाएका छन ।

    गणपति माइक्रोफाइनान्स कम्पनीको सेयर ७ प्रतिशतले घटेपछी उक्त कम्पनीका लागानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । पछिल्लो कारोवारमा आएको गिरावटप्रति लगानीकर्ताले अनपेक्षित वताएका छन् ।

    नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रोनियार बजार सामाजिक सञ्चालको हल्लाको पछाडि लागेको वताउँछन् । ‘हाल बैंकहरुले ब्याजदर नघटाएपनि बैंकले ब्याजदर घटाएको भनेपछी केही लगानीकर्ताहरुले नाफा बुक गर्न थालेकाले बजार घटेको हुनसक्छ ।

    त्यसमाथी पनि बैंकहरुको सेयर घट्नु आश्चर्यको कुरा हो , नेपालकै बरावरको प्रफर्रमेन्स भएका भारतीय बै‌कहरुकाे सेयर मूल्य १२ सय भारतीय रुपैयाँ भन्दा माथी भएपनि नेपालका बैकहरुकाे सेयर अन्डर प्राइज छ । लगानीकर्ताहरुले पेन्निक भएर किन बिक्री गरिरहेका छन मैले बुझ्न सकेको छैन ।’  उनले भने ।

  • सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ?

    सेयर बजारमा हौसिएका लगानीकर्तालाई किन पारिन्छ अलमलमा ?

    काठमाडौं । मंगलबार देशमा संकटकाल लाग्‍नसक्ने हल्लासँगै सेयर बजार ध्वस्त हुने अड्कलबाजी भए । लगानीकर्ता अनलाइन र ब्रोकर कम्पनी नै गएर धमाधम सेयर बेच्न पुगे । हल्लैहल्लामा त्यो दिन केही समय ८८ अंकसम्म नेप्से तल झर्‍यो । र, पुन: केही समयमा लयमा फर्कन थाल्यो ।

    मंगलबार साँझ नै संसद पुन:स्थापनाको सर्वोच्चको फैसलाले लगानीकर्तामा खुसी थपियो । सँगै नयाँ राजनीतिक घटनाक्रमले नेप्सेमा सकारात्मक प्रभाव पर्ने उनीहरूको आकलन थियो । तर, मंगलबार नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा देखिएको समस्याले लगानीकर्ता अलमलमा परे ।

    जसले गर्दा सेयर कारोबार रकम नै अन्य दिनको तुलनामा अर्बौंले घट्न पुग्यो । सेयर बजारले गति लिन्छभन्दा आज लगानीकर्ताको आकलनभन्दा बाहिर गएर नेप्से घटेको छ ।

    आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढेपछि लगानीकर्ता थप उत्साहित बने । बुधबार २५९९.०८ विन्दुमा बन्द भएको नेप्से प्रि-ओपन समयमा २६२२.७१ विन्दुमा पुगेको थियो । तर, केही समयको कारोबारपछि पुन: नेप्से घट्न पुग्यो । आज नेप्से घट्नु कुनै पनि कारण नभएको बताउँछन् सेयर विश्लेषक प्रकाश तिवारी । उनका अनुसार हिजो टीएमएसमा देखिएको समस्याका कारण आजको बजार प्रभावित भएको हो ।

    ‘हिजो टीएमएसमा देखिएको समस्या बजारमा लाखौं लगानीकर्ताको अपेक्षाबाहिर थियो । नेप्सेको चरम लापरवाहीका कारण लाखौं लगानीकर्ताको अर्बौंको लगानी गुम्न पुग्यो’ उनले भने ‘देशको राजनीति र सेयर बजार फरक भएकाले राजनीतिको असर सेयर बजारमा एकदम कम पर्छ तर, यहाँ राजनीतिको नाममा साना लगानीकर्तालाई हतोत्साही बनाइन्छ ।’

    तिवारीका अनुसार बजारमा राजनीतिको अफवाह फैलाएर बजार घटाउने काम समेत हुन्छ । यो बेलामा सेयर बजारमा जो सुकै लगानीकर्ताले पनि धैर्य राख्नु सबैभन्दा उत्तम हुने उनले बताए ।

    ‘आफूले थोपा-थोपा जम्मा गरेर लगानी गरेको सम्पत्ति हल्लै हल्लामा बेचेर घाटा ब्यहोर्नु उपयुक्त हुँदैन । साना लगानीकर्ता हल्लाको पछाडि दौड्दा ठूला लगानीकर्ताले मौकाको फाइदा उठाउँछन् । यो बेलामा हल्लाको पछाडि नदौडी संयमता अपनाउनुपर्छ,’ उनले भने ।

    नेपालमा जोकोही सामाजिक सञ्जालमा सेयर विश्लेषक भएका कारण नेप्से घट्ने र बढ्ने गरेको पनि उनको भनाइ छ । अहिले सामाजिक सञ्जालमा हुने विश्लेषणका आधारमा नै धेरै लगानीकर्ता फस्न पुगेको उनी तर्क गर्छन् ।

    ‘सामाजिक सञ्जालमा केही त यस्ता विश्लेषक पनि छन् जसले सेयर बजार अब यतिमा अंकमा पुग्छ भनेर अंकै तोक्ने गर्छन् जुन सरासर गलत छ । कसैले पनि सेयरको अंकै तोकेर भन्न सक्ने अवस्था हुदैन । यस्तो भन्नेलाई नियमन निकायले कारबाही गर्नुपर्छ’ तिवारीले नेपाल प्रेससँग भने ।

    सरकार परिवर्तन हुँदा भोलि कुन अर्थमन्त्री आउने हो भन्ने हल्लाले पनि सेयर घट्न सकेको बताउँछन् लगानीकर्ता । साथै लामो समयदेखि बढिरहेको सेयर बजारमा नाफा बुक गर्ने गरी करेक्सन पनि आएको थिएन। राजनीतिक माहोलको बहानामा नाफा बुक गर्न सकेको विश्लेषक बताउँछन् ।

    नेप्से परिसूचक आज ४४ दशमलव ९४ अंकले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ७३ प्रतिशतले घट्दै २५५४.१४ विन्दुमा रोकिएको छ ।

    आज एक करोड ५८ लाख ५६ हजार १७१ कित्ताको किनबेचमा ६ अर्ब ९८ करोड १ लाख ८८ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यसैगरी, नबिल बैंकको २१ करोड, नेश्नल हाइड्रोपावर कम्पनीको २१ करोड, नेपाल बैंक लिमिटेडको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरि हिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसैगरी, नेश्नल हाइड्रो पावरको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

  • सिस्टममै देखिएको समस्याप्रति लगानीकर्ताको आक्रोश- नेप्से, वाइको र सेवनको चरम लापरवाही

    सिस्टममै देखिएको समस्याप्रति लगानीकर्ताको आक्रोश- नेप्से, वाइको र सेवनको चरम लापरवाही

    काठमाडौं । बुधवार कारोबार शुरू भएको दुई मिनेटमा नै नेप्से ८६ अंकले घटेको देखियो । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालत फैसलापश्चात बजारले राम्रै उचाइ लिने लगानीकर्ताहरूले अपेक्षा गरेका थिए ।

    सेयर बजार परिसूचक नेप्से ८६ अंकले घट्दा सेन्सेटिभ परिसूचक र अन्य उपसूचक भने बढेको देखिन्थ्यो । त्यसको केही समयपछि ३६ अंकले बजार घट्यो ।

    अझ आश्चर्य त मंगलवार ७ सय २६ रूपैयाँमा पुगेको निफ्राको सेयर कारोबार भएको १ घण्टाभित्रमा १० प्रतिशतले नकारात्मक सर्किटब्रेक लागेर ५ सय ९४ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

    बुधबारको कारोबार त्यही नेप्सेको प्रणालीलाई कमजोर पार्ने काम निफ्राको सेयरले नै गरेको देखिन्छ । निफ्राको सेयरमा बेच्ने ‘क्राउड’ बढेपछी नेप्सेको ‘स्टिम क्रास’ भएको थियो ।

    मूल्य कारोबार भएको निकै समयसम्म निफ्राको सेयरमा शून्य देखाएपछी नेप्सेले कारोबार स्थगित गर्‍यो । जसले गर्दा नेप्सेको प्रणालीमा आएको समस्या सुधार भएको थियो ।

    के कारणले समस्या आयो भन्ने विषयमा अध्ययन गर्ने काम आइटी विभागले गरिरहेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेपाल प्रेसलाई बताए । ‘निफ्रा ठूलो कम्पनी हो , ठूलो संख्यामा लगानीकर्ताहरुको ‘क्राउड’ बढेपछी सिस्टमले काम गर्न छोड्यो । निफ्राको सेयर मूल्य कसरी शून्य भयो त्यसको अध्ययन भइरहेको छ, पराजुलीले भने ।’

    नेपाल धितोपत्र बोर्डले पनि आजको कारोबार अवरुद्धको विषयमा जानकारी प्राप्त भएको प्रतिक्रिया दिएको छ । ‘कुन कारणले समस्या आयो हामीले अध्ययन गरिरहेका छौं’ बोर्डका प्रवक्ता निरज गिरीले भने , ‘हामीले पनि समाचार आएपछि थाहा पाएको हो । निफ्रामा ‘क्राउड’ बढेछ , मूल्य पनि एक्कासी घटेको रहेछ । नेपालमा सेयर बजार सानो छ थोरै लगानीकर्ता भएका कारणले प्रणालीमा समस्या आएको थिएन । अहिले एकैपटक धेरैको भीडले गर्दा समस्या आएको हुन सक्छ । ’

    लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रोनियारले यसलाई नेप्से , धितोपत्र बोर्ड र नेप्सेको अनलाइन प्रणाली निर्माता वाइको कम्पनीलाई चरम लापरवाही भएको नेपाल प्रेसलाई बताए ।

    ‘सर्वोच्चको फैसलापछिको कारोबारको आज पहिलो दिन थियो हामीले आज धेरै कारोबार गर्ने सोच बनाएका थियौं तर नेप्सेको अनलाइन प्रणाली र वेबसाइट र मेरो सेयरमा समस्या आउँदा कारोबार नै गर्न सकेनौं । यसमा नियमक सेवन , धितोपत्र वोर्ड र वाइको कम्पनीको चरम लापरवाही देखिएको छ’ उनले भने, ‘हाम्रो त सेयर हराउने डर भयो अब कसरी लगानी गर्ने ? नेप्सेले फोन पनि उठाएन । हामी सबै लगानीकर्ताको आजको हुन नसकेकोमा ठूलो आपत्ति छ । हामीले तिरेको पैसाले निर्माण गरेको प्रणाली पनि गतिलो रहेनछ ।’

    ‘आज साढे २ बजेसम्म समस्या देखिएको छ यस्ता समस्याहरू पहिले पनि देखिँदा नियमक बोर्ड र नेप्सेले वास्ता गरेका थिएनन् ‘, रोनियारले थपे ।’

    बुधवारको बन्द हुँदासम्ममा सेयर बजार परिसूचक नेप्से १२.५६ अंकले बढ्दै २५९९.०७ अंकको विन्दुमा कारोबार बन्द भयो । २०४ कम्पनीको सेयर कारोवार भएको नेप्सेमा ६ अर्ब ७० करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।