Tag: सेती अस्पताल

  • सेती अस्पतालमा उपचारत २ संक्रमितको मृत्यु

    सेती अस्पतालमा उपचारत २ संक्रमितको मृत्यु

    कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका- २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    ४० वर्षका युवक २१ गते र ७७ वर्षका वृद्ध २४ गते अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ जनाए।
    उनका अनुसार योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ।

  • सेती अस्पताललाई ५ सय अक्सीजनसहितको सिलिण्डर हस्तान्तरण

    सेती अस्पताललाई ५ सय अक्सीजनसहितको सिलिण्डर हस्तान्तरण

    धनगढी । हरिप्रिया प्रकाश फाउण्डेसनले सेती प्रादेशिक अस्पताललाई ५ सय वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । सुदरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत फाउण्डेसनले ५ सय अक्सीजन सिलिण्डर भरेर अस्पताललाई उपलब्ध गराएको हो ।

    नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीको अगुवाईमा फाउण्डेसनले सुदुरपश्चिम प्रदेशमा १ हजार ८ सय सिलिण्डर वितरण गर्दैछ । ‘हामीले सुदुरपश्चिम प्रदेशमा १८ सय अक्सिजन सिलिण्डर वितरण गर्ने क्रममा सेती अस्पताललाई ५ सय थान उपलब्ध गराएका हौं’, युवा नेता भण्डारीले भने ।

    मुख्यमन्त्री भट्टले जनताको जीवनसंग जोडिएको सेवा उपलब्ध गराएकोमा फाउण्डेसनलाई धन्यवाद दिए । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले युवा नेता भण्डारीको अग्रसरताले कांग्रेसको प्रतिष्ठा बढेको भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।

  • धनगढी उप–महानगरपालिकामा स्वाब संकलन स्थगित

    धनगढी उप–महानगरपालिकामा स्वाब संकलन स्थगित

    कैलाली । प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन भएपछि धनगढी उप–महानगरपालिकाले स्वाब संकलन कार्य स्थगित गरेको छ ।

    सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन भएपछि स्वाब संकलन स्थगित गरेको हो ।

    शनिबार, आइतबार र सोमबारका लागि स्वाब संकलन स्थगित गर्नुपरेको उप–महानगरपालिका कोभिड फोकलपर्सन स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

    ‘अस्पतालको प्रयोगशालामा क्षमता भन्दा धेरै स्वाब संकलन भएपछि ३ दिनका लागि यो कार्य रोकिएको छ’ उनले भने ‘त्यसपछि पुन स्वाब सङ्कलन गरिने छ । ’

    उपमहानगरपालिका लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङमा परेकाहरूको निःशुल्क स्वाब संकलन  गर्दै आइरहेको थियो । उपमहानगरपालिकाले विगत १ वर्ष देखि स्वाब संकलन गरिरहेको हो ।