Tag: सुर्खेत

  • सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस-माओवादीबीच तालमेल, चारमा सिंगल भिडन्त

    सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस-माओवादीबीच तालमेल, चारमा सिंगल भिडन्त

    सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ भने गठबन्धनबाट नेकपा एस आउट भएको छ । दुई पक्षबीच तीव्र विवाद भएको कांग्रेस निर्वाचनमा पराजय हुने स्थितिमा पुगेपछि माओवादीसँग तालमेल गर्न सहमत भएको हो ।

    शुक्रबार केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक बसेको थियो । बैठकमा माओवादीले एक पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाउने गरी सहमति भएको छ ।

    माओवादीले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको उपमेयर, बराहताल र सिम्ताको उपाध्यक्ष पाउने सहमति भएको छ भने चौकुने गाउँपालिकाको अध्यक्ष पाउनेछ ।

    नेपाली कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, बराहताल, सिम्तामा प्रमुख पाउने भएको छ भने चौकुने गाउँपालिकामा उपाध्यक्ष पाउने भएको छ ।

    तर चार ओटा पालिकामा भने दुवै दलका उम्मेदवार कायमै रहेका छन् । जिल्लामा भएको सहमति अनुसार बराहताल गाउँपालिकामा नेकपा माओवादीका अध्यक्षका उम्मेदवार ईश्वरभक्त सुनारले मनोनयन फिर्ता गरेका छैनन् ।

    गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका, चिङ्गाड गाउँपालिका र पञ्चपुरी नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुवै दलका उम्मेदवारहरु कायमै रहेका छन् ।

    माओवादी सुर्खेत इन्चार्ज झकबहादुर मल्लका अनुसार नेकपा एसलाई लेकबेशी नगरपालिकाको उपप्रमुख दिने दुई दलबीच सहमति भएको छ । तर नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालले भने दुई दलबीच के भयो भन्ने कुनै जानकारी नभएको बताए ।

    नेपाली कांग्रेस सुर्खेतका सहसचिव हरि विष्टले चिंगाड, गुर्भाकोट र पञ्चपुरीमा कांग्रेसले एक्लै चुनाव जित्नसक्ने भएका कारण गठबनधन नभएको दाबी गरे ।

    गठबन्धन भएका पालिकाका यी हुन् उम्मेदवार

    वीरेन्द्रनगर

    प्रमुख: उपेन्द्र खड्का (कांग्रेस)
    उपप्रमुखः शान्ति ढकाल (माओवादी)

    चौकुने गाउँपालिका

    अध्यक्षः खडक विक (माओवादी)
    उपाध्यक्षः नरबहादुर वान्तोला (कांग्रेस)

    सिम्ता गाउँपालिका

    अध्यक्षः वीरेन्द्र बहादुर रावत (कांग्रेस)
    उपाध्यक्षः चित्रबहादुर हमाल (माओवादी)

    बराहताल गाउँपालिका

    अध्यक्ष: भीम भण्डारी (कांग्रेस)
    उपाध्यक्षः भुमिसरा टमटा (माओवादी)

    भेरिगंगा नगरपालिका

    प्रमुख: रामबहादुर सिंह (कांग्रेस)
    उपप्रमुखः नन्दबहादुर कार्की (माओवादी)

  • सुर्खेतका स्थानीय तहमा एमालेबाट को–को छन् उम्मेदवारका आकांक्षी ?

    सुर्खेतका स्थानीय तहमा एमालेबाट को–को छन् उम्मेदवारका आकांक्षी ?

    सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्लाका नौवटै पालिकाका प्रमुख तथा उपप्रमुख एवम् अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ । गुर्भाकोट नगरपालिकाबाहेक अन्यत्र आकांक्षीको संख्या धेरै भएपछि उम्मेदवार छान्न एमालेलाई सकस परेको छ ।

    सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षका लागि निर्मला राना मगर, हरि अधिकारीको दाबी छ भने पञ्चपुरी नगरपालिकाको मेयरका लागि धनबहादुर थापा, रेशम राना मगर, भीम रावत र शान्ति खरालको दाबी छ ।

    बराहताल गाउँपालिकामा घनश्याम पाण्डे र इन्द्र केसीको दाबी छ ।

    सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकामा मेयर पदका आकांक्षी धेरै देखिएका छन् । यो नगरपालिकामा अमृत विसी, कुलमणि देवकोटा, मोहनमाया ढकाल, महेन्द्र शर्मा, डिलाराम गिरी, निलकण्ठ खनाल, हरिहरनाथ योगीलगायत एक दर्जन बढीले दाबी पेश गरेका छन् ।

    लेकबेशी नगरपालिकाको मेयरमा टिकाराम सोमै, देव राना र शान्ति छन्तेलले दाबी गरिरहँदा भेरीगंगा नगरपालिकामा भने यज्ञ ढकाल, टिकाराम सुवेदी र धनसिंह खड्काले आकांक्षा व्यक्त गरेका छन् ।

    गुर्भाकोट नगरप्रमुखमा तिलक खत्रीले दाबी गरेका छन् । यो पालिकामा उनी सर्वसम्मत चयन भएर आउने सम्भावना देखिएको छ ।

    सिम्ता गाउँपालिकामा कविन्द्रकुमार केसी, टेकेन्द्र बस्नेत र ऐनबहादुर चन्दले अध्यक्ष पदमा दाबी गर्दै आइरहेका छन् ।

    चिंगाड गाउँपालिकामा एकता प्रक्रियामा आएका बोधविक्रम जिसीको नाम चर्चामा छ भन बखत खत्रीले पनि अध्यक्ष बन्ने चाहना राखेको एमाले स्रोतले बताएको छ ।

    ‘हामीले चैत ३० गतेसम्म उम्मेदवार टुंगो लगाउन भनेका छौं । वैशाख तीन गते बस्ने जिल्ला कमिटीको बैठकमा एक महिला अनिवार्य रहने गरी तीनजनाको सिफारिस लिएर आउनु हुन्छ’, ‘अध्यक्ष अमृत विसीले भने, त्यसपछि हामीले आपसी छलफलका आधारमा उम्मेदवारको टुंगो लगाउँछौं ।’

  • सुर्खेतका ६ स्थानीय तहमा कांग्रेस संस्थापन पक्षका उम्मेद्वार विजयी, वीरेन्द्रनगरमा आज निर्वाचन हुँदै

    सुर्खेतका ६ स्थानीय तहमा कांग्रेस संस्थापन पक्षका उम्मेद्वार विजयी, वीरेन्द्रनगरमा आज निर्वाचन हुँदै

    सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका ९ मध्ये ६ वटा पालिकामा भएको निर्वाचनमा संस्थापन समूह एकलौटी विजयी भएको छ । बुधबार निर्वाचन सम्पन्न भएका ६ वटै पालिकामा संस्थापन देउवा समूहका उम्मेदवार विजयी भएका हुन् ।

    वीरेन्द्रनगरमा भने रामचन्द्र पौडेल समूहका कारण निर्वाचन हुन सकेन । वीरेन्द्रनगरमा विहीबार आठ बजेदेखि निर्वाचन हुने भएको छ ।

    सार्वजनिक मत परिणामअनुसार गुर्भाकोटमा हस्त पुन निर्वाचित भएका छन् । यहाँ पौडेल समूहले उम्मेदवारी दिएन । यस्तै उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा बासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल र पुष्पा नेपाली विजयी भएका छन् ।

    लेकवेशीको सभापतिमा उमेश पौडेल विजयी भएका छन् । यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । लेकवेशीमा पनि सम्पूर्ण कार्यसमिति देउवा समूहले जितेको छ ।

    चिंगाड गाउँपालिकामा पनि देउवा समूहका डोरप्रसाद शर्मा विजयी भए । उनले पौडेल समूहका करसिंह रानालाई धेरै मतान्तरले पराजित गरे । शर्माले ६४ मत ल्याउँदा पौडेल समूहका रानाले ३५ मत मात्रै प्राप्त गरे ।

    यस्तै भेरीगंगा नगरपालिकामा देउवा समूहका रामबहादुर सिंह विजयी भएका छन् । सिंहले १९४ मत ल्याउँदा पौडेल समूहका किरणकुमार भाट क्षेत्रीले २२ मत मात्रै प्राप्त गरे । भेरीगंगामा सम्पूर्ण कार्यसमितिमा देउवा समूहले एकलौटी गरेको छ ।

    उपसभापतिमा रेशमबहादुर पुन मगर र प्रतिक्षा विक विजयी भए भने सचिवमा लालसिंह बुढाक्षेत्री र हिरालाल खत्री विजयी भए । यस्तै सहसचिवमा टिमाराम वली र धर्मराज खड्का विजयी भए ।

    बराहताल गाउँपालिकामा देउवा समूहका भीमबहादुर भण्डारी विजयी भए । उनले पौडेल समूहका भुवनसिंह सिजापतीलाई पराजीत गरे । भण्डारीले १०४ मत ल्याउँदा सिजापतीले जम्मा ५० मत मात्रै ल्याए ।

    सिम्ता गाउँपालिकामा पौडेल समूहले निर्वाचनमा प्रतिष्पर्धाका लागि उम्मेदवारसम्म पाएन् । यहाँ देउवा समूहकै दुई जना सभापतिमा प्रतिष्पर्धा गरेका थिए । सिम्तामा वीरेन्द्र रावत विजयी भए भने अशोक केसी पराजित भए । वीरेन्द्रले ११९ मत ल्याउँदा अशोकले २४ मत ल्याएका थिए । यहाँ सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको छ ।

  • सुर्खेतमा कांग्रेसको वडा अधिवेशन शनिबार हुँदै

    सुर्खेतमा कांग्रेसको वडा अधिवेशन शनिबार हुँदै

    सुर्खेत । विवादका कारण लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन कात्तिक २७ गते शनिबार हुने भएको छ ।

    यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन शनिबार हुने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालप्रेसलाई बताए ।

    ‘जिल्लका ९९ वटै वडामा शनिबार विहान आठ बजेदेखि अधिवेशन सुरु हुनेछ,’ सभापति रेग्मीले भने, ‘कुनै वडामा सर्वसम्मत पनि हुन सक्छ कुनैमा चुनाव पनि हुन सक्छ । तर अधिवेशन सफल गराउँछौं ।’

  • एमाले पालिका अधिवेशन- सुर्खेतका सिम्ता बाहेक ८ स्थानीय तहमा नेतृत्व चयन

    एमाले पालिका अधिवेशन- सुर्खेतका सिम्ता बाहेक ८ स्थानीय तहमा नेतृत्व चयन

    सुर्खेत । सुर्खेतका ९ मध्ये ८ स्थानीय तहमा नेकपा एमालेको नेतृत्व चयन भएको छ । सिम्ता गाउँपालिका बाहेक अन्यत्र नेतृत्व चयन भएको जिल्ला कमिटिका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए ।

    उनका अनुसार आठ पालिकामा भएको नेतृत्व चयनको विवरण यस्तो छ ।

    वीरेन्द्रनगर नगरपालिका
    अध्यक्ष- नीलकण्ठ खनाल
    उपाध्यक्ष- गजबहादुर बुढा
    सचिव- मधुरानी ढकाल
    उपसचिव- भीमबहादुर गुरुङ र सहवीर सुनार

    गुर्भाकोट नगरपालिका
    अध्यक्ष- देवबहादुर खत्री
    उपाध्यक्ष- प्रेमकुमारी राना
    सचिव- शशीराम भट्टराई
    उपसचिव- रामबहादुर शाही र ज्ञानबहादुर गुरुङ

    भेरीगंगा नगरपालिका
    अध्यक्ष- नरबहादुर थापा
    उपाध्यक्ष- प्रेम सारु
    सचिव= मानबहादुर नेपाली
    उपसचिव- रामलाल खनाल र भरत ढकाल

    लेकबेसी नगरपालिका
    अध्यक्ष- देवबहादुर राना
    उपाध्यक्ष- सीताराम पौडेल
    सचिव- शान्ति छन्त्याल
    उपसचिव- चक्रबहादुर शाही

    बराहताल गाउँपालिका
    अध्यक्ष- हरिलाल सलामी
    उपाध्यक्ष- दुर्गादेवी विष्ट
    सचिव- कुलबहादुर बुचा
    उपसचिव- होमराज थापा र गजबहादुर केसी

    पन्चपुरी नगरपालिका
    अध्यक्ष- धनबहादुर थापा
    उपाध्यक्ष- टीका राना
    सचिव- धर्मराज ढुंगाना
    उपसचिवः होमबहादुर रामजाली र झक्की सिजाली

    चौकुने गाउँपालिका
    हरिप्रसाद- अधिकारी
    उपाध्यक्ष- शंकर टमाटा
    सचिव- केशर नामजाली
    उपसचिव- कमला सुनार र जीत बहादुर तिरुवा

    चिंगाड गाउँपालिका
    अध्यक्ष- लोकबहादुर जिसी
    उपाध्यक्ष- वीरेन्द्र थापा
    सचिव- लालबहादुर जिसी
    उपसचिव- उदय विसी

  • सुर्खेत एमालेको वडा अधिवेशन सम्पन्न, ४ वडामा महिला नेतृत्व (सूचिसहित)

    सुर्खेत एमालेको वडा अधिवेशन सम्पन्न, ४ वडामा महिला नेतृत्व (सूचिसहित)

    सुर्खेत । नेकपा एमाले सुर्खेतमा मंगलबार अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ । केन्द्रको निर्देशनअनुसार कात्तिक ६ गते नै अधिवेशन हुनुपर्ने भए पनि प्राविधिक कारणले तीन दिन ढिला भएको हो ।

    कर्णाली प्रदेशको राजधानी जिल्लासमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, पन्चपुरी नगरपालिका, लेकबेसी नगरपालिका र चिंगाड गाउँपालिकाका सबै वडाको अधिवेशन सम्पन्न भएको छ । बाँकी स्थानीय तहका सर्वसम्मत हुन नसकेका केहि वडामा अधिवेशन हुन बाँकी छ ।

    सुर्खेतका ९ स्थानीय तहका ९९ वडामध्ये चार वडामा महिला नेतृत्व चयन भएका छन् । वीरेन्द्रनगर नगरपालिकाका २ तथा पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका १–१ वडामा महिला नेतृत्व चुनिएका हुन् ।
    सुर्खेतका सबै वडाहरुको नेतृत्व यसप्रकार छः

    पञ्चपुरी नगरपालिका
    वडा नम्बर १ हिक्मत बहादुर बुढा
    वडा नम्बर २ भीमबहादुर बुढा
    वडा नम्बर ३ रामु चपाई
    वडा नम्बर ४ राम प्रसाद अधिकारी
    वडा नम्बर ५ पदमराज रिमाल
    वडा नम्बर ६ शेरबहादुर सार्की
    वडा नम्बर ७ मानबहादुर साउद
    वडा नम्बर ८ पञ्चासिंह थापा
    वडा नम्बर ९ पूर्णप्रसाद खराल
    वडा नम्बर १० सुरेश शर्मा
    वडा नम्बर ११ दिलु सुनार

    वीरेन्द्रनगर नगरपालिका
    वडा नम्बर १ हरि पौडेल
    वडा नम्बर २ लालसिंह सुनार
    वडा नम्बर ३ विनोदसिंह विष्ट
    वडा नम्बर ४ नवराज कंडेल
    वडा नम्बर ५ बासु आचार्य
    वडा नम्बर ६ चक्र खड्का
    वडा नम्बर ७ खड्क बहादुर दर्लामी
    वडा नम्बर ८ देवी पौडेल
    वडा नम्बर ९ धनबहादुर सलामी
    वडा नम्बर १० लक्ष्मी शाही
    वडा नम्बर ११ रविन्द्र रेग्मी
    वडा नम्बर १२ चुडामणि चपाई
    वडा नम्बर १३ बासुदेव पौडेल
    वडा नम्बर १४ नवराज रोकाय
    वडा नम्बर १५ हिक्मत वली
    वडा नम्बर १६ भुपेन्द्र ज्ञवाली

    चौकुने गाउँपालिकामा
    वडा नम्बर १ दिनेश थापा,
    वडा नम्बर २ दिनेश कठायत
    वडा नम्बर ३ गणेश राना
    वडा नम्बर ४ तुलाराम मस्र्यांनी
    वडा नम्बर ५ तुलाराम हिस्की
    वडा नम्बर ६ हरिकला विसी
    वडा नम्बर ७ कासीराम देवकोटा
    वडा नम्बर ८ पर्शुराम वास्तोला,
    वडा नम्बर १० कलम शाही
    वडा नम्बर १० मा अधिवेशन हुन बाँकी

    बराहताल गाउँपालिका
    वडा नम्बर ४ जगमल बुढा,
    वडा नम्बर ५ कमल थापा,
    वडा नम्बर ८ पदम कुमार नेपाली,
    वडा नम्बर ९ दानबहादुर गाहा,
    वडा नम्बर १० दीपक
    बाँकी ५ वडामा अधिवेशन हुन बाँकी

    लेकबेशी नगरपालिकामा
    वडा नम्बर १ हस्त बहादुर पुन
    वडा नम्बर २ मोतिसिंह गुरुङ
    वडा नम्बर ३ थीरबहादुर चलाउने
    वडा नम्बर ४ कर्णबहादुर राना
    वडा नम्बर ५ हरिलाल घर्ती
    वडा नम्बर ६ कृष्णबहादुर थापा,
    वडा नम्बर ७ दीपक पौडेल,
    वडा नम्बर ८ हरि कंडेल,
    वडा नम्बर ९ राजु पौडेल,
    वडा नम्बर १० यामप्रसाद आचार्य

    सिम्ता गाउँपालिकामा
    वडा नम्बर १ सुकलाल शर्मा
    वडा नम्बर २ खगेन्द्र सिंह
    वडा नम्बर ४ शंकर खड्का
    वडा नम्बर ५ वालकृष्ण शाही
    वडा नम्बर ६ ललितसिंह ठकुरी
    वडा नम्बर ७ नवीन केसी
    वडा नम्बर ८ हस्तबहादुर चन्द
    वडा नम्बर ९ नरबहादुर राना
    वडा नम्बर ३ मा १३ गते अधिवेशन हुने

    गुर्भाकोट नगरपालिका
    वडा नम्बर १ गौतम थापा,
    वडा नम्बर २ युबराज कडेल,
    वडा नम्बर ३ तुलाराम बिस्ट,
    वडा नम्बर ४ राम बहादुर ओलि,
    वडा नम्बर ५ बेल बहादुर डागी,
    वडा नम्बर ६ कुल बहदुर ओलि,
    वडा नम्बर ७ बालाराम शर्मा,
    वडा नम्बर ८ तुलसिन्ह बिक,
    वडा नम्बर ९ पहलमान घर्ती,
    वडा नम्बर १० रुद्र खत्री,
    वडा नम्बर १३ इन्द्रदेब गिरि
    वडा नम्बर १४ बेल बहादुर बिक
    वडा नम्बर ११ मा अधिवेशन हुन बाँकी

    भेरीगंगा नगरपालिका
    वडा नम्बर १ पदम वली
    वडा नम्बर २ गोरख बुढा,
    वडा नम्बर ३ विशाल पुन,
    वडा नम्बर ४ गङग खत्री,
    वडा नम्बर ५ जापेन्द्र महरा,
    वडा नम्बर ६ बिजय बाह्रघरे,
    वडा नम्बर ७ दिलिप बस्याल
    वडा नम्बर ८ काशी शर्मा,
    वडा नम्बर ९ बिरजित बस्याल,
    वडा नम्बर १० मोहन केसी,
    वडा नम्बर १२ मेघ बहादुर बिक
    वडा नम्बर १३ तीर्थ बहादुर बुढा
    वडा नम्बर ११ मा अधिवेशन हुन बाँकी

    चिङाड गाउँपालिका
    वडा नम्बर १ चेत बहादुर घले,
    वडा नम्बर २ गगन राना,
    वडा नम्बर ३ नहकुल डिसि,
    वडा नम्बर ४ टेक बहदुर राना,
    वडा नम्बर ५ मोहन राना
    वडा नम्बर ६ छबिलाल राना

  • सुर्खेत एमालेको वडा अधिवेशन ९ गते, पालिकामा १५ गते

    सुर्खेत एमालेको वडा अधिवेशन ९ गते, पालिकामा १५ गते

    सुर्खेत । नेकपा एमाले सुर्खेतले  आफ्नो वडा अधिवेशन र पालिका अधिवेशनको कार्यतालिकामा फेरबदल गरेको छ ।

    एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीका अनुसार एमाले सुर्खेतको वैठकले वडा अधिवेशन कात्तिक ९ गते र पालिका अधिवेशन १५ गते गर्ने निर्णय गरेको हो ।
    ‘वडा अविधेशन र पालिका अधिवेशन प्राविधिक कारणले तोकिएको समयमा गर्न नसकिने भएकोले सो मिति परिवर्तन गरी यही २०७८ कार्तिक ९ गते वडा र कार्तिक १५ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ,’ अध्यक्ष शाहीले भने, ‘पालिका स्तरको बैठक २०७८ कार्तिक ५ गते भित्र बसिसक्ने र जिल्ला कमिटीको बैठक २०७८ कार्तिक ६ गते बस्ने निर्णय भएको छ ।’

    उनका अनुसार वडा अविधेशन सम्पन्न गर्नका लागि समन्वय र सहजिकरण गर्ने प्रतिनिधि तोक्न पालिका कमिटीलाई जिम्मेवारी दिने र पालिका अधिवेशन सम्पन्न गर्न समन्वय र सहजीकरण गर्ने प्रतिनिधि जिल्ला कमिटीले तोकि पठाउने निर्णयसमेत भएको हो ।

  • सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

    सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

    सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले कात्तिक १० गतेदेखि सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाका नौवटै स्थानीय तहको टोलीको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कर्णालीमा फुटबल संस्कृतिको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष चन्द्र प्रकाश शाहीले बताए ।

    ‘सुर्खेत जिल्लाका खेलाडिलाई पहिलो प्राथमिकता दिन र क्षमता अभिबृद्वी गर्न मिनि गोल्डकपको रुपमा प्रतियोगिता सुरु गर्न लागेका हौं,’ उनले भने, ‘यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि खेलकुदबाट सहयोग गर्न लागेका हौं ।’

    कात्तिक १० देखि १४ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि ७ गतेसम्म टिम दर्ताको समय तोकिएको छ । ६ वटा टोलीले सहभागिता निश्चित गरिसकेको अध्यक्ष शाहीले जानकारी दिए ।

    टिम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने प्रतियोगिताभर खाने/बस्ने व्यवस्था टिम आफैंले गर्नुपर्नेछ । सोही व्यहोरासहितको पत्र सबै स्थानीय तहमा पठाइएको पत्रकार सम्मेलनमा शाहीले बताए ।

    प्रतियोगिताका लागि ६ लाख खर्च लाग्ने अनुमान क्लबले गरेको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाको दुई वडा, नपरपालिका, कर्णाली खेलकुद परिषद, जिल्ला फुटबल र खेलकुद विकास समिति तथा सामाजिक विकास मन्त्रालयले सहयोगको आश्वासन दिएका छन् ।

    वीरेन्द्रनगर रंगशालामा आयोजना हुने प्रतियोगिता हेर्न आउने दर्शकका लागि पनि टिकटको व्यवस्था गरिएको छ । टिकट शुल्क २० रुपैयाँ निर्धारण गरिएको छ ।

  • पूर्वाधारमा हेपिएको पश्चिम सुर्खेत, नेतालाई भोट माग्ने भाँडोमात्र बन्यो सडक र विजुली

    पूर्वाधारमा हेपिएको पश्चिम सुर्खेत, नेतालाई भोट माग्ने भाँडोमात्र बन्यो सडक र विजुली

    सुर्खेत । पश्चिम सुर्खेतमा तीनवटा गाउँपालिका छन् । यो विकट क्षेत्र सडक र विजुलीजस्ता अत्यावश्यक पूर्वाधार नै पर्याप्त हुन नसक्दा नागरिकको जीवनस्तर स्तरोन्नत्ति हुन सकेको छैन । यस क्षेत्रबाट निर्वाचित हुनेहरु प्रदेशका मन्त्रीसमेत भइसके तर उनीहरु आफ्नो चुनावी प्रतिवद्धता पूरा गर्न दत्तचित्त देखिएनन् ।

    भौतिक पूर्वाधारमा सबैभन्दा महत्वपूर्ण मानिने सडक सञ्जाल वीसौं वर्ष पहिले निर्माण भए पनि स्तरोन्नति नहुँदा यसक्षेत्रका हजारौं नागरिकले सास्ती व्यहोर्दै आएका छन् ।

    बराहताल गाउँपालिका, पन्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका नागरिकका लागि बड्डीचौर– चौकुने सडकखण्डका नाममा नेताहरुले बारम्बार मत माग्ने गरे पनि चुनाव जितेपछि बेवास्ता गर्ने गरेको स्थानीयको आरोप छ ।

    २०४८ सालमा नेपाली कांग्रेसबाट सांसद बनेका शिवराज जोशी २०५६ सालसम्म सांसद रहे । यहीँका जनताको विश्वास जितेर मन्त्रीसमेत बनिसकेका छन् ।

    २०६४ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट नरबहादुर विष्ट सांसद बनेका थिए । २०७० सालमा कांग्रेसबाट उम्मेदवार भइ विजेता बनेका स्व. तप्तबहादुर विष्ट राज्यमन्त्रीसम्म भए ।

    २०७४ सालमा एमालेबाट निर्वाचन लडेका नवराज रावत राज्य मन्त्री भएका थिए । सोही निर्वाचन क्षेत्रबाट माओवादीका नेता बिन्दमान विष्ट प्रदेश सभा सदस्य छन् । उनी प्रदेश सरकारको मन्त्रीका दावेदारका रुपमा छन् भने सोही क्षेत्रका यज्ञबहादुर बुढा क्षेत्री हाल कर्णाली प्रदेशको मन्त्री मण्डलमा सामाजिक विकास मन्त्रीको रुपमा रहेका छन् ।

    कर्णाली प्रदेश सभामा उपसभामुखको रुपमा पुष्पा घर्ती रहेको समयमा पनि यस क्षेत्रको कुनै पनि विकास निर्माणमा देखिने खालको परिवर्तन हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

    ‘चुनावमा सडक बनाउँछौं, विजुली बाल्छौं भनेर प्रतिबद्धता गर्ने नेताहरु चुनावपछि वास्ता नै गर्दैनन् । यस क्षेत्रका लागि विकास र परिवर्तनको मेरुदण्डको रुपमा लिन सकिने सडक विकासमा कसैको पनि चासो देखिएको छैन । अलिकति पानी परेको खण्डमा सडक अवरुद्ध हुने गरेको छ । खोलामा बाढी आउने गरेको छ,’ चौकुनेका नन्दु खनालले नेपालप्रेससँग भने, ‘यति मात्रै होइन, वर्षौं देखि विजुली लिनका लागि पोल गाडिएका छन्, विजुली पुग्ने कुनै सम्भावना देखिएको छै । सुर्खेत, दैलेख हुँदै जुम्ला पुगेको प्रसारण लाईन बीरेन्द्रनगर देखि मुस्किलले २८ किलोमिटर टाढा रहेको बडडीचौरमा समेत पुर्‍याउन सकेका छैनन् ।’

    तीनै पालिकामा विजुली नपुगेका कारण फोन सम्पर्क समेत हुन सक्दैन । चौकुने गाउँपालिकाका नागरिकले फोन गर्न पनि महाभारतको लडाई लडनुपर्ने अवस्था आइरहेको खनालको भनाई थियो ।

  • सुर्खेतका ४३ मध्ये पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा, पालिका प्रमुख–उपप्रमुख सबै एमालेमै

    सुर्खेतका ४३ मध्ये पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा, पालिका प्रमुख–उपप्रमुख सबै एमालेमै

    सुर्खेत । नेकपा एमाले विभाजनको असर जिल्ला र स्थानीय तहमा देखिन थालेको छ । दल विभाजनसम्बन्धी अध्यादेशले स्थानीय तहका जनप्रतिनिधिलाई पनि २१ दिनभित्र नयाँ दल रोज्ने अधिकार दिएकाले अब वडा तहका प्रतिनिधिले एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी रोज्न पाउनेछन् ।

    कर्णालीको राजधानी सुर्खेतमा माधव नेपाल पक्ष बलियो भए पनि जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीसहितका तीन तिहाईभन्दा बढी एमालेमै रहेपछि सुर्खेतमा माधव नेपाल पक्ष कमजोर देखिएको छ । शाही नेपाल पक्षका थिए ।

    सुर्खेतमा पार्टी अधिवेशनमा एमालेको माधव समूह विजय भएको थियो । एमालेका तत्कालीन जिल्ला सचिव मोहन बडुवालको नेतृत्वमा नयाँ दल गठन भएपनि नयाँदल प्रवेश गर्नेहरुको संख्या न्यून देखिएको छ ।

    ६३ सदस्यीय नेकपा एमाले जिल्ला कमिटिमा सदस्य हर्क रानाको मृत्यु भइसकेको छ । बाँकी ६२ जनामा नौजना मात्रै नयाँ दलमा सहभागी भएका छन् । पार्टी पदाधिकारीमा सचिव मोहन बडुवाल र उपसचिव टोपबहादुर रास्कोटी समाजवादीतर्फ खुलेर लागेका छन् ।

    संयोजक रहेका बडुवाललाई साथ दिन जिल्ला कमिटिबाट खगेन्द्र पोखरेल, केदार कँडेल, हरि खनाल, मनबहादुर कामी, गुमानसिंह कामी, रामकुमार दर्लामी र जागुराम थारु नयाँ दलमा सहभागी भएका हुन् ।

    झिनो संख्यामा जनप्रतिनिधिहरु नयाँ दल प्रवेश

    सुर्खेतमा नौ वटा पालिकाका ९९ वडामा एमाले एक्लैले स्थानीय तहको निर्वाचनमा ४३ वटा वडामा विजय प्राप्त गरेको थियो । तीन ओटा स्थानीय तहमा प्रमुख उपप्रमुख जितेको एमाले विभाजन हुँदा भने केही वडाअध्यक्ष र सदस्य मात्रै नयाँ पार्टीमा सहभागी भएका छन् ।

    सुर्खेतमा एमालेले सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र लेकबेशी नगरपालिकामा विजय हात पारेको थियो । सिम्ताका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, लेकवेशीका नगरप्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्ति छन्तेल, चौकुनेका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना पनि एमालेमै बस्ने भएका छन् ।

    त्यस्तै वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल एमालेमै छन् । उनी नेकपा विभाजनको बेला समेत केपी ओली पक्षमा थिइन् ।

    नयाँ दलमा वीरेन्द्रनगर नगरपालिकाका तीन ओटा वडाअध्यक्ष प्रवेश गरेका छन् । १६ वडा रहेको वीरेन्द्रनगरमा नौ वडामा एमालेले विजय प्राप्त गरेको थियो । नयाँ दलमा सहभागी भएका वडा अध्यक्षहरुमा वडा नं. ८ का रत्नबहादुर बुढा, वडा नं. १० का लोकप्रसाद चालिसे र वडा नं. १२ का थम्मप्रसाद गौतम हुन् ।

    चौकुने गाउँपालिका वडा नं. १ का लक्ष्मण आले र सदस्यहरु नयाँ दलमा सहभागी भएका छन् भने पञ्चपुरी नगरपालिकाको वडा नं. ५ का वडा अध्यक्ष रतनबहादुर विसी समाजवादीमा लागेका छन् । सो नगरपालिकाको वडा नं. १, ३, ५, ७ र ९ मा एमालेले विजय प्राप्त गरेको थियो ।

    एक पालिका अध्यक्ष नयाँ दलमा, एक ढुलमुल

    सुर्खेतका नौ वटा पालिकाका एमाले अध्यक्षहरुमा एक जना मात्रै नयाँ दलमा प्रवेश गरेका छन् भने एक अध्यक्ष ढुलमुल देखिएका छन् । पन्चपुरी नगर कमिटी अध्यक्ष मनबहादुर विश्वकर्मा मात्रै नयाँ दलमा खुलेर लागेका छन् भने बराहताल गाउँ कमिटी अध्यक्ष ओम महतारा भने हालसम्म ढुलमुल अवस्थामा रहेको एमाले स्रोत बताउँछ ।

    अन्य सबै पालिकाका अध्यक्षहरु एमालेमै रहेका छन् ।

  • कर्णालीमा आधुनिक ब्लड बैंक स्थापना गर्न रेडक्रसले ठाउँ पाएन

    कर्णालीमा आधुनिक ब्लड बैंक स्थापना गर्न रेडक्रसले ठाउँ पाएन

    सुर्खेत । कर्णाली प्रदेशका लागि ब्लड बैंक स्थापनाका लागि रेडक्रसले लामो समयदेखि गरेको प्रयास निरर्थक हुँदा आधुनिक संरचनासहितको सुविधा विस्तार गर्न असमर्थ भएको छ ।

    कर्णाली प्रदेश अस्पतालले ब्लड बैंकका लागि आवश्यक जग्गा वा ठाउँ उपलब्ध नगराउँदा अत्यावश्यक रगतको व्यवस्था गर्न समस्या भइरहेको छ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर आचार्यको वेवास्ताका कारण ब्लड बैंक स्थापनामा विलम्ब भइरहेको आरोप लागेको छ ।

    ‘प्रदेश अस्पतालको संरचनामा कम्तिमा चारवटा कोठा उपलब्ध गराइदिनुस भनेर हामीले लामो समयदेखि अस्पतालदेखि मुख्यमन्त्रीसम्मलाई अनुरोध गरिरहेका छौं । तर कलैबाट सुनुवाई भएन,’ जिल्ला रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले भने । सुर्खेत रेडक्रसले अहिले पनि दैनिक १ सय पिन्ट रगत वितरण गर्दै अँएको छ ।

    २०५३ सालमा तत्कालीन जिल्ला अस्पतालको परिषरमा भवन निर्माण गरी ब्लड बैंक स्थापना गरिएको थियो । अस्पताललाई पछि कालागाउँ सारिँदा पुरानो भवनबाट रगत वितरण गर्दा विरामी र आफन्तलाई झन्झट हुने देखियो ।

    ‘त्यो समयमा सुर्खेतमा जनघनत्व कम थियो । हामीलाई अस्पतालले एक कोठा उपलब्ध गराएको थियो । एक कोठाले अहिले भने धान्न नसकिने अवस्था आएको छ,’ रेडक्रस सभापति आचार्य भन्छन्, ‘हामीले बारम्बार जग्गा देउ, नभए कोठा देउ, हामी स्रोत दाताहरुसँग जुटाएर भएपनि अत्याधुनिक ब्लड बैंक खोल्छौं भनिरहेका छौं ।’

    कर्णाली सरकारले ब्लड बैंक स्थापनाका लागि गत आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । रेडक्रस श्रोतका अनुसार सामाजिक विकस मन्त्रीको निर्देशनसमेत नमानेर प्रदेश अस्पतालका मेसु डा. खड्काले सो रकम फ्रिज गराइदिएका छन् ।

    रेडक्रसले रगतको माग उच्च हुन थालेको अवस्थामा प्रविधिमैत्री ब्लड बैंक स्थापना गर्न ढिला भइसकेको बताएको छ । उनले पुरानो भवनमा ब्लड बैंक स्थापना गरेर सञ्चालन गर्दा आम सेवाग्राहीलाई सास्ती हुने भएका कारण अस्पतालमै जग्गा वा कोठाको व्यवस्था मिलाउन माग गरेको बताए ।

    अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जग्गा दिने नदिने बारेमा उच्च तहमा कुराकानी भइरहेको बताउँदै त्यसबारेमा आफूलाई जानकारी नभएको बताए ।

    सुर्खेत रेडक्रसका सभापति आचार्य कांग्रेस नेता हृदयराम थानी समूहका कार्यकर्ता तथा अस्पतालका मेसु डा. खड्का कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका भाइ रहेकाले दुई समूहबीचको टकारावको असर ब्लड बैंक स्थापनामा परेको टिप्पणी कतिपयले गरिरहेका छन् ।

  • युवा संघ सुर्खेत कार्यसमितिले पूर्णता पायो

    युवा संघ सुर्खेत कार्यसमितिले पूर्णता पायो

    सुर्खेत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । केन्द्रमा दुई गुटबीच विवाद जारी रहेको समयमा युवा संघले बुधबार सुर्खेत जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।

    केन्द्रीय सचिवालय सदस्य कमल खड्का ‘जुनी’ को नेतृत्वमा ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। यसमा केहि संख्या मनोनित गर्न बाँकी रहेको युवा संघ सुर्खेतले जनाएको छ ।

    नयाँ कमिटिमा कमिटिको वरिष्ठ उपाध्यक्षमा वासुदेव आचार्य, उपाध्यक्षमा विक्रम विक, अमृत बुढाहोमबहादुर रामजाली, समिर शाही र कटक शाही रहेका छन् । यस्तै सचिवमा डम्मर राना नियुक्त भएका छन् ।

    युवा संघको सचिवालयमा ३१ सदस्यीय बनाइएको छ भने त्यसकालागि तत्काल १६ सदस्य छनौट भएका छन् भने १५ जनालाई केहि दिनमा नै मनोनित गरिने छ ।

    सुर्खेतका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको जिम्मेवारी पनि युवा संघले तोकिसकेको छ । स्थानीय तहका इन्चार्ज भने सचिवालयको वैठकले तोक्ने अध्यक्ष खड्काले बताए । जिल्ला इन्चार्ज केन्द्रले तोक्ने भएका कारण त्यसकालागि सिफारिस लेखि पठाउने निर्णय गरिएको उनको भनाई थियो ।

    उनले युवा संघ सुर्खेत अब कसैकालागि कुरेर नबस्ने प्रतिक्रिया दिए । ‘अब हामी हाम्रो संगठनलाई विस्तार गर्दै अघि बढछौं । युवा संघ केन्द्रको नीति अनुसार हरेक स्थानीय तहमा संगठन विस्तार, सुदृढीकरण र भेलाका कार्यक्रमहरु अघि बढाउँछौं,’ अध्यक्ष खड्काले भने, ‘केन्द्रको संघर्षकै भरमा परेर हामी कुर्ने वाला छैनौं । आउने साथीहरुलाई हामीले समेटेर लिएका छौं ।’

    युवा संघ एमालेको सम्पत्ति भएको बताउँदै कसैलाई पनि गुटका आधारमा नहेरी क्षमताका आधारमा जिम्मेवारी दिइने उनको दावी छ ।

  • बत्ती जडानको नाममा समन्वयबिना पीच सडक भत्काउँदै वीरेन्द्रनगर नगरपालिका

    बत्ती जडानको नाममा समन्वयबिना पीच सडक भत्काउँदै वीरेन्द्रनगर नगरपालिका

    सुर्खेत । सडक वत्ती राख्ने नाममा वीरेन्द्रनगर नगरपालिकाले भर्खरै पीच गरेको सडक खन्न थालेकोमा कर्णाली पूर्वाधार निर्देशनालयले गुनासो गरेको छ ।

    शिवालय चोक–अख्तियार–घण्टाघरपार्क हुँदै बसपार्क जाने सडकको पिपलचौतारा नजिक नगरपालिकाले कालोपत्रे गरिएको सडक मुनिबाट तार लैजान मनोमानी रुपमा सडक भत्काएको छ । साढे चार इन्च बाक्लो कालोपत्रे नै भत्काएर नगरपालिकाले तार राखेपछि स्थानीयवासीसमेत आक्रोशित बनेका छन् ।

    पूर्वाधार निर्देशनालयका इन्जिनियर हरि शर्मा धितालले ‘हाइम्याक्स लाइट’ राख्ने भन्दै कार्यालयसँग समन्वय नै नगरी नगरपालिकाले मनपरि सडक भत्काएको गुनासो गरे ।

    श्याम एण्ड शंकर जेभीले कालोपत्रे गरेर पूरै भुक्तानी नसिलइसकेको उक्त योजनाका लागि निर्देशनालयले एक करोड पचास लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त कम्पनीले ९ करोड २२ लाख रुपैंयामा उक्त सडक निर्माणको ठेक्का पाएको थियो । तर कम्पनीले सडक हस्तान्तरण नगर्दै कालोपत्रे मनलाग्दी रुपमा भत्काउन थालेपछि सठकको गुणस्तर खस्किने सम्भावना देखिएको धितालको भनाई छ ।

    उक्त सडक खण्डमा तीन मिटर जति ‘व्ल्याक स्टोन’ राख्न बाँकी रहेको उनको भनाई छ । ‘स्थानीय दुई जनाले घर अगाडी स्टोन राख्न दिएका छैनन् । उनीहरुका कारण पनि सडक हस्तान्तरण गर्न ढिलाई भइरहेको छ,’ धिताल भन्छन्, ‘यसले काममा ढिलाई भइरहेको छ । राजनीतिक नेतृत्वकै आफन्तले घर अगाडी राख्न दिएका छैनन् । एक पटक राखेको स्टोनलाई उनीहरुले उखेलेर कुनामा थन्क्याइदिएका छन् ।’

    उनले विकास निर्माणमा सहयोगी हुनुपर्ने व्यक्ति नै असहयोगी बनिरहेको दुखेसो पोखे ।

    नगरपालिकाले सडक खन्न थालेकोमा स्थानीय वासिन्दा पनि सन्तुष्ट छैनन् । ‘यो बाटो राम्रो बनेको थियो । फेरि नगरपालिकाले भत्काएछ,’ स्थानीय रमेश शाही भन्छन्, ‘एक कार्यालयले बनाउने, अर्को कार्यालयले भत्काउन थाले भने विकास कति दिन टिक्ला र ?’

    यता, नगरपालिकाले भने उक्त भत्काएको सडकलाई पुनः कालोपत्रे गरिने जनाएको छ ।

  • वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिमा बाटो र जग्गा विवादका धेरै उजुरी

    वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिमा बाटो र जग्गा विवादका धेरै उजुरी

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिमा बाटो र जग्गा विवादसम्बन्धी धेरै उजुरीहरु पर्ने गरेको छ । सामान्य विवादलाई नगरभित्रै समाधान गर्ने लक्ष्यसहित स्थानीय तहको उपप्रमुख संयोजक रहने न्यायिक समितिमा आर्थिक वर्ष २०७५/०७६ मा ७७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा ५४ वटा मुद्दा दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १३ वटा मात्रै मुद्दा दर्ता भएको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन्।

    उनका अनुसार तीन वर्षको अवधिमा बाटो सम्वन्धी विवादका ४२ वटा मुद्दा दर्ता भएका छन् भने दोश्रोमा जग्गा विवाद सम्वन्धी मुद्दा दर्ता भएका छन् । जग्गा विवाद सम्वन्धी ३६ वटा मुद्दा दर्ता भएका हुन ।

    यस्तै, लेनदेनसम्वन्धी १० वटा, घरेलु हिंसासम्वन्धी १२ वटा, अंशसम्वन्धी ४, निकाससम्वन्धी १०, घरसम्वन्धी दुई, ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेको १, क्षतिसम्वन्धी ५, फोहोरसम्वन्धी १३, नागरिकतासम्वन्धी एक र ज्याला मजदुरीसम्वन्धी ८ वटा मुद्दा दर्ता भएका छन् ।

    नगरपालिकाको न्यायिक समितिले गरेको कामहरुको सम्वन्धमा स्थानीय तह संस्थागत क्षमता स्व मुल्यांकन (लिसा) प्रणालीमा वीरेन्द्रनगरले शतप्रतिशत अंक प्राप्त गरेको छ ।

    ‘आर्थिक रुपमा विपन्न नागरिकलाई कानूनी सहायताका लागि वैतनिक वकिलको पनि व्यवस्थापन गरेका छौं । कम्तिमा यहाँका नागरिकले सजिलै न्याय पाउन र कोही कसैले पनि रकम अभावकै कारण पीडामा बस्ने अवस्था नआओस भन्ने हो,’ नगरमा समाधान हुन नसकेका मुद्दाको प्रक्रियाबारे उपप्रमुख ढकालले भनिन्,

    उनले नगरपालिकाका १६ जना छात्रालाई कानून विषयमा उच्च शिक्षा अध्ययनका लागि छोरी छात्रवृत्ति कार्यत्रम सञ्चालन गर्न लागिएको बताइन ।

    न्यायिक समितिमा आउने उजुरीहरुमा छिटो भन्दा छिटो न्याय दिलाउने र आर्थिक रुपमा कमजोर भएकाहरुका लागि निःशुल्क कानूनी उपचारको व्यवस्था गर्ने तयारी नगरपालिकाले गरेको उनको भनाई छ ।

  • पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप

    पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप

    सुर्खेत । नेकपा एमालेले सर्वोच्चबाट पुनर्बहाली पाएका कर्णालीका आफ्ना चारमध्ये तीन जना सांसदले आदेश कार्यान्वयन नगरेको आरोप लगाएको छ ।

    एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतले जिम्मेवारीमा फर्काइदिए पनि आफ्ना सांसद भने दलको नियमित वैठकमा नफर्किएको बताए । ‘आदेश हामीले कार्यान्वयन गरिसकेका छौं । उहाँहरुले ढिलाई गर्नुभएको छ,’ कँडेलले भने, ‘उहाँहरु एमाले सांसदकै हैसियतमा पुनर्वहाली हुनुभएको हो । सोही अनुसार भूमिका निर्वाह हुने अपेक्षा गरेका छौं ।’

    उनले सदनमा दुईवटा एमाले नभएको बताउँदै एमालेले सबै माग सम्वोधन गर्ने प्रतिबद्धता जनाए पनि तीन जना सांसदहरु दलको बैठकमा नआउनु आश्चर्यजनक रहेको बताए ।

    ‘उहाँहरुले एमालेमै रहन पाउँ भनेर मुद्दा हाल्नुभएको हो । उहाँहरु अहिले एमाले मै हुनुहुन्छ तर उहाँहरु दलको वैठकमा आउनु भएको छैन,’ कनडेलले भने, ‘उहाँहरुलाई सहज होस भनेर धेरै प्रयास गरेका छौं ।’ उनले दलको विधान बमोजिम अघि बढनुपर्ने बताउँदै तीनै जना मन्त्रीलाई मार्ग प्रशस्त गरेर आउन आव्हानसमेत गरे ।

    सरकारमा अहिले एमालेका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा मन्त्रीका रुपमा छन् । पार्टी निर्णयविपरित फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै पार्टीले कारबाही गरेका उनीहरुलाई सर्वोच्चले थमौती दिएको थियो ।

    मुख्यमन्त्रीले मन्त्री पुरस्कार दिएपछि उनीहरु दलको बैठकमा भने सहभागी भइरहेका छैनन् ।

  • वादी उत्थानको बाधक समुदायकै अगुवा !, सरकारले लिखित सहमति कार्यान्वयन गरेन

    वादी उत्थानको बाधक समुदायकै अगुवा !, सरकारले लिखित सहमति कार्यान्वयन गरेन

    सुर्खेत । गत फागुनमा बादी समुदायले दुई सातासम्म मुख्यमन्त्री कार्यालयमा अगाडि धर्ना दिएपछि सरकारले पाँच बूँदे सहमति गरेको थियो । तीन महिनामा माग पूरा हुने लिखित सहमति पाएपछि दंग हुँदै गाउँ फर्किएका बादी समुदाय पुनः निराश बन्न थालेका छन् ।

    दैलेख, सुर्खेत र जाजरकोटका बादी समुदायष्ले पुरानो पेशा धरापमा परेकाले नयाँ पेशा र जीवन निर्वाहको बाटो खोजिदिन सरकारसँग माग गरेका थिए । खेती गर्ने जग्गा दिलाइदिन उनीहरुले माग गरेका तिए । यी मागको सरकारले सम्बोधन गरेको पनि हो । तर, कार्यान्वयनमा भने सुस्तता देखायो ।

    सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र र वादी संघर्ष समितिका हिक्मत वादीले हस्ताक्षर गरेका थिए ।

    उक्त सहमतिमा प्रदेश सरकारको कार्यक्षेत्र नभएको हुँदा जमिन उपलब्ध गराइदिन प्रदेश सरकार, मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोध गर्ने र यसका लागि आवश्यक समन्वय गर्ने उल्लेख छ । यस्तै, कर्णाली प्रदेशमा रहेका वादी समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने, प्रदेश सरकारको नाना, खाना र छाना कार्यक्रमअन्तर्गत वादी समुदायलाई यही आर्थिक वर्षमा थप कार्यक्रम सञ्चालन गर्न दिने पनि सहमति भएको छ ।

    कर्णाली प्रदेशमा रहेका वादी समुदायको उत्थान र विकासका लागि आउँदो नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कला, संस्कृति, सीपमूलक तालिम तथा आय आर्जनका विषय समावेश गर्ने, वादी समुदायले हाल सञ्चालित सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने र वादी समुदायका युवा व्यवसायीलाई सीपमूलक तालिम तथा घुम्ती कोष खडा गरी १० लाखसम्मको ऋणमा व्याज अनुदान व्यवस्था गर्ने सहमति भएको छ । प्रदेश सरकार र वादी समुदायीचको सहमतिपत्रमा हस्ताक्षर भएसँगै वादी समुदायको आन्दोलन स्थगित भएको थियो ।

    तर सहमति भएअनुसार अहिलेसम्म उक्त समुदायका नाममा प्रदेश सरकारले केहि पनि गरेको छैन । घुम्ती कोष स्थापना गर्नु त परै जाओस, सामान्य रुपमा वादी समूदायको अहिलेको अवस्था के छ भन्नेमा पनि ध्यान नदिएको गुनासो सीता वादीले गरेकी छन् ।

    ‘हामीलाई आश्वासनको पोका बाँडेर घर फिर्ता गराइयो तर अहिलेसम्म सरकारले कुनै पनि मागको सुनुवाई गरेको छैन,’ उनी भन्छिन्, ‘हामीले विगतमा काम गरेर खाने भनेको कि गिट्टी चाल्ने हो कि खोलामा माछा मारेर खाने हो वा गाउँमा गएर खाने हो ।’

    उनी मात्रै होइनन्, वादी समूदायले उतिबेला हाताहाती सहमति गर्नुपर्ने माग नगरेका होइनन् । तर समुदायका अगुवाले नै सरकारसँग सहमति गरिदिए । ‘हामीहरु हाताहाती माग पूरा नभएसम्म कतै नजाने भनिरहेका थियौं । हाम्रा अगुवाले के–के सहमति गरेर कुरा मिल्यो भनेर हामीलाई फर्काएका हुन्,’ रमेश वादी गुनासो गर्छन्, ‘हामी गाउँ फर्किएको तीन महिना भन्दा बढी हुँदा पनि सरकारका कुनै पनि व्यक्तिले हाम्रो मागको सुनुवाई गरेको छैन । हामीलाई सानो घरमा बस्न बाध्य बनाएका छन् । भोकभोकै बस्न विवश बनाएका छन् । फेरि एक आन्दोलन गर्ने योजना बनाइरहेका छौं ।’

    अर्का एक वादीले भने सरकारलाई भन्दा आफ्नै अगुवालाई दोष दिएका छन् । ‘मेरो नाम नछापिदिनुहोला । हाम्रो नाममा राजनीति गर्नेहरुकै कारण हाम्रो माग पूरा नभएको हो । उनीहरुले आश्वासन बाँडेकै कारण हामीहरु घर फर्किन बाध्य भएका थियौं । आन्दोलन तुहाउने वादी समुदायकै अगुवाहरु नै हुन् । यसमा सरकारको मात्र दोष छैन,’ ती वादीले भने, ‘सरकारको काम त जनतालाई ढाँटने, सकेसम्म छल्ने नै हो । हाम्रै अगुवा पनि त्यस्तै निस्के ।’

    सहमती हस्ताक्षरकर्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मिश्रले वादी समूदायकालागि सरकारले केहि गर्न नसकेको स्वीकार गरे । प्रदेश सभाको सामाजिक विकास समितिमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामीले चालू आर्थिक वर्षमा केहि गर्न सकेनौं । तर आगामी वर्षको बजेटमा उहाँहरुका समस्या समाधानका लागि ५÷७ करोड बजेट विनियोजन गरेर बढीमा दुई जिल्लामा नमूना बस्ती बसाउने योजना ल्याउँदैछौं,’ उनले भने ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने वादी समुदायसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले नीति तथा कार्यक्रममा उहाँहरुको मागलाई समेटेका छौं । अब बजेटमा पनि केहि व्यवस्था गर्छौं ।’

  • समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

    समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

    सुर्खेत । नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ ।

    माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला कमिटिको आजको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।

    शाहीका अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई विज्ञप्ति जारी गर्ने, आन्दोलनको आव्हान गर्ने र आफ्नो नेतृत्वमा एमाले जिल्ला कमिटी घोषणा गरी पार्टी विधानविपरीत गतिविधि गरेकोले उनलाई पदमुक्त गरिएको हो ।

    त्यस्तै पार्टी एकता र भावनाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।

  • कोरोनाबाट मृत्यु भएकाको परिवारलाई एक लाख दिन प्रदेश सरकारसँग आग्रह, सुर्खेतमा २५ गतेसम्म निषेधाज्ञा

    कोरोनाबाट मृत्यु भएकाको परिवारलाई एक लाख दिन प्रदेश सरकारसँग आग्रह, सुर्खेतमा २५ गतेसम्म निषेधाज्ञा

    सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाबाट मृत्यु भएका नागरिकको परिवारलाई तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

    सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार कर्णाली प्रदेश सरकारबाट कोभिड १९ को संक्रमणबाट मृत्यु भएका परिवारलाई बीमा बापत एक लाख उपलब्ध गराइदिन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको हो ।

    ‘सुर्खेतमा दोश्रो भेरियन्टको कोरोना आएपश्चात १३६ जनाको मृत्यु भएको छ ।

    त्यस्तै आज बसेको डिसीएमसीको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ ।

  • वीरेन्द्रनगरका वडाध्यक्ष भन्छन्- प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेर भए पनि वडावासीको खर्च टार्छु

    वीरेन्द्रनगरका वडाध्यक्ष भन्छन्- प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेर भए पनि वडावासीको खर्च टार्छु

    सुर्खेत । कोरोना भाइरस दोस्रो लहरको ‘चेनब्रेक’का लागि देशभरका लगभग सबै जिल्ला प्रशासनले निषेधाज्ञा लागू गरेको एक महिना पुग्न लागेको छ ।

    बन्दाबन्दी लम्बिँदै जाँदा मजदूर वर्गमा ठूलो असर परेको छ । उनीहरुलाई खानकै समस्या हुन थालेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम सुनारले बन्दाबन्दीका कारण गरिवले खान नपाउने अवस्था सुरु भएको बताएका छन् ।

    उनले आफ्नो वडामा २ हजार ४ सय घरधुरी रहेकोमा ६ सय भन्दा बढी परिवारलाई खानेकुराको समस्या हुन थालेको बताए ।

    ‘दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु सबैभन्दा बढी पीडामा पर्न थालिसकेका छन् । उनीहरुको घरमा चामल तेल रित्तन लागेको गुनासो आउन थालेको छ । ‘कि काम देऊ, कि माम देऊ’ भन्न थालेका छन्,’ उनले थपे ‘कोभिडका कारण वीरेन्द्रनगरमा भइरहेका सबै विकासे काम, अन्य ज्यालादारी काम रोकिएका कारण उनीहरुसँग बचत रकम सकिएको पाएको छु । त्यस्ता गुनासाहरु दिनदिनै बढिरहेका छन् ।’

    उनले आफूले आफ्नो वडामा प्रधानमन्त्री रोजगार कार्यक्रममा ती सबैलाई सामाजिक दुरी सहित काममा लगाउने योजना बनाएको बताए । ‘मैले प्रधानमन्त्री रोजगार कार्यक्रममा सबैलाई लगाउन खोजेको छु तर प्रधानमन्त्री रोजगार कार्यविधिले भने सूचिकृत भएका युवालाई मात्रै काममा लगाउने भन्ने कानून बनाएको छ,’ उनी भन्छन्, ‘महामारीको समयमा यो नीति सहि भएन । काम हुँदा हुँदै सूचीकृत भएकाले मात्रै पाउने भन्दा पनि जो भोकै छन्, जसले काम र माम पाएका छैनन्, उनीहरु सबैलाई रोजगारी दिनुपर्ने योजना बनाएको छु । यसबारेमा म नगरप्रमुख, उपप्रमुखसँग सल्लाह गर्दैछु ।’

    कोरोनाका कारण उनको वडामा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार वडा नं. १ मा सक्रिय संक्रमितको संख्या १ सय ९८ जना रहेको छ । ‘ती सबै संक्रमितको घरमा पुग्ने अभियान सुरु गरेको छु । आजसम्म ५१ घरमा पुगिसकेका छौं । संक्रमितको घरमा पुगेर उनीहरुलाई हौसला दिने, प्रतिव्यक्ति दश वटाका दरमा अण्डा दिने, औषधिहरु दिने काम गर्दै आइरहेका छौं,’ उनी भन्छन् । त्यसका लागि वडालाई नेपाल रेडक्रस सोसाइटीलगायत केहि संस्थाले सहयोग गरेका छन् ।

    वडामा विपद कोष स्थापना गरिएको छ । ‘अहिले कोषमा हामीसँग चार लाख रुपैयाँ छ । गरिब, मजदुर, ज्यालादारी नागरिक भोकै पर्ने अवस्था आएको खण्डमा त्यहि रकम वितरण गर्छौं,’ उनी भन्छन्, ‘सबैलाई यति अनुरोध छ कि अत्यावश्यक काम नपरी घरबाट कोही पनि बाहिर ननिस्कनुस ।स्वास्थ्य मापदण्ड अपनाइदिनुस् ।’

  • सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

    सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

    सुर्खेत । कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

    सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । संक्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ ।

    निषेधाज्ञा खुकुलो हुँदा संक्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ । आजदेखि खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ । कर्णालीमा हालसम्म कोरोनाबाट १३४ जनाको मृत्यु भइसकेको छ ।

  • सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

    सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

    सुर्खेत ।  कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

    सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । संक्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ ।

    निषेधाज्ञा खुकुलो हुँदा संक्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ । आजदेखि खाद्यान्नका पसलहरू आइतबार, मंगलबार र बिहीबार तथा फलफूल, तरकारी पसलहरू दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ ।

    कर्णालीमा हालसम्म कोरोनाबाट १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

  • सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    बुधबार २२ गते दिउँसो विषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिप्रका खटिएको प्रहरी टोलीले सुर्खेत वीरेन्द्रनगर नयाँ बसपार्कमास्थित सुनिता होटलको अण्डर ग्राउण्ड कोठामा जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका–७ का २५ वर्षीय हिमाल आले मगर र वीरेन्द्रनगरपालिका– ४ का १९ वर्षीय धिरज खत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनक शाहीले बताए ।

    उनका अनुसार उनीहरुको साथबाट ८ ग्राम १ सय ५० मिलिग्राम लाग्रूऔषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमित विरामीको गएराति मृत्यु भएको छ ।

    अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

    उनका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो ।

    भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

    दैलेखमा एकको मृत्यु

    कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ७५ वर्षीय एक पुरुषको आज विहान निधन भएको छ ।

    उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतानमा अक्सिजनसहित उपचार गराइए पनि उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

  • सुर्खेतमा जनता आवास कार्यक्रमको प्रगति सुस्त, यो वर्ष ७१ घर मात्रै बन्ने

    सुर्खेतमा जनता आवास कार्यक्रमको प्रगति सुस्त, यो वर्ष ७१ घर मात्रै बन्ने

    सुर्खेत । सुर्खेत जिल्लामा जनता आवास कार्यक्रमको प्रगति निकै सुस्त भएको छ । यो आर्थिक वर्षमा जिल्लाभर ५ सय ५० घर निर्माण हुने लक्ष्य रहे पनि संघीय सरकारले बजेट कटौती गरेपछि आयोजनाको गतिमा अन्योल देखिएको हो ।

    विगतमा संघीय सरकारले नै आयोजना कार्यान्वयन गर्दै आएकोमा हाल प्रदेश सरकारमार्फत सञ्चालन भइरहेको छ । तर बजेट भने केन्द्रबाटै आउने गरेको छ । जनता आवास कार्यक्रमका लागि यो वर्ष सुर्खेतमा दुइ करोड ४९ लाख बजेट छ । यो वर्ष ८५ घर बनाउने सम्झौता भइसकेको छ । कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याएको छैन ।

    कार्यक्रमका असिस्टेन्ट सव इन्जिनियर देव गुरुङका अनुसार सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकामा दलित तथा अति विपन्न नागरिकका घरहरु निर्माण कार्य सुरु भएको हो ।

    एक घर निर्माणका लागि कार्यक्रमले कन्टिजेन्सी काटेर तीन लाख ३६ हजार नगद दिने गरेको छ । ‘हामीसँग कार्यक्रमका लागि पर्याप्त बजेट नभएका कारण सबै घरहरु निर्माण गर्न सम्झौत ागर्न सकिएन,’ उनी भन्छन्, ‘अहिले आएको बजेटले ७१ घरहरु मात्रै बन्न सक्ने देखिन्छ ।’ उनले घर निर्माणका लागि सम्झौता गरेको खण्डमा पहिलो डीपीसी गरेलगत्तै पहिलो किस्ता दिनुपर्ने भएका कारण सबै घर निर्माणका लागि सम्झौता नगरिएको प्रष्ट पारे ।

    कर्मचारी तलवविहीन

    प्रदेश सरकार मातहत आएपश्चात कार्यक्रमका कर्मचारीहरुले गएको पुसयता तलब सुविधा पाएका छैनन् । प्रायः फिल्डमै बस्नुपर्ने ती कर्मचारीहरुले काम गर्दै आए पनि सुविधा नपाउँदा मुस्किल भएको गुरुङको भनाइ छ ।

    ‘अहिले एक जिल्लामा तीन जनाको दरवन्दी छ । तीनै जना हामी अस्थायी करार सेवामा काम गर्दैछौं,’ गुरुङले थपे, ‘पुस महिनासम्मको तलब टिप्पणी उठाएर भौतिक पूर्वाधार विकास मन्त्रालयले दिए पनि त्यसपछि अहिल तलब पाइएको छैन ।’ सुर्खेत जिल्लामा ५ सय ५० घर बनाउनका लागि १९ करोड २५ लाख बजेट आवश्यक पर्ने पनि उनले जनाए ।

    ‘प्रदेश सरकारले थप बजेटको व्यवस्था गरेको भए भवन निर्माण गर्न सकिन्थ्यो,’ उनका अनुसार सुर्खेतमा पहिलो चरणमा वादी समूदायका घर निर्माण पूरा भइसकेपछि दलित समूदायका अति विपन्नहरुको घर निर्माण गर्न सुरु गरिएको हो ।

  • ‘प्रधानमन्त्रीले कित्ता क्लियर गर भन्नुभयो, हामीले एमालेमै रहन्छौं भन्यौं’

    ‘प्रधानमन्त्रीले कित्ता क्लियर गर भन्नुभयो, हामीले एमालेमै रहन्छौं भन्यौं’

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाही माधव कुमार नेपाल निकट मानिन्छन् । नेकपा एमालेमा विवाद बढेसँगै उनले पछिल्लो समयमा पार्टी फूटको पक्षमा नरहेको बताएका छन् ।

    नेपाल पक्षका २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधिँदा शाही लगायत ८ जना भने जोगिए । नेपालप्रेससँग कुरा गर्दै सांसद शाहीले एमालेको विकल्प एमाले नै भएको बताउँदै एमाले मिल्नुको विकल्प नै नरहेको बताए । यही सन्दर्भमा उनीसँग गरिएकाे कुराकानीको सारसंक्षेपः

    तपाइहरु अहिले पनि माधव नेपाल पक्षमै हो ?

    होइन यो पक्ष वा त्यो पक्ष भन्दा पनि फुटको पक्षमा लागिन्न । फुट्नमा जो कोही लागेछन् भने पनि लागिन्न । फुटको पक्षमा हामी जाँदैनौं । जहाँ सूर्य हुन्छ, जहाँ एमाले हुन्छ हामी त्यहिँ जान्छौं, त्यहिँ छौं ।

    हामीले एमालेकै राजनीति गरेको हो । जनताको बहुदलीय जनवादलाई अंगीकार गर्दै राजनीति गरेका हौं । यत्रो लामो त्याग र तपस्या सहित बनेको पार्टीलाई छोड्न हामी लाग्दैनौं, छोडदैनौं र सारा एमालेका कार्यकर्तालाई फेरि पनि फूटको डिलमा धकेलेर एमालेका आम कार्यकर्ताको सपनालाई हामी टुटाउँदैनौं ।

    तपाई हिजोदेखि नेपाल पक्षको सांसद, अहिले ओलीसँगको वान टू वान कुरामा के पाउने सहमति भयो र माधव नेपालको साथ छाड्नुभयो ?

    हामीलाई बोलाएका थिए । हामी गएका पनि हौं । हामी पार्टी एकताको पक्षमा नै छौं, थियौं । पार्टी मिलाउनुस्, मिलाउने ठाउँमा तपाई हुनुहुन्छ भनेर प्रष्ट कुरा हामीले राखेका हौं । तपाईले मिलाउन पनि सक्नुहुन्छ, सप्राईज दिनुस् भनेर हामी आएका छौं ।

    प्रधानमन्त्री ओलीले म प्रयास गर्छु भनेर भन्नु भएको छ । पार्टी अध्यक्षले पक्ष विपक्ष क्लियर गर्न भन्नु भएको हो । हामीले पार्टी एकताको पक्षमा रहेको र एमालेमै रहेको कुरा बतायौं । अन्य कुनै त्यस्तो सहमति वा सुम्झौता गरिएको होइन ।

    पार्टी रहेको खण्डमा मात्रै हामी रहने हो नत्र सबै कुरा खत्तम हुन्छ । हाम्रो अन्य कुनै स्वार्थ छैन बस पार्टी एकता होस, एमाले एक ढिक्का होस भन्नेकुरा अध्यक्ष ओलीसमक्ष राखेका हों । हामी एमाले नै हौं ।

    नेपाल र ओली पक्षबीच कारवाहीको दौर चलिरहँदा के दुवै नेतालाई मिलाउन सजिलो छ ?

    राजनीति हो कस्तो सम्भव छ र कस्तो असम्भव छ भन्ने कुरा नै होइन । विधान पढ्ने, विधानको अर्थ लगाउने, नियमावली पढ्ने, अपानी पढ्ने अर्थ लगाउने काम गरेर एमालेको अहिलेको संकटको समाधान हुँदैन ।

    के गरेर एकता हुन्छ त ?

    अहिले संकट गहिरिएको छ । फेरि उच्च राजनीतिक निर्णयको आवश्यकता छ । राजनीतिक सहमति गर्न आवश्यक छ ।

    तपाईले भन्न खोजको कस्तो सहमति ?

    फेरि पनि पार्टी एकताका लागि सहमति गर्न आवश्यक छ । कसले कति त्याग्ने भन्ने कुरा नै मुख्य कुरा हो । को कति व्याक हुने भन्ने सहमति हुनु आवश्यक छ । विगतलाई विर्सने, कुण्ठा आग्रह छाड्ने, अहंकार छोडने, विगतबाट सिक्ने र को कति चित्त बुझाउछन बुझाउने र अघि बढने यसको विकल्प छैन ।

    यो विकल्प त्यति सजिलो छ र ?

    त्यहि त राजनीतिक सहमति गर्नपर्छ भनेको हो । हतियार उठाएको र हतियार बोकेको शक्तिसँग त सहमति भएको छ । शान्ति प्रक्रियामा हतियार बोकेको शक्ति आएको छ । दुई ओटा पार्टीलाई उकता गरेर दुई अध्यक्ष बनाएर पार्टी एकता गरेका थिए ।

    चित्त मिलेको भए यो नेकपा रहिरहन्थ्यो । त्यहाँ विधान र नियमावली खोजेर गइएको होइन । कहिलेकाही यस्ता संकट परेको समयमा झ्याप्प नयाँ खालको, नयाँ उचाईमा उठेर नयाँ शीराबाट सहमति गरेर पार्टी जोगाउन सकिन्छ । यसकालागि शीर्ष नेताहरुले नै भूमिका खेल्न आवश्यक छ । अनिमात्र पार्टी जोगिन्छ नत्र गाह्रो हुन्छ ।

    विगतमा तपाईंहरु नेपाल पक्षमा नै लागेका कारण मन्त्री बन्न पाउनु भएन नि..?..

    नाई नाई, यस्तो हुन्छ के, हामी ओली कहाँ बस्ने कि नेपाल कहाँ भन्ने कुुरा भन्दा पनि पार्टी भित्र बस्ने कि बाहिर जाने भन्ने कुरा हुन्थ्यो के । त्यसो हुँदा पार्टीमै बस्ने भन्ने निष्कर्ष हो । नेताहरुका कुरा गर्दा पार्टी अध्यक्ष ओली नै छन् । अरु नेताहरु पनि छन् ।

    नेतासँगको सहमति असहमति, विचार दृष्टिकोण मिल्ने नमिल्ने, विश्वास जित्ने नजित्ने नेतृत्वको कुरा भयो । नेतृत्वको व्यवहार ठीक भए सहमत हुनसक्ने, गलत भए असहमत हुनसक्ने कुरा भयो । त्यस्ता विषय रहन्छन नै । तर पार्टी को हो भन्दा एमाले नै हो नि ।

    एमाले र सूर्यकालागि तपाईंले यागदान दिनु भएको छ । वैशाख तीन गते कर्णालीमा फ्लोर क्रस भएको छ, यसलाई कुन रुपमा हेर्नु भएको छ ?

    पार्टी निर्णय विरुद्ध हुने कुनै पनि गतिविधि गलत हुन् । कसरी ठिक निर्णय भन्न सकिन्छ र ? दलको निर्णय विपरित भएका कामहरु यहाँ मात्रै होइन जहाँ भएपनि गलन.त नै भन्छौं । त्यो गलत नै हो ।

    अब हामीले भनेर सबैकुरा बेठिक भनर मानिहाल्ने, ठिक भनेर ठिक भइहाल्ने स्थिति भएन । पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको छ । लुकाउने कुरा भएन । तल देखि माथिसम्म अविश्वासको वातावरण छ । यो परिस्थिति आयो ।

    उच्च तहमा सहमति भएको खण्डमा तल पनि सम्हालिदै जान्छ । माथिल्लो तहमा सहमति भएन भने यस्ता कामहरु भइरहन्छन् । राम्रो काम नभएपनि कसलाई रोक्न सकिन्छ र ? यसकालागि नेतृत्व नै माथि उठन पर्छ ।

    आग्रह पूर्वाग्रहभन्दा माथि नेतृत्व नै उठन जरुरी छ । जिम्मेवारीमा रहेका व्यक्तिले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ । हामीले हाम्रो स्थानमा गर्ने, उहाँहरुले आफ्नो स्थानमा गर्ने, एकले अर्कोलाई दोष लगाएर भन्दा पनि सबैले यसलाई सकारात्मक ढंगबाट पाठ सिक्दै अघि बढन आवश्यक छ ।

    हिजो केपी ओली र नेपाल पक्षबीच भएको वार्तालाई कसरी लिनुहुन्छ ?

    वार्ता एकदमै स्वागतयोग्य छ । परिणाम के आउला त्यो अलग कुरा हो तर नेताहरुबीच छलफल हुनु पनि खुशीको कुरा हो ।

    यो कसरी भएको होला ?

    हेर्नुहोस, एमालेका कार्यकर्ताहरु हामी सबै कोही पनि फुट चाहदैनौं । एकपटक पार्टी फुटेका कारण हामीले धेरै ठूलो नोक्सान व्यहोरोका थियौं । अब त्यस्तो गर्नु हुँदैन भनेर हामी सबैले राजनीतिक नेतृत्वलाई दबाब दिइरहेका छौं ।

    अझ भन्ने हो भने विगतको भन्दा फरक दृष्टिकोण अहिले एमालेका नेताहरुमा बढिरहेको छ । पार्टी एकता जोगाउने पक्षमा नेताहरुलाई सबैले दबाब दिइरहेका छौं । यस्तो गर्नुको मुख्य कारण भनेकै एमालेले मात्रै यो देशका जनताको माग सम्वोधन गर्नसक्छ, जबजको आधारमा समाजवादसम्म पुग्न सकिन्छ र जनताका न्यूनतम मागहरु, इच्छाहरु पुरा गर्न सकिन्छ भन्ने नै हो ।

    विगतमा एक नेताले अर्को नेतालाई आफ्नो स्वार्थ अनुकुल कुरा लगाउने प्रचलन थियो, त्यो तोडिएको छ । अर्थात अहिले सबै पार्टी एकतामा लागेका कारण नेताहरु पनि कार्यकर्ताको साथ र चाहना बमोजिम सहकार्य गर्न तयार हुनु भएको हो । फेरि पनि एमालेको विकल्प एमाले नै हो । एमाले बनाउन जति समय लागेको थियो, त्यसलाई ध्वस्त पार्ने छुट हामी कार्यकर्ताले एकाध नेतालाई दिनु हुँदैन भन्ने मत हामीमा छ ।

  • कर्णालीका तीन सांसद एमालेबाट निश्कासित, ज्वालालाई निश्कासन गर्न केन्द्रलाई पत्र

    कर्णालीका तीन सांसद एमालेबाट निश्कासित, ज्वालालाई निश्कासन गर्न केन्द्रलाई पत्र

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले संसदमा माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको अध्यक्ष गोरख वोगटीले बताए ।

    पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निश्कासन गरिएको हो । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ ।

    प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाइ उनीहरुमाथि कारवाही गरिएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।’

  • भारतमा दाजुबाटै बेचिएका बालक १० वर्षपछि फर्किए

    भारतमा दाजुबाटै बेचिएका बालक १० वर्षपछि फर्किए

    सुर्खेत । चार कक्षामा पढ्दा आफ्नै दाइले भारत पुर्‍याएका एकजना १० वर्षपछि नेपाल फर्किएका छन् ।

    आफ्नो नाम कृष्ण कार्की बताउने १९ वर्षीय ती युवा सुर्खेत आइपुगेका हुन् । वीरेन्द्रनगर लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालयमा ४ कक्षामा पढ्दै गर्दा दाजु प्रकाश (कान्छा बुवा धनवीर कार्कीको छोरा) सँगै भारतको दिल्ली गएको उनले बताए ।

    ‘भारतको दिल्ली लिएर सरदारको घरमा राखिदिए । म डराउन थालेपछि मालिकले खबर गरेर बालगृहमा राखिदिए । पछि बुझ्दा घरमालिकले दाइलाई ५ लाख भारु दिएको बताए ।’

    भारतको बाल सुधार गृहमा रहँदा कृष्ण (रातो घेरामा) ।

    कृष्ण लाटीकोइलीस्थित खगेन्द्र कार्कीको घरमा बसिरहेका कृष्णको परिवारसँग भने सम्पर्क भएको छैन ।

    ‘मेरा बाजेको नाम गोपाल कार्की, बाबु गणेश कार्की, आमा धौली कार्की हो । भाइ किशोर कार्की र बहिनी कल्पना कार्की छन्’,उनले भने ।

    भारतीय दूतावासको सहयोगमा काठमाडौं आएका उनी काठमाडौंको चावहिलस्थित बालसुधार गृहमा केही दिन बसे । सुर्खेत ८ लाटीकोइली, पहाड घर दैलेख बताएपछि उनलाई महेन्द्रनगर हुँदै सुर्खेत ल्याइएको हो ।

  • सल्यानमा चिन्ताजनक घटना : १६ वर्षीया किशोरीको पेटमा भाइको गर्भ

    सल्यानमा चिन्ताजनक घटना : १६ वर्षीया किशोरीको पेटमा भाइको गर्भ

    सुर्खेत । सल्यानको बनगाड नगरपालिकाको एक गाउँ । श्रीमान खाडी मुलुकमा काम गर्न जाने र श्रीमती घरमा बसेर छोराछोरी स्याहार्ने गरी घर चलेका धेरै परिवार छन् यहाँ । यस्तै एउटा परिवारभित्र हालै भएको घटनाले सिंगै जिल्लावासीलाई स्तब्ध बनाएको छ ।

    खाडी मुलुकमा पसिना बगाएर बुवाले पठाइदिएको पैसाले आमालाई छोराछोरी पाल्न ठिक्क हुन्थ्यो । विदेश जानुभन्दा पहिले बुवा भारतका विभिन्न शहरमा जाने गर्थे । भारतमा ज्याला मजदुरी गर्दा चार सन्तान र श्रीमतीको भरणपोषण राम्ररी गर्न नसकेपछि नसकिने ठानेर बुवा खाडीतिर हानिएका थिए ।

    खाडी देशको रोजगारीले परिवारको धेरथोर आर्थिक उन्नति भयो । घरको छानो फेरियो । एक भान्छा कोठा, एक पाहुना कोठा, एक श्रीमान र श्रीमती सुत्ने र अर्को छोराछोरी सुत्ने कोठासहितको नयाँ घर बन्यो ।

    चार छोराछोरीमध्ये जेठी छोरी १६ वर्षकी छिन् । उनीभन्दा पछि अर्की छोरी र त्यसपछि दुई छोरा । बढ्दो उमेरका उनीहरुको कोठा एउटै, विस्तारा एउटै । यो पक्षमा अभिभावकको ध्यान पुगेन । र, अकल्पनीय घटना भयो ।

    केहि दिनअघि मात्रै सार्वजनिक भएको घटनाले परिवारलाई स्तब्ध तुल्याएको छ । १६ वर्षकी किशोरीले गर्भ बोकेकी छन् । र, उनले आफ्नो पेटमा रहेको गर्भ सहोदर भाइको भएको स्वीकारेकी छन् ।

    बन्गाड कुभिण्डे नगरपालिकामा भएको घटना हो यो । किशोरीको गर्भ ८ महिनाको भइसकेपछि मात्रै यसको खुलासा भएको थियो ।

    प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार हुर्केका दुई दिदी र दुई भाईहरु एकै कोठामा दुई ओछ्यानमा सुत्ने गरेका थिए । जेठी छोरीको पेट बढेपछि आमा झस्किइन् । सोधखोज गर्दा छोरीले जे भनिन्, त्यसले झन् उनको होशहवास उड्यो । उनले गत साउनमा एउटै कोठामा सुतेको बेला भाईले आफूसँग जबरजस्ति यौनसम्वन्ध राखेको दाबी गरेकी छन् ।

    यो घटना प्रहरीमा पनि पुगिसकेको छ । प्रहरीले बलात्कार आरोपि किशोरलाई २६ फागुनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक वलीका अनुसार आरोपित किशोरले आफुले बलात्कार गरेको स्वीकार गरेका छन् । किशोर/किशोरीमा चेतनास्तर नै कम भएकाले यस्तो हुन पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी बताउँछ ।

    ‘कम्तीमा छोरा र छोरीको बढ्दो उमेरको ख्याल गर्नुपर्ने थियो । त्यसमा बाबुआमा चुक्दा यस्तो भएको मैले बुझेको छु । हुर्केका दिदीभाइलाई एउटै ओछ्यानमा सुत्न दिनु हँुदैनथ्यो ।’

    बाब्आमाले छोरीको महिनावारी रोकिए र पेट बढेको पनि समयमै थाहा नपाउनु आश्चर्यजनक भएको उनी बताउँछन् ।

    ‘आठ महिनासम्मको पेटमा गर्भ रहेको कुरा आमाले किन थाहा पाईनन् ? बलत्कार नै भएको हो भने छोरीले पनि आमालाई समयमै किन भनिनन् ?’ उनले प्रश्न गरे । चार छोराछोरी सुतेको कोठामा बलत्कार हुन सम्भव नरहेको पनि उनको बुझाइ छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक लक्ष्मण वली छोराछोरीको सानो–सानो कुरामा आमावुवा चनाखो हुनुपर्ने बताउँछन् ।

    ‘महिनावारी रोकिएको, पेट बढेको, खाना खान मन नलागेको वा अन्य कुनै लक्षण आमालाई थाहा हुनुपर्ने हो,’ उनी भन्छन्, ‘गाउँमा कोही महिलाहरु चार/पाँच महिनासम्म पनि मिन्स नहुने भएकाले पनि आमाको त्यतातिर ध्यान नपुगेको हुन सक्छ ।’

    अभिभावकलाई पाठ

    दिदी र भाइको नाता यति पवित्र मानिन्छ, जहाँ यस्तो खालको घटना कल्पना पनि गरिएको हुँदैन । तर, हुर्केका छोराछोरीका गतिविधिहरुमाथि अभिभावकले यथेष्ट ध्यान दिनुपर्ने यो घटनाल पाठ सिकाएको छ । साथै, किशोरावस्थाका केटाकेटीहरुमा यौनशिक्षाको जागरण पनि उत्तिकै महत्वपूर्ण हुने देखिएको छ ।

    ‘समाजमा अहिले पनि सेक्स सम्वन्धी कुरा आयो कि लुक्ने चलन छ । रेडियोमा यौनबारेमा कार्यक्रम आए रेडियो बन्द गरिदिन्छन्,’ प्रहरी निरिक्षक वली भन्छन् ।

    यौनका बारेमा खुलेर कुरा गर्ने, बुआमाले छोराछोरीलाई उमेर अनुसार यस्तो विषयमा जानकारी दिने र गलत कामबाट जोगिन सल्लाह दिनुपर्ने उनको सुझाव छ ।

    उनी भन्छन्, ‘यस्ता घटनाबाट हामी सबैले पाठ सिक्नुपर्ने अवस्था आएको छ । उमेर बढेका छोराछोरीलाई अलग राख्नुपर्छ भन्ने कुरा पनि सिकाउनुपर्ने अवस्था मैले महसुस गरें ।’

  • सरकारी कार्यालयमा भीड कम गर्ने सुर्खेतका प्रजिअको प्रतिबद्धता

    सरकारी कार्यालयमा भीड कम गर्ने सुर्खेतका प्रजिअको प्रतिबद्धता

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा आएका छवि रिजालले मालपोत लगायतका सरकारी कार्यालयमा भीडभाड कम हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नयाँ नियुक्तिपछि पहिलोपल्ट पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ रिजालले भने, ‘अहिले मालपोत कार्यालयमा अत्याधिक चाप छ । यो चाप कमगर्नका लागि हरेक पालिका वा मुख्य बजारक्षेत्रमा भू–सेवाकेन्द्र स्थापना गर्ने र त्यहाँबाट लगत संकलन गरेर मालपोत कार्यालयमा रुजु गराउने व्यवस्था गर्दैछौं । यो प्रणाली सुरु भएको खण्डमा आगामी बैशाखसम्म यो भिडभाड कम हुने अपेक्षा गरेको छु ।’

    उनले कार्यालयमा सूचना अधिकारीले सूचना दिने व्यवस्थालाई कडाइका साथ लागू गर्ने, समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाही गर्ने, राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

    प्रजिअ रिजालले कर्णालीको राजधानीसमेत भएको वीरेन्द्रनगरका सडकमा दुर्घटना कम गराउन योजना बनाउने बताए । ‘राजधानीका सडक अस्तव्यस्त भएका छन् । विना लाइसेन्स अटो रिक्साहरु चलिरहेका छन् । मुख्य सडकमा जेव्राक्रस छैनन् । यसले सडक दुर्घटनाको भय बढाएको छ,’ उनले भने, ‘यसका लागि लाइसेन्स अनिवार्य गरिनेछ । हरेकसडक कसले निर्माण गरेको हो त्यसको पुर्ण विवरण राख्न लगाइन्छ र जेव्राक्रसको प्रयोगबारे आवश्यक सूचना दिने, जेव्राक्रस निर्माण गर्ने काममा लाग्न आवश्यक पहल गरिनेछ।’

    यसका अलावा सुर्खेतको शान्ति सुरक्षा कायम गर्न र यहाँका विकास निर्माणमा तीव्रता दिनका लागि स्थानीय, प्रदेश सरकारसँग सहअस्तित्व, समन्वय र सहकार्य गर्ने प्रजिअ रिजालको भनाई थियो ।

  • क्वारेन्टिन क्षेत्रमा थुप्रिएको फोहोर युवाले गरे सफा

    क्वारेन्टिन क्षेत्रमा थुप्रिएको फोहोर युवाले गरे सफा

    सुर्खेत । वीरेन्द्रनगरस्थि क्वारेन्टिन क्षेत्रमा थुप्रिएको फोहोर युवाले सफा गरेका छन् । कोरोनाभाइरस महामारीका बेला कर्णाली सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्रमा शनिबार युवाले सफाई गरेका हुन् ।

    प्रदेश सरकारले क्वारेन्टिन हटाएको दुई महिना बित्दा पनि उक्त क्षेत्र सफाइ हुन् सकेको थिएन् । ‘प्रदेश सरकारले क्वारेन्टिन हटायो, आर्मी उठेर गयो तर, फोहोर महिनौदेखि त्यहीँ थुप्रियो, सरकारले नदेखे पछि हामीले ‘साझा अभियान’ नै थालेर सफा गर्‍यौं,’ अभियानका संयोजक अनिल ढकालले भने ।

    वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले नगरलाई सफा र हरियाली सहरको रुपमा विकास गर्न ‘साझा अभियान’ले निरन्तर सरसफाइ अभियान थाल्ने संयोजक ढकालले बताए ।

    प्रदेश राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको परिचय दिन् ‘साझा अभियान’को अवधारण ल्याइएको ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’का अभियान्ता यज्ञ खत्रीले बताए ।

    ‘वीरेन्द्रनगरको जनसंख्या दिनहुँ बढ्दो, सहर फोहोरी बन्दैछ । त्यसैले थालियो ‘साझा अभियान’ हामी सबैको साझा प्रयासबाट वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको परिचय दिन चाहान्छौं,’ अभियन्ता खत्रीले भने ।

    विगत तीनवर्षदेखि वीरेन्द्रनगरमा ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान सञ्चालन गर्दै आएका नवराज केसी भने बाहिर देखिने फाहोरमात्र नभई फोहोरी मानसिकतालाई पनि सफा गर्नुपर्ने बताउँछन् । ‘हामीले जसरी मीठो खाना र राम्रो कपडाको बारेमा सोच्छौं, त्यसैगरि आफूले उव्जाएको फोहर व्यवस्थापनका बारेमा पनि सोच्न आवश्यक छ,’ केसीले भने ।

    साझा अभियानमा जिल्लास्थित विभिन्न संघ–संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ता साझा अभियानमा आवद्ध छन् ।

  • नमूना गाउँका नाममा मनलाग्दी: ३० लाख सकियो, काम भएन

    नमूना गाउँका नाममा मनलाग्दी: ३० लाख सकियो, काम भएन

    सुर्खेत । चार वटा नमूना गाउँ बनाउने भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले वीरेन्द्रनगरको नमूना समाजसँग भदौ २३ गते सम्झौता गरेको थियो । उक्त सम्झौता भएको ६ महिना पुग्दा पनि समाजले गाउँमा कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् ।

    तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमूना समाजले २ करोड १० लाख रुपैयाँ व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । भदौ २३ गते सम्झौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट नमूना समाजलाई उपलब्ध गराएको थियो ।

    नमूना समाज र नगरपालिकाबीच भएको सम्झौतापत्र अनुसार संस्थाले विभिन्न २५ वटा काम गर्ने उल्लेख छ । सम्झौतापत्र अनुसार नमूना समाजले दातृ निकायबाट प्राप्त भएको रकमबाट समूह गठन, क्षमता विकास तालिम, स्वास्थ्य शिविर, ल्याप्चे हटाऔं अभियान, छाउपडी गोठ हटाउने, शौचालय निर्माण, पत्रकार परिचालनलगायतका २५ वटा कार्यक्रम सञ्चालनका लागि ७० लाख रुपैयाँ वार्षिक खर्च गर्ने उल्लेख छ ।

    सो कार्यक्रम नगरपालिकाको वडा नं. १, ८, ११ र १२ मा सञ्चालन गर्ने सम्झौता भएको भए पनि हालसम्म आफूहरूलाई कुनै पनि जानकारी नभएको वडा नं. १२ का वडाध्यक्ष हरिप्रसाद कँडेल बताउँछन् ।

    ‘नगरपालिकाले ३० लाख दिएको भन्ने सुनेका छौं । त्यो कसले कसरी दिएको हो हामीलाई जानकारी छैन’ वडा नं. ८ का अध्यक्ष पदमबहादुर खत्रीले नेपाल प्रेससँग भने, ‘कानून, विधि र प्रक्रिया विपरीत सम्झौता भएको महसूस भएको छ । हालसम्म संस्थाले हामीसँग कुनै पनि सहकार्य वा काम गर्ने भनेर सल्लाह गरेको छैन ।’ उनले आफूहरू कार्यपालिका सदस्य भए पनि हालसम्म औपचारिक जानकारी नपाएको बताए ।

    साबुनपानीले हात धुनेदेखि तालिम गोष्ठीमा नै लाखौं रुपैयाँ काम नै नभएर भुक्तानी दिइएपछि अहिले नगरपालिकाको चर्को आलोचना भइरहेको छ । ‘नगरप्रमुख र केही कर्मचारीको मिलेमतोमा उक्त सम्झौता भएको हो’ एक कार्यपालिका सदस्यले भने, ‘नगरपालिकाको पैसामा यसरी लापरबाही गर्नु दुःखद हो । उक्त संस्थासँग पर्याप्त बजेट नहुँदा नहुँदै पनि ३० लाख रुपैयाँ दिइएको छ । पालिकाले बारम्बार काम शुरू गर्ने र बिल भुक्तानी गर्न ताकेता दिए पनि संस्थाले हालसम्म सुनेको छैन ।’

    समाजका कार्यकारी निर्देशक लालबहादुर जिएम द एशिया फाउण्डेशनको सहयोगमा २ करोड १० लाख रुपैयाँ नमूना समाज निर्माणका लागि खर्चिने बताउँछन् । एशिया फाउण्डेशनबाट कोरोनाका कारण रकम आउन केही ढिलो भएको बताउँदै रकम दिने भनिएको दातृ निकायसँग छलफल भइरहेको उनको भनाइ छ ।

  • सिद्धपाइला क्याम्पसको अफर- साइकल चढ्नेलाई २५ प्रतिशत छुट

    सिद्धपाइला क्याम्पसको अफर- साइकल चढ्नेलाई २५ प्रतिशत छुट

    सुर्खेत । साइकल अभियानलाई प्रोत्साहित तथा सडक दुर्घटना न्यूनीकरण गर्न बीरेन्द्रनगर–६ बुद्धपथको सिद्धपाइला क्याम्पसले महत्वपूर्ण घोषणा गरेको छ । साइकल प्रयोग गर्ने बिद्यार्थीलाई मासिक शुल्कको २५ प्रतिशतसम्म छुट दिने अफर क्याम्पसको छ ।

    ४ सयभन्दा बढी बिद्यार्थी अध्ययनरत कलेजमा मुस्किलले ५ प्रतिशतले मात्र साइकल प्रयोग गर्ने गरेका छन् । ‘विद्यार्थीहरुको मानसिक र शारीरिक तन्दुरुस्तीका लागि साइकल चलाउने अभियान सुरु गरेका हौं । हरेक विद्यार्थीले साइकल चलाएर आएको खण्डमा उनीहरुलाई मासिक शुल्कको २५ प्रतिशत छुट दिने घोषणा गरेका छौं ।’ क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले नेपालप्रेससँग भने, ‘यसले पर्यावरणीय सन्तुलन कायम राख्न सहज र इन्धनको बचत पनि हुन्छ । ।’

    उनले साइकल अभियान सुरु गरेको बताउँदै हरेक विद्यार्थी साइकलमा आएको खण्डमा दुर्घटना न्यूनीकरण हुने अपेक्षा क्याम्पसले गरेको बताए । कर्णालीमा सवारी साधनको चाप बढिरहेको र साँघुरा सडक भएका कारण दुर्घटना नहोस भन्ने करा मध्यनजर गर्दै साइकल अभियानको सुरुवात गरिएको क्याम्पस प्रशासनले बताएको छ ।

    यूएनडीपीकाे प्रति-किलाेमिटर ३ रुपैयाँ मर्मत खर्च

    साइकल अभियानलाई सफल पार्न संयुक्त राष्ट्रसंघ विकास सहयोग (यूएनडीपी)को सहयोगमा विद्यार्थीलाई प्रति किलोमिटर तीन रुपैयाँका दरले मर्मत खर्च उपलब्ध गराउने भएको छ ।

    कर्णाली राइडर्सका सचिव तिलक पौडेलका अनुसार माेबाइल एप्समार्फत साइकलकाे यात्राबारे जानकारी लिने र मासिक रुपमा प्रति किलाेमिटर ३ रुपैयाँ  मर्मत खर्च उपलब्ध गराइनेछ ।

    ‘कर्णाली उत्सवको दिन, २६ फागुनमा मोबाइल एप्स सार्वजनिक गर्दैछौं,’ उनले भने, ‘एप्सबाट विद्यार्थीले कति किलोमिटर साइकल यात्रा गरे भन्ने थाहा हुन्छ र त्यही अनुसार यूएनडीपीले भुक्तानी दिनेछ ।’

  • प्रधानमन्त्री ओलीले फागुन १४ गते सुर्खेतको सभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले फागुन १४ गते सुर्खेतको सभामा सम्बोधन गर्ने

    सुर्खेत । प्रतिनिधिसभाको विघटनका लागि आफ्नो बाध्यता प्रष्ट्याउँदै हिँडेका प्रधानमन्त्री ओलीले फागुन १४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

    ‘उहाँ फागुन १४ गते हुने वृहत जनप्रदर्शनमा सहभागी हुनुहुन्छ,’ नेकपा जिल्ला सदस्य टेकेन्द्र बस्नेतले भने, ‘उहाँ राजनीतिक सभामा सम्वोधन गर्न आउन लाग्नु भएको यो पहिलो पटक हो ।’

    जनसभाका लागि स्थान निक्र्योल भइसकेको छैन । खुल्लामन्च, कभर्डहल पछाडिको खुला मैदान वा सामाजिक विकास मन्त्रालय पछाडिको मैदानमध्ये एक ठाउँमा सभा आयोजना हुने सदस्य बस्नेतले बताए ।

    ‘अहिले हामी वडा–वडामा गइरहेका छौं । आम जनता र नेकपाका शुभेच्छुकहरु वीरेन्द्रनगर आउन आतूर हुनुहुन्छ,’ उनले नेपालप्रेससँग भने, ‘सभाको स्थान एक दुई दिनमा नै टुंगिन्छ । सभापूर्वका कार्यक्रमको बारेमा अहिले आन्तरिक छलफलमै छौं ।’

     

  • बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

    बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

    सुर्खेत । २०७१ साउन २९ गते सुर्खेत जिल्लाभर भारी वर्षापछिको बाढीले ठूलो क्षति पु¥यायो । ६ वर्षअघि बाढीले घरखेत बगाएपछि विस्थापित भएका सुर्खेतका १ हजार ४५ परिवार अहिलेसम्म पनि पालबाट घरमा फर्किएको छैन ।

    पुस महिनाको मध्यमा जाडो बढिरहेको छ । बाढीपीडित गरिव नागरिकलाई चिसोबाट जोगाउन न राज्य गम्भीर बनेको छ न उनीहरु न्यानो कपडा किन्ने हैसियदमा छन् ।

    रातभरिको शीतले पाल चुहिने गरेको छ । बालबालिकामा निमोनियाको उच्च जोखिम छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेसम्म नागरिकको दुःखलाई नजरअन्दाज गरिरहेका छन् । २०७१ सालमा आएको बाढीमा परी एकसय ३४ जनाको मृत्यु भएको थियो । जसमध्ये ९६ जना अझै वेपत्ता छन् ।

    बराहताल गाउँपालिकाको वडा नं. २ गिरीघाटमा बस्दै आएकी पार्वती कामीको जीवनमा भेरीको बाढीले बज्रपात भयो । जीवनमा सबैभन्दा ठूलो विपत्ती व्यहोर्नु प¥यो । घर, खेत, आठ वर्षीया नातिनी, ७० वर्र्षीया सासुआमा र भान्जालाई गुमाइन् । तर आफूले भने रातभर किमुको रुखमा चढेर ज्यान जोगाइन् ।

    बाढीमा बग्दाबग्दै बाँचेकी पार्वतीलाई अहिलेसम्म पनि बाँच्नकै लागि संघर्षरत छिन् । ६ वटा जाडो त्रिपालमै काटेकी पार्वती भन्छिन्, ‘न हर्ष छ, न कसैले केहि देलान भन्ने आशा नै बाँकी छ । यस्तो जाडोमा बच्चाहरुलाई कसरी रोग र भोकबाट जोगाउने भन्ने चिन्ताले अरु सोच्न भ्याइन्नँ ।’

    पञ्चपुरी नगरपालिकाको तिखाकुनामा पालको छाप्रो बनाइ बस्दै आएका सर्जन थापालाई पनि सरकारप्रति विश्वास उडिसकेको छ । ‘मत माग्ने समय नजिकै आएको भन्ने सुनेको छु, पहिला चुनावमा घर बनाइदिने आश्वासन पुरा नगरेका नेताहरु यो वर्ष कस्तो आशा देखाएर मत माग्ने हुन थाहा छैन,’ उनी भन्छन्, ‘तर यो कठ्यांग्रिने जाडोमा जसरी हाम्रो मन चिसिएको छ, चुनावमा मत माग्न आउने नेतालाई बैशाखको टन्टलापुर घाममा त्यसै चिसो बनाएर पठाउने हो ।’

    न घर रह्यो, न जग्गा जमिन बाँकी रह्यो । लामो समयको लकडाउनले ज्यालादारीका काम गर्न पनि पाइएन । यस्तोमा उनीहरुको दुःख झनै बढेको छ ।

    वीरेन्द्रनगर नगरपालिका–७ महिला विकास केन्द्रमा पालमूनि बस्दै आइरहेकी विमला दमाईलाई यो वर्षको जाडोले ठूलै दशा निम्त्याएको महसुस भएको छ । ‘लकडाउनका कारण आम्दानी नभएको यो समयमा आएको जाडो मौसममा एउटा सिरक पनि किन्न सकिएन,’ विमला भन्छिन्, ‘६ वर्ष भइसक्यो हाम्रो त्रिपालमा जाडोयाममा तातो आएन ।’ मजदूरी गरेर पेट पाल्ने विमलाका लागि यो वर्षको जाडो कतै अभिसाप बनेर आउने हो की भन्ने चिन्ताले ग्रस्त बनाएको छ ।

    चिसो मौसमले झनै चिन्तामा पार्छ, विमलालाई । चिसो मौसममा लगाउने न न्यानो कपडा छ, न त्रिपालले शीत थेग्यो छ । उनी भन्छिन्, ‘हाम्रा पालमा भ्वाङ परिसके, सरकारको मन कडा रहेछ, अलिकति पग्लीएको भए हामीलाई राहत हुन्थ्यो कि ?’

    यसरी त्रिपालमै चिसो रात कटाउनेहरुको संख्या सानो छैन । विस्थापितमध्ये वीरेन्द्रनगर नगरपालिकामा ३ सय २२, पञ्चपुरीमा २ सय १४, बराहताल गाउँपालिकामा २ सय ५९, चौकनेमा ६, भेरीगंगामा १ सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार हाल विभिन्न अस्थायी शिविरहरुमा बसिरहेको सरकारी तथ्यांक छ ।

    यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी भने चालू आर्थिक वर्षमा कोरोनाका कारण बाढी पीडितको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको कारण प्रक्रिया लम्बिएको बताउँछन् ।

    ‘हामीले अघिल्लो आर्थिक वर्षमा ६ करोड भन्दा बढी रकम बाढीपिडितको घर निर्माणका लागि पालिकालाई हस्तान्तरण गरिसकेका छौं । पालिकाले अनुगमन गर्ने, भवन निर्माण भए नभएको हेर्ने र भुक्तानी दिने काम गरेका छन् । अधिकांश जग्गा भएकाहरुले घर निर्माण थालेर पहिलो किस्ता वापतको रकम लिइसकेका छन्,’ उनले भने, ‘जग्गा नभएका पीडितहरुका लागि समस्या भएको छ । जग्गाको खोजी कार्य सरकारले गरिरहेको छ । त्यो हुने वित्तिकै यो समस्या पनि समाधान हुन्छ ।’

  • कर्णाली सरकारको ‘साइकल अभियान’मा कर्मचारीकै असहयोग

    कर्णाली सरकारको ‘साइकल अभियान’मा कर्मचारीकै असहयोग

    सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले २०७६ साउनमा ३ लाख रुपैयाँ खर्चेर १० वटा साइकल खरिद गर्‍यो । वातावरणमैत्री शहरको पहिचान दिन र इन्धन खपत कम गर्न भन्दै कार्यालयका कर्मचारीका लागि ती साइकल खरिद गरिएको थियो ।

    ‘इन्धन खपत घट्ने, वातावरण प्रदुषण पनि कम हुने भएकाले हामीले साइकल चढ्ने निर्णय गरेका हौं,’ तत्कालीन प्रमुख सचिव केवलप्रसाद भण्डारीले त्यतिबेला भनेका थिए, ‘कार्यालयबाट मोटरसाइकल किन्ने कुरा भएको थियो, मैले मोटरसाइकलभन्दा पनि साइकल किनौं भनेर आग्रह गरें ।’

    भण्डारीको तर्कमा सहमत हुँदै कार्यालयले साइकल खरिद गरेर निकै तामाझामका साथ अभियानको सन्देश दिने प्रयास पनि गरेको थियो । सुरुको एक दुई साता त्यसको उपयोग राम्रै भयो । तर, डेढ वर्षको बीचमा न साइकल भेटिन्छ न कसैले चलाउने गरेका छन् । बरु ती साइकलहरु कर्मचारीको घरमा थन्किएका छन्, कति बिग्रिएका छन् ।

    मुख्यमन्त्री कार्यालय श्रोत भन्छ, ‘अहिले महंगा साइकल कर्मचारीका छोराछोरीलाई भएको छ ।’ सरकारी सम्पत्तिमाथि व्यक्तिले रजाईं गर्न खोजेका कारण ती साइकलहरु उनीहरुका आफन्त वा छोराछोरीले चलाउने र कार्यालयमा नल्याउने प्रवृत्ति बढेको स्थानीयवासी दिनेश विश्वकर्माले बताए । ‘कर्णालीमा सरकारी साधनलाई निजीजस्तो बनाइएको छ । कर्मचारीहरुमा सकेसम्म कार्यालय लैजान नपरोस भन्ने चाहना छ,’ उनी भन्छन्, ‘कर्णालीमा सांसदहरु, मन्त्रीहरु, कर्मचारीहरु सबैको एकै ध्यान सरकारी सम्पत्ति कसरी हत्याउने भन्ने नै छ कि जस्तो लाग्छ ।’

    यता, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले सडक धुलाम्य भएका कारण साइकल नचलाइएको दाबी गरे । ‘सबै साइकल सुरक्षित छन् । प्राविधिक कारणले कार्यालयमा ल्याउन नसकिएको हो,’ उपाध्यायले भने, ‘हामीले साइकल खरिद गरेपछि अहिले वीरेन्द्रनगरमा साइकल चलाउनेहरुको संख्या बढेको छ ।’