Tag: सुरेन्द्रवीर मालाकार

  • नेपाल-कुवेत उद्योग वाणिज्य संघमा सुरेन्द्रवीर मालाकार

    नेपाल-कुवेत उद्योग वाणिज्य संघमा सुरेन्द्रवीर मालाकार

    काठमाडौं । नेपाल-कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार निर्वाचित भएका छन् ।

    आइतबार भएको अधिवेशनले उनीसहित १२ जना पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ , उपाध्यक्षहरूमा मिनबहादुर गुरुङ्ग , सकुन्तलाल हिराचन , कुशप्रसाद मल्ली छन् । महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ , सचिवमा रामबहादुर श्रेष्ठ , सहकोषाध्यक्षमा रञ्जु तण्डुकार छन् भने सदस्यहरूमा उर्मिला श्रेष्ठ, नारायण देब राणा र रमेश महर्जन निर्वाचित भएका छन् ।

    दुवै देशको व्यापारिक सम्बन्ध बिस्तार, पर्यटन प्रवर्द्धन , सीधा हवाई सेवा उडानमा भूमिका निर्वाह गर्न नेपाल-कुवेत उद्योग वाणिज्य संघको स्थापना भएको हो ।