Tag: सुपारी

  • सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

    सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

    काठमाडौं । राष्ट्र बैंकले देशको अर्थतन्त्र संकटमा परेको विवरणसहित विदेशी मुद्रा सञ्चिति दयनीय रहेको आँकडा सार्वजनिक गरेकै भोलिपल्ट उद्योगमन्त्रालयबाट कम्तीमा पौने चार अर्बको सुपारी आयातका लागि प्रस्ताव अघि बढाइएको छ ।

    नेपाल प्रेसले अघिल्लो साता नै सुपारी तस्करीको लाइन खुलाउन कांग्रेसका पूर्वसांसद समेत रहेका वीरगञ्जका उद्योगपति अनिल रुङटा, डडेलधुराका रामचन्द्र भट्ट र श्रीराम गुट्खा उद्योगका कमलकिशोर मालपानी तथा विराटनगरका उद्योगी दिनेश राठीहरूले मेहनत गरिरहेको समाचार बाहिर ल्याएको थियो ।

    स्रोतका अनुसार नेपाल टिम्बर कर्पोरेशनका पूर्वमहाप्रबन्धकसमेत रहेका डडेलधुराका भट्टले  सुपारी तथा गुट्खा व्यापारीसँग डिल गरिसकेका छन् । उनी हालैमात्र भैरहवामा गएर मालपानीसँग भेट गरेका थिए ।

    कम्तीमा पौने चारदेखि ५ अर्बको सुपारी भित्र्याउँन ५० करोड रूपैयाँ परिमाणात्मक बन्देज खुलाएवापत व्यापारीले खर्च गर्दैछन् । त्यसको ‘टोकन मनी’ प्राप्त भइसकेपछि माथिको दबाबमा उद्योग विभागले सिफारिस अघि बढाइसकेको छ र मन्त्रिपरिषदमा लगेर पारित गरिँदैछ ।

    अहिले उद्योगमन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैंसँग छ । सुपारीको डिल भने सीधै अनिल रुङटा र रामचन्द्र भट्टले गरिरहेको उद्योगमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरू झस्किएका छन् । विभागीय मन्त्री नभएको बेला सीधै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएपछि केही गर्न नसकिएको उनीहरूको भनाइ छ ।

    यो पनि पढ्नुहोस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

    स्रोतकाअनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिन मन्त्रालयबाट फाइल अघि बढेको छ ।

    यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेको बताइन्छ । औद्योगिक कच्चा पदार्थ आयात भनेर आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालमै ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर खुलाउनुको मुख्य कारण यसको तस्करीबाट मनग्गे पैसा आउने भएकैले हो ।

    मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गर्छन् ।

    सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेका हुन् ।

    केही वर्षअघि सुपारी तस्करले पूर्वका उच्च सरकारी अधिकारीहरूको सरुवामै दख्खल राख्थे । केही व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

    झापा, मोरङतिर सुपारी खेती हुन्छ । केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए । जबकी हाम्रो सुपारी निर्यात भएन, विदेशी सुपारी नेपाली भनेर निर्यात गरियो ।

    मुलुकमा डलर सञ्चिति नरहेको अवस्थामा सुपारी आयातका लागि मन्त्रिपरिषद्‍बाटै बन्देज खुला गराउन खोजिएपछि यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उच्च अधिकारीहरू डराएका छन् ।

  • सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

    सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

    काठमाडौं । सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरू झस्किएका छन् । विभागीय मन्त्री नभएको बेला सीधै प्रधानमन्त्री निवास र कार्यालयबाटै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएको हो ।

    स्रोतकाअनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिन मन्त्रालयबाट फाइल अघि बढेको छ । प्रधानमन्त्री कार्यालय र निवासबाट दबाब आएपछि सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो ।

    आयात खुलाउन मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन् । तर, सुपारी आयात खुलाउने चाँजोपाँजो भने कांग्रेसका पूर्वसांसद तथा व्यवसायी अनिल रुङ्टा र प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरा घर भएका विवादस्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरिरहेका छन् ।

    भट्टले यसबीचमा नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोर मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर भैरहवाबाट फर्किएका छन् । सुपारी तस्करीको लाइन खुलाउ कम्तीमा ४० देखि ५० करोड रूपैयाँको डिल भएको उच्च व्यापारिक घरानामा चर्चा छ ।

    यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेको बताइन्छ । औद्योगिक कच्चा पदार्थ आयात भनेर आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालमै ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर खुलाउनुको मुख्य कारण यसको तस्करीबाट मनग्गै पैसा आउने भएकैले हो ।

    मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गर्छन् ।

    सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेका हुन् ।

    केही वर्षअघि सुपारी तस्करले पूर्वका उच्च सरकारी अधिकारीहरूको सरुवामै दख्खल राख्थे । केही व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

    झापा, मोरङतिर सुपारी खेती हुन्छ । केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए । जबकी हाम्रो सुपारी निर्यात भएन, विदेशी सुपारी नेपाली भनेर निर्यात गरियो ।

  • सुपारीलगायतका सामानमा लगाइएको कोटा प्रणाली स्थगित 

    सुपारीलगायतका सामानमा लगाइएको कोटा प्रणाली स्थगित 

    काठमाडौं । लामो समयदेखि कोटा प्रणालीमा आयात गरिदैं आएको केराउ, सुपारी, छोकडा साथै गेडा मरिच आयातमा वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले स्थगित गरेको छ ।

    कोटा प्रणालीबाट यी वस्तुको आयात गर्दा मागलाई धान्न नसकेको भन्दै विभागले विहीबार  कोटा प्रणाली स्थगित गर्ने निणर्य गरेको हो ।

    विभागका अनुसार कोटा प्रणालीबाट तीन गुणाभन्दा बढी माग आएको थियो । विदेशबाट आयात धेरै भएपछि चोरी निकासी भएको भन्दै नेपालले आयातमा प्रतिवन्ध लगाएको थियो । एक वर्षपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोटा प्रणाली आयात खुला गरेको थियो ।

    वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक छोकडा र १५ हजार मेट्रिक टन मरिच आयात गर्न सक्ने कोटा राख्दै प्रतिवन्ध हटाएको थियो ।

  • सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

    सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित

    काठमाडौं । सरकारले सुपारी, केराउ, मरिच र छोकडामा लगाइएको कोटा प्रणाली स्थगित गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज कोटा निर्धारण स्थगित गरिएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

    कोटा प्रणालीमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले कोटा प्रणाली स्थगित गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । ‘आयात गर्नुपर्ने अवधि र यसमा संसदीय समितिले केही सच्याउनु भनेकाले तत्काललाई स्थगित गरेका हौ, केही समयपछि खुल्छ।’ उनले नेपाल प्रेससँग भने ।

    ‘कोरोना महामारीका कारण गत वर्ष देशव्यापी लकडाउन भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकका वस्तु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायत आयातमा पूर्ण बन्देज लगाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो ।