Tag: सुन मूल्य

  • सुन मूल्यमा सामान्य वृद्धि

    सुन मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

    महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ ले बढेर आज एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला एक हजार २३५ मा कारोबार भएको थियो ।