Tag: सुन्दरीजल

  • टिपरको ठक्करबाट सुन्दरीजलमा स्कूल हिँडेका दिदीबहिनीको मृत्यु, बाबु घाइते

    टिपरको ठक्करबाट सुन्दरीजलमा स्कूल हिँडेका दिदीबहिनीको मृत्यु, बाबु घाइते

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कूले बालिकाको मृत्यु भएको छ ।

    स्थानीय वर्ल्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।

    घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा बा. ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको र  उनीहरूको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घाइते बुबाले । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

    -रासस

  • केपी शर्मा ओली सुन्दरीजलमा अवलोकन

    केपी शर्मा ओली सुन्दरीजलमा अवलोकन

    शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनु भएको हो । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उहाँले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताउनुभयो । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उहाँको भनाई छ ।

  • सुन्दरीजलमा  थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

    सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गरिने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले  सुन्दरीजलमा थप एक पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । यसअघि दुईवटा पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

    अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

    दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट आउने थप १७÷१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    एशियाली विकास बैंक (एडिबी) को आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको उनले जानकारी दिए । एडिबीले सो डिजाइन रिभ्यु गर्ने काम अघि बढाइरहेको छ ।

    सरकारले चालू आवमा रु ३५ करोड छुट्याएकाले यो वर्ष ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, “यो आवमा ठेक्कामा जान सकेमा अर्को वर्ष निर्माणको काम हुनेछ ।”

    सरकारले छुट्याएको रकम कम भए पनि दातृ निकायले लगानी सुनिश्चित भएकाले चालू आवमै ठेक्कामा जान सकिने प्रमुख पन्तले बताए । आयोजनाले नयाँ केन्द्र निर्माणसँगै पहिले निर्माण भइसकेका दुवै केन्द्रको क्षमता विस्तारसमेत अघि बढाउने भएको छ ।

    पहिलो चरणमा मेलम्चीका लागि १७ करोड लिटर क्षमताको केन्द्र बनेको थियो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी प्रशोधनका लागि थप ३४ करोड लिटर क्षमताको केन्द्र आवश्यक रहेको छ ।

    सुन्दरीजलमा दुई केन्द्रको क्षमता विस्तार गरेर २५ दशमलव पाँच बनाउन सकिन्छ । उनले भने, “अहिले भइरहेका पूर्वाधारको क्षमता बढाउँदा अर्को एउटा पनि २५ दशमलव पाँच करोड लिटर क्षमताको निर्माण गरे पुग्छ ।”

    आयोजनाअन्तर्गत सुरुङ, हेडबक्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको हो । सुन्दरीजलमा दुई केन्द्रको निर्माण गत वर्ष नै सम्पन्न भइसकेको थियो । यहाँको प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ ।

    तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एडिबीको आर्थिक सहयोगमा निर्माण भएकोे थियो । सुरुङ, हेडबक्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।