Tag: सुदूरपश्चिम प्रदेशसभा

  • सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य

    सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए ।

    सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । यस अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र चार विधेयक प्रमाणीकरण भएको सभामुख थापाले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् ।

  • कांग्रेसको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

    कांग्रेसको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

    कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ ।

    कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बाटोबाट बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

    सभामुखले प्रदेशसभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।

    विरोधपछि प्रमुख सचेतक गोविन्द बोहराले अध्यादेश ल्याउँदा संसदलाई जानकारी नदिएको बताए ।

    अर्को बैठक असार ११ गते दिउँसो २ बजे आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    १ असारमा आएको बजेटमाथिको छलफल असार ४ गतेदेखि सुरु भएको थियोे ।

  • अस्मिता हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न सांसदको माग

    अस्मिता हत्याको छानविन गरी दोषीलाई कारबाही गर्न सांसदको माग

    कैलाली । शनिबार मृत भेटिएकी डडेल्धुरा परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या भएको भन्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले कारवाहीको माग गरेका छन् ।

    सोमबार प्रदेशसभा बैठक सुरू भएलगत्तै एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहरा, माओवादीकी कुन्ती जोशी र नेपाली कांग्रेसका गोविन्दराज बोहराले घटनाको छानबिन गर्दै दोषीमाथि कारवाहीको माग गरेका हुन् ।

    बोहराले कर्तव्य पालनाको क्रममा भएको हत्याले भर्त्सना गर्दै तत्काल छानविन गरी दोषी पत्ता लगाउन माग गरे ।

    जोशीले प्रदेश सरकारले अनुगमन टोली बनाएर घटनाबारे छानबिन गर्नुपर्ने बताइन् । उनले राहत र क्षतिपूर्ति पनि माग गरिन् ।

    बोहराले प्रदेश सरकार र संघीय सरकारबाट छानविन हुनुपर्ने बताए । उनले सुरक्षाको माग पनि माग पनि गरेका थिए ।

    नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले डोटीमा पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका थिए ।

    असार २ गते आधारभूत स्वास्थ्य इकाई केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन हिँडेकी अस्मिताको शव जंगलमा फेला परेको थियो ।

    उनको शव तीन दिनपछि आव जोगबुढा अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

  • सुदूरपश्चिम प्रदेशसभा बैठक भोलिसम्मलाई स्थगित

    सुदूरपश्चिम प्रदेशसभा बैठक भोलिसम्मलाई स्थगित

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो ।

    आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफल हुने कार्यसूची थियो । तर, प्रदेश सरकारले बैठकमा ‘रातो किताब’ नै उपलब्ध नगराएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो । तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि सोमबार दिउँसो तीन बजे बस्ने गरी आइतबार बैठक स्थगित गरिएको हो ।

  • सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण

    सुदूरपश्चिमकी उप-सभामुखलाई कोरोना संक्रमण

    धनगढी । सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

    मंगलबार उनलाई संक्रमण पुष्टि भएको उपसभामुखको स्वकीय सचिब हरिश भट्टले जानकारी दिए । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परिक्षण गर्दा संक्रमण पुष्टि भएको भट्टले बताए ।

    अहिले उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिए ।

  • सुदूरपश्चिम प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य हुँदै

    सुदूरपश्चिम प्रदेशसभाकाे हिउँदे अधिवेशन अन्त्य हुँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा हिउँदे अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंगलवारबाट सातौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    अधिवेशन माघ २६ गतेबाट सुरु भएको थियो । सोमबार २०औं बैठक बस्दै छ । मंगलवार २१औं बैठक बसेर अधिवेशन अन्त्य हुने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

    चालू अधिवेशनमा ६ वटा विधेयक पारित भएको छ । मंगलवार पनि प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने कार्यसूची रहेको सचिव धामीले बताए ।