Tag: सुजाता कोइराला

  • जन्मदिनमा सुजाताको मुस्कान : खुलाइन् क्यान्सरमाथि जितको रहस्य

    जन्मदिनमा सुजाताको मुस्कान : खुलाइन् क्यान्सरमाथि जितको रहस्य

    काठमाडौं । ‘म खुसी छु जन्मदिन मनाउन पाएकीमा । क्यान्सरलाई जित्न सकेकीमा’ कांग्रेस नेतृ सुजाता कोइरालाले ६८ औं जन्मदिनको केक काट्दै बोलेका वाक्य हुन् यी । बुधबारबिहानै मण्डिखाटारस्थिति कोइरालाको निवासमा शुभेच्छुकहरूबीचमा थिइन् उनी । राजनीतिदेखि जिन्दगीसम्मका गफमा व्यस्त थिइन् ।

    उमेरले सात दशक छुनै लागिन् । सात दशकबीचमा जीवनमा आइपरेका, भोगेका, सम्हालेका आरोह-अवरोहको लामै श्रृंखला छ उनको । बाल्यकालमै आमा सुष्मा कोइरालालाई गुमाइन् । पिता गिरिजाप्रसाद कोइरालाको औंलो समातेर हुर्किइन् । गिरिजाकै छत्रछायामा रहिन् ।

    गएको कांग्रेस महाधिवेसनमा उपसभापतिमा पराजित सुजाताको राजनीतिक यात्रा केन्द्रीय सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको छ । बाँकी यात्रा समयको अनुकूलता-प्रतिकूलतामा चलिरहने नै छ ।

    पाँच वर्षअघि मलेसियाको भ्रमणमा निस्किएकी उनको स्वास्थ्यमा अचानक समस्या देखियो । स्वास्थ्य रिपोर्ट निस्कियो, स्तन क्यान्सर ।
    प्रथम स्टेजमा रहेको क्यान्सरको उपचार तत्काल सुरू गरिन् । तर, क्यान्सरको श्रृंखला यहीँ अन्त्य भएन । केही समयपछि अर्को रिपोर्ट आयो, पाठेघरमा पनि क्यान्सरको संक्रमण । सँगसँगै दुई जटिल समस्याबाट गुज्रिनुपर्दा सार्वजनिक जीवनबाट टाढा भइन् ।

    क्यान्सरको आक्रमणमा परेपछि सुजाताको जीवनशैली बदलिएको थियो । जीवन र जगत्‌माथिका बुझाइहरू एक-एक गरेर भत्कँदै गएका थिए । योग र अध्यात्मसँगको नजिकपनाले आत्मबल प्राप्त गर्दै थिइन् । सुजाता क्यान्सरबारे बोल्छिन्, ‘नियमित योग गरेँ । नियमित ध्यान गर्नाले नकरात्मक विषयमा ध्यान जान छाड्यो । किमो लिनुपर्ने थियो, तर मैले जीवनशैली बदलेरै क्यान्सरलाई पराजित गरेँ ।’

    महिना दिनको अन्तरालमा दुईवटा अप्रेसन भयो । अप्रेसन भयो, शरीर तंग्रिदै गयो । तर, सार्वजनिक जीवनबाट दूर रहँदा डिप्रेसनले सिकार बनायो ।

    यसबाट बल्ल पार पाएर उपसभापतिमा लडिन् । त्यो लडाइँ सुजाताका लागि राजनीतिक जीवनको मात्रै थिएन, आफैंसँगको संघर्ष र उत्प्रेरणको पनि थियो । भलै पराजित भइन् ।

    सुजाता मात्रै होइन, कोइराला परिवारमा क्यान्सरको श्रृंखला लामै छ । विपी कोइराला, गिरिजा हुँदै सुशील कोइरालासम्म यस घातक रोगको सिकार भए । मनिषा कोइरालाले पनि क्यान्सरसँग डटेर लडिन् ।

    क्यान्सरविरुद्धको मनीषाको लडाइँ र विजय आजसम्म पनि हजारौं क्यान्सरपीडितका लागि प्रेरणा र हौसला बनेको छ । मनीषाको अनुभव र अनुभूति सुजातालाई पनि काम लाग्यो । टेलिफोनबाटै मनीषाकी आमाले सुजातालाई काउन्सिलिङ गरिन् । नियमित उपचारसँगै योगबाट हुने फाइदाबारे बताइन् ।

    ‘मनीषाकी आमाले फोन गरेर मलाई धेरै सुझाव दिनुभयो । गुरु पठाइदिनुभयो । मनीषाले पनि सल्लाह दिइन् । दुईवटा क्यान्सरलाई किमो नगरेर म निको भएको पाँच वर्ष पुगिसकेको छ’, केक काटिसकेपछि सुजाताले भनिन् ।

    क्यान्सरको आक्रमणमा परेपछि सुजाताको जीवनशैली बदलिएको थियो । जीवन र जगत्‌माथिका बुझाइहरू एक-एक गरेर भत्कँदै गएका थिए । योग र अध्यात्मसँगको नजिकपनाले आत्मबल प्राप्त गर्दै थिइन् । सुजाता क्यान्सरबारे बोल्छिन्, ‘नियमित योग गरेँ । नियमित ध्यान गर्नाले नकरात्मक विषयमा ध्यान जान छाड्यो । किमो लिनुपर्ने थियो, तर मैले जीवनशैली बदलेरै क्यान्सरलाई पराजित गरेँ ।’

    पाँच वर्षअघि नै क्यान्सरमुक्त बनेकी सुजाताको अहिलेको जीवनशैली धेरै फरक छ । क्यान्सरअघि जस्तो थियो, त्यो जीवनशैलीलाई निकै टाढै छाडिसकेकी छन् । राजनीति बाहेक । ईर्श्या, लोभ, द्वैषभन्दा धेरै पर आइपुगेकी सुजाताको जीवनप्रति हेर्ने दृष्टिकोण नै बदलिएको छ ।
    ‘क्यान्सर भएपछि मैले आफूलाई चिन्ने मौका पाएँ । सत्ता र शक्ति मात्रै जीवन होइन रहेछ भन्ने महसुस भयो । हामी बेकारको लडाइँ, झगडा र स्वार्थमा अलमलिएका छौँ । जिन्दगी त त्योभन्दा धेरै माथि रैछ नि ! ’, आत्ममन्थन गर्दै सुनाउँछिन् सुजाता ।

    ‘मनीषाकी आमाले फोन गरेर मलाई धेरै सुझाव दिनुभयो । गुरु पठाइदिनुभयो । मनीषाले पनि सल्लाह दिइन् । दुईवटा क्यान्सरलाई किमो नगरेर म निको भएको पाँच वर्ष पुगिसकेको छ’, केक काटिसकेपछि सुजाताले भनिन् ।

    पछिल्लो समय सुजाताले राजनीतिक क्रियाशीलताको गति बढाएकी छन् । नेता, कार्यकर्तासँग नियमित भेटघाटमा हुन्छिन् । आफ्ना जीवन, भोगाइबारे पुस्तक लेख्दैछिन् । पिताको नाममा स्थापित जिपी कोइराला फाउण्डेसनमार्फत् समाजसेवामा पनि निरन्तर छिन् ।

    महाधिवेशनमा हुन नसकेको जित र मन्त्री बन्ने चर्चाबीच प्राप्तिका लागि नलागेको सुजाताको दाबी छ ।

    महाधिवेशनको हारबारे बोल्छिन्, ‘पार्टीको उपसभापतिमा मेरो उम्मेदवारी कांग्रेसमा महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ भन्ने सन्देश थियो । मैले आफ्नो तर्फबाट प्रयत्न गरेकी हुँ । तर, त्यस्तो मृत्युको नजिक पुर्‍याउने क्यान्सर त जितेर आएँ, यो हारले मलाई विचलित बनाउने सवालै रहेन’
    उनले थपिन्, ‘क्यान्सरलाई जित्न सकेकाले नै आज जन्मदिन मनाउन पाएकी छु । नत्र त मेरो मरणदिन भइसकेको हुन्थ्यो । मान्छेहरूले मलाई बिर्सिसकेका हुन्थे होलान् ।’

  • सुजाताको प्रतिक्रिया– दोस्रो चरणमा कसलाई समर्थन गर्ने भन्ने सल्लाह गर्छौं

    सुजाताको प्रतिक्रिया– दोस्रो चरणमा कसलाई समर्थन गर्ने भन्ने सल्लाह गर्छौं

    काठमाडौं । दोस्रो चरणको कांग्रेस सभापति निर्वाचनमा निर्णायक बन्ने देखिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई फकाउन सभापतिका दुवै दाबेदार शेरबहादुर देउवा र शेखर कोइरालाले दौडधूप शुरु गर्दैछन् ।

    देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण बिहानै प्रकाशमान सिंह निवासमा पुगेका थिए । प्रकाशमान सिंह प्यानलकी उपसभापति उम्मेदवार सुजाता कोइरालाले आफूहरुले सल्लाह गरेर दोस्रो चरणमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने बताइन् ।

    कोइरालाले प्रकाशमान सिंह, आफू र विश्वप्रकाश शर्माबीच सल्लाह गरेर पार्टीलाई जे गर्दा हित हुन्छ त्यहीअनुसार गर्ने बताएकी छन् । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

  • शेखरसँग भोट माग्दै सुजाताले भनिन्- दा ! सहयोग गर्नुपर्‍यो

    शेखरसँग भोट माग्दै सुजाताले भनिन्- दा ! सहयोग गर्नुपर्‍यो

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपसभापतिका लागि सभापतिका उम्मेदवार रहेका शेखर कोइरालासँग भोट मागेकी छिन्।

    प्रकाशमान सिंहको खेमाबाट उपसभापतिमा उम्मेदवारी दिएकी सुजाताले शेखरको सम्पर्क कार्यालय रहेको अनुपम फुडल्याण्डमा गएर भोट मागेकी हुन् ।

    शेखरसँगको कुराकानीबारे उनले भनिन्, ‘शेखर दा सहयोग गर्नुपर्‍यो भने उहाँले हुन्छ, शुभकामना भन्नुभो । व्यस्त भएकाले लामो कुरा भएन ।’

    सुजाताले भोट माग्दा अन्य कार्यकर्ताले सभापतिमा शेखरलाई भोट हाल्ने भए भोट दिने प्रतिक्रिया दिएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारको एउटै खेमा हुने अनुमान गरिएको थियो । तर, अन्तिम समयमा आएर सुजाताले समूह परिवर्तन गरेकी छिन् ।

    यसअघि कोइराला परिवारको राजनीतिक भेटघाटमा सुजाता सहभागी हुने गरेकी थिइन् ।

  • प्रकाशमान गणेशमानको छोरोमात्र होइन, शशांक र शेखरले पनि समर्थन गर्नुपर्छ- सुजाता (भिडिओ)

    प्रकाशमान गणेशमानको छोरोमात्र होइन, शशांक र शेखरले पनि समर्थन गर्नुपर्छ- सुजाता (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संस्थापनइतर समूह अब प्रकाशमान सिंहको नेतृत्वमा एकजुट हुुनुपर्ने बताएकी छन् । सिंहको प्यानलबाट उपसभापति उम्मेदवार बन्न लागेकी कोइरालाले नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसलाई नयाँ गति दिन प्रकाशमानको नेतृत्वमा समावेशी टिम बनेको बताइन् ।

    कोइरालाले गणेशमान सिंहको छोरोमात्र नभएर प्रकाशमानमा सबैलाई सम्मान गर्ने स्वभाव रहेको र कांग्रेसलाई हाँक्ने भिजन पनि रहेको बुझेर आफूले समर्थन गरेको प्रष्ट पारिन् । उनले कोइराला परिवारभन्दा ठूलो कांग्रेस भएको भन्दै अब चुनाव जितेर कांग्रेसलाई ठूलो पार्टी बनाउन प्रकाशमानको नेतृत्व आवश्यक रहेको बताइन् ।

    कोइरालाले भनिन्– हामीहरु जित्छौं । नयाँ अनुहार, नयाँ विचारसहित समावेशी टिम छ । जनजाति, मधेसी,महिला सबैको टिम हो यो । अहिले कोइराला परिवारमा विभाजन भएको होइन, अरु पनि विस्तारै आउनुहुन्छ । शेखर कोइराला र शशांकले पनि प्रकाशमानलाई समर्थन गर्नुपर्छ ।

  • प्रकाशमानको टिमबाट उपसभापति लड्ने सुजाता कोइरालाको घोषणा

    प्रकाशमानको टिमबाट उपसभापति लड्ने सुजाता कोइरालाको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने भएकी छिन् ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वको टिमबाट सुजाता उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको छ । ‘सुजाता दिदी प्रकाशमान दाईको टिमबाट उपसभापति लड्नुहुन्छ । केहीबेरमा घोषणा गर्छौ’, सुजाता निकट स्रोतले भन्यो ।

  • रामचन्द्र र शशांकको साथ छोडेको सुजाताको घोषणा

    रामचन्द्र र शशांकको साथ छोडेको सुजाताको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाको साथ छोडेको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएकै दिन सुजाताले पौडेल र कोइरालाले कांग्रेस चलाउन नसक्ने बताइन् ।

    ‘रामचन्द्रजी र शशांकबाट यो पार्टी चल्न सक्दैन । उहाँहरूमा ईर्श्या, घमण्ड, अहंकार र स्वार्थभन्दा केही देखिएन । अब उहाँहरुलाई मेरो साथ रहदैन’, सुजाताले नेपाल प्रेससँग भनिन् ।

    आफूलाई मन्त्रिपरिषद्‍मा सहभागी नगराउने कुरा ३ महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् । ‘रामचन्द्रजी कहिल्यै फस्टम्यान हुने मान्छे होइन । उहाँले कांग्रेसलाई सधैँ विभाजित गर्नुभएको छ । शशांकले पनि महामन्त्रीमा पर्फमेन्स दिन सकेनन् । अब यी दुवैजनालाई मेरो सहयोग हुँदैन’, सुजाताले भनिन् ।

    अब कसलाई साथ दिने त ? भन्ने जिज्ञासामा उनले पार्टीभित्र सबैसँग छलफल गरेर निर्णय लिने बताए । ‘कसलाई साथ दिने छलफल गर्नै बाँकी छ । यत्ति हो रामचन्द्र र शशांकसंग अब म छैन’, उनले भनिन् ।

  • कांग्रेसका संस्थापनइतर नेताहरु महाधिवेशनमा साझा उम्मेदवार उठाउन सकारात्मक !

    कांग्रेसका संस्थापनइतर नेताहरु महाधिवेशनमा साझा उम्मेदवार उठाउन सकारात्मक !

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर नेताको वैठक सकिएको छ । वैठकले विभिन्न हाँगामा छरिएका रहेका संस्थापनइतर गुटहरुबीच एकता कायम गरेर जाने अनौपचारिक समझदारी भएको छ ।

    आजको वैठकको संयोजन गरेका नेता अर्जुननरसिंह केसीले संस्थापनइतरबाट एक जना मात्रै सभापतिका उम्मेदवार उठाउने गरी सकारात्मक छलफल सुरु भएको बताए । उनले भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ ।’

    उनले आजको छलफलले एकताको सम्भावना बढाएको जानकारी दिए । नेतृ सुजाता कोइरालाले सहमति हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनले भनिन् ‘जो भए पनि एकजना उम्मेदवार हुन्छ । हार्दिकताका साथ छलफल भएको छ ।’

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसीलगायतको सहभागिता  छ ।

  • पौडेल र सिटौलालाई सुजाताले भनिन्- मिल्ने भए मिल्नुस् नत्र मलाई सघाउनुस्

    पौडेल र सिटौलालाई सुजाताले भनिन्- मिल्ने भए मिल्नुस् नत्र मलाई सघाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहमा एकता गराउन प्रयास सुरू भएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलेर जान दबाब दिएकी छन् ।

    आफ्नै निवासमा ‘लञ्च’ का लागि बोलाएका नेताहरू पौडेल र सिटौलालाई १४ औं महाधिवेशनमा विभाजित नहुन सुजाताले आग्रह गरेकी हुन् ।

    छलफलका क्रममा सुजाताले आसन्न महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको भन्दै सहमति र सहकार्यका लागि आग्रह गरेकी थिइन् । पौडल र सिटौलालाई पार्टीभित्र सहमति र एकताको सन्देश दिन अनुरोध गर्दै कोइरालाले कांग्रेस एक नभए लोकतन्त्र संकटमा पर्ने बताइन् । ‘अहिले कांग्रेसको मात्रै कुरा छैन मुलुक नै संकटमा परेको छ । हामी सबै मिलेर गयौं भने कांग्रेस र लोकतन्त्र दुवै जोगिन्छ । सबै आ-आफ्नै लड्ने हो भने त समस्या झन् बल्झिन्छ’, कोइरालाले भनिन् ।

    उनले १३ औं महाधिवेशनमा पनि एकताका लागि आफूले त्याग गरेको स्मरण गराउँदै कोइरालाले यसपटक एकता नभए आफूलाई कसैले रोक्न नसक्ने बताइन् । ‘तपाईंहरू मिल्ने भए मिल्नुस् । यो बेला सबै मिलेर जाँदा पार्टी जोगाउन सकिन्छ । तपाईंहरु मिल्नुहुन्न भने म त अगाडि बढे । सभापतिमा लड्छु’, कोइरालाको भनाइ थियो ।

    महाधिवेशन नजिकिएको सन्दर्भमा समग्र विषयमा छलफल गर्न आफूले नेताहरूलाई डाकेको उनले बताइन् । ‘पहिलो कुरा महाधिवेशन तोकिएकै मितिमा हुनुपर्‍यो । अर्को कुरा नेतृत्वका लागि पनि छलफल हुनुपर्‍यो । सबैजना मिलेर जाँदा राम्रो हुन्छ भनेर छलफल गरेका हौं’, कोइरालाले नेपाल प्रेससँग भनिन् । पार्टी सभापतिमा दोहोरिने शेरबहादुर देउवाको घोषणालाई उनले ‘अधिकार’ को रूपमा व्याख्या गरिन् । ‘शेरबहादुरजी सभापति लड्न पाउने उहाँको अधिकार हो । मेरो पनि अधिकार छ, त्यस्तै अधिकार रामचन्द्रजी सिटौलाजीको पनि छ तर सकभर मिलेर लडौं भनेर हो’, कोइरालाले भनिन् ।

    छलफलमा वरिष्ठ नेता पौडेल र सिटौलाले महाधिवेशनबारे छलफलहरू सुरू भएको भन्दै साझा धारणा बनाएर जान आफूहरू सकारात्मक रहेको बताएका थिए । ‘आज सामान्य छलफल भएको हो । महाधिवेशनसम्म यस्ता धेरै छलफलहरू हुन्छन् । हाम्रो टिमलाई कसरी एकतावद्ध राख्ने भन्ने मै आजको छलफल केन्द्रित भयो’, छलफलमा सहभागी एक नेताले भने ।