Tag: सी जिङपिङ

  • सी, मोदी र ओलीः उस्तै विचार, उस्तै शैली

    सी, मोदी र ओलीः उस्तै विचार, उस्तै शैली

    उसो त नेपालका सबै मूलधारका पार्टीहरुमा कुनै न कुनै कोणबाट विदेशी ‘कनेक्सन’ भेटिन्छ । कम्युनिष्ट पार्टीहरुका विचारकदेखि संस्थापक सबै विदेशी नै हुन् । नेपाली कांग्रेसको त नाम नै भारतीय कांग्रेससँग मिल्छ । २०१५ सालको प्रथम आमनिर्वाचनको एक रिपोर्टमा अमेरिकाको प्रसिद्ध म्यागजिन ‘फरेन अफेयर्स’ले त भारतीय कांग्रेससँग नाम मिलेकै आधारमा नेपाली कांग्रेसलाई ‘भारतीय कांग्रेसको शाखा’ भनेको थियो । १९५९ को जुलाई अंंकमा तत्कालीन सम्पादक ह्यामिल्टन फिस आम्सट्रोङले यस्तो हचुवा विश्लेषण गरेका थिए ।

    माओवादी पार्टी र ‘प्रचन्डपथ’ पेरुको माओवादी पार्टी साइनिङ पाथ र त्यसका नेता गोन्जालोको बिचार ‘गोन्जालो बिचार’ बाट प्रत्यक्ष प्रभावित छ । त्यसको ‘कन्फेसन’ गोन्जालोको भदौ २६ मा भएको मृत्युपछि प्रचण्ड र बाबुरामले सामाजिक सञ्जालमा व्यक्त गरिसकेका छन् । स–साना क्षेत्रीय पार्टीदेखि पहिचानको मुद्दा हुँदै धार्मिक मुद्धा बोक्ने दलहरुको समेत मौलिक स्टाइल लगभग छैन । दुनियाँमा कतै न कतै प्रयोग भएकै विचार र शैली उनीहरुले पछ्याएका छन् ।

    पार्टी, सिद्धान्त र शैलीमा प्रभावित हुनु विश्वव्यापी प्रवृत्ति हो । पछिल्लो समय सूचना प्रविधिको सर्वसुलभताको कारण नेताहरुले आफ्नो व्यक्तित्व निर्माण र प्रदर्शनमा समेत विदेशका अभ्यास लागू गरेको वा भनौँ अनुसरणको जस्तो देखिएको छ । यो प्रचलन बजारमा चलेका युवा नेताहरुदेखि शीर्ष नेतृत्वसम्म सुक्ष्मरुपमा हेर्दा पाउन सकिन्छ । यो सामग्रीमा चाहिँ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि केन्द्रित छ । समकालीन नेताहरुमध्ये सर्वाधिक चर्चित र विवादित यी नेतामा नेपालका दुई छिमेकी देशका दुई राजनीतिज्ञको छवि भेट्न सकिन्छ । ओलीको विचार र शैली चिनीयाँ राष्टपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री मोदीसँग धेरै हदसम्म मिल्दोजुल्दो छ । कसरी त ?

    १. देवत्वकरण र ब्रान्डिङ

    २०६९ चैत १ गते चीनमा सी चिनफिङ राष्ट्रपति चुनिए । त्यसको १४ महिनापछि २०७१ जेठ १२ गते भारतीय प्रधानमन्त्री भएका हुन् नरेन्द्र मोदी । २०७१ असार १९ देखी २५ सम्म भएको एमालेको नवौं महाधिबेसनबाट माधब नेपाललाई पराजित गरेर अध्यक्ष भए ओली ।

    ओलीले मोदीले जस्तो विशाल देशको प्रभावशाली मिडियालाई आफ्नो कल्ट बनाउन प्रयोग गर्ने सामर्थ्य राख्दैनन् । न त उनले सीजस्तो एकदलीय शासनको फाइदा पाएका छन् । तर, उनले आफ्ना समर्थकहरुको पङ्तिलाई भने भरपुर प्रयोग गरेका छन् । ‘केपी बा’ देखि ‘केपी ओली आइ लभ यू’ हुँदै विभिन्न सभा–जुलुसमा उभिने ओलीको कटआउट प्रतिमा यसै उपज हुन् ।

    पूर्वराष्ट्रपति हु जिन्ताओभन्दा भिन्न छन् सी । र, पूर्वप्रधानमन्त्री मनमोहन सिंहभन्दा अलग छन् मोदी । नेपालका ओली पनि एमाले पूर्व अध्यक्ष झलनाथ खनालभन्दा फरक छन् । सी र मोदीको व्याक्तित्वलाई दुवै देशमा ब्रान्डिङ गरिएको छ । यस्तो ब्रान्डिङ गरिएको छ कि एक खालको ‘कल्ट’ नै बनेको छ । ‘कल्ट’ लाई नेपालीमा ‘देवत्व’ भन्न सकिन्छ ।

    कल्ट निर्माण विश्वकै राजनीतिको एक स्थापित प्रवित्ति हो । कम्युनिष्टले मार्क्स, लेनिन र स्टालिनको कल्ट बनाएका छन् । नेपालको राष्ट्रिय राजनीतिमा एमालेले मदन भण्डारी र कांग्रेसले वीपी कोइरालाको कल्ट बनाएका छन । माओवादीले पनि प्रचण्डको कल्ट बनाएकै छन् । बरु देउवाको कल्ट देखिँदैन ।

    केही दिनअघि कात्तिक ६ मा भएको वडा अधिवेसन र ९ को पालिका अधिवेसनमा ओलीले भर्चुअल सम्बोधन गरेर डिजिटल स्पेसको भरपुर प्रयोग गरे । आफ्ना लाखौं कार्यकर्तामाझ एकैपटक पुगे ।

    ओलीले मोदीले जस्तो विशाल देशको प्रभावशाली मिडियालाई आफ्नो कल्ट बनाउन प्रयोग गर्ने सामर्थ्य राख्दैनन् । न त उनले सीजस्तो एकदलीय शासनको फाइदा पाएका छन् । तर, उनले आफ्ना समर्थकहरुको पङ्तिलाई भने भरपुर प्रयोग गरेका छन् । ‘केपी बा’ देखि ‘केपी ओली आइ लभ यू’ हुँदै विभिन्न सभा–जुलुसमा उभिने ओलीको कटआउट प्रतिमा यसै उपज हुन् । हालै सम्पन्न विधान महाधिबेसनमा कल्ट ब्रान्डिङको बलियो प्रयास भयो । सीजस्तो आफ्नै नाममा बिचार बनाउने प्रयास नगरे पनि नेतृत्वको स्थापनामा सीकै स्टाइल ओलीले पछ्याएको देखिन्छ । नेता-कार्यकर्ताको स्तरमा हुने कल्ट निर्माणमा भने मोदीको स्टाइल देखिन्छ ।

    २. डिजिटल स्पेसको भरपुर उपयोग

    डिजिटल स्पेस प्रयोग गर्न सी र मोदी दुवै उत्तिकै सक्रिय छन् । अहिलेको जनामामा केही हजार मान्छे भेला हुने भौतिक कार्यक्रमभन्दा हजारौं र लाखौंमाझ एकैपटक पुगिने डिजिटल माध्यम बढी प्रभावकारी मानिन्छ । यस मामलामा सी र मोदी दुवै अगाडि छन् ।

    आफ्ना पार्टी तथा प्रदेशका बैठकहरु प्राय डिजिटलमै गर्न सी र मोदीले कोभिड-१९ आउनु अगाडि नै पहल गरेका थिए । सीले त डिजिटल सभ्यताको विश्व सम्मेलनकै तयारी थालेका छन् । सामाजिक सञ्जाल फेसबुकदेखी ट्विटरसम्म सक्रिय प्रयोगमा भने मोदी र ओलीको स्टाइल मिल्छ । एमालेको ‘साइबर सेना’ र बिजेपीको साइबर सेलका स्टाइल उस्तै छन् । सीको वोल्फ वारियर डिप्लोम्याट पनि यस्तै प्रकृतिको हो ।

    ओलीले भारतको नाकाबन्दीको डटेर बिरोध गरे । नेपाली कांग्रेसले पार्टीको आधिकारीक धारणा नाकाबन्दी भन्न नसकेको फाइदा उठाएर ओलीले राष्ट्रवादी स्पेसको उपयोग गरे । आयात–निर्यातमा भारतको एकद्धार भत्काउन चीनसँग पारवाहन सन्धि गरे ।

    पहिले विदेशमा हुँदा सामाजिक सञ्जाल अकाउन्ट नबनाउने र चुपचाप बस्ने चिनियाँ कूटनीतिज्ञ अहिले सामाजीक सञ्जालमा खाता खोलेर मुखररूपमा प्रस्तुत हुन थालेका छन् । आफ्नो नेतृत्वको प्रचार र रक्षा अनि विपक्षीको तीव्र आलोचनामा यी दुवैको स्टाइल मिल्छ । बिजेपीका नेता अमित साहले साइबर सेललाई १० करोड जनतामा पुग्न अपील नै गरेका छन् । केही दिनअघि कात्तिक ६ मा भएको वडा अधिवेसन र ९ को पालिका अधिवेसनमा ओलीले भर्चुअल सम्बोधन गरेर डिजिटल स्पेसको भरपुर प्रयोग गरे । आफ्ना लाखौं कार्यकर्तामाझ एकैपटक पुगे ।

    ३. राष्ट्रवादी मुद्धाको वकालत

    राष्ट्रवादी मुद्धामा सी र मोदीकै पदचिन्हमा छन्- ओली । सिले चिनियाँ क्रान्तिपछि अलग रुपमा शासित हुन थालेको ताइवानलाई चीनमै ल्याउने र चीनले भोगेको शताब्दी लामो विदेशीको तनावबाट मुक्त हुने सार्वजनिक भाषण गर्दै आएका छन् । अमेरिकासँग अब चीन नदब्ने भन्दै आएका छन् ।

    यता मोदीले जम्मु र काश्मिरको आत्मनिर्णय र बेग्लै झन्डाका कारण भारतीय सार्वभौमसत्तामा समस्या भएको भन्दै संविधान संसोधन गरेरै भारतीय राष्ट्रवादी जमातलाई खुशी पार्न खोजे । आम आदमी पार्टीजस्ता बिरोधीले समेत यस्तो मुद्धामा समर्थन जनाएका थिए । चीनसँगको सीमा तनावमा पनि मोदी आएपछि उनले चीनलाई काउन्टर दिन अमेरिकासँग सक्रिय गठवन्धन गरे । अमेरिका, भारत, जापान र अष्टे«लियाको गठवन्धन क्वाड मोदीकै पालामा भयो ।

    सीमा सुरक्षामा ओलीको चासो मोदी र सीकै तहको छ । उनले सीमा सुरक्षा गर्ने विओपीको संख्या बढाएका थिए । भारत र चीनसँग भएको बिओपीको संख्या ५ सय पुर्‍याउने घोषणा गरेर बिओपी क्षेत्रमा ओलीको चासो देखिएको थियो । ओलीकै पालामा लिपुलेक क्षेत्र नजिकैको व्यास गाउँपालीकामा बिओपी स्थापना भयो ।

    ओलीले भारतको नाकाबन्दीको डटेर बिरोध गरे । नेपाली कांग्रेसले पार्टीको आधिकारीक धारणा नाकाबन्दी भन्न नसकेको फाइदा उठाएर ओलीले राष्ट्रवादी स्पेसको उपयोग गरे । आयात–निर्यातमा भारतको एकद्धार भत्काउन चीनसँग पारवाहन सन्धि गरे । कार्यान्वयनको पाटो अझै देखिन बाँकी छ, तर आगामी सम्भावित भारतीय नाकाबन्दीलाई यसले मनोबैज्ञानिक शक्ति र पारवाहनको विकल्प दिएको छ । भारतले जबरजस्त कब्जा गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा छाप्ने निर्णय मन्त्रीपरिषदबाट गरेर सदनमा टेबल गर्दै दुवै सदनबाट सर्वसम्मत पारित गर्न ओलीले नै नेतृत्व गरे ।

    ४. सीमा सुरक्षाको बढ्ता चासो र प्रचार

    मोदी आएपछि भारतले सिमा चासो झन् बढाएको छ । सिमानामा फौजलाई आवश्यक पुर्वाधार र लगानी बढाइएको छ । सन् २०२० जुलाई ३ मा मोदी आफै लद्दाख पुगेर फौजलाई हौसला दिएका थिए ।

    सीले पनि चीनको सीमाक्षेत्रको पुर्वाधार निर्माणमा व्यापक चासो दिएका छन् । चीनको संवेदनशील क्षेत्र तिब्बतमा भ्रमण गर्ने थोरै राष्ट्रपतिमा सी पनि परे । उनी सन् २०२१ को जुलाई २१ र २२ मा तिब्बत आएका थिए । ३० वर्षको दौरानमा तिब्बत आउने राष्ट्रपति सी नै हुन् । सीले सिमाको आधुनिकीकरण र सुधारको क्षेत्रमा ध्यान दिने बताउँदै आएका छन् ।

    सीमा सुरक्षामा ओलीको चासो मोदी र सीकै तहको छ । उनले सीमा सुरक्षा गर्ने विओपीको संख्या बढाएका थिए । भारत र चीनसँग भएको बिओपीको संख्या ५ सय पुर्‍याउने घोषणा गरेर बिओपी क्षेत्रमा ओलीको चासो देखिएको थियो । ओलीकै पालामा लिपुलेक क्षेत्र नजिकैको व्यास गाउँपालीकामा बिओपी स्थापना भयो । २०७७ मंसिर ८ मा इलामको सुन्दरपुर क्षेत्रमा रहेको सीमाक्षेत्र पुग्न भने ओलीले पुर्वनिर्धारित समयअनुसार मौसम खराबी भएर सकेनन् । उनी ताप्लेजुङको घुन्साबाट फर्किएका थिए ।

    ५. विश्वमञ्चको उपयोग

    विश्वमञ्चको प्रयोग गर्न सी, मोदी र ओलीको शैली मिल्छ । सीले विश्वमञ्चमा चीनको स्वाभिमान बढाउने कुरा पटक–पटक गर्दै आएका छन् । आफै विश्वमञ्च स्थापना गर्न समेत उनी सक्रिय छन् । सन् २०१६ जनवरीबाट बेइजिङ मुख्यालय भएको एसियाली पूर्वाधार विकास बैंक सीको नेतृत्वमा खुल्यो । यस्तै सन् २०१६ फेब्रुअरीमा चीनको संघाइमा मुख्यालय भएको ब्रिक्स बैंक सीकै अगुवाइमा स्थापना भयो ।

    मोदी नेतृत्वमा कुनै विश्वमञ्च त बनेको छैन, तर, विश्व मञ्चमा भारतीय भूमिका बलियो बनाउन उनले जोड दिँदै आएका छन् । विश्वका शक्तिशाली नेताहरुसँगको उठबस, ब्रोमान्स देखि आफूलाई न्यूज हेडलाइनमा राख्न मोदी सफल छन । सन् २०१४ मा प्रधानमन्त्री भएर संयुक्त राष्ट्रसंघ जाँदा अंग्रेजीमा सम्बोधन गरेका उनी आजकाल हिन्दीमा बोल्छन् । हिन्दीलाई संयुक्त राष्ट्रसंघले मान्यता दिनुपर्ने आशयमा मोदीले अभ्यास सुरु गरेका छन् । सार्क र बिम्सटेक सम्मेलनमा अंग्रेजी बोल्ने उनी राष्ट्रसंघमा हिन्दी बोलेर खास सन्देश दिन चाहन्छन् ।

    दि गार्जियनमा आलेख लेख्नेदेखि सिएनएनमा अन्तरवार्ता दिएर उनले आफ्नो नेतृत्वमा नेपाल र नेपाली प्रधानमन्त्रीलाई विश्वले नोट गरेको बताउँछन् । त्यही कारण एमाले नेताहरुले ओली सरकार आएपछि ‘विश्वमा नेपाल सुनिन र देखिन थालेको’ बताउँदै आएका छन् ।

    ओलीले समेत आफ्नो स्केल अनुसारको विश्व मञ्च प्रयोग गर्न छोडेका छैनन् । चाहे अष्ट्रेलियाली पूर्वप्रधानमन्त्री केभिन रुटले प्रश्न सोध्ने एसिया सोसाइटीको बहसमा सहभागी भएर होस वा विश्व अर्थतन्त्रका हस्तिहरु भेला हुने स्वीट्जरल्यान्डको डाभोस सम्मेलनमा अतिथि भएर होस अथवा जापानको ‘फ्युचर अफ एसिया’ सम्मेलनमा निम्तो पाएर होस् ओलीले आफू विश्व मन्चमा सान्दर्भिक पात्र भएको देखाउन खोजेका छन् ।

    दि गार्जियनमा आलेख लेख्नेदेखि सिएनएनमा अन्तरवार्ता दिएर उनले आफ्नो नेतृत्वमा नेपाल र नेपाली प्रधानमन्त्रीलाई विश्वले नोट गरेको बताउँछन् । त्यही कारण एमाले नेताहरुले ओली सरकार आएपछि ‘विश्वमा नेपाल सुनिन र देखिन थालेको’ बताउँदै आएका छन् ।

    ६. सांस्कृतिक मुद्धामा रुझान

    सांस्कृतिक मुद्धामा सी, मोदी र ओलीका तौरतारिका मिल्छन् । मोदी त हिन्दु राष्ट्रवादी भएकाले उनले धार्मिक भ्रमण गर्नु, सांस्कृतिक राष्ट्रवादको कुरा उठाउनु सामान्य नै हो । तर, संविधानमा धर्मनिरपेक्षता भएको नेपालका ओली र संविधानमा धर्म नै नहुने मान्यता भएको एथिस्ट चीनका सीको कुरामा रोचक संयोग छ ।

    सीले अरु कम्युनिष्टहरुले प्रिय नमानेको शब्द सभ्यता र संस्कृतिको पटक-पटक उठान गर्दै आएका छन् । राष्ट्रिय सवाल, पार्टी कमिटीदेखि विश्व मञ्चमा उनले चिनियाँ सभ्यता र संस्कृतिको वकालत गर्दै आएका छन् । कन्फ्युसिअस सेन्टर खोल्दै विश्वभर फैलाउने, चीनको तिब्बती बुद्ध धर्मदेखि ताओवादको प्रबर्द्धन सी आएपछि व्यापाक भएको छ । सन् २०१९ को एक बीबीसी सामाग्रीअनुसार हाल विश्वभर पाँच सयभन्दा धेरै कन्फ्युसियस सेन्टरहरु छन् ।

    राष्ट्रियचासोका मुद्धामा आफ्नो उपस्थिति देखाउन माहिर छन् सी । उनी अन्तरिक्षमा पुगेका चिनियाँ अन्तरिक्षयात्रुसँग कुराकानी गर्छन् । चीनको नाम राख्ने व्याक्तित्वहरुसँग सिधा भेटघाट गर्छन । चिनियाँ जनताले अमेरिकादेखि ताइवान प्रसंगमा चाहेका मुद्दामा उनी तत्काल कुनै माध्यमबाट प्रतिक्रिया दिइहाल्छन् ।

    कतिपय नेपाली कम्युनिष्टहरुले फलाक्ने सांस्कृतिक क्रान्ति सीले नाम पनि लिँदैनन् । चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी समारोहमा कसैले सांस्कृतिक क्रान्तिको नामै लिएन । ओली पनि सांस्कृतिक मुद्धामा बढ्दो झुकाव राखिरहेका छन् । भगवान रामको जन्मस्थान नेपालमा भएको दावी गरेर उनी भारतमा समेत चर्चामा आए । पशुपतिमा सुनको जलहरी राख्नेदेखि ठोरीमा राम–लक्ष्मणको मूर्ति स्थापना गर्नेसम्मका क्रियाकलापले उनी आफ्नो धार्मिक–सांस्कृतिक रुझानलाई अभिव्यक्त गरिरहेका छन् ।

    ७. लोकप्रियता कमाउने काइदा

    राष्ट्रियचासोका मुद्धामा आफ्नो उपस्थिति देखाउन माहिर छन् सी । उनी अन्तरिक्षमा पुगेका चिनियाँ अन्तरिक्षयात्रुसँग कुराकानी गर्छन् । चीनको नाम राख्ने व्याक्तित्वहरुसँग सिधा भेटघाट गर्छन । चिनियाँ जनताले अमेरिकादेखि ताइवान प्रसंगमा चाहेका मुद्दामा उनी तत्काल कुनै माध्यमबाट प्रतिक्रिया दिइहाल्छन् ।

    माधव नेपाल समूह छोडेर एमालेमा बसेका १० नेतालाई उनको खपिनसक्नु पेलान छ । ओलीले आफ्नो नेतृत्वमा फरक विचार राख्नेहरुलाई पाखा लगाउँदै आएका छन् ।

    मोदीको यही स्टाइल छ । उनी भारतले क्रिकेट खेल्दा हौसला दिनेदेखि ओलम्पिक मेडल बिजेतालाई बधाइ दिन पुग्छन् । भारत र पाकिस्तानदेखि भारत र चीनबीचको तनावमा उनी तत्काल लोकप्रिय टिप्पणी दिन्छन् ।

    ओलीको स्टाइल पनि यस्तै छ । उनी घरी दशरथ रंगशालामा नेपालको खेल हेर्न पुग्छन् त घरी गाइजात्रा समारोहमा सहभागी हुन्छन् । सेनाको जागीर छाडेर कृषिकर्मका लागेका गुल्मीका दीलिप भण्डारीलाई फोन गरेर प्रोत्साहन दिनसमेत भ्याए उनले । क्यामेराले घेरिएको र देशले हेरेको क्षेत्रमा सक्रिय उपस्थिति जनाउनमा सि, मोदी र ओलीको एकै स्टाइल छ ।

    ८. विरोधी ठेगान लाउने आक्रामक शैली

    आफ्नो विरोधीलाई ठेगान लाउन र भित्तामा पुर्याउन सी, मोदी र ओलीको एकै स्टाइल छ । सन् २०१३ मा राष्ट्रपति हुनेबित्तिकै सीले भ्रष्टाचारको आरोपमा आफ्ना बिरोधी मानिएका धेरै शीर्ष नेतृत्वलाई जेल हाले । मोदीले आफ्नो कल्टमा अबरोध गर्नेलाई पार्टीदेखी मन्त्रालयमा राम्रो जिम्मेवारी दिँदैनन् ।

    ओलीको यस्तै पारा छ । उनले आफूलाई च्यालेन्ज गर्नेलाई स्पेस दिँदैनन् । नेकपामा उनले प्रचण्डलाई पेल्दा पेल्दा विभाजनको अवस्थामा पुर्‍याए । एमालेमा फेरि माधव नेपाल समूह अध्यादेशको सहाराले अलगियो । अहिले फेरि माधव नेपाल समूह छोडेर एमालेमा बसेका १० नेतालाई उनको पेलान छ । ओलीले आफ्नो नेतृत्वमा फरक विचार राख्नेहरुलाई पाखा लगाउँदै आएका छन्।

  • बाइडन र सीबीच पहिलोपटक वार्ता हुँदै, जलवायु परिवर्तनको मुद्दा केन्द्रमा

    बाइडन र सीबीच पहिलोपटक वार्ता हुँदै, जलवायु परिवर्तनको मुद्दा केन्द्रमा

    वासिङ्टन । राष्ट्रपतिय कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सी जिङपिङबीच विहिबार पहिलोपटक वार्ता हुने भएको छ ।

    अमेरिकी निम्तोमा दुई राष्ट्रपतिबीच जलवायु परिवर्तनको मुद्दामा छलफल हुन लागेको हो । बाइडनले अन्य एकदर्जन मुलुकका सरकार एवं राष्ट्रप्रमुखलाई पनि वार्तामा निम्तो दिएका छन् ।

    भर्चुअल छलफल विहिबारदेखि सुरु हुने भएको छ । सन् २०१५ को पेरिस सहमति र कार्वन उत्सर्जन कटौतीजस्ता सन्धीमा अमेरिकाको पुनरागमनपछि यस्तो छलफल हुन लागेको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हु चिन्याङका अनुसार राष्ट्रपति सीले भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्ने भएका छन् । चीनको मानव अधिकार अवस्थालाई लिएर दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच तनाव चुलिएको बेला यस्तो छलफल हुन लागेको हो ।

    गतमहिना अमेरिकी भूभाग अलास्कामा दुई मुलुकका विदेशमन्त्रीबीच छलफल भएपनि कुनै निष्कर्ष निस्किएन । तर, यसैसाता सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने यी दुई मुलुकले जलवायु परिवर्तनको मुद्दामा मिलेर काम गर्ने सहमति जुटाएका छन् ।

     

  • चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न सक्ने, ब्रिक्समा दिल्लीलाई बेइजिङको समर्थन

    चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न सक्ने, ब्रिक्समा दिल्लीलाई बेइजिङको समर्थन

    काठमाडौं । सीमा तनाव कायमै रहँदा चिनियाँ राष्ट्रपति सी जिङपिङले यसवर्षको अन्त्यतिर भारतको भ्रमण गर्न सक्ने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    पाँच उदाउँदा आर्थिक मुलुकको भारतमा हुने आसन्न ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति दिल्लीमा जान सक्ने जनाइएको छ । ब्रिक्स सम्मेलन आयोजनाका लागि भारतलाई चिनियाँ सहयोग हुने अभिव्यक्ति आएपछि यस्तो अनुमान गरिएको हो ।

    कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार आए चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न सक्ने जनाइएको छ । पछिल्लो महिना कतिपय भारतीय राज्यमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएको छ र कतिपय राज्यले लकडाउन गर्नेबारे छलफल गरिरहेका छन् ।

    ब्रिक्स सम्मेलन आयोजना गर्न चीनको समर्थन हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले बताएका थिए । उदयीमान बजार र विकसोन्मुख मुलुकको साझा संस्था ब्रिक्सले विश्वभरमा प्रभाव पार्न सक्ने भन्दै चीनले ब्रिक्सलाई लिएर प्रशंसा गरेको छ ।

  • बाइडेन र सीबीच टेलिफोन वार्ता, अमेरिकाको चीन नीति बदलिने संकेत

    बाइडेन र सीबीच टेलिफोन वार्ता, अमेरिकाको चीन नीति बदलिने संकेत

    काठमाडौं । कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच टेलिफोन वार्ता भएको छ । आर्थिक र सामरिकलगायतका कतिपय मुद्दालाई लिएर पछिल्लो समय तनाव बढेको बेला विश्वका दुई ठूला अर्थतन्त्रबीच वार्ता भएको हो ।

    वार्तामा आर्थिक र सैनिकसहित सहकार्य गर्न सकिने जलवायु परिवर्तन र आणविक प्रसार सम्बन्धी मुद्दामा छलफल भएको सीएनएनले जनाएको छ । साथै बाइडेनले ब्यापारिक असमानता, प्रविधि एवं मानवअधिकारका मुद्दा समेत उठाएको जनाइएको छ ।

    बाइडेनले चिनियाँ उइगुर मुस्लिम समुदायविरुद्ध भएको मानवअधिकार उल्लंघन एवं हङकङ आन्दोलनबारे पनि चासो राखेका थिए । ‘बाइडेनले ती मुद्दा अमेरिकी मूल्य मात्र नभएर वैश्विक भएको समेत धारणा राखे’ ह्वाइट हाउस अधिकारीले सीएनएनलाई भने ।

    दुई नेताबीचको वार्तापछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै बाइडेनले अमेरिकी नागरिकको सुरक्षा, समृद्धि, शान्ति र इन्डो–प्यासिफिक मुद्दाबारे पनि छलफल गरेको जनाएको छ । इन्डो-प्यासेफिक मुद्दालाई लिएर पनि अमेरिका र चीनबीच तनाव छ ।

    बाइडेन प्रशासनले पूर्व ट्रम्प प्रशासनले चीनसँगको ब्यापारिक असमानता र प्रशान्त महासागरसहित एसियाली मुलुकमा बढाएको सैन्य गतिविधिलाई लक्षित गर्दै लिएको नीतिको पुनःसमीक्षा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

    अमेरिकाको इन्डो–प्यासेफिक रणनीतिलाई स्वीकार गर्न पनि बाइडेनले जिङपिङलाई आग्रह गरेको जनाइएको छ । तर, ट्रम्प प्रशासनले चिनियाँ ब्यापारमा लगाएको प्रतिबन्ध तत्काल यथावतै रहने पनि बाइडेनले सीलाई जानकारी दिएका छन् । बाइडेनले चीनसँगको ब्यापार युद्ध गम्भीर सोचविचार गरेरै कांग्रेसले पारित गरेको प्रसंग कोट्याउँदै यसबारे तत्काल कुनै निर्णय नहुने संकेत गरेका छन् । चीनसँग सम्बन्ध बढाउँदा अमेरिकाले अब बृहत् चीन नीतिलाई अख्तियार गर्ने समेत बाइडेनले सीलाई जानकारी दिएका छन् ।

    गत बुधबार बाइडेनले अमेरिकाको चीन रणनीति तय गर्न त्यहाँको रक्षा मन्त्रालयले एउटा कार्यदल गठन गरेको घोषणा गरेका थिए ।

    चिनियाँ सरकारी संचारमाध्यमकाे ग्लोबल टाइम्सले पनि दुई विश्व नेताबीच टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । टाइम्सको अनलाइन संस्करणले वार्ता भएको पुष्टि गरे पनि के–के छलफल भयो भन्नेबारे खुलाएको छैन ।

    सिन्ह्वाले चाहिं राष्ट्रपति सी जिङपिङले अमेरिका र चीनबीचको संवाद संयन्त्रलाई पुनर्स्थापित गर्न आग्रह गरेको लेखेको छ । सीले दुई देशबीचको गलत बुझाइ र गलत दृष्टिकोणलाई अन्त्य गर्नुपर्ने खाँचो औंल्याएको समेत सिन्ह्वाले जनाएको छ ।