Tag: सीपी गजुरेल

  • पूर्वमाओवादी एकताका लागि गजुरेलको शर्त- जनयुद्ध, जनगणतन्त्र र राष्ट्रिय स्वाधीनता (भिडिओ)

    पूर्वमाओवादी एकताका लागि गजुरेलको शर्त- जनयुद्ध, जनगणतन्त्र र राष्ट्रिय स्वाधीनता (भिडिओ)

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीबीच एकताका लागि तीनवटा शर्त अघि सारेका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुराना माओवादी एकताको प्रसंग निकाल्ने गरेको स्मरण गराउँदै गजुरेलले माओवादी एकताका लागि आधार तयार पार्न माओवादी केन्द्रलाई सुझाव दिएका हुन् ।

    ‘पुराना माओवादी एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भनेर प्रचण्डले भन्दै आउँनुभएको छ । हामीले यसलाई सकरात्मक रूपमा बुझ्दै आएका छौं । हामी चाहन्छौं नेपालका सबै कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्छ । त्यसका लागि यो महाधिवेशनले आधार तयार पारोस्’, गजुरेलले भने ।

    उनले जनयुद्धपूर्वको माओवादी केन्द्रीय कमिटीको बैठकको प्रतिबद्धता पालना गर्नुपर्ने , जनयुद्धको लक्ष्यअनुसार जनगणतन्त्र स्थापनाका लागि तयार हुनुपर्ने, एमसीसीलगायतका सम्झौता खारेजी र नेपाली भूमि फिर्ताको पक्षमा निर्णय गर्नुपर्ने प्रस्ताव गरे ।

    ‘जनगणतन्त्र स्थापनाको लक्ष्य पूरा गर्ने र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने निर्णय यो महाधिवेशनबाट गर्नुहोस् । तबमात्रै माओवादी एकताका लागि छलफल गर्ने ढोका खुल्छ’, उनले भने ।

  • सीपी गजुरेल अस्पताल भर्ना

    सीपी गजुरेल अस्पताल भर्ना

    काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल अस्पताल भर्ना भएका छन् । सोमबार बिहान बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

    अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

  • एमसीसीविरुद्ध असोज २२ मा माइतीघरमा २६ दलको प्रदर्शन हुने

    एमसीसीविरुद्ध असोज २२ मा माइतीघरमा २६ दलको प्रदर्शन हुने

    काठमाडौं । विभिन्न २६ राजनीतिक दल सम्मिलित ‘एमसीसी सम्झौता खारेजी आन्दोलन’ ले असोज २२ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

    आन्दोलनको बैठकले एमसीसी सम्झौता खारेज नहुँदासम्म आन्दोलन चर्काउने निर्णय गरेको सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आन्दोलनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, नेपालका लागि नेपाली, उन्नत लोकतन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा (माओवादी केन्द्र समाजवादी) लगायतका दलहरु आवद्ध छन् ।

    आन्दोलनले सरकार र नेकपा विप्लव समूहसँग भएको सम्झौताअनुसार नेकपाका सबै कार्यकर्ता तत्काल रिहा गर्न मागसमेत गरेको छ । त्यस्तै माथिल्लो कर्णाली परियोजनाका लागि भारतीय कम्पनीसँग भएको सम्झौता खारेज गरी स्वदेशी लगानीमै बनाउन समेत माग गरिएको छ ।

  • २२ दलले भने- जनता जीवनरक्षा चाहन्छन्, चुनाव होइन

    २२ दलले भने- जनता जीवनरक्षा चाहन्छन्, चुनाव होइन

    काठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना २२ राजनीतिक दलले जनताले अहिले चुनाव नचाहेको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । कोरोना महामारी बढेको भन्दै उनीहरूले अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उनीहरूको भनाइ छ ।

    ‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ,’ २२ दलीय मोर्चाका तर्फबाट सिपी गजुरेलले जारी गरेको अपीलमा भनिएको छ, ‘जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन । यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन ।’

    उनीहरूले राष्ट्रपतिले गरेको निर्णय खारेजसमेत माग गरेका छन्। विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको दावी गर्दै अपीलमा देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ।

    ‘हाम्रो देशमा संकट पैदा गराउन मलजल गरी यस्तो स्थितिबाट फाइदा उठाएर विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको सर्वत्र चर्चा भइरहेको छ,’ अपीलमा भनिएको छ, ‘यस्तो स्थितिमा नेपाल राष्ट्रको सार्वभौमिकता र जनताको जीवन रक्षाका लागि सम्पूर्ण देशभक्त, प्रगतिशील शक्तिहरु र नेपाली जनतालाई एकजुट भएर परिस्थितिअनुसारका विरोधका कार्यक्रममा अघि बढ्न हामी आह्वान गर्दछौं ।