Tag: सीता पौडेल

  • प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन आलोचित

    प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन आलोचित

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदभार ग्रहण गरेलगत्तै पदीय मर्यादा विपरित अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् ।

    बुधबार सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएकी छन् । प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । बैशाख १५ गते उक्त अविश्वास प्रस्ताव उपर मतदान गर्ने कार्यसूची थियो ।

    तर, मतदानकै दिन जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक ‘गायब’ भएका थिए । आफ्नो पार्टीका सांसद सम्पर्कविहीन भएको भन्दै प्रमुख सचेतकसमेत रहेकी सांसद पियारी थापाले प्रदेश सभा सचिवालयमा ‘सांसद खोजी गरी पाऊँ’ भन्दै निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले सदन अनिश्चित कालका लागि स्थगन गरेका थिए ।

    सभामुखको सोही भूमिकाप्रति आपत्ति जनाउँदै नवनियुक्त प्रदेश प्रमुख पौडेलले ‘असंवैधानिक’ अभिव्यक्ति दिएकी हुन् । ‘गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै ग¥यो । सत्ता पक्ष त यसलाई नियमित गरौं भन्ने पक्षमै छ नि ! सरकारलाई थाहा नदिएर कसैलाई थाहा नदिइ के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो ?’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेकी छन् ।

    प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्तावसमेत निश्क्रिय भइसकेको ठोकुवा गर्दै प्रदेश प्रमुख पौडेलले अगाडि भनेकी छन्, ‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनु प¥यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।’

    नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्ति सार्वजनिक भएपछि अहिले चर्को आलोचना भइरहेको छ । सत्ता इतरका दलले प्रदेश प्रमुखले संवैधानिक पद धारण गरेर अंवैधानिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइरहेका छन् ।
    नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कार्यकर्ताभन्दा तल्लोस्तरमा पुगेर प्रदेश प्रमुखले अभिव्यक्ति दिएको प्रतिक्रिया दिए ।

    उनले भने, ‘प्रदेश प्रमुखजस्तो संवैधानिक पदमा आसिन भएर पनि उहाँले कार्यकर्ताभन्दा तल्लोस्तरमा गएर बोल्नुभो । संविधानको धज्जी उडाएर क्षेत्राधिकारभन्दा बाहिर जानुभयो ।’

    नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्ति सार्वजनिक भएलगत्तै माओवादी केन्द्रका सांसद दीपक कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘माननीय ज्यू ! सबैले आ–आफ्नो मर्यादामा बस्न जान्नुपर्छ । सभामुख पद तपाईंले जस्तै गरी बक्सिस प्राप्त गरेको पद होइन । आफ्नो पदको गरिमा कायम राख्नुहोला ! तपाईं सेरेमोनियल पदमा आसिन हुनुहुन्छ ।’

    कोइरालाले सभामुखको राजीमा माग्ने वा नमाग्ने अधिकार प्रदेश प्रमुखको नभएको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँको अभिव्यक्ति मर्यादाविपरित छ । सभामुख ज्यूको राजीनामा दिनुपर्ने, नपर्ने । अविश्वास प्रस्ताव चाँडै सुल्झिनुपर्ने वा नपर्ने भन्ने उहाँको सरोकारको कुरा होइन ।’

    जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य राज्यको संवैधानिक अंगमा बसेर अहिलेसम्मै असंवैधानिक अभिव्यक्ति दिएको प्रतिक्रिया दिए । ‘संवैधानिक अंगमा बसिसकेपछि अभिव्यक्ति त्यसरी दिने होइन । यो त अहिलेसम्मकै असंवैधानिक अभिव्यक्तिको पराकाष्ठा नाघ्यो,’ उनले थप्दै भने, ‘त्यो पदमा बसिसकेपछि कम्तिमा २४ घण्टाको समयावधी पनि पदीय मर्यादामा बस्न सक्नुभएन । एउटा अमुक दलको टुच्छ राजनीतिक कार्यकर्ता जसरी बोल्नुभो । त्यो पदीय हैसियत नपचेको हो ।’

  • को हुन् गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बनेका पौडेल र यादव ?

    को हुन् गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बनेका पौडेल र यादव ?

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    त्यससँगै रिक्त पदमा मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ। नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

    पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन।

    त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

    यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।