Tag: सिर्जना सिंह

  • बालेनलाई कांग्रेसकी प्रत्यासी सिंहको बधाई, भन्छिन्: मतले चुनाव नजिते पनि नगरबासीको मन जितें

    बालेनलाई कांग्रेसकी प्रत्यासी सिंहको बधाई, भन्छिन्: मतले चुनाव नजिते पनि नगरबासीको मन जितें

    काठमाडौं । काठमाडौं महानगरको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साहलाई नेपाली कांग्रेसकी प्रत्यासी सिर्जना सिंहले बधाई दिएकी छन् । उनले आफ्ना मतदाताप्रति आभार प्रकट गर्दै बालेनलाई बधाई दिएकी हुन् ।

    मतले चुनाव जित्न नसकेपछि नगरबासीको मन जित्न सफल भएको उनको बुझाइ छ । ‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा नगरबासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति हृदयदेखि आभार प्रकट गर्दछु’, उनले भनेकी छन्, ‘निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

    उनले उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिएकी छन् ।

    आगामी दिनमा पनि नगरको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले सहयोगी सबैप्रति आभार व्यक्त गरेकी छन् ।

  • जित सुनिश्चित भइसक्यो, काठमाडौं सुधारेर देखाउँछौं: सिर्जना सिंह (भिडिओ)

    जित सुनिश्चित भइसक्यो, काठमाडौं सुधारेर देखाउँछौं: सिर्जना सिंह (भिडिओ)

    काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा गठबन्धनको जित निश्चित भएको बताएकी छिन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।

    ‘काठमाडौंमा हाम्रो जित निश्चित छ । हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौं बनाउँछौं । मतदाताको शिर निहुरिन दिदैनौं । महानगरलाई महान् घरजस्तो बनाउँछु । सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछौं’, सिंहले भनिन् ।

    आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ । काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

  • सिर्जना सिंहले भनिन्- महानगर विधिसम्मत् चलाउँछु (भिडिओ)

    सिर्जना सिंहले भनिन्- महानगर विधिसम्मत् चलाउँछु (भिडिओ)

    काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने दावी गरेकी छन् ।

    नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी हुन् ।

    महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउदै जनताका लागि काम गर्ने उनको भनाई छ । त्यस्तै उनले काठमाडौंलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन् ।

    कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रुपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए ।
    उनले महानगरमा अव देखिने गरि बिकास हुने विश्वास व्यक्त गरे ।

     

  • काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

    काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ ।

    बाँकी महानग र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । शीर्ष नेताहरुको बैठकमा बिराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन ।

    अन्य दलले मेयर पाएका पोखरा,बिरगन्ज र भरतपुरको उपमेयरमा पनि आकांक्षीहरुको ठूलो संख्या रहेकाले नेताहरु आन्तरिक छलफलमा छन् । काठमाडौंको हकमा भने प्रकाशमानले नै अन्य आकांक्षीहरु मिलाएपछि सहज भएको नेताहरुले बताएका छन् ।