Tag: सिद्धार्थ बैंक

  • सिद्धार्थ बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध

    सिद्धार्थ बैंक नेशनल पेमेन्ट स्वीचमा आबद्ध

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको लागि सम्झौता भएको छ ।

    सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्ट्मेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    सो सम्झौता अनुरुप सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट-टू-पे तथा इ-म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछ ।

  • कोरोना कोषमा सिद्धार्थ बैंकको १ करोड ४ लाख सहयोग

    कोरोना कोषमा सिद्धार्थ बैंकको १ करोड ४ लाख सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि रु १ करोड ४ लाखको सहयोग गरेको छ ।

    बैकले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारलाई सहयोग गरेको हो ।

    बैकले जारी गरेको विज्ञप्तिमा प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले रु ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु २ लाखका दरले रु ३४ लाख सहयोग गरेको जनाएको छ ।

    ‘हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ’ बैकले भनेको छ, ‘निषेधाज्ञा जारी भएको अवस्थामा बंैकले ग्राहकहरुको सहजताकालागि डिजिटल माध्यमबाटपनि बंैकिङ्ग सेवा संचालन गर्दै आएको छ ।’

  • विदेशबाट सामान खरिदका लागि सिद्धार्थ बैंकको ‘ई कम कार्ड’ सेवा

    विदेशबाट सामान खरिदका लागि सिद्धार्थ बैंकको ‘ई कम कार्ड’ सेवा

    काठमाडौं । सिद्धार्थ बैंक लिमिडेटले ‘ई कम कार्ड’ सञ्चालनमा ल्याएको छ ।

    विदेशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेबापत वार्षिकरूपमा अधिकतम ५ सय डलरसम्मको परिवर्त्य मुद्रा सटही गरी भुक्तानी गर्न मिल्ने प्रिपेड कार्ड सञ्चालनमा ल्याएको हो ।

    कानूनद्वारा बर्जितबाहेकका सबै वस्तुहरू खरिद गर्न सक्ने गरी कार्ड व्यवस्था गरिएको कम्पनीले जनाएको छ । चैत १३ गतेबाट सेवा सञ्चालन गर्ने बैंकको तयारी छ ।

    कार्ड लिन ग्राहक पहिचान खाता (केवाईसी) नवीकरण र प्यानलाई अनिवार्य सर्त बनाइएको छ ।