Tag: सिटी एक्सप्रेस

  • सिटी एक्सप्रेस र रीयामनी ट्रान्सफरबीच रेमिट सम्झौता, १६० मुलुकबाट पैसा पठाउन सकिने

    सिटी एक्सप्रेस र रीयामनी ट्रान्सफरबीच रेमिट सम्झौता, १६० मुलुकबाट पैसा पठाउन सकिने

    काठमाडौं । रियामनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्वभरी रहेका नेपालीले यस ट्रान्सफर सेवाको उपयोग गरी रकम नेपाल पठाउन पाउने भएका छन ।

    यस ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोपलगायतका १६० अन्य देशहरूबाट सिटी एक्सप्रेसमार्फत खल्ती एप्स प्रयोग मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन तथा खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ ।

    सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरुका तर्फबाट प्रमुख कार्यकारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

  • सिटी एक्सप्रेसद्वारा पाँच लखपति विजेताको नाम सार्वजनिक

    सिटी एक्सप्रेसद्वारा पाँच लखपति विजेताको नाम सार्वजनिक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत बाँकी पाँच बिजेताको नाम घोषणा गरेको छ । कात्तिक महिनाका ५ विजेताको नाम घोषणा गर्दै सिटीले योजना समापन भएको बताएको छ ।

    सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जितेका छन् । साउदी अरबबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बनेका हुन् ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिन सम्म ‘सिटी आयो लखपति बनायो’ सञ्चालनमा ल्याएको थियो ।

    सिटी एक्सप्रेसको यसयोजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० हजारका दरले उपहार प्रदान गरेको थियो । साथै हरेक महिना ५ जनालाई १ /१ लाख गरी २ महिनासम्म १० जनाले उपहार पाएका थिए ।