Tag: साउने सोमबार

  • साउने सोमबार मनाउन देशभरका शिवालयमा भक्तजनको भीड (भिडियोसहित)

    साउने सोमबार मनाउन देशभरका शिवालयमा भक्तजनको भीड (भिडियोसहित)

    काठमाडौं । साउने सोमबार मनाउन देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । भगवान् शिवको पूजाआरधना गरी हिन्दूधर्मावलम्बीहरुले साउनका सबै सोमबार विशेष रुपमा मनाउँदै आएका छन् ।

    खासगरी महिलाहरुले श्रीमानको दीर्घायू एवम् सुस्वास्थ्यको कामना गर्दै साउने सोमबार विशेष रुपमा मनाउँछन् । हातमा मेहन्दी लगाएर, हरियो–पहेंलो पहिरनमा सजिएर, ब्रत बसी भगवान् शिवको प्रार्थना गरी महिलाहरुले साउने सोमबार मनाउने चलन छ ।

    साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । मध्य यूरोपका देशहरूमा समेत सोमबारको खास महत्व छ ।

     

  • साउने सोमबारको गेटअपमा अनु र दीपिका : कुर्था, मेहेन्दी र उपवास !

    साउने सोमबारको गेटअपमा अनु र दीपिका : कुर्था, मेहेन्दी र उपवास !

    काठमाडौं । साउन महीनालाई भगवान शिवको मनपर्ने महीना पनि भनिन्छ । यो महीना हिन्दू महिलाबीच उपासनाको समय पनि हो । हरियो लगाउने र शिवको पूजा गर्ने महीनाको रुपमा यसलाई लिइन्छ ।

    अर्कोतर्फ साउन महीना अभिनेत्रीहरुको लागि हरियो कुर्ता र फेसनमा सजिने छेको पनि हो । महीनाको पहिलो सोमबार अभिनेत्रीहरु कोरोना महामारीकै बीचमा पनि पशुपति लगायतका मन्दिरमा गए र पूजाआरधाना गरे ।

    नायिका अनु शाह, दीपिका प्रसाइँ, करिश्मा मानन्धरलाई यसपटक साउन महीना लागेको छ । करिश्माले गतसातादेखि नै मेहेन्दी लगाउन थालेकी थिइन् । अभिनेत्रीहरु हरियो कुर्ता, आउटफिट र मेहेन्दीमा सजिन थालिसकेका छन् ।

    फेसन डिजाइनर अवानीसिंह ठकुरीको डिजाइनमा अनुलाई रातो र हरियो कुर्ता तथा हरियो चुरामा देख्न सकिन्छ । अनु केही समयदेखि अभिनेता सविन श्रेष्ठसँगको सम्बन्धमा छिन् ।

    अभिनेत्री दीपिका प्रसाइँ पनि पहेँलो कुर्था र हरियो चुरामा गर्जियस देखिएकी छिन् । केही वर्षअघि निर्देशक दिवाकर भट्टराईसँग विहे गरेकी दीपिका फिल्मसँगै पारिवारिक व्यवसायमा पनि उत्तिकै सक्रिय छिन् ।

    सूर्य मिथुन राशी भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् ।

  • जनकपुरको शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

    जनकपुरको शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

    जनकपुरधाम । साउनको पहिलो सोमबार आज जनकपुरस्थित शिव मन्दिरमा बिहानैदेखि भक्तजानको भीड लागेको छ ।

    साउन महिनामा सोमारका दिन भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेकाले शिवालयहरुमा पूजापाठ गर्नेहरुको भीड लागेको हो ।

    साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । विशेषगरी महिलाहरुले विहानै स्नान गरी भगवान शिवको पूजा आराधना गर्छन् ।

    साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । जनकपुरधामसहित देशभरको शिवालयमा भीड लागेको छ ।

    विगत दुई वर्षदेखि कोरोना महामारीका कारण साउने सोमबारी प्रभावित हुँदै आएको छ । यस वर्ष पनि विगत जस्तो भीडभाड र चहलपहल नरहेको स्थानीय बताउँछन् ।