Tag: सहसचिव र उपसचिव बढुवा

  • सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस

    सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस

    काठमाडौं । नेपाल इन्जिनियरिङ सेवातर्फ सिभिल इञ्जिनियरिङ उपसमूह अन्तरगत इरिगेशन उपसमूहको सहसचिव र उपसचिव बढुवाका लागि पाँच जनाको नाम सिफारिस भएको छ । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा हुने सहसचिव बढुवाका लागि चार जना उपसचिवको नाम र एक जना उपसचिवमा बढुवाका लागि एक जना शाखा अधिकृतको नाम सिफारिस गरेको हो ।

    उपसचिवबाट सहसचिवमा हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदार कुमार श्रेष्ठको नाम सिफारिस भएको छ भने शाखा अधिकृतबाट उपसचिवका लागि शालिग्राम भण्डारीको नाम मात्र सिफारिस भएको बढुवा सिफारिस समितिले जनाएको छ ।

  • पाँच सहसचिव र दुई उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    पाँच सहसचिव र दुई उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौँ । सरकारले पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले सहसचिवमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा र उपसचिवमा कार्यक्षमताको आधारमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

    बढुवा समितिको सचिवालय समेत रहेकाे मन्त्रालयको बढुवा शाखाका अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा सहसचिवमा बढुवा हुनेमा नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह र सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहमा दुइ-दुइ जना र नेपाल इन्जिनियरिङ समूह, हाइवेको एक जना रहेका छन् ।


    सचिवालयका अनुसार कार्यक्षमताको आधारमा उपसचिव बढुवा हुनेमा नेपाल शिक्षा सेवा अन्तरगत पुरातत्व समूहमा एक जना रहेका छन् ।

     

    कार्यक्षमताकै आधारमा उपसचिवमा नेपाल विविध सेवा अन्तरगत प्रमुख महिला विकास अधिकृतमा पनि एक जना बढुवा भएका छन् ।

    समितिले सिफारिस गरेपछि बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरिसकेको छ । कसैले उजुरी नगरे उनिहरुको नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।

  • परराष्ट्र र इञ्जिनियरिङ सेवाकाे सहसचिव र उपसचिव बढुवाकाे विज्ञापन रद्द

    परराष्ट्र र इञ्जिनियरिङ सेवाकाे सहसचिव र उपसचिव बढुवाकाे विज्ञापन रद्द

    काठमाडौं । लोक सेवा आयोगले परराष्ट्र र नेपाल इञ्जिनियरिङ सेवाका सहसचिव र उपसचिवको बढुवाको विज्ञापन रद्द गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार आयोगले परराष्ट्र सेवा सहसचिव सरह राजपत्रांकित प्रथम र उपसचिव सरह द्धितिय श्रेणीको बढुवा विज्ञापन रद्द गरेको हो ।

    आयोगले बिहिबार एक सूचना जारी गर्दै नेपाल इञ्जिनियरिङ सेवा सिभिल समूह, इरिगेशन उपसमूहको सहसचिव सरह राजपत्रांकित प्रथम श्रेणी तथा नेपाल इञ्जिनियरिङ सेवा,इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उप समूहको उपसचिव सरह राजपत्रांकित द्धितिय श्रेणीका पदको बढुवा तथा विज्ञापन रद्द गरेको जनाएको छ ।