Tag: सशस्त्र प्रहरी बल

  • सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो, विभिन्न तहमा १ हजार ९५ जना माग (सूचनासहित)

    सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो, विभिन्न तहमा १ हजार ९५ जना माग (सूचनासहित)

    काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुला भएको छ । शसस्त्र प्रहरी बलको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय अन्तरगतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा १ हजार ९५ जनाका लागि नयाँ भर्ना खुला गरेको हो ।

    भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर)देखि परिचरसम्म विभिन्न संख्या माग गरिएको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार सश्सत्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १ सय ३७ जना, सशस्त्र प्रहरी जवान पदमा ७ सय ५५ जना माग गरिएको छ । यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि १ सय २८ जना माग गरिएको छ ।

    सबै पदमा खुला, अमर अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति, समावेशी महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्र पनि छुट्याईएको छ । भर्ना हुन चाहानेका लागि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय स्वयम्भुदेखि ७ वटै प्रदेशमा दरखास्त फाराम बुझाउने व्यवस्था गरिएको छ । आवेदन शुल्क सबैभन्दा माथिल्लो तह इन्सपेक्टरका लागि १ हजारदेखि सबैभन्दा कम परिचरका लागि १ सय रुपैयाँसम्म तोकिएको छ ।

    इन्स्पेक्टरलाई २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको स्नातक तह उत्तीर्ण गरेको उम्मेदवार हुनुपर्ने जनाइएको छ भने असईका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको प्लस २ पास गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ । त्यस्तै जवानका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको ८ कक्षा पढेको व्यक्तिले आवेदन दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।

  • सशस्त्र प्रहरी बलका १५ एसपीलाई आईजीपी खनालद्धारा दज्र्यानी चिन्ह प्रदान

    सशस्त्र प्रहरी बलका १५ एसपीलाई आईजीपी खनालद्धारा दज्र्यानी चिन्ह प्रदान

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा पदमा बढुवा भएका १५ जना सशस्त्र प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । गृहसचिवस्तरीय निर्णयबाट आइतबार १५ जना डीएसपीबाट एसपी पदमा बढुवा भएका १५ जनालाई आईजीपी खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित एक समारोहमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

    समारोहमा आईजीपी खनालले पदोन्नती वृति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको बताउदैँ प्राप्त जिम्मेवारीका क्षेत्रमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा पुर्‍याएको योगदानका साथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए । उनले बढुवा भएका अधिकृतलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न निर्देशन पनि दिएका छन् ।

    सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माणमा समेत योगदान पुग्ने उल्लेख गर्दैँ राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीले राष्ट्रको सुरक्षा, जनताको सेवा, विपद् पीडित नागरिकको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रमा अहोरात्र कृयाशिल रहँदै निरन्तर योगदान पुर्‍याई रहेको बताए । उनले कमाण्डर तहका अधिकृतलाई ईमान्दार तथा वफादार भई आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै कुशल नेतृत्वकासाथ आर्थिक पारदर्शिता र सुशासमा जोड दिँदै आम नागरिकको मन जित्ने गरी कार्यसम्पादन जुट्न निर्देशन दिएका छन् । आईजीपी खनालले फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ प्रहरी अधिकृतको सहभागिता रहेको सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन शर्माले जानकारी दिएका छन् ।

  • सशस्त्रमा एसपीका लागि बढुवा प्रक्रिया सुरू, पाँच दिनभित्र आवेदन दिनुपर्ने

    सशस्त्रमा एसपीका लागि बढुवा प्रक्रिया सुरू, पाँच दिनभित्र आवेदन दिनुपर्ने

    काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा साधारण उपसमूह र लेखा उपसमूह गरी केहि एसपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

    रिक्त दरबन्दीमा पाँच दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव समेत रहेका सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) राजु अर्यालले सूचना जारी गरेका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम मूल्यांकन फारम भरेर पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा पेश गर्न सूचनामा भनिएको हो ।

    सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवालगत्तै सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्रमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि डिएसपीसम्म बढुवा रोकिएको लामो समय बितिसकेको छ । सशस्त्रमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको आलोचना हुँदै आएको छ ।

    सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा एसपी बढुवाका लागि जारी गरिएको सूचना

    सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहमा एसपी बढुवाका लागि जारी गरिएको सूचना

     

  • सशस्त्रमा ३ डीआईजीपीका लागि बढुवा प्रक्रिया सुरू, धौबजी, न्यौपाने र खड्का दौडमा

    सशस्त्रमा ३ डीआईजीपीका लागि बढुवा प्रक्रिया सुरू, धौबजी, न्यौपाने र खड्का दौडमा

    काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) को बढुवा प्रक्रिया सुरु भएको छ। सशस्त्र प्रहरी बलमा २ डिआईजीपीको पद रिक्त भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले डीआईजीपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

    बढुवाका लागि एसएसपी कालीदास धौबजी, कुमार न्यौपाने र विदुर खड्का दौडमा रहेका छन् । उनीहरु तीनैजना २०७५ पुष २० गते एसएसपीमा बढुवा भएका थिए । उनीहरु सबैले प्रहरी नायब निरीक्षक (सई)  बाट सेवा सुरु गरेका हुन् ।

    धौबजी, न्यौपाने र खड्काले नेपाल प्रहरीमा हुँदा प्राविधिकका रुपमा सेवा प्रवेश गरेका थिए। धौबजी २०५२ असोज २५ , न्यौपाने २०५२ फागुुन १ गते र खड्का २०५० भदौ १ गते नेपाल प्रहरीको सई बनेका थिए ।

    त्यस्तै भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक पनि डीआइजीका लागि प्रतिस्पर्धी मानिएका छन् । उनीहरूले पनि नेपाल प्रहरीमा सइका रूपमा सेवा सुरु गरेका थिए। तर, पछि उनीहरू सशस्त्र प्रवेश गरे।

    बुधवार रिक्त ३ दरबन्दीमा तीन दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजीपी) रामशरण पौडेलले सूचना जारी गरेका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम मूल्यांकन फारम भरेर ३ दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न सूचना जारी गरिएको हो ।

    सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजीपी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा ३ सदस्यीय बढुवा समिति रहेको छ। जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने व्यवस्था छ ।

    सशस्त्र प्रहरी बल मुख्यालयले डीआईजीपी बढुवालगत्तै सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्मको बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सशस्त्रमा प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि डिएसपीसम्म बढुवा रोकिएको लामो समय बितिसकेको छ । डीएसपीदेखि डिआईजीसम्म १ सय ६ पद रिक्त रहेका सशस्त्र प्रहरी बलका प्रवक्तासमेत रहेका डीआईजीपी राजु अर्यालले नेपाल प्रेससँग बताए । । सशस्त्रमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको आलोचना हुँदै आएको छ ।

  • दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

    काठमाडौं । औषधी व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत र सशस्त्र प्रहरी बल वेश क्याम्प, रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै विभागका विराटनगर शाखाका फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग २ लाख रकम घुस लिएको अभियोगमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

    यस्तै सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले ५० हजार रकम घुस लिने क्रममा आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    सुवेदी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुुसार दुइ लाख बिगोसहित र पौडेल तथा पासी विरुद्व ५० हजार विगोसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

  • प्रदेश १ मा यस वर्ष मात्रै १६ स्थानमा बिओपी स्थापना

    प्रदेश १ मा यस वर्ष मात्रै १६ स्थानमा बिओपी स्थापना

    विराटनगर । सशस्त्र प्रहरी बलले प्रदेश १ सँग सिमाना जोडिएका चीन र भारतका सिमावर्ती क्षेत्रमा बोर्डर अब्जर्भेसन पोष्ट (बिओपी) स्थापना गर्ने कार्यलाई तिब्रता दिएको छ ।
    दुई देशबीचको खुला सीमानामा नेपालतर्फ सुरक्षा पोष्ट कमी महशुस गरिएपछि सशस्त्र प्रहरी बल नेपालले प्रदेशको चीन र भारततर्फको सिमावर्ती क्षेत्रमा बिओपी स्थापनाको कामलाई तिब्रता दिएको हो ।

    खुला सीमानालगायत स्तम्भको सुरक्षा र निगरानीका लागि भारतको विहार, पश्चिम बंगाल र चिनतर्फको सिमावर्ती क्षेत्रमा चालु आर्थिक बर्षभित्र २६ वटा वीओपी थप्ने कार्य भईरहेको छ ।

    सकारको योजना अनुसार प्रदेशका पहाडी र हिमाली जिल्लामा विओपी थप्ने काम भइरहेको शसस्त्र प्रहरी बल नेपाल १ नं प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआईजी) बंशीराज दाहालले बताए । उनले प्रदेशमा स्वीकृत सबै स्थानमा यसै वर्ष भित्र बिओपी स्थापना गरिसक्ने लक्ष्यका साथ कामले तिव्रता पाएको बताए ।

    ‘उत्तरी छिमेकी देश चिनतर्फको हिमाली जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा यही बर्ष विओपी थप्ने काम सम्पन्न भएको छ ’डिआईजी दाहालले भने, ‘हामी चालू आर्थिक वर्षभित्रै प्रदेशभरीमा स्वीकृत केन्द्रमा बिओपी स्थापना गरिसक्ने छौ । ’विओपी थप्ने कामले सीमा स्तम्भ र दशगजा क्षेत्रको नियमित रेखदेख र सुरक्षा गर्ने कामलाई मद्दत पुग्नेछ ।’

    डिआईजी दाहालका अनुसार १ नं प्रदेशमा स्वीकृत २६ स्थानमध्ये अहिलेसम्म १६ स्थानमा बिओपी स्थापना भईसकेको छ । २ वटा भन्सार गुल्मलाई विओपीमा रुपान्तरण गरिएको छ ।

    चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतको पश्चिम बंगाल राज्यसग सिमाना जोडिएको पहाडी जिल्ला इलाममा पाँच, पाचँथरमा चार, पश्चिम बंगाल र विहार राज्यसंग सिमा जोडिएको झापामा चार र विहार राज्यसंग सिमा जोडिएको मोरङ र सुनसरीमा एक-एक तथा चिनसंग सिमा जोडिएको हिमाली जिल्ला ताप्लेजुङमा एक विओपी स्थापना भएको छ ।

    यही वर्षभित्र इलाममा एक झापामा पाँच र मोरङका दुई स्थानमा विओपी थप्ने काम पुरा हुने सशस्त्र प्रहरीका १ नं प्रदेश प्रमुख दाहालले जानकारी दिए ।

    शसस्त्र प्रहरी बल नेपाल १ नं प्रदेश बराह बाहिनीका अनुसार पाँचथरको याङ्वरक गाउँपालिकास्थित चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकास्थित भैंसे सुर्केथाम तथा इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकास्थित सलकपुरमा बिओपी स्थापना भईसकेको छ ।

    यसै वर्षभित्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित मौवाटार, पाँचथरको फालेलुङ गाउँपालिकास्थित चारराते र गोरुवाले भञ्ज्याङ, इलामको सन्दकपुर गाउँपालिकास्थित कालपोखरी तथा जौवारी, सूर्योदय नगरपालिकाको छब्बिसे र माने भञ्ज्याङमा बिओपी स्थापना हुनेछन् ।

    यस्तै झापाको कचनकवल गाउँपालिकाको पाठामारी, झापा गाउँपालिकाको पन्थपाडा, मेचीनगर नगरपालिकाको तिरीङ र नकलबन्दा र ज्यामिरगढी, गौरीगञ्ज गाउँपालिकाको आमगाछी, भद्रपुर नगरपालिकाको छोटी भन्सार कार्यालय र महेशपुर किच्चकवधमा बिओपी स्थापना गर्ने योजना छ ।

    सरकारले भारत र चिनसंग सिमा जोडिएका नेपाली भू–भागमा हुने सीमा स्तम्भ र दशगजा क्षेत्रको नियमित रेखदेख र सुरक्षाका साथै अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरी तस्करी नियन्त्रणका लागि विओपी थप्ने योजना सारेको थियो ।

    प्रदेशमा हाल चीनतर्फ दुई र भारततर्फ ४० गरी जम्मा ४२ स्थानमा विओपी स्थापना गरी सशस्त्र प्रहरीले आवश्य सुरक्षा दिदै आएको छ । प्रदेशमा ४ सय २७ र चीनतर्फ २ सय ४३ किलो मिटर सिमा जोडिएको छ ।