Tag: सल्यान

  • दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १८ यात्रु घाइते

    दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १८ यात्रु घाइते

    रूपन्देही । सल्यान कालिमाटी गाउँपालिका-३ चौडीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको भे. १ ज ५२२ नम्बरको जीप दाङको बबई गाउपाँलिका- २ एक्लेबर पाखेकुटीमा दुर्घटना भएको छ ।

    दुर्घटनामा एकजनाको मृत्यु भएको हापुरेस्थित पत्रकार बालकृष्ण पाण्डेले जानकारी दिए । मृतक जीप मालिक चौडीका देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

    इलाक प्रहरी कार्यालय खिलतपुरका प्रमुख नवीन चुँदालीका अनुसार गाडीमा सवारमध्ये १८ यात्रु घाइते भएको र दुई बालक गम्भीर छन् । दुर्घटनाको पूरा विवरण आउन बाँकी छ ।

  • सल्यानका बनगाड कुपिन्डेबाहेक ९ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न (सूचिसहित)

    सल्यानका बनगाड कुपिन्डेबाहेक ९ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न (सूचिसहित)

    सुर्खेत । नेकपा एमाले सल्यानले जिल्लाका १० मध्ये ९ स्थानीय तहमा पालिका अधिवेशन मंगलबार सम्पन्न गरेको छ ।

    बनगाड कुपिन्डे नगरपालिकाको अधिवेशन भने स्थगित भएको छ । नगरप्रमुखसमेत रहेका एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द पुन विरामी भएर नेपालगन्जमा उपचाररत रहेकाले त्यहाँको अधिवेशन स्थगित गरिएको हो ।

    ९ मध्ये सिद्धकुमाख गाउँपालिकामा महिला अध्यक्ष चयन गरिएको छ । यो गाउँपालिकामा पुष्पाकुमारी बोहोरा अध्यक्ष बनेकी छन् ।

    जिल्ला इन्चार्ज गुलावजंग शाहका अनुसार दश पालिका मध्ये नौ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    सबै पालिकामा नवनिर्वाचित पदाधिकारीको यस्तो छ सूचि:

    १. कालिमाटी गापा
    केशर बुढा– अध्यक्ष
    वीर ब वली– उपाध्यक्ष
    वेल ब चन्द – सचिव
    ७३ सदस्यीय कमिटी

    २. बागचौर नगरपालिका
    घनश्याम शर्मा – अध्यक्ष
    उपेन्द्र वलि– उपाध्यक्ष
    मोहन चन्द – सचिव
    ७५ सदस्यीय कमिटी

    ३. शारदा नगरपालिका
    मधुसूदन शर्मा – अध्यक्ष
    राम ब भण्डारी – उपाध्यक्ष
    महेश देवकोटा – सचिव
    ७५ सदस्यीय कमिटी

    ४. कपुरकोट गापा
    दोर्णबहादुर केसी – अध्यक्ष
    ललिता गिरी– उपाध्यक्ष
    रुपक बुढा – सचिव
    ६१ सदस्यीय कमिटी

    ५. त्रिवेणी गापा
    लोकेन्द्र खडका – अध्यक्ष
    शोभाराम डांगी– उपाध्यक्ष
    धनराज तुफान – सचिव
    ६१ सदस्यीय कमिटी

    ६. छत्रेश्वरी गाँउपालिका
    ज्ञानबहादुर खडका– अध्यक्ष
    डुमबहादुर केसी – उपाध्यक्ष
    देवराज घर्ती – सचिव
    ६७ सदस्यीय कमिटी

    ७. कुमाख गापा
    भैरवबहादुर शाह – अध्यक्ष
    पम्फा खत्री– उपाध्यक्ष
    तारा ब योगी – सचिव
    ७० सदस्यीय कमिटी

    ८. सिद्दकुमाख गाउँपालिका
    पुष्पा कुमारी बोहरा – अध्यक्ष
    गोविन्द रेउले– उपाध्यक्ष
    लिलबहादुर रोका – सचिव
    ६९ सदस्यीय कमिटी

    ९. दार्मा गाउँपालिका
    बलबहादुर वली– अध्यक्ष
    गणेश बुढाथोकी – उपाध्यक्ष
    दीपक रोका – सचिव
    ६५ सदस्यीय कमिटी

  • सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकियो

    सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकियो

    सुर्खेत । सल्यान जिल्ला अस्पतालमा अक्सिजन सकिएको छ । २२ जना कोरोना संक्रमित उपचाररत रहे पनि नियमित अक्सिजन दिनुपर्ने गम्भीर विरामी नरहेकाले तत्कालका लागि अक्सिजन अभावमा मानवीय क्षति हुने खतरा भने छैन ।

    ३५ शय्याको अस्पतालमा कोरोना संक्रमितका लागि १६ शय्या छुट्याइएको थियो । त्यसले नपुगेर इर्मजेन्सी वार्डका रहेका थप ६ शय्यामा पनि कोभिडका विरामी राखिएको छ । अस्पतालमा अक्सिजनसहितको वेडहरु पर्याप्त नभएका कारण एक बेडमा दुई जनासम्म राख्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

    ‘अस्पतालसँग अहिले ३१ वटा सिलिण्डर छन् । ती मध्ये १९ सिलिन्डरमा अक्सिजन भर्न दाङ पठाएका थियौं, अहिलेसम्म आइपुगेको छैन, अस्पतालका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले नेपालप्रेससँग भने, ‘यहाँ रहेका १२ सिलिण्डर खाली भइसकेका छन् । हिजो राती देखि नै अक्सिजन सकिएको छ । अक्सिजन नियमित चाहिने विरामी आए भने हामीले हात उठाउनुबाहेक केहि गर्न सक्दैनौं ।’

    तीन दिनअघि भर्न पठाए पनि लामो दूरी पार गर्नुपर्ने, समयमा पालो नपाइने र पानी परेका कारण बाटोसमेत अवरुद्ध हुने समस्याले अक्सिजन सिलिण्डर समयमै आउन नसकेको उनले बताए ।

    ‘हामीले चाहेर मात्रै हुँदो रहेनछ् । अीक्सजन नै नभएपछि हामीले कसरी नागरिकको उपचार गर्ने ? अक्सिजनको अभाव हुने र त्यसले विरामीको अवस्थामा गम्भीर क्षति हुन सक्ने भएका कारण हामीले अस्पतालमा विरामी ल्याउनुपूर्व आवश्यक सल्लाह लिएर मात्र ल्याउन भनेर आव्हान भनेका छौं । यसको हामीसँग विकल्प पनि छैन,’ डा. जैसीले भने ।

    उनका अनुसार अक्सिजन उत्पादन गर्न भनेर अस्पतालमा मिनि अक्सिजन प्लान्टका सामान आए पनि जडान भने गरिएको छैन । अस्पतालमा स्थायी डाक्टर दुई जना मात्रै छन् । प्रदेश तथा संघ करार, कोही विकास समिति करारमा सेवा दिइरहेका छन् । हाल दुई एमडीसहित आठ जना मेडिकल अफिसर, एक जना विदेशी डाक्टर कार्यरत छन् । कम्युनिटी र कोभिड नर्स, एक जना नर्स र अनमी स्थायी छन् । १२ जना नर्सहरु कार्यरत रहेका छन् ।

    ‘अस्पतालमा विरामीको संख्या बढिरहेको छ । निरन्तर बढेको खण्डमा हामीले धान्न सक्ने अवस्था छैन । वेडहरु मिलाउनुपर्ने, कर्मचारी राख्नुपर्ने अवस्था छ,’ डा. जैसी भन्छन् ।

    अस्पतालको लापरवाहीले प्लान्ट सञ्चालनमा ढिलाइ

    कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पतालमा अक्सिजन मिनि प्लान्ट स्थापना गर्न भनेर ४० लाख रुपैंया पठाए पनि अस्पतालको लापरवाहीका कारण हालसम्म जडान हुन सकेको छैन ।

    ‘आर्थिक वर्षको सुरुमै आएको बजेट कार्यान्वयनमा तदारुकता देखाउनुपथ्र्यो, कसैले सुरुमा वास्ता गरेनन्,’ अस्पतालकै एक कर्मचारी भन्छन्, ‘प्लान्टका लागि खरिद सामाग्रीको मात्रै टेण्डर आव्हान गरे । अक्सिजन र जडान कार्यका लागि केहि दिन पहिले मात्रै सूचना निकालेका छन् । सुरुमै टेण्डर आव्हान गरेको भए अहिले अक्सिजनको हाहाकार हुने नै थिएन ।’