Tag: सर्वोत्तम सिमेन्ट

  • आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई अर्थसमितिले बोलायो

    आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई अर्थसमितिले बोलायो

    काठमाडौं । अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलाएको छ ।

    सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्न धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई आइतबारको बैठकमा बोलाइएको समितिका एक सदस्यले बताए ।

    ढुंगाना र साउदले परिवारका सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए । ढुंगानाले छोरीका नाममा र साउदले श्रीमतीका नाममा सेयर किनेका छन् । ढुंगाना र साउदको मिलोमतोले नै सर्वोत्तम सिमेन्टले पहिलोपटक प्रिमियम मूल्यमा सेयर जारी गर्ने अनुमति पाएको थियो ।

    योसम्बन्धी मुद्दा अख्तियारमा पनि विचाराधीन छ ।

    सर्वोत्तम सिमेन्टको सेयर किनेपछि अध्यक्ष ढुंगाना र सीईओ विवादमा मुछिएका छन् । सर्वोत्तम सिमेन्टले चुक्ता पूँजीको १५ प्रतिशत बराबर हुने ६० लाख साधरण सेयर जारी गर्ने तयारी गरेको छ । सर्वोत्तम सिमेन्टले ७५० रुपैयाँ प्रतिकित्तामा सेयर बेच्ने प्रस्ताव गरेको छ ।

  • सर्वोत्तम सिमेन्ट प्रमोटर सेयरमा चन्द्र ढकालको नाम जोडिएकोप्रति महासंघको आपत्ति

    सर्वोत्तम सिमेन्ट प्रमोटर सेयरमा चन्द्र ढकालको नाम जोडिएकोप्रति महासंघको आपत्ति

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विक्रीमा मुछिएकोप्रति महासंघले आपत्ती जनाएको छ ।

    धितोपत्र बोर्डको सञ्चालक समितिका अध्यक्ष भिष्मराज ढुंगाना र सञ्चालक सदस्य चन्द्र ढकालले सर्वोत्तम सिमेन्ट वुक विल्डिङमा जानु अगाडी नै संस्थापक सेयर वितरण गरेको तथ्य प्रकासित भएको थियो । धितोपत्र वोर्ड तथा नेप्सेका कर्मचारी र सञ्चालकले कुनै पनि कम्पनीको सेयर खरिद विक्री गर्न नपाउने कानूनी व्यवस्था रहेको छ ।

    नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद , त्यस्तै हाथवेका लगानीकर्ता अम्विकाप्रसाद पौडेल र हेमराज ढकाललेसमेत बुक विल्डिङमा जानुअघी नै सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद गरेको बताइएको छ।

    महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले असन्तुष्टी जनाएको छ ।

    नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७ कातिक ८ गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र ढकाल बोर्ड बैठकमा मिति २०७७ माघ ११ गते देखिमात्र उपस्थिति रहेको महासंघले दाबी गरेको छ ।

    चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु भन्दा दुई महिना अगाडि २०७७ मंसिर ८ खरिद गरेको शेयर कारोबारलाई आधार बनाएर भ्रामक समाचार सम्प्रेषण गरिएको महासंघले जनाएको छ ।

  • आईपीओको अन्तिम तयारीमा सर्वोत्तम, के हो बुक विल्डिङ ?

    आईपीओको अन्तिम तयारीमा सर्वोत्तम, के हो बुक विल्डिङ ?

    काठमाडौं । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङबाट प्राथमिक शेयर (आईपीओ) निष्कासनको अन्तिम तयारीमा जुटेको बताएको छ ।

    सर्वोत्तम केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार कम्पनीले अर्को साता नै योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल गर्ने भएको छ । उनका अनुसार छलफलका लागि कम्पनीले संगठित संस्थाको प्रारम्भिक विवरणपत्र तयार गरिरहेको छ ।

    यो तयारी लगभग सकिएकोले केही दिनमा नै योग्य संस्थागत लगानीकर्तासँग छलफल हुने कम्पनीको दाबी छ । ‘सायद यो हप्ता नै त्यस छलफलका लागि दैनिक पत्रिकामा सूचना प्रकाशित गर्छौं’, ती कर्मचारीले भने ।

    कम्पनीले बुक बिल्डिङबाट प्राथमिक शेयर निष्कासन गर्ने हो भने यसका लागि छलफल गर्नु एक साता अघि नै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । सो छलफलमा योग्य संस्थागत लगानीकर्ताबाट कम्पनीले आशय मूल्य प्राप्त गर्ने छ ।

    सर्वोतमले कम्तीमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।

    सो आशय मूल्यपछि मात्र कम्पनीको विवरणसहित धितोपत्र बोर्डमा शेयर निष्काशन गर्न अनुमति माग्नु पर्ने कानूनी नियम छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सर्वोतमले बुक विल्डिङबाट शेयर निष्कासन गर्ने जानकारी बोर्डलाई गराएको छ । तर, कम्पनी विवरण पत्रसहित बोर्डमा आएको छैन । उनका अनुसार अहिलेसम्म धितोपत्र बोर्डमा अन्य कुनै पनि कम्पनीले बुक विल्डिङबाट शेयर निष्काशन गर्न जानकारी गराएका छैनन् ।

    के हो बुक विल्डिङ ?

    बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि हो ।

    योग्य संस्थागत लगानीकर्ताले तोकेको मूल्यमा (अंकित वा प्रिमियम) प्राथमिक शेयर निष्कासन गरिन्छ । साथै यसमा बजारको माग अनुसार नै मूल्य निर्धारण गरेर सोही निर्धारित मूल्यमा शेयर निष्कासन गरिन्छ ।

    कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ ।

    यसमा योग्य लगानीकर्ताले तोकिएको मूल्य सीमाभित्र रहेर वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गरिन्छ । बुक विल्डिङमा तोकिएको मूल्य प्रिमियम मूल्यभन्दा पारदर्शी हुने गर्छ । यसमा सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई कट अफ प्राइस मानेर उक्त मूल्य र सोभन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिने गरिन्छ । कट अफ प्राइस नै धितोपत्र निष्कासनको निर्धारण भएको मूल्य हो ।

    बुक विल्डिङमा मूल्य निर्धारण

    बुक विल्डिङमा धितोपत्र निश्कासन गर्नु भनेको अलि झण्झटिलो प्रक्रिया पनि हो । बुक विल्डिङमा गएको कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल गरेपछि उक्त छलफलबाट निस्किएको वा खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्याङकनको आधारसहित आशय मूल्य पेश गर्नेछन् । आशय मूल्य निर्धारणका लागि कम्तीमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त गर्नु पर्ने छ । यसमा बिक्री मूल्य निर्धारण गर्दा माथिल्लो सीमा संस्थागत लगानीकर्ताबाट औषत मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्रप्त औसत आशय मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ ।

    योग्य कम्पनी

    बुक विल्डिङ विधिबाट सार्वजनिक शेयर निष्काशन गर्नको लागि विगत तीन वर्षदेखि कम्पनी लगातार मुनफामा रहेको हुनुपर्छ । साथै कम्पनीको नेटवर्थ चुक्ता पूँजी (प्रतिशेयर) भन्दा कम्तीमा डेढ गुणा बढी रहेको र माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

    कट अफ मूल्य निर्धारण

    आवेदन दिने अन्तिम मितिको भोलिपल्ट योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्णरूपमा बिक्री हुने गरी प्राप्त बोलकबोल कट अफ मूल्य निर्धारण गर्नुपर्ने छ ।

    कटअफ मूल्य निर्धारण गरेपछि कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्नेछ ।

    कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ ।

    बोलकबोलकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन । बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन दिनभित्र फिर्ता गर्नुपर्नेछ ।

    कसरी दिने आवेदन ?

    सर्वसाधरणले बुक विल्डिङमार्फत आएको सार्वजानिक धितोपत्र खरिदका लागि न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । योग्य लगानीकर्ताले पनि यसको बाँडफाँट गर्दा प्रति आवेदक ५० कित्ता नै पाउने गरी बाँडफाँट गर्नु पर्ने हुन्छ ।

  • सर्वोत्तम सिमेन्टले नियुक्त गर्‍यो आईपीओ बिक्री प्रबन्धक

    सर्वोत्तम सिमेन्टले नियुक्त गर्‍यो आईपीओ बिक्री प्रबन्धक

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।

    कम्पनीले सह बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

    सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग विधिमार्फत जारी गर्न लागेको हो । जसमा ६० प्रतिशत सर्वसाधारण र अयोजना प्रभावित तथा ४० प्रतिशत संस्थागन लगानी कर्ताले खरिद गर्न पाउनेछन् ।

    शेयर बुक बिल्डिङ्ग विधिमार्फत जारी हुने भएकाले कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् ।

    सर्वोत्तम सिमेन्टले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आईपीओ ल्याउन लागेको हो । हालसम्म प्रतिकित्ता सामान्यतः प्रतिकित्ता सय रूपैयाँ र प्रिमियम मूल्यमा आईपीओ जारी हुँदै आएकोमा सर्वोत्तम भने बुक विल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको हो ।