Tag: सर्वोच्च रिट

  • लुम्बिनीका २ सहित एमालेका १६ सांसद पदमुक्त गर्ने मुद्दा हेर्दाहेर्दैमा

    लुम्बिनीका २ सहित एमालेका १६ सांसद पदमुक्त गर्ने मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं । नेकपा एमालेका १४ जना प्रतिनिधिसभा सदस्य र २ जना लुम्बिनीका प्रदेशसभा सदस्यको पदमुक्तिको कारवाही सदर गर्न माग गर्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।

    न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा बहस नसकिएपछि आज टुंगो नलागेको हो । यो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ ।

    एमालेले कारवाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको तथा लुम्बिनीका विमला वली र अजय शाहीलाई पनि सभामुखले जोगाएपछि एमाले अदालत गएको हो ।

    रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता महेश नेपाल, विजयकान्त मैनाली, पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित बाबुराम दाहाल, श्रीकान्त बराल, भोजराज आचार्यलगायतले बहस गर्दैछन् ।

    त्यस्तै विपक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, गोविन्द बन्दी लगायत छन् । रमन श्रेष्ठलगायतले बहस गर्न बाँकी रहेकाले सो मुद्दा हेर्दा हेर्दैमा छ ।

  • केपी ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

    केपी ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

    एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघ र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गरेको थियो।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।

    त्यस्तै एकीकृत समाजावदीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोग विरुद्धको रिटमा लिखित जवाफ मागेको छ । राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।

    ओलीको रिटमा रमेश बडाल, बाबुराम दाहाललगायतले बहस गरेका थिए ।

  • एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशको इजलासमा

    एमाले अध्यक्ष ओलीको रिटको सुनुवाइ आज पनि प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको जिकिरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको आज पनि पेसी चढेको छ ।

    निर्वाचन आयोग र सभामुखविरुद्धको सो मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलास तोकिएको छ ।

    यसअघि २० भदौमा पनि प्रधानन्यायाधीशै इजलासमा सुनुवाइ तोकिए पनि सो मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो ।

    एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् । त्यस्तै ह्वीप उल्लंघनमा पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्तको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटालाई पनि रिटमा विपक्षी बनाइएको छ ।

  • देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसद सहमत (सूचीसहित)

    देउवाको पक्षमा परमादेश माग्ने रिटमा माधव पक्षका १९ सांसद सहमत (सूचीसहित)

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसद सहमत देखिएका छन् ।

    माधवपक्षीय सांसद झपट रावलका अनुसार १९ जनाको हस्ताक्षर भइसकेको छ । अरु केही सांसद आउने क्रममा रहेको र केही बिरामी परेको भन्दै रावलले संसद विघटनको विरुद्ध ३५ जना सांसदले आफूहरुलाई साथ दिएको बताए । मेटमणी चौधरी दाङमा रहे पनि उनले समर्थन रहेको जनाएका छन् । यो संख्या बढ्ने क्रममा रहेको रावलको भनाइ छ ।

    संसद भवन नयाँ बानेश्वरमा घनश्याम भुसाल,सोमप्रसाद पाण्डे, झपट रावल, रामकुमारी झाँक्रीलगायतका सांसद हस्ताक्षर जुटाउन सक्रिय छन् ।

    सांसद पाण्डेले पार्टी एकताको प्रयास अझै पनि जारी रहेको तर संसद जोगाउन आफूहरुले देउवालाई प्रधानमन्त्रीमा साथ दिएर रिट दायर गर्न लागेको बताए ।

    गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन् ।

    हेर्नुस् सूची