Tag: सर्वदलीय बैठक

  • निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

    निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

    काठमाडौं। स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ । आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।

    बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुनेछ । यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ।

  • सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने

    सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै, संसद खुलाउनेबारे छलफल हुने

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।

    सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जान–नजाने निश्चित छैन ।

  • आज सर्वदलीय बैठक नबस्ने, सरकारका प्रवक्ता भन्छन्– बैठक बोलाइएकै थिएन

    आज सर्वदलीय बैठक नबस्ने, सरकारका प्रवक्ता भन्छन्– बैठक बोलाइएकै थिएन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठक नबस्ने भएको छ । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बैठक नै नबोलाएको बताए ।

    हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीकाे सचिवालयले आज बैठक बस्ने बताएका थिए ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ ।

    बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।

    शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थिए ।

    सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

  • सर्वदलीय बैठकबारे कुनै जानकारी छैनः विष्णु रिमाल

    सर्वदलीय बैठकबारे कुनै जानकारी छैनः विष्णु रिमाल

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको बताएका छन् ।

    ‘प्रधानमन्त्रीले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समचार संचारमाध्यममा देखियो, सुनियो’, उनले भनेका छन्, ‘एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो। बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना आएको छैन ।’

    प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, भोलि ओलीको पत्रकार सम्मेलन

    प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने, भोलि ओलीको पत्रकार सम्मेलन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।

    चुनावबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने ज्ञवालीको भनाइ छ ।

    ‘सरकारको समयमै निर्वाचन नगर्ने नियत देखियो’, ज्ञवालीले भने, ‘यो अवस्थामा सर्वदलीय बैठकमा हामी जानुको औचित्य छैन ।’

    बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने उपमहासचिव ज्ञवालीले बताए ।

  • चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै, एमालेको सहभागिता अनिश्चित

    चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै, एमालेको सहभागिता अनिश्चित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

    शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुने नहुनेबारे अझै निश्चित भएको छैन ।

  • सर्वदलीय शीर्ष बैठकमा पहिलोपटक गगन थापा

    सर्वदलीय शीर्ष बैठकमा पहिलोपटक गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापा पहिलोपटक सर्वदलीय शीर्ष बैठकमा सहभागी भएका छन् ।

    यसअघिका शीर्ष बैठकमा नेपाली कांग्रेसबाट अन्य नेता सहभागी हुने गरेकोमा यसपटक थापा पनि उपस्थित भएका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई बैठकमा सहभागी गराएका हुन् ।

    सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल पनि बैठकमा छन् ।

    कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि पदाधिकारी हैसियतमा थापाले सर्वदलीय बैठकमा प्रतिनिधित्व गरेका हुन् ।

  • ‘प्रधानमन्त्रीले हाम्रो अध्यक्षसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’

    ‘प्रधानमन्त्रीले हाम्रो अध्यक्षसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले राष्ट्रिय विषय र संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहिले वार्ता गर्नुपर्ने बताएका छन् ।

    गृहजिल्ला इलाममा रहेका उपनेता नेम्वाङले नेपाल प्रेससँग कुरा गर्दै बाटो बाटोमै जन्माइएका राजनीतिक दल नामका समूह भेला पारेर गरिने सर्वदलीय बैठकमा एमाले सहभागी हुन नसक्ने समेत बताए ।

    नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यू यति गम्भीर हुनुहुन्छ भने उहाँले हाम्रो अध्यक्षसँग कुरा गर्नुपर्छ । एमसीसी हुन् कि अरु विषय हुन् सर्वदलीय बैठक भनेर एमालेलाई बोलाउँदैमा जाने हुँदैन । पहिले प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग छलफल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

    नेम्वाङले सर्वदलीय बैठकमा बोलाएको भनेर औपचारिकता पूरा गर्नमात्र अहिलेका गतिविधि भइरहेको भन्दै यसमा एमाले सहभागी नहुने बताए । प्रधानमन्त्री अहिलेको गतिरोध अन्त्यका लागि इच्छुक नै नदेखिएको उनको भनाइ छ ।

  • संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

    संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

    काठमाडौं । सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

    बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दुःखद रहेको बताए । ‘यसअघि सभामुखले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष आएन । आज प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा पनि एमाले अनुपस्थित रह्यो ।

    यसबाट एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । आजको बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने धारणा व्यक्त भएको छ’, कार्कीले पत्रकारहरूसँग भने ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएका थिए । ‘उहाँहरू आज आउनुभएन तर पनि म कुरा गर्छु । एमालेसँग निरन्तर छलफल गरेर निकास खोज्छौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै कार्कीले भने ।

    राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिका लागि अग्रसरता लिन प्रधानमन्त्रीले अग्रसरता लिनुपर्यो भनी आग्रह गरेकैले बैठक बोलाइएको पनि कार्कीले जानकारी दिए ।

    आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।

  • एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू)

    एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित छन् ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।

    त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

    बैठकमा बोलाइएपनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् ।

  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू, एमालेका कुर्सी खाली

    प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सुरू, एमालेका कुर्सी खाली

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । संसदमा जारी अवरोध हटाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आव्हान गरेका हुन् ।

    संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक बहिष्कार गरेको छ । बैठकस्थलमा एमाले प्रतिनिधिका लागि छुट्याइएको कुर्सी खाली छन् ।

    देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको साथै सभामुख अग्नि सापकोटा त्यसमा सहयोगी बनेको भन्दै एमालेले सडक र सदनमा निरन्तर विरोध गर्दै आएको छ ।

    गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दै प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी ओली र एमालेका कुनै प्रतिनिधि सहभागी नहुने नेपाल प्रेसलाई बताए ।

    यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो।

    आफूहरूले कारवाही गरेका १४ सांसदको सभामुखले सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका एजेण्डामा कुनै छलफल नहुने एमालेको अडान छ । यही विषयमा एमालेले संसदमा अवरोध जारी राखेको छ । सभामुखले भने सदनका कारवाही निरन्तर अघि बढाइरहेका छन् ।

  • सर्वदलीय बैठकः एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई नेताहरूको सुझाव

    सर्वदलीय बैठकः एमालेलाई मनाउन अझै पहल गर्न सभामुखलाई नेताहरूको सुझाव

    काठमाडौं । राजनीतिक दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई मनाउन अझै पहल गर्न सुझाव दिएका छन् । एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

    बानेश्वरमा बसेको बैठकमा एमाले भने उपस्थित भएन । एमालेलाई मनाउन राखिएको बैठकमा एमाले नै नआएपछि निष्कर्षमा पुग्न नसकिने भन्दै अझै पहल गर्न नेताहरूले सुझाव दिएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

    ‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिदैन भन्ने सुझाव नेताहरूको थियो,’ पौडलेले बैठकबारे जानकारी गराउँदै पत्रकारहरुमाझ भनिन्, ‘फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’

    बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।

  • एमालेको बहिष्कारबीच सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

    एमालेको बहिष्कारबीच सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अवरुद्ध भएको संसद सुचारु गर्ने विषयमा छलफल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ।

    बानेश्वरस्थित ल्होत्से हलमा शुरू भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ । १४ जनामाथि गरिएको कारवाहीको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिनुपर्ने सर्त राखेको एमालले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक बहिष्कार गरेको हो ।

    एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई आज बिहान टेलिफोनमार्फत आफूहरूले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिएका थिए ।

    छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित छन्। सर्वदलीय छलफलमा लागि सभामुख सचिवालयले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेको थियो ।

    सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीलगायतसँग छलफल गरेका थिए ।

    छलफलमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

  • सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली नजाने

    सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली नजाने

    काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नहुने भएका छन् ।

    सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेका थिए ।

    आज दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ । ओली सभामुखले बोलाएका कुनै बैठकमा जाने गरेका छैनन् ।

    सभामुखले आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक-पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट छन् । एमालेले सदन अवरोध जाारी राखेपछि सभामुखले निकासका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

  • निरन्तर सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

    निरन्तर सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

    उनले सोमबार साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएका हुन् ।

    सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए। छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

    छलफलमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

    कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । उनको सुझाव अनुसारै दोस्रो बैठक कार्यसूची अनुसार अगाडि नबढाइ स्थगित गरेका थिए।

    यसैबीच संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताएका हुन् ।

  • सभामुखको सर्वदलीय बैठक : समसामयिक विषयमा ‘कर्मकाण्डी’ छलफल

    सभामुखको सर्वदलीय बैठक : समसामयिक विषयमा ‘कर्मकाण्डी’ छलफल

    काठमाडौं । सभामुख अग्नि सापकोटाले आज शिर्ष नेताहरुको बैठक बोलाएर आफ्नो राजनीतकि सक्रियतालाई निरन्तरता दिएका छन् । सर्वदलिय बैठक भनिए पनि सत्तारुढ पार्टी एमाले र जसपा महन्थ ठाकुर पक्षको बैठकमा प्रतिनिधित्व थिएन ।

    समसायिक विषयमा केन्द्रित रहेको बैठकले कुनै ठोस निर्णय भने गरेन । सहभागी नेताहरुले प्रायः पुरानै कुरा दोहोर्‍याएकाले बैठक कर्मकाण्डी मात्रै भयो । बैठकमा संसद विघटनदेखि चुरे दोहनसम्मका कुरा उठेका थिए ।

    बैठकको सुरुमा सभामुख सापकोटाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दै समयसामयिक विषयमा दलहरुसंग परामर्श गर्न बैठक बोलाएको बताए । सभामुख सापकोटाले त्यसअघि कानुन व्यावसायी र पूर्व सभामुखहरुसंग छलफल गरिसकेका छन् ।

    ‘प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधीन छ । यो बीचमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । बजेट अध्यादेशबाट आएको छ । चुरे दोहनको विषय छ । यिनै समसामयिक विषयमा परामर्श गर्न बोलाएको हुँ’, सभामुख सापकोटाको भनाई थियो ।

    बैठकमा सहभागी विपक्षी गठबन्धनका नेताहरुले संसद भङ्ग गरेर सरकारले संविधानविपरीत काम गर्दै गएको दोहोर्‍याएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परामर्श गरेकोमा सभामुखलाई धन्यवाद दिदैं न्यायालयबाट संसद पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चबाट संसदको शक्ति फर्कने भन्दै व्यवस्थापिका प्रमुखको रुपमा दृढ भूमिका खेल्न सभामुखलाई आग्रह गरे ।

    त्यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान रक्षाका लागि सभामुखले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । बैठकमा संसद विघटन, नागरिकता अध्यादेशबारे सर्वोच्चको आदेश, खानीजन्य निर्माण सामग्री निकासी विवाद लगायतका विषयमा छलफल भएको थियो ।

    बैठकबाट बाहिरिदै पूर्व प्रधानमन्त्री डा. भट्टराईले सभामुखको अग्रसरता संविधानको पक्षमा भएको बताए ।

    ‘संविधान र परिवर्तनविरुद्ध ग्राण्ड डिजाइन भइरहेको छ । यसविरुद्ध न्यायिक लडाई छँदैछ, राजनीतिक रुपमा पनि सभामुखले दिन खोजेको सन्देश सकारात्मक छ’, भट्टराईले भने ।

    आजको सर्वदलिय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायत सहभागी थिए । बैठकले कुनै ठोस निर्णय भने गरेन ।

    सभामुखको सक्रियताको अर्थ

    नेपालको संविधानले संसद विघटनको अवस्थामा पनि सभामुख पदमुक्त नहुने व्यवस्था गरेको छ । संविधानको धारा ९१ को उपधारा ६ को ‘ख’ मा भनिएको छः प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’

    यही कारण गत जेठ ८ मा प्रतिनिधिसभा विघटन भए पनि सापकोटा सभामुखमा यथावत छन् । र, उनले संसदबाहिर आफ्नो सक्रियता देखाइरहेका छन् । यसअघि एक भाषणमा उनले आफूले भविष्यमा ‘असाधारण कदम चाल्न सक्ने’ चेतावनीसमेत दिएका थिए । तर, अहिलेसम्म त्यस्तो कुनै कदम चालेका छैनन् ।

    प्रतिनिधिसभा जीवितै छँदा ‘सक्रिय’ भूमिका निर्वाह गर्न नसकेको आरोप खेपेका सभामुख सापकोटाको सक्रियता विघटनपछि भने बढ्दो छ ।

    गत जेठ ११ गते सभामुख सापकोटाले पूर्व सभामुखहरुसंग छलफल गरेका थिए । सो छलफलमा सापकोटाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको जिकीर गरेका थिए । लगत्तै जेठ १३ गते कानुन व्यावसायीसंगको छलफलमा सभामुख सापकोटाले आफू असाधारण कदम चाल्न तयार रहेको बताए ।

    ‘जनताको सार्वभौम अधिकार संघीय संसदका ३ सय ३४ जनामार्फत कार्यान्वयन हुने भएकोले सभामुखका रुपमा त्यो अधिकार ममार्फत अभिव्यक्त हुनुपर्छ र त्यसका लागि मैले असाधारण कदम चाल्नुपर्ने पनि हुनसक्छ’, सापकोटाले त्यतिबेला भनेका थिए । त्यसयता शान्त देखिएका सभामुख पुनः सक्रिय भएका छन् ।

    सर्वोच्च अदालतबाट भएका पछिल्लो आदेशहरुबाट सभामुखमा उत्साह थपिएको विश्लेषण गरिएको छ । सर्वोच्चले नागरिकता अध्यादेश लागु नगर्न अन्तरिम आदेश दिएको थियो भने नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको वैधानिकताबारे प्रश्न उठाएको थियो ।

    ‘पछिल्लो समय प्रधानमन्त्री ओलीका कदमहरु एकपछि अर्को असफल सिद्ध भइरहेका छन् । यस्तोबेला सरकारलाई दवाव बढाउन सभामुखले अग्रसरता देखाउनुभएको होला’, बैठकमै सहभागि एक नेताले भने ।

    सभामुखले शुक्रबारको बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रबाटै निम्तो गरेका थिए । तर प्रधानमन्त्री सो बैठकमा सहभागि भएनन् ।

  • शंकर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा विपक्षी गठबन्धन पनि सहभागी

    शंकर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा विपक्षी गठबन्धन पनि सहभागी

    रूपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको पुनः नियुक्ति अस्वीकार गर्दै आएका विपक्षी दलहरू सर्वदलीय बैठकमा भने सहभागी भएका छन् ।

    मुख्यमन्त्री पोखरेलले नयाँ बजेटमा समेट्नुपर्ने विषय, कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकारले गरेका कामबारे छलफल गर्न सर्वदलीय बैठक राखेका थिए ।

    बैठकमा मुख्यमन्त्री पोखरेलले अक्सिजनको सहज आपूर्ति व्यवस्था मिलाइएको, कोरोना संक्रमण सुरु भएसंगै एक वर्षदेखि प्रदेशमा ६ सय जनशक्ति थप गरी निरन्तर खटाइएको बताए । व्यवस्थित जनशक्ति परिचालनमा लुम्बिनी प्रदेश पहिलो भएको उनको भनाइ थियो ।

    बैठकमा प्रदेशसभाको व्यवस्थित र प्रभावकारी सञ्चालनबारे समेत छलफल भएको थियो । तीन वर्षसम्म प्रदेशसभा सहमति र सहकार्यको आधारमा सञ्चालन भएर नमूना बनेको बताउँदै उनले आगामी दिनमा पनि सहमति र सहकार्यको यात्रालाई निरन्तर हुने आफूले अपेक्षा गरेको बताए ।

    बैठकमा सहभागी दलका नेताहरुले अब गर्नुपर्ने कामबारे पनि सुझाव दिएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक फखरूद्धि खानले मुख्यमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएको बताए । उनले गतवर्षको बजेटमा आफूहरूसँग गरेका सहमति विपरित बजेट ल्याएको स्मरण गराउँदै अहिले त्यसो नगर्न सुझाव दिएको बताए ।

    बैठकमा सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एंव पूर्वमन्त्री लिला गिरी, एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, प्रमुख सचेतक फखरुद्दीन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

    विपक्षी दललाई समेट्ने प्रयासस्वरूप मुख्यमन्त्री पोखरेलले यो बैठक बोलाइएको सत्तारूढ नेकपा एमालेले जनाएको छ ।

  • वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    वागमतीका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

    आज अपरान्ह पाँच बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्ने छ ।

  • तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ?

    तस्विरमा हेर्नूस बालुवाटारको सर्वदलीय बैठक, को-को सहभागी भए ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाहेक सबै राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् ।

    बैठकमा संसदको हिउँदे अधिवेशन अन्त्य, कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणमा सरकारको कदम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

  • सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे

    सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने : सभामुखले अराजक र अनैतिक ढंगले असहयोग गरे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिका अराजक र अनैतिक खाले भएको भन्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने गर्ने दलहरुको साथ खोजेका छन् ।

    बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई सभामुखले असहयोग गरेको बताएका छन् ।

    बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले सभामुखको भूमिकाप्रति अशन्तुष्टि व्यक्त गरेको बताए । लोहनीले भने- प्रधानमन्त्रीज्यूले सभामुखले असहयोग गरे,संसदले काम गर्न दिएन र सभामुख अराजक र अनैतिक काम गरिरहेका छन् भन्नुभयो । हामीले मिलाएर लैजानुस भनेका छौं ।

     

  • बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादीद्वारा बहिस्कार

    बालुवाटारमा सर्वदलीय बैठक जारी, माओवादीद्वारा बहिस्कार

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा शुरु भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ ।

    बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल लगायत सहभागी छन् । त्यस्तै कांग्रेसबाट सभापति शेरवहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, प्रमुख सचतेक बालकृष्ण खाँण लगायतका नेता सहभागी छन् ।

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेता बैठकमा सहभागी छन् । जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बोलाइएको छैन ।

    सर्वदलीय बैठकमा राप्रपा, मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेता पनि सहभागी छन् ।

  • प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक आज ११ बजेदेखि

    प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक आज ११ बजेदेखि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

    संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

    बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन ।

    निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।

    ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएपछि सभापति शेरबहादुर देउवाले पहल लिइरहेका बेला तथा प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि धमाधम अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकमा सबैको चासो छ ।

  • सर्वदलीय बैठकबारे बाबुराम, उपेन्द्र बेखबर, महन्थ ठाकुर पक्ष सहभागी हुने

    सर्वदलीय बैठकबारे बाबुराम, उपेन्द्र बेखबर, महन्थ ठाकुर पक्ष सहभागी हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई खबर नगरिएको बुझिएको छ ।

    जसपाका अध्यक्ष महन्थ ठाकुरसँग नियमित संवादमा रहेका प्रधानमन्त्रीले बाबुराम र उपेन्द्रलाई बोलाउन नचाहेको अनुमान त्यस पार्टीका नेताहरुले गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवााटारमा विहान ११ बजे बस्ने बैठकका लागि ओलीले शेरबहादुर देउवा र प्रचण्डलाई आफैंले फोन गरेर बोलाएका छन् ।

    अन्य पाटीका नेताहरुलाई पनि बालुवाटारबाट खबर गए पनि बाबुराम र उपेन्द्रलाई खबर नगरिएको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री र ठाकुरबीच भइरहेको वार्ता प्रक्रिया र ओली सरकारलाई साथ दिने मामिलामा ती दुई नेता विपक्षमा छन् । प्रधानमन्त्रीले संसदको हिउँदे अधिवेशन अन्त गर्नुअघि सबै दलसँग छलफल गर्न लागेका हुन् ।

  • ओली-प्रचण्ड टेलिफोन वार्ता, बालुवाटारमा भोलि सर्वदलीय बैठक

    ओली-प्रचण्ड टेलिफोन वार्ता, बालुवाटारमा भोलि सर्वदलीय बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

    बैठकमा निम्ता दिनकै लागि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ ।

    प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग ओलीको पुनः टेलिफोनमै कुरा भएको छ । प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरे । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

    प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाको बाबुराम उपेन्द्र पक्षको दबाबपछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहल लिइरहेका बेला ओलीले राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
    लामो समयपछि हुन लागेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । यसबीचमा जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्रीसँग निरन्तर संवादमा छ । दुवै पक्ष सहमति नजिक पुगेका छन् ।
    प्रदेशमा एमालेका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वास प्रस्ताव आइरहेका बेला यो बैठक बोलाइएको हो ।

  • शीतलनिवासको सर्वदलीय बैठकमा कसले के भने ?

    शीतलनिवासको सर्वदलीय बैठकमा कसले के भने ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा भएको सर्वदलीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच घोचपेच चलेको छ ।

    प्रधानमन्त्रीले फेरि पनि ताजा जनादेशमा जानुको विकल्प नरहेको भन्दै पुनःस्थापित प्रतिनिधिसभाले शुरुकै दिनदेखि काम गर्न नसक्ने संकेत देखिइसकेको बताएपछि पौडेलले प्रतिवाद गरेका थिए ।

    पौडेलले संसद सुचारु गर्नेबाहेक अरु विकल्प नरहेको भन्दै यस्तो पहल राष्ट्रपतिले पहिले नै लिनुपर्ने बताएका थिए । अहिले प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलको भनाइ थियो ।

    बैठकमा शीर्ष नेताहरूलाई स्वागत गर्दै राष्ट्रपतिले मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ– राष्ट्रपतिज्यूले हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहीआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ भन्नुभयो ।

    नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ ।

    सो अवसरमा राष्ट्रपतिले मित्रराष्ट्र बंगलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराइएको थियो ।

    नेताहरुले राष्ट्रपतिलाई बंगलादेश भ्रमणको सफलताको शुभकामना दिएका थिए ।

  • शीतल निवासको सर्वदलीय बैठकमा को-को गए ? (सूचीसहित)

    शीतल निवासको सर्वदलीय बैठकमा को-को गए ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ। समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् ।

    पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् ।

    पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेका जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि बैठकमा उपस्थित भएनन्।

    बैठकमा उपस्थित भएका नेताहरू हेर्नुस्

    नेकपा एमाले

    केपी शर्मा ओली
    ईश्वर पोखरेल
    सुवास नेम्वाङ

    विष्णु पौडेल
    रामबहादुर थापा

    नेपाली कांग्रेस

    शेरबहादुर देउवा
    रामचन्द्र पौडेल
    विमलेन्द्र निधी
    शशांक कोइाराला

    नेकपा माओवादी केन्द्र

    पुष्पकम दाहाल ‘प्रचण्ड’
    नारायणकाजी श्रेष्ठ
    देव गुरुङ

    जसपा
    महन्थ ठाकुर
    उपेन्द्र यादव
    राजेन्द्र महतो

    राष्ट्रिय जनमोर्चा

    चित्रबहादुर केसी

    राप्रपा
    प्रकाशचन्द्र लोहनी

    नेमकिपा
    प्रेम सुवाल

    मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

  • शीतल निवासमा सर्वदलीय बैठक शुरू, झलनाथ र माधव गएनन्

    शीतल निवासमा सर्वदलीय बैठक शुरू, झलनाथ र माधव गएनन्

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा शुरू भएको छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् ।

    पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् । पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेका जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

    बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत गएका छन्।

  • सर्वदलीय बैठक : सरकारको संयुक्त प्रतिवाद गर्ने निर्णय

    सर्वदलीय बैठक : सरकारको संयुक्त प्रतिवाद गर्ने निर्णय

    काठमाडौं । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड पक्ष) र जनता समाजवादी पार्टीले संसद विघटन गर्ने सरकारी निर्णयको संयुक्त प्रतिवाद गर्ने भएका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै तीनवटै पार्टीको केन्द्रीय बैठक र आन्तरिक तयारीपश्चात् सरकारविरुद्ध संयुक्त कार्यक्रम घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

    तीन दलको बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कदम असंवैधानिक रहेकोले कानूनी र राजनीतिक दुवै हिसाबले प्रतिवाद गर्ने निर्णय भएको बताए ।

    ‘सरकारको कदम संविधान र लोकतन्त्रविरोधी रहेको ठहर सबै दलले गरेका छौं । अब तीनै दलको आन्तरिक गृहकार्यपछि कानूनी र राजनीतिक हिसाबले सरकारको प्रतिवाद गर्छौ’, श्रेष्ठले सञ्चारकर्मीसँग भने ।

    बैठकपछि कांग्रेस नेता रमेश लेखकले तीनवटै पार्टीको केन्द्रीय बैठक तय भइसकेकोले ती बैठकपछि थप रणनीति निर्माण हुने जानकारी दिए । कांग्रेस र नेकपाको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबारका लागि बोलाइएको छ ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी थिए ।

    नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुनलगायत सहभागी थिए । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।

  • सर्वदलीय बैठकमा विपक्षी: राजतन्त्रको समर्थनमा आन्दोलन हुनुमा सरकार नै जिम्मेवार

    सर्वदलीय बैठकमा विपक्षी: राजतन्त्रको समर्थनमा आन्दोलन हुनुमा सरकार नै जिम्मेवार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी लगायतका दलले राजतन्त्रका पक्षमा प्रदर्शन हुनुमा सरकार नै जिम्मेवार रहेको अरोप लगाएका छन् ।

    प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले सरकारकै कारण असन्तुष्टि प्रकट भएको बताएका हुन्।

    ‘सरकारले गलत काम गरेको हुनाले विभिन्न रुपमा असन्तुष्टि प्रकट भइरहेको छ,’ आफ्ना नेताहरुले राखेको धारणाको सार सुनाउँदै नेता प्रकाशशरण महतले भने,‘राजवादी वा अरु नाममा सडकमा प्रकट भएको पनि त्यही हो ।’

    महतका अनुसार अहिले प्रदर्शन बढ्नुमा सिस्टम वा लोकतन्त्रको खराबी नभइ सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण भएको र सरकार सच्चिए त्यो पनि मत्थर हुँदै जाने धारणा नेताहरुले राखेका थिए।

    बैठकमा कांग्रेस नउप–सभापति विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि लगायतले धारणा राखेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्ना भनाइ नराखी बैठकको बीचमै निस्किएका थिए।

    जनता समाजवादीका नेतालेहरुले पनि सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको र त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको धारणा राखेका थिए। प्रतिगामीहरुले जनताको सरकारप्रतिको असन्तुष्टि उपयोग गर्ने कोशिस गरेको उनीहरुको भनाइ थियो। समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागि थिए।

    बैठकमा राजतन्त्रको पक्षमा भएका आन्दोलनमा आफूहरको नैतिक समर्थन रहेको बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दिपक बोहराले बताए।

    करिब तीन घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले नेताज्यूहरूलाई स्वागत गर्दै शुरूमै आफ्ना धारणा राखेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाका अनुसार प्रधानमन्त्रीले सर्वदलीय छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पारेका थिए ।

    उनले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका थिए।

    सबै दलका नेताहरुले धारणा सुनेपछि अन्तिममा पुन बोलेका प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दा गर्दै पनि आलोचना भएको गुनासो गरेका थिए। एक नेताका अनुसार त्ससबाहेक ओलीले खासै बालेनन् ।

    राजतन्त्रका पक्षमा सडकमा भइरहेको आन्दोलनप्रति सरकारले कस्तो व्यवहार देखाउँछ भन्ने बारे पनि खासै खुलेर राधणा रोखनन् ।

    बैठकमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरु सहभागि थिए ।

    त्यस्तै, प्रतिपक्षी कांग्रेसका तर्फबाट सभापति तथा पूर्वप्रधानमन्त्री देउवा, उप–सभापति गच्छदार, वरिष्ठ नेता पौडेल, नेता निधि, महतलगायत थिए ।

    जनता समाजवादीकातर्फबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव थिए भने नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल थिए ।

    राप्रपाबाट भने अध्यक्ष कमल थापा उपस्थित थिएनन् । पार्टीका तर्फबाट दीपक बोहोरा सहभागी थिए।