Tag: सर्प

  • सर्पको टोकाइबाट एकजनाको मृत्यु

    सर्पको टोकाइबाट एकजनाको मृत्यु

    ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाइबाट मृत्यु भएको छ । आज बिहान जिल्ला अस्पतालमा भर्ना गरिएका घतानीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    शुक्रबार राति घतानीलाई सर्पले टोकेको थियो । सुरूमा घरमै झारफुक र घरेलु औषधी गराएर उनलाई आफन्तले बिहान अस्पताल ल्याएका थिए । अस्पताल ल्याएको केही समयमै उनको मृत्यु भएको हो ।

  • सर्पकाे डसाइबाट दिदीभाइको मृत्यु

    सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका-२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् ।

    घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए ।

    राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए ।

  • साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग

    साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग

    जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका-४ भथौलस्थित  श्याम मडरको घरमा विशाल नाग (सर्प) निस्केपछि पूजापाठ गर्नेहरुको भीड लाग्न थालेको छ ।

    कुलदेवता (गोसाइ) घरमा नाग निस्केको हो । घरबाट बाहिर निकालेर सर्पलाई शिव मन्दिरमा राखिएको छ । अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ ।

    गर्मीका कारण विशालु सर्प निस्केको हुनसक्छ । तर आज साउन महिनाको पहिलो सोमवार भएकाले भगवान शिवले नागस्वरुपकाे दर्शन दिएको स्थानीय बताउँछन् ।

  • सर्पको टोकाइबाट बालिकाको मृत्यु

    सर्पको टोकाइबाट बालिकाको मृत्यु

    रुपन्देही । दाङको देउखुरीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

    गढवा गाउँपालिका-७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ । सर्पको टोकाइले अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल लगिएको थियो ।

    बिहान गोठमा पराल लिन गएको बेला उनलाई गोमन सर्पले टोकेको थियो ।