Tag: सरस्वती प्रधान

  • रुपाविरुद्ध सरस्वती प्रधानको उजुरी : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको आरोप (भिडियाे)

    रुपाविरुद्ध सरस्वती प्रधानको उजुरी : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन् गरेको आरोप (भिडियाे)

    काठमाडौं । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा ३ दिन हिरासतमा बसेर निस्केकी घरबेटी सरस्वती प्रधानले मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सञ्चारकर्मी रुपा सुनारले आफ्नो मञ्जुरी बिना फोन रेकर्ड गरी व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको उनको आरोप छ ।

    उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रुपाले आवश्यकताविना नै कोठा खोज्न आएर बहानावाजी गरेको दावी समेत गरेकी छन् ।

    उनको उजुरीमा भनिएको छ, ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ ।’

    दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा मिलिसक्दा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । साथै उनी आफ्नो आमालाई देखाउनुपर्छ भनेर हिँडेको सरस्वतीको भनाइ छ ।

    सरस्वतीले रुपासहित उनीसँग आएका दुई साथीहरुलाई पनि कारवाहीको माग गरेकी छन् । आफूबाट जातीय छुवाछुतको कुनै व्यवहार नभएको पनि उनको दावी छ ।

     

     

  • सरस्वती र रुपाको फोन कल : के भनेकी थिइन् सरस्वतीले ? (अडियोसहित)

    सरस्वती र रुपाको फोन कल : के भनेकी थिइन् सरस्वतीले ? (अडियोसहित)

    काठमाडौं । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान छुटिसकेपछि यो विषयले उत्पन्न गरेको बहस थामिएको छैन । सरस्वती विरुद्ध प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नमिल्ने बताएको छ ।

    रुपा सुनारले आफूमाथि भएको जातीय विभेदको मुख्य प्रमाणका रुपमा एउटा अडियो रेकर्ड प्रहरीमा पेश गरेकी थिइन् । कोठा नपाउने भएपछि सरस्वतीलाई फोन गरेकी रुपाले मोबाइलमा सो कुराकानीको अडियो रेकर्ड गरेकी थिइन् । सो अडियो अहिले सामाजिक सञ्जालबाट बाहिरएको छ ।

    अडियोमा सुनिएको संवाद यस्तो छः

    सरस्वती : बोल्दैछु नानी

    रुपा : ए, अँ दिदी के भयो ? म दिउसो आको थेँ नि ।

    सरस्वती : अँ अँ अँ । कोठाको लागि ?

    रुपा : हजुर हजुर अँ ।

    सरस्वती : कोठाको लागि अब यसो भयो नि नानी । हजुरमा छ, त्यही भएर नमिल्ने भयो के नानी । है, नरिसाउ ल ?

    रुपा : ए, के रे दिदी ?

    सरस्वती : हजुरआमा छ । त्यही भएर अब उ गर्छ के मा’ ले ।

    रुपा : ए, हजुरआमा हुँदाखेरी चैं हाम्रो जातको मान्छे बस्न नमिल्ने ?

    सरस्वती : अँ अँ । हामीलाई त केही छैन । उहाँलाई चैं मिल्दैन । है, नरिसाउ ल नानी ।

    रुपा : हुन्छ दिदी हुन्छ । हेहेहेहे…

    सरस्वती : अर्को छ भने साथीभाइ सोधिदेउ । है ।

    रुपा : हुन्छ दिदी हुन्छ ।

    सरस्वती : आउन । कहिलेकाहीँ यसो आउन है ।

    रुपा : हुन्छ दिदी हुन्छ ।

    सरस्वती : ल ।

  • दलित युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

    दलित युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ

    काठमाडौं । एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको छ । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् ।

    महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

    प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।

    यो पनि पढ्नुहोस्

    रुपालाई कोठा नदिएकी घरबेटीको दावीः जातको कारण होइन

    दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी

    ‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’