Tag: सरसफाइ

  • सचेतना फैलाउँदै सरसफाइमा जुटे गायक प्रकाश सपुत (तस्विरहरु)

    सचेतना फैलाउँदै सरसफाइमा जुटे गायक प्रकाश सपुत (तस्विरहरु)

    काठमाडौं । सामाजिक संस्था मैनादेवी फाउन्डेसन र युएनडीपीको साझेदारीमा राजधानीको बानेश्वर क्षेत्रमा शनिबार सरसफाइ अभियान संचालन भएको छ । आलोकनगर क्षेत्रबाट सुरु भएको अभियानमा सडकमा फ्याँकिएका मास्क, सिरिन्ज, ग्लोब्स र अन्य फोहोर संकलन गरिएको थियो । गायक प्रकाश सपुत पनि सरसफाइमा स्वयंसेवक सँगै जुटे ।

    फाउन्डेसनले ‘प्रोजेक्ट सचेतना : हाम्रो स्वास्थ्य, हाम्रो उत्तरदायित्व’ संचालन गरिरहेको छ । ७७ जिल्लामै संचालन भएको प्रोजेक्ट अन्तर्गत ३०० जना स्वयंसेवक ३०० वटा स्थानीय तहमा सक्रिय भएका छन् ।

    ‘जथाभावी फ्याँकिएका मास्कबाट समुदायमा कोभिड–१९ संक्रमण फैलिन सक्ने भएकाले हामी त्यसो नगर्न आग्रह गर्छौ’ फाउन्डेसन अध्यक्ष केपी खनालले भने ।

    
    
    
    
     
    
    
    

     

  • एमालेको नयाँ भवन शिलान्यास हुँदै गर्दा कांग्रेस कार्यालय स्यानिटाइज (तस्बिरहरू)

    एमालेको नयाँ भवन शिलान्यास हुँदै गर्दा कांग्रेस कार्यालय स्यानिटाइज (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपालाई सरसफाइ र स्यानिजाइज गरिएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै कांग्रेसको केन्द्रीय महिला विभागले कार्यालयलाई स्यानिटाइज गरेको हो ।

    महिला विभागको आयोजनामा कांग्रेसका महिला नेतृहरू सानेपा पुगेर पार्टी कार्यालय हातामा सरसफाइ गरेका थिए भने प्राविधिकहरूले स्यानिटाइज गरेका छन् । विभागकी सचिव लक्ष्मी खतिवडाले महामारीबाट बच्न सेचत गराउँदै कोरोनाविरुद्धको लडाइँमा राजनीतिक दलहरू पनि जोडिनुपर्ने बताइन् ।

    ‘कांग्रेसको पार्टी कार्यालय सफाइ र स्यानिटाइज गरेर हामीले देशैभरी सन्देश दिन खाजेका हौं । कोभिडविरुद्धको लडाइँमा सरसफाई महत्वपूर्ण हुने भएकोले स्यानिटाइजेन गरेका हौं’, खतिवडाले नेपाल प्रेससँग भनिन् ।

    बल्खुमा नेकपा एमालेले पाटीको नयाँ कार्यालय शिलान्यास गरिरहँदा कांग्रेस कार्यकर्ताहरू भने नजिकै सानेपाको पार्टी कार्यालय सफाइमा जुटेका हुन् ।