Tag: समाजवादी प्रेस संगठन

  • नेकपा एसनिकट पत्रकारको विवाद टुंगियो, बहिष्कार गरेका नेताहरू समेटेर कमिटी विस्तार

    नेकपा एसनिकट पत्रकारको विवाद टुंगियो, बहिष्कार गरेका नेताहरू समेटेर कमिटी विस्तार

    काठमाडौं । नेकपा एस सम्बद्ध समाजवादी प्रेस संगठनको विवाद हल भएको छ । संगठनका संस्थापक नेताहरू विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन र जीवन बिसीको पदीय व्यवस्थापनसँगै फागुन ७ मा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयपछि उक्त संगठनको विवाद हल भएको हो ।

    अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा विहीबार सम्पन्न संगठनको बैठकले सुवेदीलाई वरिष्ठ उपाध्यक्ष, साउदलाई उपाध्यक्ष, एलनलाई उपमहासचिव र बिसीलाई विधान मस्यौदाको जिम्मेवारी दिइएको छ ।

    यसअघि राष्ट्रिय भेला बहिष्कार गरेका नेताहरूलाई समेटेर कार्य समिति टुंगो लगाइएको हो ।

    संगठनको उपाध्यक्षमा अब वरिष्ठ उपाध्यक्ष सुवेदीसहित प्रकाश खतिवडा, शीतल साह,नरेन्द्र साउद, भवानी कर्की, बुद्धवीर बाहिङ राई, शान्तराम बिडारी, तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर रहेका छन् ।

    महासचिवमा भुपराज खड्का छन् भने उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवर छन् । कोषाध्यक्ष कृष्णराज गौतम र सचिवमा गोविन्दप्रसाद चौलागाई, सुभाषप्रसाद साह र उत्तरसिंह विष्ट छन् ।

  • यी हुन् समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य (सूचीसहित)

    यी हुन् समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य (सूचीसहित)

    काठमाडौं । विवादबीच माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ ।

    समाजवादी प्रेस संगठन नाम दिइएको समितिको संयोजकमा पत्रकार शम्भु श्रेष्ठ चुनिएका छन् । त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाहलगायत चुनिएका छन् ।

    संस्थापक पदाधिकारी एवं सदस्य घोषणा कार्यक्रममा तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी भएको भन्दै असहमति जनाएका छन् ।

    हेर्नुहोस् विवादबीच आज घोषणा भएका समाजवादी प्रेस संगठनका संस्थापक सदस्यहरु

     

     

     

  • समाजवादी प्रेस संगठनमा विवाद, माधव नेपाल सहभागी कार्यक्रम बहिस्कार गरेर बाहिरिए नेताहरु

    समाजवादी प्रेस संगठनमा विवाद, माधव नेपाल सहभागी कार्यक्रम बहिस्कार गरेर बाहिरिए नेताहरु

    काठमाडौ । नेकपा एसनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई संस्थापक नेता तथा सो संगठन आवद्ध क्रियाशील पत्रकारले बहिस्कार गरेर बाहिरिएका छन् ।

    तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै बहिस्कार गरेका हुन् ।

    राजधानी काठमाडौंको अर्पण पार्टी प्यालेसमा जारी भेलालाई विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन विसी, रामकुमार शाही, भवानी कार्की, तेजप्रसाद वाग्लेलगायतले बहिस्कार गरेका हुन् ।

    सुवेदी र साउद चौतारीको उपाध्यक्ष थिए भने एलन उपमहासचिव थिए । चौतारीबाट विद्रोह गरेका नेताहरुले शम्भु श्रेष्ठलाई अध्यक्ष माने पनि वरिष्ठ उपाध्यक्षमा विश्वमणि सुवेदी, दोस्रो वरियताको उपाध्यक्षमा नरेन्द्र साउद र महासचिवव रामकुमार एलनलाई प्रस्ताव गरेका थिए ।

    यसअघि चौतारीको सचिव रहेका अमृत तिमल्सिना नेकपा एसको केन्द्रीय सदस्यको हैसियतमा मन्चमा बस्दा उनीभन्दा सिनियरहरुलाई अपमान गरेर संगठनमा क्रियाशील नै नभएका व्यक्तिलाई अघि सारिएपछि बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।

    समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ र महासचिवमा भुपराज खड्काको नाम घोषणा हुन लागेपछि साविक चौतारीका पदाधिकारीले बहिस्कार गरेर बाहिरिएका हुन् ।

    घोषणासभालाई अध्यक्ष माधव नेपाल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले सम्बोधन गरेका छन् ।

  • चितवनमा तिमिल्सिनाको नेतृत्वमा समाजवादी प्रेस संगठन घोषणा

    चितवनमा तिमिल्सिनाको नेतृत्वमा समाजवादी प्रेस संगठन घोषणा

    चितवन । नेकपा एसले पहिलोपटक चितवनमा पत्रकारहरुको जिल्ला शाखा चितवनमा गठन गरेको छ । पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति घोषणा गरिएको हो ।

    उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । यस्तै सदस्यहरुमा कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक र डिलकुमारी नेपाल चयन भएका छन् ।

    त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा। कृष्ण पन्तलगायतले नयाँ कार्यसमिति गठन गरेका हुन् ।