Tag: समवेदना

  • चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायो- अध्यक्ष ओली

    चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायो- अध्यक्ष ओली

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपति चौलागाईको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमाउनु परेको बताएका छन् ।

    ओलीले बुधवार शोक वक्तव्य जारी गर्दै एमाले केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभाका सदास्य चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन् । चौलागाईले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका रूपमा समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताएका छन् ।

    एमाले नेता चौलागाईको मंगलवार साँझ मनमोहन अस्पतालमा निधन भएको थियो । कोरोना संक्रमित चौलागाईलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको थियो ।

  • नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

    नेपाली संगीतमा प्रेमध्वजको योगदान स्मरणीय : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
    प्रधानको निधनको खबरले मर्माहत बनाएको भन्दै उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    नेपाली साङ्गीतिक क्षेत्रमा प्रधाननले पुर्‍याएको योगदान स्मरणीय रहने सभामुख सापकोटाको भनाइ छ।

    बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको थियो । ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायतका उनले गाएका दर्जनौं गीत चर्चित छन् ।

    सानैदेखि संगीतमा लागेका उनले ७०० बढी गीत रेकर्ड गराएका छन् । प्रधानले ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ बोलको पहिलो गीत रेडियो नेपालमा रेकर्ड गराएका हुन् ।