Tag: सपना रोका मगर

  • सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रिहा

    सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रिहा

    काठमाडौं । सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका विनयजंग बस्नेत ५० हजार धरौटी तिरेर रिहा भएका छन् । उनलाई आज काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएसँगै बस्नेत साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार तिरेर धराैटीमा रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

    बस्नेत आजै धरौटी बुझाएर रिहा भएका परिसर काठमाडौंका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी अशोक सिंहले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सपनाका अस्लिल फोटो आफ्नो मोवाइलमा रहेको र सार्वजनिक गर्ने भन्दै बस्नेतले केही सञ्चारमाध्यमममा अन्तरवार्ता दिँदै धम्की दिएका थिए । बस्नेतले यस्तो धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । सपनाको किटानी जाहेरीका आधारमा प्रहरीले बस्नेतलाई फागुन ४ गते गोंगबु बसपार्कबाट पक्राउ गरेको थियो ।

    बस्नेत र सपना एकअर्कालाई सार्वजनिक रुपमा बाबु–छोरी भन्दै आएका थिए । उनिहरु दुवै जना बेवारिसे शव जलाउने काम गर्दै आएका छन् । सपना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेत र सपनाको सम्बन्ध विग्रीएको थियो ।

  • पढाइमा सेलेव्रिटी : करिश्मा १२ कक्षा भर्ना, सपना कानून पढ्दै

    पढाइमा सेलेव्रिटी : करिश्मा १२ कक्षा भर्ना, सपना कानून पढ्दै

    काठमाडौं । वेवारिसे शव व्यवस्थापन गरेर विश्व चर्चित बनेकी सपना रोका मगर र अभिनेत्री करिश्मा मानन्धर अहिले पुनः मिडियाको हेडलाइनमा छन् ।

    आ-आफ्नो कर्मद्वारा लोकप्रिय बनेका यी दुई पात्रको पछिल्लो चर्चा भने ज्ञान आर्जन गर्ने कार्यसँग जोडिएको छ । उमेरले ४० कटेकी करिश्मा मानन्धर १२ कक्षा पढ्दैछिन् ।

    गोदावरी घर नजिकैको किटिनी कलेजमा करिश्मा पढ्छिन् र उनी बैशाखमा हुने परिक्षाको तयारीमा छिन् । उच्च शिक्षा पनि सोही कलेजबाट गर्ने करिश्माले नेपालप्रेसलाई बताइन् ।

    पूर्वमिस नेपाल श्रृंखलाले हावर्ड युनिभर्सिटीमा पढ्ने

    वेवारिसे शव व्यवस्थापन गरेर बीबीसीको सय प्रभावशाली महिलाको सूचिमा परेकी मगर चाहिँ बानेश्वरको हिमालयन ह्वाइट हाउस कलेजमा भर्ना भएकी छिन् । पूर्ण छात्रवृत्तिमा कलेजले उनलाई कानुन विषयमा भर्ना गराएको छ ।

    अध्ययनसँगै कामलाई पनि सँगै अघि बढाउने योजना रहेको सपनाले नेपाल प्रेसलाई बताइन् । सपनाले २०७३ सालदेखि पढाइ छाडेकी थिइन् । नेपाली समाजका यी दुई नारी पात्रको पढाइ प्रतिको लगावले अन्यलाई पनि प्रेरणा मिल्ने विश्वास गरिन्छ ।

    पूर्वमिस नेपाल श्रृंखला खतिवडा सहरी योजना विषय अध्ययनका लागि प्रतिष्ठित हावर्ड विश्विद्यालयमा भर्ना भएकी छिन् । जहाँ उनले स्नातकोत्तर अध्ययन गर्नेछिन् ।

  • सुरक्षा माग्दै सपना रोकाले गुहारिन् गृहमन्त्री

    सुरक्षा माग्दै सपना रोकाले गुहारिन् गृहमन्त्री

    काठमाडौं । बीबीसीको प्रभावशाली महिला सूचीमा छनोट परेकी सपना रोका मगरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या भएको र ज्यान मार्ने धम्कीसमेत दिइएको भन्दै गृहमन्त्री गुहारेकी छन् । आफूलाई शान्तिसुरक्षाको प्रत्याभूति गराई दोषीलाई कारबाही गर्न उनको माग छ ।

    म्याग्दी घर भएकी १८ वर्षीया सपनालाई उनले अभिभावक मानेकी विनयजंग बस्नेतले सामाजिक सञ्जालमार्फत विभिन्न लाञ्छना लगाएका थिए । उनले सपनाका गोप्य तस्वीरहरू सार्वजनिक गरिदिने धम्की पनि दिएका छन् । उनीविरुद्ध प्रहरीमा समेत जाहेरी दिएकी सपनाले गत २५ गते गृहमन्त्रीलाई निवेदन दिएको खुलेको छ ।

    आर्यघाटमा बेवारिसे शव जलाएर चर्चा कमाएकी सपना बीबीसीको सुचीमा परेपनि प्रख्यात बनेकी थिइन् । उनले बस्नेतसँगै मिलेर शव जलाउने गर्थिन् ।