Tag: सचिव सरुवा

  • सरकारले गर्‍यो १० सचिवको एकैपटक सरुवा, तीन सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवामा

    सरकारले गर्‍यो १० सचिवको एकैपटक सरुवा, तीन सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवामा

    काठमाडौँ । सरकारले एकैचोटि १० जना सचिवको सरुवा गरेको छ । उनीहरुमध्ये तीन जना सचिव ४ महिना नपुग्दै दोस्रोपटक सरुवा भएका छन् । आज बसेको मन्त्रीपरिषद वैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

    सरुवा भएका सचिवहरुले भोली सरुवा पत्र बुझ्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो । पत्र पाएपछि उनीहरु सरुवा भएको मन्त्रालयमा हाजिर हुनेछन् ।

    मन्त्रीपरिषदको निर्णयनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर पनि काम गरेका थिए ।

    सो मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । सो मन्त्रालयमा रहेका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको छ ।

    उक्त मन्त्रालयमा रहेका शिक्षा तर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समुहमा राखेर ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव भरतमणि सुवेदीलाई आयोगमा ल्याइएको छ ।

    तीन सचिवको ४ महिना नपुग्दै सरुवा

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवलाई सरुवा भएको ४ महिना नपुग्दै दोस्रोपटक सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव महेश्वर न्यौपाने र भरतमणी सुवेदीको ४ महिना नपुग्दै पुनः सरुवा भएको हो ।

    गत साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव महेश्वर न्यौपानेको गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो । सरुवा भएर आएको चार महिना पुग्न नपाउदै उनको पुनः सरुवा भएको हो ।

    गत भदौमा लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएका सचिव भरतमणी सुवेदीको पनि तीन महिनामा नै दोस्रो पटक सरुवा भएको छ ।

    यस्तै निर्वाचन आयोगमा सरुवा भएका सचिव गोकर्णमणि दुवाडीको पनि चार महिना नपुग्दै दोस्रो पटक सरुवा भएको छ । दुवाडीलाई गत साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ को प्रमुख सचिवबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको थियो ।

  • कृषि सचिवमा डा. गोविन्द शर्माको सरुवा, पशुतर्फ निरु दाहालको पदस्थापना

    कृषि सचिवमा डा. गोविन्द शर्माको सरुवा, पशुतर्फ निरु दाहालको पदस्थापना

    काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका पशु सचिव डा. गोविन्द शर्मा कृषि सचिवमा सरुवा भएका छन् । पशु सचिवमा भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका निरु दाहालको पदस्थापना भएको छ । एक साता अघि बसेको मन्त्रिपरिषद् बैठकले एक सचिवको सरुवा र एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको हो ।

    बुधबार मात्रै दुवै सचिवले कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा पदभार ग्रहण गरेका छन् । कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फका सहसचिव दाहाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फको एक सचिव पद रिक्त भएको थियो ।

  • गृह मन्त्रालयमा टेकनारायण पाण्डेको स्वागत, महेश्वर न्यौपानेको बिदाई

    गृह मन्त्रालयमा टेकनारायण पाण्डेको स्वागत, महेश्वर न्यौपानेको बिदाई

    काठमाडौं । गृह मन्त्रालयले मन्त्रालयमा सचिव टेकनारायण पाण्डेको स्वागत तथा सचिव महेश्वर न्यौपानेको बिदाई भएको छ । मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गर्दै गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सचिवको स्वागत तथा विदाई कार्यक्रम गरेको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ जना सचिवको विभिन्न मन्त्रालय तथा निकायमा सरुवा गर्दा भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो ।

    समारोहमा नवनियुक्त गृहसचिव टेकनारायण पाण्डेले संयुक्त सरकारले ल्याएको साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि बढाउँदै नेपाल सरकारले चाहेको नतिजा दिने प्रतिबद्धता जनाएका छन् उनले भने, ‘कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । गृहप्रशासन सार्वजनिक सेवाको अगुवाइ गर्ने संस्था हो, यसलाई रुपान्तरण गर्दै आधुनिकीकरण गर्नुपर्छ ।’ उनले गृह मन्त्रालयका हरेक काम कारवाहीमा सरकारको तस्बिर झल्किने गरी संवेदनशील हुनुपर्नेमा पनि जोड दिएका छन् ।

    समारोहमा गृहसचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका महेश्वर न्यौपानेले १८ महिना छ दिनको गृह सचिवको अनुभव सुनाउँदै चुनौतीका बीच महत्वपूर्ण कार्य सम्पन्न गरेको दाबी गरे । उनले मन्त्रालयमा परिस्थिति आँकलन गरेर निर्णय दिन नसकिए समस्या जटिल भएर जानेतर्फ पनि नव नियुक्त गृहसचिव पाण्डेलाई सचेत गराए । उनले कोभिड–१९ नियन्त्रण, विपद् र आन्दोलनका समयमा ७७ वटै प्रमुख जिल्ला अधिकारीले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे ।

    उनले भने, ‘कोभिडको दोस्रो लहरमा हेलिकप्टरबाट अक्सिजन ल्याएर उपचार गरिएको तथा अस्पतालमा शैया नहुँदा होस् या क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनका सन्दर्भमा गृह प्रशासन मातहतका निकायले खेलेको भूमिका उल्लेखनीय छ ।’ न्यौपानेले थप्दै भने, ‘सीमा क्षेत्रमा प्रहरीको उपस्थिति र प्रमुख जिल्ला अधिकारीको मनोबल बढाउनुपर्छ । तल्लो तहका प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्नुपर्छ । विपद् व्यवस्थापन, सूचना सङ्कलनका साथै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै राहत र पुनःस्थापनमा दिइने राहत रकम वृद्धि गरिनुपर्छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई स्वायत्त बनाउँदै अघि बढुन्पर्नेछ ।

    गृहमन्त्री बालकृष्ण खाँणले चिनजानका आधारमा नभई काम र कर्तव्यका आधारमा कर्मचारीको जिम्मेवारी र मूल्याङ्कन हुने बताएका छन् । उनले जिम्मेवारी लिने क्रममा कसैको सिफारिस भयो भने उसको मूल्याङ्कनको नतिजामा माइनस हुँदै जाने पनि स्पष्ट पारेका छन् ।

    स्वागत तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जनतालाई सेवा पुर्‍याउने गृह मन्त्रालयमा क्षमता भएका सरकारी अधिकारीले उचित जिम्मेवारी पाउनेमा आश्वस्त पनि पारेका छन् । उनले भने, ‘‘जिम्मेवारी लिने क्रममा सिफारिस भयो भने माइनस नतिजा आउँछ । कहिलेकाही नसोचेको जिम्मेवारी पनि थाहै नपाइ आउन सक्छ ।’

    उनले सबै मिलेर नागरिकको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको बताए । राष्ट्रिय सुरक्षामा कुनै सम्झौना नहुने भन्दै मन्त्री खाँणले राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई पनि निर्देशन दिएका छन् । उनले निर्देशन दिदैँ भने, ‘भित्तेपात्रो हेरेर कार्यकाल बिताउने पुरानो मान्यताले जिम्मेवारी थेग्न नसक्ने हुँदा नयाँ शैली, पद्धति, प्रक्रिया र जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीलाई आग्रह गर्दछु ।’

    मन्त्री खाँणले कोभिड–१९ को महामारी कायमै रहेको र तेस्रो लहर आउने सम्भावना जिवितै रहेकोतर्फ कर्मचारी तथा सुरक्षा अधिकारीको ध्यानाकर्षण पनि गराएका छन् । उनले त्यो बेला अस्पतालको बेड होइन बरण्डा पनि नपाउने अवस्था आउन सक्छ भन्नेमा चिन्तित रहेको उल्लेख गरे । एक महिनाको अवधिमा मन्त्रालयका धेरै गतिविधिका बारेमा जानकारी प्राप्त भएको उनले स्मरण पनि गरेका छन् ।

  • १६ सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

    १६ सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

    काठमाडौँ । सरकारले एकैपटक १६ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत सचिवको सरुवा गरेको हो ।

    एक मन्त्रीले नेपाल प्रेसलाई दिएको जानकारीअनुसार निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईँको उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएको छ । उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपाने युवा तथा खेलकुद मन्त्रालयमा सारिएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारी निर्वाचन आयोगमा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायलाई अख्तियारमा पठाइएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य नेपाल ट्रस्टको कार्यालयमा सरुवा भएका छन् भने राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाल प्राधिकरणमा पुगेका छन् । नेपाल ट्रस्टका देवेन्द्र कार्कीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ ।

    युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा सचिव गोपीनाथ मैनाली राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन् ।

    यस्तै, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । भूमि मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय सारिएको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।

    लोकसेवा आयोगका सचिव अर्जुन पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएका छन् । आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँ सरुवा भएका छन् । वाणिज्य सचिव वैकुण्ठ अर्यालको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा भर्खरै बढुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त रुपमा रहेका सचिव सुमन अर्याललाई पठाइएको छ ।

  • १५ सचिव र ५९ सह–सचिवको एकै पटक सरुवा हुँदै

    १५ सचिव र ५९ सह–सचिवको एकै पटक सरुवा हुँदै

    काठमाडौं । सरकारले १५ सचिव र ५९ सह–सचिवको एकैपटक सरुवा गर्ने प्रक्रिया थालेको छ । प्रतिनिधिसभा विघटन भएलगत्तै निर्वाचन घोषणा गरेको सरकारले निर्वाचनलाई सहयोग पुग्ने गरी सचिव र सह–सचिवको सरुवा गर्न लागेको हो ।

    सरुवा हुने सचिव र सह–सचिवको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पठाइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

    मन्त्रालय स्रोतका अनुसार गृह सचिव महेश्वर न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई सचिव दिनेश घिमिरे, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सुर्य गौतम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललगायत अन्य सचिवको पनि अन्य मन्त्रालय र निकायमा सरुवा हुन लागेको जनाइएको छ ।

    गृहमन्त्रालयको सचिव बन्न एकनारायण अर्याल र सूर्य गौतमले लबिङ गरिरहेका छन् । यस्तै सह–सचिवमा भने अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सरकारले सरुवा गर्न लागेको हो । करिव २ दर्जन प्रमुख जिल्ला अधिकारीको सरुवा हुने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

    यस्तै विभिन्न विभागिय प्रमुखको जिम्मेवारी सम्हालेका सह–सचिवको पनि सरुवा हुने भएको छ । मन्त्रालय स्रोतका अनुसार बैदेशिक रोजगार विभागका महानिर्देशक कु्मार दाहाल, सम्पती शुद्धीकरण विभागका महानिर्देशक रुपनारायण भट्टराई, बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलगायतका सह–सचिवको सरुवा हुन लागेको हो ।