Tag: सचिवमा बढुवा

  • खराल प्राविधिकतर्फ रिक्त रहेको सचिवमा बढुवा

    खराल प्राविधिकतर्फ रिक्त रहेको सचिवमा बढुवा

    काठमाडौं । सरकारले रिक्त रहेको प्राविधिक तर्फको एक सचिवमा सहसचिव डा. दीपक खराललाई बढुवा गरेको छ । मंगलबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फका सहसचिव खराललाई प्राविधिकतर्फकै सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठतामा आधारमा खराललाई सचिवमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

    निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि तीन सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव खरालको नाम मात्रै बढुवा समितिले सिफारिस गरेको थियो ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास सचिव निरु दाहालले उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै रिक्त पदमा खराल बढुवा भएका हुन् । उनलाई अब कुनै प्राविधिक मन्त्रालय वा निकायमा सचिवको जिम्मेवारी दिइनेछ ।

  • चार दिनपछि अवकाश पाउन लागेका सहसचिव खरेल सचिवमा बढुवा

    चार दिनपछि अवकाश पाउन लागेका सहसचिव खरेल सचिवमा बढुवा

    काठमाडौं । चार दिनपछि अवकाश हुन लागेका सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    खरेलले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्र । केही दिनका लागि मात्रै भए पनि उनलाई सचिव बनाउने निर्णय भएकाे मन्त्री श्रेष्ठकाे भनाइ छ ।

    उनले भने ‘यदि अहिले बढुवा गरिएन भने सहसचिवबाटै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएकोले याे  निर्णय गरिएकाे हाे।’

    खरेलले ५८ वर्षे सेवा अवधिका कारण आउँदो माघ ४ गते अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि साे पदमा अर्काे सहसचिव  बढुवा गर्नु्पर्ने हुन्छ ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो । दंगाल अहिलेसम्म चौथो पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका छन् भने खरेल दोस्रो पटक बढुवाका लागि सिफारिस भइसकेका छन् ।

  • प्राविधिकतर्फका सहसचिव पाण्डे सचिवमा बढुवा

    प्राविधिकतर्फका सहसचिव पाण्डे सचिवमा बढुवा

    काठमाडौँ । सरकारले प्राविधिकतर्फका सहसचिव निरु दाहाललाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वन सेवा तर्फकी प्राविधिक सहसचिव पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको हो ।

    कार्यसम्पादन तथा मुल्यांकनका आधारमा एक नम्बरमा सिफारिस भएकी दाहालको बढुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा तिहार अघि नै बसेको बढुवा सिफारिस समितिको बैठकले एक नम्बरमा पाण्डेलाई बढुवा गर्नका लागि सिफारिस गरेको थियो । यस्तै बढुवा समितिले दोस्रो नम्बरमा दीपक खराल र तेस्रो नम्बरमा रेवतीरमण पौडेलको नाम सिफारिस गरेको थियो ।

    कृषि तथा पशुपन्छी मन्त्रालयको कृषितर्फ निमित्त सचिवको जिम्मेवारीमा रहेकी दाहाल मन्त्रालयमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी थिइन । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फको एक सचिव पद रिक्त भएको थियो ।

  • सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौं । सहसचिव रविलाल पन्थ सचविमा बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम मात्रै सिफारिस गरेको थियो ।

    पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको थियो । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको थियो ।

    निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन जना सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ ।

    पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा थिए । बढुवा भएपछि सम्भवत उनलाई कुनै पनि प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइने छ भने प्रदेशमा रहेका एक जना प्रमुख सचिवमा संघीय मन्त्रालयमा तानिने छ ।

    युवा तथा खेलकुल मन्त्रालयका तत्कालिन सचिव केदार न्यौपानेले असोज १२ गते अनिवार्य अवकाश पाएपछि एक सचिवको पद रिक्त रहेको थियो ।

  • सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्रली ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा एक नम्बरमा सिफारिस भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई  मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

    यस्तै दोस्रोमा निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र तेस्रोमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको हो ।

  • गोविन्द शर्मालाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    गोविन्द शर्मालाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट गोविन्द्र शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले सिफारिस गर्दा एक नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    उनका अनुसार शर्माको सचिवमा बढुवा भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सचिवमा पदस्थापन पनि भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा आइतबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैटकले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । बैठकले एक नम्बरमा शर्मा, दुई नम्बरमा डा. निरु दाहाल र तीन नम्बरमा दीपक खरालको नाम सिफारिस गरेको थियो । खराल बन समूहका हुन् भने शर्मा र पाण्डे कृषि समूहका हुन् ।

    परराष्ट्र सेवाका तीन उपसचिव पनि सहसचिवमा बढुवा
    यस्तै सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ। नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा गर्ने निर्णय भएको मन्त्री कार्कीले बताए । उनका अनुसार बढुवासँगै परराष्ट्र वा अन्तर्गत पदस्थापन गर्ने निर्णय पनि भएको छ ।

  • सहसचिव हरिप्रसाद मैनाली सचिवमा बढुवा

    सहसचिव हरिप्रसाद मैनाली सचिवमा बढुवा

    काठमाडौं । सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा भएका छन् ।  मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले मैनालीसंगै, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका मैनालीलाई नै सरकारले बढुवा गरेको सरकारका प्रवक्ता समते रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन् ।

    प्रशासन सेवाका सहसचिव  मैनालीलाई सचिवमा बढुवासँगै अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

  • तीन सहसचिवकाे सचिवमा बढुवा

    तीन सहसचिवकाे सचिवमा बढुवा

    काठमाडौं । सरकारले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज अपराह्न चार बजे सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गरेको हो ।

    बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरे सचिवमा बढुवा भएकाे एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । बढुवा सिफारिस समितिको केही दिनअघि बसेको बैठकले जेष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिस गरेको थियो भने कार्यसम्पादनतर्फ घिमिरेसँगै दोस्रो नम्बरमा हरीप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम पनि सिफारिस गरेको थियो ।

    त्यसैगरी प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सोमबार दिउँसो नै बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेलसँगै दोस्रो नम्बरमा डा. दिपेन्द्ररमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

  • पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    पुष्करलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिवमा सहसचिव कृष्णहरी पुष्कर बढुवा भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासन तर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका पुष्कर सचिवमा बढुवा भएको एक मन्त्रीले बताए । पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ताको जिम्मेवारीमा थिए ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।

    पुष्कर र नेपालको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो भने शर्माको नाम पहिलो पटक सिफारिस भएको हो ।

  • बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ एक र प्राविधिकतर्फ एक गरी दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिकतर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिल चन्द्र तिवारी बढुवा भएको एक मन्त्रीले बताए । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव थिए ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि बुर्लाकोटी,  कृष्णहरी पुष्कर र खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो । यस्तै प्राविधिकतर्फ पनि बढुवा समितिले तिवारी, गोपाल सिग्देल र राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

    बुर्लाकोटी र तिवारीको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो । उनीहरु बढुवा भएसँगै रिक्त रहेका संघीय मन्त्रालय तथा प्रदेश प्रमुख सचिवमा पदस्थापन हुनेछन् ।

  • ४ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    ४ सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फ गरेर ४ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको  एक मन्त्रीले जानकारी दिए ।

    प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि सहसचिव डा. दामोदर रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएकाले उनी बढुवा भएका छन् । प्रशासनतर्फ नै अर्काे सचिवका लागि ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे बढुवा भएका छन् ।

    पाण्डेसँगै बढुवा समितिले सहसचिव मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो ।

    वन सेवातर्फ आचार्य 

    ती मन्त्रीका अनुसार सहसचिव डा. कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा  बढुवा भएका छन् । सचिव बढुवाका लागि आचार्यसँगै निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस भएको थियो । बरिष्ठताका आधारमा आचार्य सचिवमा बढुवा भएका हुन् । आचार्य र पाण्डेको नाम यसअघिको सचिव बढुवामा पनि सिफारिस भएको थियो भने खरालको नाम पहिलोपटक बढुवा समितिले सिफारिस गरेको थियो ।

    कृषि सेवातर्फ बज्राचार्य

    इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको ति मन्त्रीले बताए । बढुवा समितिले बज्राचार्यसँगै सहसचिव सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम पनि सिफारिस गरेको थियो ।

    लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अघि बढेको हो । अहिले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त छ । गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् । उनीहरु बढुवा भएसँगै रिक्त भएका ठाउँ परिपूर्ति हुनेछन् ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरेको थियो ।

  • न्याय सेवा आयोगले गर्यो दुई सहसचिव सचिवमा बढुवा

    न्याय सेवा आयोगले गर्यो दुई सहसचिव सचिवमा बढुवा

    काठमाडौँ । न्याय सेवा आयोगले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । न्याय सेवा आयोगको आज बसेको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवमा बढुवा गरेको हो ।

    बढुवासँगै भट्टराईलाई महान्याधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएकाे छ ।

    बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ । तत्कालिनसचिव ऋषिराज भण्डारी न्यायाधीशमा सिफारिस भएपछि आयोगले रिक्त सचिव पदमा सापकोटालाई पठाएको हो । त्यसैगरी बैठकले सरकारी वकिल समूहका केही कर्मचारीको पनि सरुवा गरेको छ ।

     

     

  • पुडासैनीसहित ५ जना सहन्यायाधिवक्तामा बढुवा

    पुडासैनीसहित ५ जना सहन्यायाधिवक्तामा बढुवा

    काठमाडौं । सरकारले कृष्ण प्रसाद पुडासैनीसहित ५ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा गत शुक्रबार‌ बसेको मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी सरह अर्थात उपसचिव कृष्ण प्रसाद पुडासैनीसहित ५ जनालाई राजपत्रांकित प्रथम श्रेणी सरह अर्थात सहसचिव सहन्यायाधिवक्तामा बढुवा गरेको हाे ।

    यस्तै गत मंगलबार र शुक्रबार‌ बसेकाे मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले दुर्गा भगवती गाउँपालिका ३ रौतहटका झालाई प्रबन्धमा नियुक्त गरेको हो ।

    यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा नेपाल न्याय, सेवा, कानून समुहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । संघीय मामिला तथा सान्य प्रशासन मन्त्रालयको सिफारिसमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, राजपत्रांकित द्धितिय श्रेणीका सिनियर डिभिजनल इन्जियिनयर ध्रुव प्रसाद पौडेलाई सोही सेवा, समूहको राजपत्रांकित प्रथम श्रेणीको प्राविधिक सहसचिव बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

    मन्त्रालयकै सिफारिसमा सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवको पदस्थापन तथा सरुवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्राविधिक सहसचिव डा. श्रीराम घिमिरेलाई तोक्ने निर्णय गरेको छ ।