Tag: सचिवको पदस्थापन

  • बढुवा भएका तीन सचिवको पदस्थापन (कसको कहाँ)

    बढुवा भएका तीन सचिवको पदस्थापन (कसको कहाँ)

    काठमाडौं। भर्खरै बढुवा भएका तीन सचिवको पदस्थापन भएको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ बढुवा भएका दुई सचिव र प्राविधिक तर्फ बढुवा भएका एक सचिवलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रशासन तर्फ यस अघि बढुवा भएका कृष्णहरी पुष्कर र सोमबार बढुवा भएका खगेन्द्रप्रसाद नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त तर्फ पदस्पथापन भएको छ भने प्राविधिक तर्फ सोमबार नै बढुवा भएका राजेन्द्रप्रसाद खनालको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको छ ।

    प्रशासन तर्फ बढुवा भएका सचिवको प्रदेश प्रमुख सचिवमाा पदस्थापन हुने भए पनि प्रदेश प्रमुख सचिव सरुवा नगरिएकाले बढुवा भएका दुई सचिवको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त सचिवमा पदस्थापन गरिएको हो । प्रदेश प्रमुख सचिवको सरुवा हुने वित्तिकै उनिहरु दुवै जनालाई प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा पठाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्राविधिक तर्फ भने नेपाल ट्रष्टको कार्यालयमा सचिव भने केहि दिन अघि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा सचिव पद रिक्त रहेको थियो । रिक्त सचिवमा खनाललाई पदस्थापन गरिएको हो ।

  • बढुवा भएका दुई सचिवको पदस्थापन पनि, तीन सचिवको सरुवा (को कहाँ)

    बढुवा भएका दुई सचिवको पदस्थापन पनि, तीन सचिवको सरुवा (को कहाँ)

    काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेसँगै पदस्थापन पनि गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार नै सहसचिवबाट सचिवमा बढुवा भएका मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ ।

    यस्तै सोमबार साझै बसेको मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा पनि गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सचिव तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा, सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपति कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा आचार्यको सरुवा भएको हो ।