Tag: संसद सचिवालय

  • एमालेको कारवाही कार्यान्वयन नगर्न १४ सांसदको निवेदन संसद सचिवालयद्वारा अस्वीकार

    एमालेको कारवाही कार्यान्वयन नगर्न १४ सांसदको निवेदन संसद सचिवालयद्वारा अस्वीकार

    काठमाडौं । १४ सांसदमाथि कारवाही गर्न एमालेले पठाएको पत्र कार्यान्वयन नगर्न आग्रह गर्दै माधव समूहले दिएको निवेदन दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ । दर्ता नगरेपछि हुलाकमार्फत पुनः त्यही पत्र पठाइएको सांसद जीवनराम श्रेष्ठले बताए ।

    आफूहरुको पत्र २ दिनदेखि दर्ता गर्न अस्वीकार गरेर संसद सचिवालयले असहयोग गरेको उनले गुनासो गरे । यस्तो पत्र दर्ता गर्ने व्यवस्था कानूनमा नभएको जवाफ संसद सचिवालयले दिएको श्रेष्ठले जानकारी दिए ।

    भदौ २ मा एमाले कारवाहीमा परेका सांसदहरू हस्ताक्षरसहित निवेदन लिएर संसद सचिवालयमा पुगेका थिए ।

    एमालेले भने १४ जनालाई छिटो पदमुक्त गर्न सभामुख अग्नि सापकोटालाई दबाब दिइरहेका छन् । सभामुख सापकोटाले भने प्रष्ट जवाफ दिएका छैनन् ।

  • नेपालसहित १४ जनाको जिकिर- अवैधानिक कमिटीको कारवाहीलाई मान्यता नदिइयोस् (पत्रसहित)

    नेपालसहित १४ जनाको जिकिर- अवैधानिक कमिटीको कारवाहीलाई मान्यता नदिइयोस् (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेद्वारा कारवाही गरिएका १४ जना सांसदले आफूमाथिको कारवाही अवैधानिक भएको जिकिर गर्दै कुनै कारवाही नगर्ने व्यवस्था मिलाउन संसद सचिवालयसँग अनुरोध गरेका छन् ।

    एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।

    कारवाहीमा परेका १४ सांसदहरूले संसद सचिवालयलाई पत्र लेख्दै नेकपा एमालेको वैधानिक केन्द्रीय कमिटीको बैठक नबसेको, अवैधानिक भेलाबाट गरिएको कारवाही स्वतः अवैधानिक रहनेलगायतको दावी गरेका छन् ।

    यस्तो छ संसद सचिवालयमा १४ सांसदले पेस गरेको पत्र –

  • एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

    एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

    काठमाडौं । नेकपा एमालेले गरेको १४ जना प्रतिनिधिसभा सदस्यमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न माग गर्दै माधव नेपाल संसद सचिवालय जाने भएका छन् ।

    अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न जान लागेको एक नेताले बताए ।

    यसको जानकारी निर्वाचन आयोगलाई पनि गराइने उनले बताए । एमालेले नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सचिवालयलाई मंगलबार सूचना दिएको थियो ।

  • कांग्रेसका सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)

    कांग्रेसका सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता (प्रस्तावसहित)

    काठमाडौं । नेपाली कांग्रेसका ३ जना सांसदले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडले पारेको असर र सरकारको योजनालगायत विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

    सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक तथा सांसदहरू प्रमिला राई र रामबहादुर विष्ट समर्थक रहेको सो प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएको हो ।

    प्रस्तावमा कोभिडका कारण वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउने, रोजगारी गुमाउने र स्वदेश फर्कनेहरूको तथ्यांक र अवस्थाबारे छलफल गर्न अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

    यस्तो छ प्रस्ताव :

  • संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्

    संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्

    काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।

    तत्काली नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको माधव नेपाल पक्षमा क्रियाशील छन् । उनी स्थायी कमिटी सदस्य हैसियतमा नेपाल समूहको बैठकमा भाग लिइरहेका छन् ।

    सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि आफूहरु दलविहीन भएको भन्दै भुसालले आफू एमाले संसदीय दलमा नभई स्वतन्त्र हैसियतमा क्रियाशील रहने बताएका छन् ।

    भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न र आफूले पाउने तलब तथा सेवा सुबिधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोध गरेका छन् ।

    एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ । आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को टिकटबाट निर्वाचित भएको र हाल सो दल नै नरहेकोले स्वतन्त्र हैसियत कायम राख्न भुसालले सचिवालयलाई पत्राचार गरेका छन् ।

    राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल लगायतका सांसद तत्काली नेकपाको टिकटबाट जितेका थिए ।

    यसैबीच संसद सचिवालयका एक अधिकारीले भने नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिको हकमा अदालतबाट अहिलेसम्म थप कुनै आदेश र फैसला नभएको तथा यसअघि सांसदहरुले आ आफ्नो दल रोजेका कारण के भुसालको निवेदनमा के गर्ने भन्ने टुंगो नलागेको बताएका छन् ।

  • सभामुखले बोलाएको बैठकबारे बालुवाटार बेखबर, नेम्वाङ भन्छन्- केही अर्थ छैन

    सभामुखले बोलाएको बैठकबारे बालुवाटार बेखबर, नेम्वाङ भन्छन्- केही अर्थ छैन

    काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रवारको लागि बोलाएको परामर्श बैठकबारे प्रधानमन्त्रीलाई कुनै जानकारी नरहेको र सभामुखले भेटेर आग्रह पनि नगरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सभामुखले शुक्रवार संसदका प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुसँग छलफलका लागि पत्राचार गरेका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पार्टी कार्यालयमा पत्र पठाइएको थियो ।

    प्रधानमन्त्रीको सचिवालयले त्यस्तो बैठकबारे जानकारी नभएको र अहिले प्रतिनिधिसभा नै भंग भएकाले सभामुखसँग त्यो हैसियतमा बैठक बोलाउने आधार पनि नरहेको जनाएको छ ।

    प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले बैठकबारे जानकारी नभएको र त्यसरी कतै पत्र पठाएर प्रधानमन्त्री सहभागी हुने कुरै नभएको बताए ।

    एमाले स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई त्यस्तो बैठकबारे जानकारी नरहेको र त्यसको अर्थ पनि नहुने बताए ।

    सभामुखले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै त्यसको प्रतिवादमा उत्रिन आह्वान गरेका थिए । प्रधानमन्त्री र सभामुखबीच पछिल्लो समय संवादहीनता छ ।

     

  • १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण

    १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण

    काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि गरिएको पीसीआर परीक्षणमा १९ सांसद र १४१ संघीय संसद सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण रहेको पाइएको छ ।

    यही २२ र २३ गते भएको कोरोना परीक्षणमा राष्ट्रियसभाका १ जना गरि १९ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । केही सांसद यसअघि नै कोरोना संक्रमणका कारण आराम गरिरहेका छन्।

    २०५ सांसद र १०३० संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संससदीय मामिला पत्रकारहरुको पीसीआर परीक्षण भएको थियो । ती मध्य १२३४ जनाको रिपोर्ट प्राप्त भएको र संक्रमण अनुपात ११.९७ प्रतिशत रहेको संसद सचिवालयले जनाएको छ ।

    विश्वासको मत लिने प्रयोजनाका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २७ बैखामा बोलाइएको छ। संक्रमित सांसदलाई मतदानमा भाग लिन दिने या नदिने भन्ने बारे अझैं टुंगो लागेको छैन्।

  • कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिव खनालको मृत्यु

    काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको हो ।

    उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए । सचिवालयका अनुसार खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो । त्यहि समस्याका कारण उनी अस्पताल भर्ना भएका संसद सचिवालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव दशरथ धमालले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिन अघि २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाव दिएर गएका थिए । २३ गते बिहिबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएको दोस्रो दिनमा नै उनको मृत्यु भएको छ ।

  • ३८ महिनापछि माओवादीले भन्यो- केपी ओलीलाई अब हाम्रो समर्थन छैन (भिडियो)

    ३८ महिनापछि माओवादीले भन्यो- केपी ओलीलाई अब हाम्रो समर्थन छैन (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ।

    माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

    काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।

    सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।

  • सांसदहरूको कोरोना परीक्षण गरिने

    सांसदहरूको कोरोना परीक्षण गरिने

    काठमाडौं। यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

    वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्न लागेकाले सांसद, सचिवालयका कर्मचारी र मर्यादापालकलगायतको थ्रोट स्वाब नमूना परीक्षण गर्न लागिएको हो ।

    संसद सचिवालयका अनुसार संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजे सम्म पीसीआर विधिबाट परीक्षण गर्ने तय भएको हो ।

    कोरोना परीक्षण गर्न सचिवालयले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

  • एमालेबाहेकका दलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सूचना दर्ता

    एमालेबाहेकका दलद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सूचना दर्ता

    काठमाडौं । संघीय संसद सचिवालयमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध विरोधमा सूचना दर्ता गरिएको छ ।

    प्रतिनिधिसभामा दर्ता भइसकेको उक्त अध्यादेशविरुद्ध नेकपा एमाले बाहेकका दलले मंगलबार विरोधको सूचना दर्ता गराएका हुन् ।

    अध्यादेशविरुद्ध विरोधको सूचना दर्ता गर्नेमा प्रमुख प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी छन्। नेपाली कांग्रेसका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका तर्फबाट सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेतले विरोधको सूचना दर्ता गराएका हुन् ।

    त्यस्तै, जसपाका तर्फबाट लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना दर्ता गराएका हुन्।

    पुन:स्थापनापछि फागुन २३ गते बसेको संसद बैठकमा उक्त अध्यादेश टेबुल भएको थियो । त्यसको विरोधमा कांग्रेसले रोष्टम घेरेर नाराबाजी गरेको थियो भने प्रचण्ड-माधवतिरका सांसदले बहिष्कार गरेका थिए ।

  • प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन

    प्रचण्ड-माधव पक्षको सूचना दर्ता गर्न संसद सचिवालयले मानेन

    काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गर्न अश्वीकार गरेको छ ।

    दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड, माधव नेपालसहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिवसमक्ष पुगेका थिए ।

    महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको छ । नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।

    स्रोतका अनुसार निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भनेर नेताहरुले दबाब दिए पनि महासचिव गौतमले भने परामर्श गरेर निकास दिने बताएका कारण प्रचण्ड-माधव पक्षका नेताहरु आक्रोशित बनेका छन् ।

  • आफूहरुलाई दलको मान्यता दिन माग गर्दै प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय

    आफूहरुलाई दलको मान्यता दिन माग गर्दै प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय

    काठमाडौं । संसद सचिवालयले नेकपा विभाजनमा आधिकारिता नआई संसदीय दलको नेता परिवर्तन सम्बन्धी पत्राचारलाई मान्न नसकिने बताएलगत्तै प्रचण्ड-माधव पक्षीय शीर्ष नेताहरुले संसदका महासचिवलाई भेटेका छन् ।

    सिंहदरवारमा केहीबेरमात्र बसेको आफू पक्षीय सांसदहरुको बैठकपछि प्रचण्ड,मधव नेपाल र झलनाथ खनाल सहितका नेताहरु संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई भेट्न उनको कार्यकक्षमा पुगेका हुन् ।

    आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ ।

    ११२ जना सांसदको हस्ताक्षरसहित अहिलेसम्म आफूहरुले गरेका निर्णयलाई मान्यता दिन प्रचण्ड-माधव पक्षले महासचिवलाई आग्रह गरेको छ । aहुमत सांसद आफूहरुसँग रहेकाले सोही बमोजिम हुनुपर्ने भन्दै उनीहरुले सचिवालयलाई पत्र दिएका छन् ।

  • संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो)

    संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो)

    काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ ।

    संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए ।

    पाण्डेले भने, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’

  • संसद सचिवालयमा प्रचण्डको पत्र- ओलीले गरेका निर्णयलाई मान्यता नदेऊ (भिडियो)

    संसद सचिवालयमा प्रचण्डको पत्र- ओलीले गरेका निर्णयलाई मान्यता नदेऊ (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ । सो पक्षले दलको नेताको हैसियतमा ओलीले गर्ने कुनै पनि कार्यलाई मान्यता नदिन आग्रह समेत गरेको छ ।

    प्रचण्ड-माधव पक्षका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका छन् ।

    पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताको रूपमा रहन नसक्ने भन्दै ध्यानाकर्षण गराइएको छ । पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले ओलीलाई साधारण सदस्य र अध्यक्षबाट हटाएको बारे संसद सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।

    अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको “जानकारी सम्बन्धी पत्रमा” संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाहीलाई अनधिकृत भई मान्य नहुने कुरा जानकारी गराइएको छ ।

  • संसद भवनमा प्रवेश गर्ने सबैलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप

    संसद भवनमा प्रवेश गर्ने सबैलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप

    काठमाडौं । संघीय संसदको अधिवेशन आह्वान भएलगत्तै संसद सचिवालयले सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरूलाई बुधबार कोरोनाविरुद्धको खोप लगाउन सिभिल अस्पतालमा बोलाएको छ ।

    खोप लगाएरमात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

    बुधबार सांसदहरूले खोप लगाउँनेछन् भने अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको सचिवालयले जनाएको छ ।

     

  • संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

    संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

    काठमाडौं । संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ । प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए ।

    शनिबार सार्वजनिक विदा भएकाले आइतबारदेखि भट्टराईलाई सत्तापक्षको मुख्य सचेतकले पाउने सवारी लगायतका सुविधाको प्रक्रिया अघि बढाइएको हो । ‘हामीलाई नयाँ नियुक्तिको पत्र प्राप्त भएको छ’ स‌ंघीय स‌सद सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले भने, त्यसै अनुसार सचिवालयले उहाँको कार्यकक्ष निर्माण गरेको छ, र आजैदेखि सेवा सुविधा गणना हुनेछ ।’

    उनका अनुसार  भट्टराईले सवारी सुविधा बुझिसकेका छन् भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्राचार गर्न शाखामा पत्राचार गरेको छ ।

    सचिवालयले नेकपा मुख्य सचेतकका रुपमा देव गुरुङले प्रयोग गरेका गाडी सुविधा फिर्ताका लागि आग्रह गर्ने भएको छ । आफैंले फिर्ता नगरेमा पत्राचार गरिने र फिर्ता नभए सचिवालयले नै गाडी फिर्ता गर्ने एक उच्च अधिकारीले बताए ।

    कानून र सम्बन्धित संसदीय दलको विधान अनुसार दलको नेताले मुख्य सचेतक र सचेतक नियुक्ति गर्न पाउने भएकाले सचिवालयले यसमा नेकपाको विवादभित्र पस्न नमिल्ने ती अधिकारीले नेपाल प्रेसलाई बताए ।