Tag: संवैधानिक परिषद् बैठक

  • प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक जारी

    प्रधानन्यायाधीशसहितको उपस्थितिमा संवैधानिक परिषद बैठक जारी

    काठमाडौं । संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।

    परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

    तर, परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ ।

    याे पनि पढ्नुस्
    यसकारण प्रधानन्यायाधीश राणा संवैधानिक परिषद्को‌ बैठकमा जान्छन्

  • सभामुख सापकोटा र देउवा संवैधानिक परिषद् बैठकमा नजाने

    सभामुख सापकोटा र देउवा संवैधानिक परिषद् बैठकमा नजाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बस्नेगरी बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

    संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्तिविरुद्ध सभामुख सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

    आफैले दायर गरेको मुद्दा किनारा नलागेको अवस्थामा सभामुख सापकोटा परिषद्को बैठकमा सहभागी नहुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

    ‘संवैधानिक परिषद्को आइतबारको बैठकमा सभामुख जाने अवस्थै छैन । सरकारले ल्याएको अध्यादेशविरुद्ध सभामुख आफै अदालत जानुभएकोले परिषदको बैठकमा जानुहुन्न’, न्यौपानेले नेपाल प्रेससँग भने ।

    प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति देउवा पनि बैठकमा अनुपस्थित रहनेछन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा जान उपयुक्त नभएको बताए ।

    ‘हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेशको खिलाफमा छौं । त्यही अध्यादेशको आधारमा बस्ने बैठकमा सभापतिजी जाने कुरै आउँदैन’, महतले नेपाल प्रेससँग भने ।

  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

    बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हालै जारी गरेकी थिइन् । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।

  • संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

    संवैधानिक परिषद् बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

    अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ । बैठक स्थगनको सूचना संवैधानिक परिषद्का सदस्यहरुलाई पठाइएको छ ।

    प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा हाल परिषद् सदस्यको हैसियतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना छन् ।