Tag: संक्रमण

  • डेल्टा भेरिएन्टले चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, वुहान यताकै खराब स्थिती

    डेल्टा भेरिएन्टले चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, वुहान यताकै खराब स्थिती

    बेइजिङ । पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नान्जिङबाट फैलिएको कोभिड–१९ को पछिल्लो संक्रमण बेइजिङ महानगरपालिकासहित मुलुकका अन्य पाँच प्रान्तसम्म फैलिएको छ ।

    ग्लोबल टाइम्सले पछिल्लो संक्रमणलाई वुहानपछिकै सर्वाधिक संक्रामक परिस्थिती भएको जनाएको छ ।

    गत जुलाईमा उक्त विमानस्थलमा पहिलो संक्रमण पुष्टि भएको थियो । बिहीबारसम्म त्यहाँ २०० जनामा संक्रमण भेटिएको छ । यसअघि स्थानीय संक्रमण न्यून हुने गरेपछि लामो दूरीको यात्राको ट्रान्जिट थलो भएकाले पनि नान्जिङ एयरपोर्टमा संक्रमण फैलिएको हो ।

    हुनान प्रान्तको अर्को पर्यटकीय थलो र जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म अवतारको छायांकन स्थल झान्जियाजीमा पनि व्यापक संक्रमण फैलिएको छ । सो ठाउँमा जुलाई २२ मा आयोजित २००० जना सहभागि एक सांस्कृतिक कार्यक्रमबाट फर्किएका ४ जनामा संक्रमण पाइएको थियो ।

    बिहीबार बेइजिङमा झान्जियाजीबाट फर्किएका दुईजनामा संक्रमण भेटिएको छ । पेकिङ युनिभर्सिटीका विज्ञ वाङ ग्वाङफाका अनुसार चीनमा संक्रमण फैलिनुमा संक्रामक डेल्टा प्रजाति कारक रहेको जनाइएको छ ।

  • भारतमा दैनिक संक्रमणदर २.३१ प्रतिशत

    भारतमा दैनिक संक्रमणदर २.३१ प्रतिशत

    दिल्ली । भारतमा विगत २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको थप संख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड-१९ संक्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।

    भारतमा आइतबारसम्ममा सक्रिय संक्रमितको संख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड-१९ संक्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड-१९ संक्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड संक्रमणपछि निको हुनेको दर ९७.३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड-१९ संक्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ ।

    खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म संक्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ ।

    सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको छ ।

  • कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि

    कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि

    न्यूयोर्क । अमेरिकामा कोभिड-१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड-१९ संक्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    यो समयमा ४१ हजार ३१० व्यक्ति संक्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोनाभाइरसबाट २४९ जनाको मृत्यु भएको छ ।

    विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कूल ६ लाख ९ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ ।

    बिहीबारसम्ममा कोभिड-१९ संक्रमित हुनेको कूल संख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।

    अमेरिकामा वयस्क अर्थात् १८ बर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाईसकेका छन् ।

    अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना संक्रमणपछि निको भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिका उमेरकालाई कम्तिमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

  • मंगलबार डेढ महीनायताकै उच्च संक्रमण, थप २५ जनाको मृत्यु

    मंगलबार डेढ महीनायताकै उच्च संक्रमण, थप २५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३,१०८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ (८,८३६ पीसीआर र ४,२९९ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    आज थपिएको संक्रमित संख्या ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३.६६ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । १,५९५ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । कूल मृत्यु संख्या ९,६०७ रहेको छ ।

  • थप २,४४४ जनामा संक्रमण, ४२ जनाको मृत्यु

    थप २,४४४ जनामा संक्रमण, ४२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ६६८ र एन्टीजेन विधीबाट ४ हजार ९९२ नमुना परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोमबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी ११ हजार १४० स्वावको नमुना परीक्षण गरिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।

    ४२ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ९ हजार ५१ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

     

  • रोकिएनन् विवाह भोज, गाउँभर संक्रमण फैलियो

    रोकिएनन् विवाह भोज, गाउँभर संक्रमण फैलियो

    बागलुङ । जिल्लाभर निषेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    एउटै गाउँमा यती धेरै जनामा संक्रमण देखिएको हो । विवाहमा सहभागि भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउछन् । गाउँभरीनै ज्वरो, रुघा, खोकी र शरिर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यस अघि बागलुङको बडिगाड गाउँपालिका-४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका चार जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

    ‘सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भने, ‘यदी कसैले नियम मिचे प्रशासनलाई खबर गरौँ ।’ बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिककार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ ।

    तर प्रशासनलाई पहिले खबर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउछन् । बागलुङमा यो समाचार तयार गर्दासम्म ३४० जना सक्रिय संक्रमित छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं १४ नारायणस्थान सक्रिय संक्रमित मुक्त भएको छ । त्यस्तै वडा नं ११ रायडाँडा, वडा नं ५ मालिका र वडा नं ८ सिगानामा सक्रिय संक्रमितको संख्या शून्य छ ।
    -रासस

  • बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै

    बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै

    काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस-सी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड-१९ को संक्रमण पछिको जलिटलता हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको तेस्रो र चौथो लहरमा एमआइएस-सी संक्रमण देखिने बढी जनाएको छ । एमआइएस-सी भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले संक्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो संक्रमण देखिन थालेको पुष्टि गरे ।

    उनले कोभिड-१९ विरुद्ध शरिरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरिरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको बताए । उनले ती संक्रमिमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताए ।

    कान्ति बाल अस्पतालका निर्देशक डा.आरपि बिच्छाले पनि पहिलो लहरको ओरोलो लाग्ने बेलादेखि नै उक्त संक्रमणका बालबालिका देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् । ‘नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस-सी को संक्रमण देखिएको हो,’ उनले भने, ‘अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।’

    उनका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको संक्रमणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ ।

    पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । ‘यो रोग पनि कोभिड-१९ कै कारण देखिने संक्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,’ उनले भने, ‘समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।’ उनका अनुसार वेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।

    यो सामान्यत कोरोना संक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड-१९ संक्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा. विच्छाले एमआइएस-सी को संक्रमण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

    उनका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसीयू), २५ हाइ डिपेडेन्सी युनिट (एचडीयू) रहेका छन् । यस्तै १० आइसीयू र २५ एचडीयू थप्ने क्रममा रहेको छ । अहिले कोभिड-१९ संक्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।

    बालबालिकामा एमआइएस-सी को संक्रमणबाट बिरामी तेस्रो र चौथो लहरबाट झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेरवहादुर तामाङले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसीयू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत शय्या छुट्टाउन थालिएको बताए ।

  • कोरोना जोखिम : सहरमा घट्दो, गाउँमा बढ्दो

    कोरोना जोखिम : सहरमा घट्दो, गाउँमा बढ्दो

    काठमाडौं । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङअनुसार ६ हजार ७ सय १४ जना मात्र नयाँ संक्रमित थपिए । मंगलबारसम्म संक्रमणदर स्थिर जस्तै थियो । यो तथ्यांकले देशभर कोरोना संक्रमणको संख्या घट्दै गइरहेको बुझाउँछ ।

    काठमाडौं उपत्यकामा पनि १४ सय ९३ मात्र कोरोना संक्रमित थपिए । मंगलबारको तुलनामा यो धेरै कम हो । जबकि मंगलबार उपत्यकामा २ हजार ६ सय १३ संक्रमित थपिएका थिए ।

    केही दिन यता काठमाडौं उपत्यकाका अस्पताहरूमा पनि कोरोनाका बिरामीका चाप घटिरहेका छन् । अस्पतालहरूका अनुसार हप्तादिन यता संक्रमितको चाप घटेपछि बेडहरू उपलब्ध हुन थालेका छन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हप्तादिनअघिसम्म पनि बिरामीको चाप थेगिनसक्नुको थियो । अक्सिजन र बेड अभावका कारण आकस्मिक कक्षको गेटबाटै बिरामी फर्काउनुपरेको बाध्यता अस्पतालको थियो । तर अहिले संक्रमित बिरामीको संख्या घट्दै गएको अस्पतालका निर्देशक डा सागरराज भण्डारी बताउँछन् ।

    उनका अनुसार उपत्यका र उपत्यका बाहिरबाट बिरामी आइरहे पनि भर्ना नलिई फर्काउनुपरेको बाध्यता अहिले छैन । ‘हामीले दुई चार वटा स्टेपडाउन बनाएका छौं । अहिलेका बिरामी त्यता राखिदिन्छौं । पहिलेभन्दा चाप कमी भएको पनि छ,’ डा भण्डारी भन्छन्, ‘अहिले अस्पतालमा अक्सिजन अभाव छैन । १ सय ८ बेड छन् । पुर्‍याएकै छौं ।’

    ‘सहरी इलाकामा केही घट्न सुरु भएको छ । काठमाडौं, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायतका उपत्यकामा संक्रमण मत्थर भएका छन् । सहरहरूमा चाप घट्न सुरु भएको छ । तर संक्रमण गाउँ पस्यो । गाउँमा फैलने क्रममा छ,’- डा. बाबुराम मरासिनी

    उनका पीसीआर परीक्षण गर्दा पनि अहिले पोटेटिभ दर ५६ प्रतिशतबाट घटेर २४ प्रतिशतमा पुगेको छ ।

    ट्रमा सेन्टरमा कोभिडका १ सय २५ बेड सञ्चालनमा छन् । एक समय बिरामीको चाप बढेर १ सय ७६ सम्म पुगेको थियो । अस्पतालले धान्न नसकेर धेरै बिरामी भुइँमा बसेर उपचार गर्न बाध्य भए । तर बुधबारको तथ्यांक हेर्दा हाल ९५ जनामात्र कोभिडका बिरामी छन् ।

    अस्पतालका निर्देशक डा सन्तोष भण्डारी पहिलेको तुलनामा निकै चाप घटेको बताउँछन् । ‘वैशाखको अन्तिम सातासम्म अत्यधिक चाप थियो । अहिले त्यो घटिरहेको छ,’ उनी भन्छन् । उनका उपचाररत बिरामीलाई अक्सिजनको समस्या पनि छैन ।

    दैनिक मृत्यु हुनेको संख्या कुनै मसय ७ जनासम्म पुगेको अस्पतालमा आज एक जनामात्र मृत्यु संख्या छन् । ‘पछिल्लो समय २४ घण्टामा १ जनाको मात्र मृत्यु भयो सुरुको अवस्थामा बिरामी वार्डमा पनि मृत्यु भएको थियो । अहिलेचाहिँ वार्डमा पनि चाहिने मेसिन चलाइदिएका छौं । वार्डमै मृत्यु हुने संख्या पनि न्यून छ,’ डा पौडेल भन्छन् ।

    वीर अस्पतालमा २ सय ३० सम्म्म पुगेको कोभिड बिरामीको चाप अहिले घटेर १ सय ४४ पुगेको छ । दिनमा १४/१५ जनाको दरले निको हुने संख्या पनि बढ्दै गएको अस्पतालको निर्देशक डा शान्ता सापकोटा बताउँछिन् । मृत्यु हुने संख्या पनि वैशाखको अन्तिम साताको तुलनामा निकै घटेको उनको दाबी छ । ‘वैशाखको अन्तिम सातासम्म बिरामीको सख्या बढेको बेला मृत्यु संख्या पनि बढेको थियो । अक्सिजन पनि अभाव थियो । अहिले मृतक संख्या ३/४ जना हुन्छ,’ डा सापकोटा बताउँछिन् ।

    टिचिङ अस्पताल महाराजगञ्जमा बिरामीको चाप घटेको छ । ‘पहिला नियमित ६० जना भर्ना हुन्थे । अहिले नियमित २५ देखि ३० जना हुन्छ । ६ दिनयता घट्न थालेको छ,’ अस्पतलाका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दास बताउँछन् ।

    उनका अनुसार मृत्यु हुनेको संख्या पनि ६ दिन अघि १० जना पुग्थ्यो भने अहिले आधा घटेको छ । अन्य अस्पतालमा पनि अहिले विस्तारै चाप घट्दै गइरहेको त्यहाँ कार्यरत डाक्टरहरू बताउँछन् ।

    त्यसैगरी संक्रमणबाट निको हुने दर पनि अहिले बढेको छ । बुधबारको अपडेटअनुसार निको हुने दर ७६.९ प्रतिशत छ ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवम् जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी संक्रमितहरू सरुदेखि नै सजग हुन थालेकाले निको हुने दर बढेको बताउँछन् । ‘पहिले धेरै मानिस सुरुमै गएर अस्पताल बसे ।

    अस्पतालको शय्या कमी भएका कारण त्यो पनि हो । सामान्य अवस्था हुँदा नि गएर बसिदिए । जसलाई भर्ना गर्नुपर्ने थियो, ती आउँदा बेड पाएनन् । ढिलो गरेर जाँदा ज्यान जोखिममा पर्छ भन्ने चेतना भयो । अहिले दुई तीन दिनमै छातीको एक्स रे गराएर निमोनिया छ कि छैन भनेर आफैं पनि नियाल्न थाले । यसले गर्दा निको हुने दर बढ्यो,’ डा मरासिनी भन्छन् ।

    भेन्टिलेटर र आईसीयू अभाव कायमै

    बिरामीको चाप घटेका तिनै अस्पताहरूमा भने भेन्टिलेटर र आईसीयू अभाव भने कायमै छ । टेकुमा पनि गम्भीर प्रकृतिका बिरामीको व्यवस्थापन गर्न भने समस्या छ । आइसियु र भेन्टिलेर अभावले क्रिटिकल बिरामीको उपचार गर्न कठिन छ ।

    ट्रमा सेन्टरमा पनि आईसीयू र एचडीयू चाहिने बिरामी धेरै छन् । ‘आज पनि हाम्रो वार्डमा ७ जनालाई आइसियु चाहिएको छ । तर हामीसँग आइसियु १० वटा छ, त्यो सबै भरिभराउ छ,’ निर्देशक डा पौडेल भन्छन् ।

    वीर अस्पतालमा पनि दैनिक आइसियु चाहिने बिरामी ८ जना हुन्छन् । ती बिरामीलाई आइसियु र भेन्टिलेटर उपलब्ध गराउन समस्या नै भएको निर्देशक डा. सापकोटा सुनाउँछिन् । क्रिटिकल पेसेन्ट बढेकै छन् ।

    जनरल बिरामी घटेका छन् । टिचिङ अस्पताल महाराजगञ्जको अवस्था पनि उस्तै छ । अस्पतालमा हाल आइसियुमा ५२ र भेन्टिलेटरमा २९ जना छन् । तत्काल आइसियु चाहिने ८ जना बिरामी वार्डमा छन् । ‘पाउने सम्भावना छैन । कसैको मृत्यु भयो वा कोही डिस्चार्ज नगरी व्यवस्थापन गर्न सकिन्न,’ डा. सन्तकुमार दास बताउँछन् ।

    गाउँमा भने संक्रमणको जोखिम

    कोरोना संक्रमणबाट निको हुने दर बढे पनि गाउँमा भने जोखिम कायमै रहेको बताउँछन् । जनस्वास्थ्यविद् डा. मरासिनी सहरी इलाकामा संक्रमणदर घट्न थाले पनि गाउँमा भने जोखिमको डर रहेको बताउँछन् ।

    ‘सहरी इलाकामा केही घट्न सुरु भएको छ । काठमाडौं, वीरगञ्ज, पोखरा, नेपालगञ्ज लगायतका उपत्यकामा संक्रमण मत्थर भएका छन् । सहरहरूमा चाप घट्न सुरु भएको छ । तर संक्रमण गाउँ पस्यो । गाउँमा फैलने क्रममा छ,’ डा. मरासिनी भन्छन् ।

    गाउँमा जनस्वास्थ्यका मापदण्ड नअपनाएर विवाह र पूजामा भेला हुने क्रम अझै रहेकाले जोखिम बढ्ने उनको अनुमान छ । त्यसमाथि परीक्षणको दायरा पनि सरकारले गाउँ गाउँमा बढाउन नसकेको उनी बताउँछन् ।

    ‘गाउँमा परीक्षण हुने सम्भावना पनि एकदम कम छ । सरकारी टोली गएर स्याम्पल ल्याएर टेस्ट गर्ने अनि संक्रमित को हो, होइन भनेर छुट्यायो भने मात्र हो । पोजेटिभ भएको मान्छे पनि संक्रमितको संख्यामा अझै गनिएका छैनन्,’ उनी भन्छन् ।

    सरकारले आफूसँग भएको परीक्षणको माध्यम प्रयोग गर्न नसकेको उनको गुनासो छ । ‘सरकारी कार्यक्रम नै भएन । चीनले दिएका मोबाइल पीसीआर कहाँ गए ? त्यो काम नलाग्ने बनिसकेका होला । चीनले ठूलै संख्यामा पीसीआर मेसिन मोबाइल भ्यानमा राखेर ल्याब लगे गाउँमा पीसीआरको टेस्ट गर्न सकिन्थ्यो,’ उनी भन्छन् ।

    डा. सागरराज भण्डारी पनि गाउँमा परीक्षणको दायरा बढाउन नसकिएको बताउँछन् । ‘गाउँ गाउँमा टेस्ट उपलब्ध छैन । टेस्ट, आइसोलेट, ट्रिटमेन्ट यी तीन कुरामा ध्यान दियो भने महामारी तुरुन्तै कम गर्न सकिन्छ । हैन भने गाउँ गाउँमा गइरहेको हुन्छ,’ उनी भन्छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरराज अधिकारी पनि ग्रामीण क्षेत्रमा संक्रमण बढ्दै गइरहेको स्वीकार्छन् । ‘ग्रामीण क्षेत्रमा संक्रमणको जोखिम डरलाग्दो छ । नियन्त्रण गर्ने भनेको गाउँमा क्वारेन्टिनमार्फत् हो,’ उनी भन्छन् ।

    गाउँमा संक्रमण नियन्त्रण गर्न मन्त्रालयले परीक्षणको दायरा अझै बढाउने प्रयास गरिरहेको डा. अधिकारीको दाबी छ ।

  • भारतमा बढ्दो संक्रमण र यसका मुख्य कारकहरु

    भारतमा बढ्दो संक्रमण र यसका मुख्य कारकहरु

    काठमाडौं । सन् २०२० को मार्चको शुरुवातमा नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार जना सहभागी भएका र त्यहाँ नेपालसहित एसियाका कैयौँ देशका मुस्लिम समुदायका नागरिकहरु सहभागी भएका थिए ।

    गत वर्ष पनि कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएका बेला यो धार्मिक सभा भएको थियो । सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका मानिसमा गरिएको परीक्षणमा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको थियो । सो सभामा सहभागीहरुबाट नै भारतका धेरै राज्यमा यो संक्रमण पुगेको बताइएको थियो ।

    यतिमात्र नभएर भारतमा सो सभाबाट फर्किएला मानिसहरुबाट पछि अरु देशसम्म पनि यो संक्रमण पुगेको भनी नेपालसहित अरु पनि एसियाली देशमा सो सभाबाट फर्किएका मानिसहरुको खोजी भएका समाचारहरु आएका थिए ।

    त्यतिबेला भारतीय सञ्चारमाध्यमहरुले दिएअनुसार उक्त सभामा नेपालसहित अफगानिस्तान, मलेसिया, इन्डोनेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुकका नागरिक सहभागी भएका थिए । यसअघि मलेसिया र दक्षिण कोरियामा पनि यस्तै धार्मिक सभाहरुबाटै कोरोनाकोभाइरस मुलुकभर फैलिएको बताइएको थियो ।

    त्यतिबेला मुस्लिम सभाबाट कोरोना फैलिएको भनेर भनिएजस्तै अहिले पनि भारतीय सञ्चारमाध्महरुले हाल त्यहाँ विस्तारित दोस्रो लहरको विस्तारको कारक पनि अघिल्लो महिना भारतको हरिद्वारमा भएको कुम्भ मेलालाई बनाएका छन् । अघिल्लो महिना अर्थात् अप्रिलमा कुम्भमेला नुहाउन पुगेका लाखौं तीर्थयात्रीलाई नै भारतमा अहिले कोरोनाभाइरस (कोभिड-१९) को दोस्रो लहर फैलाउने कारकका रुपमा लिइएको छ ।

    हुनपनि कुम्भ मेला नुहाउन शुरु भएसँगै यता भारतमा कोभिडका संक्रमितहरु थपिने क्रम शुरु भएको हो । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै शुरु भएको आशङ्का अहिले देशव्यापी बनेको छ । शुरुमा यही मेलामा गएर फर्किएका मानिसबाट शुरु भएको भनिएकोमा अहिले पुष्टि नै भएको बताइएको छ ।

    अप्रिलको शुरुवातबाट शुरु भएको यो मेलामा अप्रिल १२ मा एकैदिन कम्तीमा पनि ३० लाख मानिसले कुम्भमेलामा गंगा स्नान गरेका थिए । यस मेलाका क्रममा यहाँका गंगामा स्नान गर्दा मानिसको सबै पाप पखालिने विश्वास भारतीय हिन्दू धर्मावलम्बीहरुमा रही आएको छ । अप्रिलको शुरुवातबाटै शुरु भएको यो मेला त्यस दिनसम्म आइपुग्दा भारतमा एक लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित पनि फेला परेका थिए । यही हप्तादेखि नै संधmमण संख्याको आधारमा भारतले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको थियो ।

    यहाँका स्थानीय सरकारहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेका र सुरक्षा अधिाकरीहरु पनि खटाएका भए पनि त्यो सम्भव नभएको स्वास्थ्य अधिकारीहरु बताउँछन् । उनीहरु त्यति ठूलो भिडमा जनस्वास्थ्यको नियम पालना गराउनु असम्भव नै रहेको बताउँछन् । यो मेला सकिने अन्तिम साता अप्रिल २५ देखि मे १ सम्ममा उत्तराखण्डमा मात्र करिब ४० हजार जना नयाँ संक्रमित थपिएका थिए ।

    आधाभन्दा पनि बढी मास्क नलगाएका लाखौँ लाख तीर्थालुहरुको ठूलो समूह नदीको किनारामा बसेर गंगा स्नान गर्ने, भजन किर्तत गर्ने तथा आजापूजा गर्ने गरेका थिए । यहाँबाट कोरोना संक्रमण फैलिन मद्दत पुगेको यहाँका जनस्वास्थ्य विद्हरुको राय छ । उनीहरु भन्छन् ‘हामीलाई यसअघि नै चर्च र मन्दिरमा गएर प्रार्थना गर्ने कार्यबाट निकै ठूलो मात्रामा नै कोरोना संक्रमणण फैलिनसक्छ भन्ने लागेको थियो नभन्दै त्यस्तै भएको छ, वास्तवमा अहिलेको यो संक्रमणका लागि सबै या पूरै यही कारण नै हो भन्न त सिकँदैन तर यसपालिको महामारी विस्तारमा यो मेलाका ठूलो हात भने छ ।’

    भारतका राज्य सरकारहरुले कुम्भमेलाबाट फर्किएका मानिसलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका थिए । तर लाखौँलाख मानिस घर फर्किएर यो नियम पालना नगरेको अधिकारीहरुले बताएका छन् । राजस्थानका स्वास्थ्य अधिकारीहरुले त राज्यमा कोरोना संक्रमण फैलिनुमा कुम्भमेलामा गएका तीर्थयात्रीहरु दोषी रहेको बताएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा संक्रमण फैलाउन उनीहरुले भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ ।

    महिना दिन चलेको सो मेलामा करिब ९१ लाख तीर्थयात्रीले हरिद्वारको भ्रमण गरेको मेला आयोजकहरु बताउँछन् । भारतमा चलि नै रहेको यस्तो महामारीको बीचमा कुम्भ मेलालाई अनुमति दिएर सरकारको आलोचना पनि व्यापक मात्रामा भएको थियो । यसअघिका प्रायः मेला तथा यस्ता सार्वजनिक कार्यक्रमहरु गर्न नदिएको सरकारले कुम्भ मेलाको आयोजना गर्न दिँदा विवाद भएको थियो ।

    उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले बीबीसीसँगको कुराकानीमा कुम्भ मेलालाई सीमित संख्याका मानिसहरु मात्र उपस्थित हुन दिएर एक प्रकारको प्रतिकात्मक कार्यक्रमका रुपमा मेलाको आयोजना गर्ने योजना रहेको बताएका थिए । भारतका विशेषज्ञहरुले यो महामारी अब छिटै सकिने सम्भावना नरहेकोले मेलाको आयोजना पूर्ण रुपमा खुला गरेर गर्न नहुने बताएका र आफूहरुले पनि त्यसै गर्ने योजना बनाएको भए पनि पछि सरकारले खुला गरेको उनको भनाई छ ।

    भारतको अहिलेको अवस्था

    भारतमा कोरोना विरुद्धको खोप पनि लगाइएको छ । यसलाई भारतले राष्ट्रव्यापी अभियानकै रुपमा शुरु गरेको थियो तर दोस्रो लहरका कारण त्यहाँ गाह्रो भएको छ । तर पनि अघिल्लो हप्तासम्म भारतले करिब चार करोड मानिसलाई खोप दिइसकेको छ । भारतमा नै बनेको कोभ्याक्सिनको दुवै डोज लगाएका मानिस पनि संक्रमित भने भएकै छन् । यो खोप लगाएका १७ लाख मानिसमध्ये करिब ८ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अप्रिलको अन्त्यतिर गरेको एक अनुसन्धानमा जनाएको थियो ।

    भारतले फ्रन्टलाइन र जोखिम समूहलाई मात्र खोप दिएको छ । पहिलो डोज लगाएका धेरैजसो संक्रमित फ्रन्टलाइन कामदार र स्वास्थ्यकर्मी हुन् । उनीहरु धेरै व्यक्तिको सम्पर्कमा आउनुपर्ने भएकाले नै यही वर्गलाई सबैभन्दा पहिला खोप दिइएको भारतीय स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आइसीएमआरका महानिर्देशक डा.बालराम भार्गवले बताएका थिए ।

    भारतमा डबल म्युटेन्ट भाइरस भेटिएको पुष्टि भइसकेको छ । नयाँ प्रजातिको यो भाइरसका कारण पहिलो लहरको तुलनामा दोस्रो लहरमा यति बिघ्न सङ्क्रमण फैलिएको गत मार्च २४ मा भारतको स्वास्थ्य मन्त्रालयले एक प्रेस वक्तव्यमा जनाएको छ । अझ त्योभन्दा पनि ठूलो चिन्ताको विषय त यो भएको छ कि कतै नयाँ प्रजातिको यो भाइरसले देशव्यापी रुपमा दिइएको खोपलाई नै प्रभाव पार्ने पो हो कि अर्थात् यो नयाँ प्रजातिलाई खोपले काम गर्ने हो कि नगर्ने भन्ने हो । तर अनुसन्धानहरुले खोपले यो नयाँ प्रजातिको संक्रमणलाई पनि काम गरिरहेको देखाएका छन् ।

    यहाँ अप्रिलको शुरुदेखि नै संक्रमण दिन प्रतिदिन बढ्दै गयो । अहिले पनि केही दिनयता देखि यसको दरमा कमी आएको देखिएको छ । अप्रिलको अन्त्यसम्म यहाँ प्रतिदिन कम्तीमा पनि चार लाख संक्रमित देखिएका थिए भने अहिले त्यसमा कमी आएको छ । यहाँ पछिल्लो समयमा दुई लाखभन्दा बढी सङ्क्रमित हरेक दिन थपिएका छन् ।

    -रासस

  • कैलालीमा ३७३ जनामा संक्रमण, ३ जनाको मृत्यु

    कैलालीमा ३७३ जनामा संक्रमण, ३ जनाको मृत्यु

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५५ जनाको परिक्षण गर्दा कैलालीका ३७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    धनगढी उपमहानगरपालिका भित्रका १७६जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका अन्य स्थानीय तहमा १९७जना संक्रमित भएका छन् ।
    कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा ६० जनामा संक्रमण पुष्टि भएको छ ।

    अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १११ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १६जना आइसियुमा छन् ।

    पछिल्लो २४ घण्टामा १३ जना निको भएका छन् भने ८ जना अस्पताल भर्ना भएका छन् । पछिल्लो २४ घण्टामा धनगढीमा ३जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कंचनपुर पुनर्वास ६ र १३ का १र१ जना तथा कैलाली धनगढी १ का एक जनाको मृत्यु भएको छ ।

  • कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

    कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

    रुपन्देही । कोरोना महामारीको दोस्रो लहरमा कपिलवस्तु जिल्लामा मृत्यु हुनेको संख्या निकै बढेको छ । दोस्रो चरण लागेसँगै जिल्लामा मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।

    यो सहित अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल प्रशन उमेशचन्द्र घिमिरेले पहिलो र दोस्रो चरणमा गरी मृत्यु हुनेको सँख्या १ सय २२ पुगेको बताए । उनले दोस्रो चरण शुरु भएको छोटो समयमा नै मृत्युदर बढेको बताए ।
    जिल्लामा संक्रिय संक्रमित १४ सय ७० जना छन् भने कुल संक्रमित ४हजार १ सय २७ रहेकोमा निको हुने ३६ सय ५७ रहेका छन् । कोरोनाको रोकथाम नियन्त्रण गर्न कपिलवस्तुमा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा गरिएकोमा सक्रिय संक्रमितको सख्या बढ्दै गएपछि जेष्ठ १० गतेसम्म निषेधाज्ञा थप गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

    भारतमा रोजगारी गर्न गएका नेपाली बढनी नाका हुँदै कृष्णनगरबाट दैनिकजसो सयदेखि डेढ सयको हाराहारीमा आएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य परीक्षणपछि मात्र छाडिने भएपनि संक्रिय सक्रमितलाई भने होम आइसोलेसनमा राखि १० दिनपछि मात्र छाड्ने गरिएको छ ।

    उता जिल्ला अस्पताल कपिलवस्तुमा कोरोना संक्रमित विरामी बढेपछि प्रयाप्त अक्सिजन अभावमा उपचारमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर किशोर बन्जाडेले बताए । जिल्लामा कपिलवस्तु अस्पतालसहित पिपरा अस्पताल, चारनम्वरस्थित सामुदायिक अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार हुने गरेको छ ।

     

     

  • कैलाली र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि

    कैलाली र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि

    कैलाली । कैलाली र  कञ्चनपुरमा सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कैलालीमा १२ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ७२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलालीको धनगढीका ४ जना, जोशीपुरका तिन जना, जानकी गाउँपालिकाका एक जना,गोदावरी नगरपालिकाका २ टिकापुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

    कञ्चनपुरको भिमदत्त नगरपालिका २ जना र कृष्णपुर नगरपालिकाका एक जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।