Tag: शेयर बजार

  • नेप्सेमा सात अर्ब ५८ करोड बराबरको शेयर सूचीकृत

    नेप्सेमा सात अर्ब ५८ करोड बराबरको शेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे सात अर्ब रुपैयाँभन्दा बढीको शेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हो ।

    सूचीकृत शेयरमध्ये ३ अर्ब ९१ करोड बराबरको हकप्रद रहेको छ । यसका साथै ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको बोनस शेयर रहेको छ भने ४७ लाख बराबरको एफपीओ रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

  • सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा

    सरकार परिवर्तनपछि सेयर बजार ‘पर्ख र हेर’ को अवस्थामा

    काठमाडौं । देशमा हुने राजनीतिक उतारचढावको सिधा असर सेयर बजारमा पर्ने गर्छ । त्यही भएर सेयर लगानीकर्ताहरु देशको राजनीतिमा नजर राखिराख्छन् ।

    हालैको सर्वोच्च अदालतको फैसला र त्यसपछि सरकार परिवर्तनले सेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने ब्यापक चासो छ । प्रारम्भिक तीन दिनको रुझान हेर्दा नेप्से सकारात्मक दिशातर्फ उन्मुख छ, तर आगामी दिनहरुमा यसै होला भन्ने सकिने अवस्था छैन ।

    गत आइतबार नेप्से कारोबार शुरु हुँदा केपी शर्मा ओलीको सरकार थियो र अर्थमन्त्रीमा थिए विष्णु पौडेल । तर कारोबारको अन्तिम दिन विहीबार आइपुग्दा शेरवहादुर देउवा प्रधानमन्त्री बनेका छन् भने माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आएका छन् । कम्युनिष्ट सरकारसँग आश्वस्त नभएका लगानीकर्ताले विष्णु पौडेललाई अर्थमन्त्री पाएपछि पत्याएका थिए । अहिले जनार्दन शर्मा अर्थमन्त्रीको पहिलो पदभार ग्रहण गर्दा शेयरबजार ‘पर्ख र हेर’ को स्थितिमा छ ।

    गत जेठ ३१ गते नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नेप्सेको इतिहासमा ३ हजार विन्दु पार गर्नसाथ धितोपत्र बोर्डले असार १ गते ५१ वटा कम्पनीको सूची निकाल्यो । त्यसपछि ओरालो लागेको नेप्से गत आइतबार ७३ अंकले बढ्दै २९ सय विन्दुको छेउ पुग्दा अरबौ गुमाइसकेका लगानीकर्तामा केही आशाको दियो बल्न पुग्यो । सोही दिन कारोबार रकममा पनि धेरै दिनपछि दोब्बरको वृद्धि हुँदै ८ अर्ब पुगेको थियो ।

    सोमबार देशको राजनीतिमा ट्वीस्ट ल्याउँदै सर्वोच्च अदालतको फैसलामार्फत काग्रेसका सभापति शेरवाहादुर देउबा प्रधानमन्त्री बने । त्यसले लगानीकर्ता हतोत्साही बन्दा बजारमा ४५ अंकको गिरावट आयो । तर, कारोबार रकम भने बढेर १० अर्ब पुग्यो ।

    नयाँ सरकारमा अर्थमन्त्री पनि नेपाली कांग्रेसकै हुने सबैको आँकलन थियो । उद्योगपति विनोद चौधरीदेखि ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा आएको थियो । त्यही माहोलमा शेयरबजार १६ अंकले बढ्न पुग्यो ।

    सबैको आँकलन विपरित माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा आए । विगतमा उर्जामन्त्रीको पदमा रहँदा देशमा लोडसेडिङ अन्त्य गरेको जस पाएका नेता शर्मा बाट लगानीकर्तामा सकारात्मक प्रभाव देखिए पनि पूर्ण विश्वासको अवस्था छैन ।

    बुधबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दैगर्दा शर्माले शेयर बजारमा उत्साह जनाउने का मगर्ने बताएका छन् । तर यी दुई दिनमा शेयर बजार भने धर्मराइरहेको अवस्था छ ।

    नयाँ अर्थमन्त्री नियुक्त भएको दिन बुधबार झिनो एक अंकले बजार बढ्यो भने विहीबार ११.३३ अंकले बढ्दै २८८३.३८ विन्दुमा रोकिएको छ । विहीबार ५ करोड ८५ लाख २ हजार १०९ कित्ताको किनबेचमा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    लगानीकर्ताले पत्याएका अर्थमन्त्री पौडेल गए पनि अब नेप्से केही समय बढ्ने लयमा रहेको बताउँछन् शेयर विश्लेषक प्रकाश तिवारी । उनका अनुसार नयाँ अर्थमन्त्रीको कारणले नभइ बजार आफ्नै लयमा हिँडिरहेको छ । अब सेयर बजार ३५ सयको हाराहारीमा पुगे पनि पहिलाको जस्तो कुनै पनि कम्पनीको शेयर मूल्य अत्यधिक बढ्ने र घट्ने नहुने उनको भनाइ छ ।

  • दोहोरो अंकले घट्यो नेप्से

    दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक आज १३.५६ अंकले घटेको छ । बुधबार ३ करोड १३ लाख ५४ हजार २२ कित्ताको करोबारमा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    आज अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।

    नेपाल इन्स्योरेन्स कम्पनीलगायत ९ कम्पनीको शेयर मूल्य करिब सर्किट ब्रेक लाग्ने अवस्थामा पुगेर कारोबार बन्द भएको छ ।

  • झण्डै २४ लाख कित्ता आईपीओ जारी गर्दै डिसहोम

    झण्डै २४ लाख कित्ता आईपीओ जारी गर्दै डिसहोम

    काठमाडौं । डीस होम २०१७ मा पव्लिक कम्पनीमा भएपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।

    ५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल डीस होमले ग्राहकलाई बितरण गर्दै आएको छ । यसका साथै कम्पनीले ७० वटा प्रिमियम च्यानल र आफ्नै १६ वटा आफ्नै च्यानल समेत प्रसारण गर्दै आएको छ ।

    ११ लाख ग्राहक रहेको डिसहोमले ग्रामिणस्तरसम्म स्याटालाइटमार्फत् इन्टरनेट पुर्‍याउने तयारीसमेत अगाडि बढाइरहेको छ ।

    २०१८ मा ३ अर्ब ९५ करोड, २०१९ मा ४ अर्ब २५ करोड र गत वर्ष ५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले पछिल्ला तीन वर्षमा औषत ३० प्रतिशतका दरले आम्दानी बृद्धि गरेको छ । आम्दानी बढ्दै जाँदा डिसहोमले ऋण भने घटाउँदै लगेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७ करोड ८० लाख रुपैयाँ ऋण घटाएर कुल ऋण २ अर्ब २४ करोड ५० लाख पुर्‍याएको छ ।

    २०२० मा ग्राहकको संख्या ४.०४ प्रतिशतले बढाएको कम्पनीको सब्सक्रिप्सनबाट हुने आम्दानी २४.४९ प्रतिशत पुगेको छ ।

    कम्पनीको पुँजीगत संरचनातर्फ ४७ प्रतिशत हङकङको स्यान्डमाार्टिन इन्टरनेशनल होल्डिङ कम्पनी र बाँकी ५३ प्रतिशत नेपाली लगानीकर्ताको हिस्सामा छ । कम्पनीको अध्यक्षमा हेमराज ढकाल र प्रवन्ध निर्देशकमा सुदिप आचार्य हुन् ।

  • दोहोरो अंकले घटेको नेप्सेमा ८ अर्बको कारोबार

    दोहोरो अंकले घटेको नेप्सेमा ८ अर्बको कारोबार

    काठमाडौं । नेप्से परिसूचक मंगलबार ११.६८ अंकले घटेको छ । बजार खुलेदेखि नै फ्लकचुएट भइरहेको नेप्सेमा आज कारोबार रकम पनि न्यून भएको छ ।

    आज १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ताको किनबेचमा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज २१६ वटा कम्पनीको शेयर किनबेचमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको शेयर ५७ करोड रूपैयाँ बराबरको भएको छ । यसैगरी, लुम्बिनी विकास बैंकको शेयर कारोबार ३० करोड रुपैयाँ बराबरको भएको छ ।

    आज कालिका पावर कम्पनीका शेयर धनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् । यसैगरी लुम्बिनी बिकास बैंकका शेयर धनीले पनि ८ प्रतिशतभन्दा माथिले कमाइ गर्न सफल भएका छन् ।

    आज नेप्से परिसूचकको उप–समूहअन्तर्गत विकास बैङ्क, फाइनान्स र अन्य समूह बाहेक सबै उप–समूह रातो भएका छन् । आज नेप्से परिसूचक २७७१.१५ विन्दुमा रोकिएको छ ।

  • दोहोरो अंकले बढेको नेप्सेमा १० अर्ब माथिको कारोबार

    दोहोरो अंकले बढेको नेप्सेमा १० अर्ब माथिको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन आइतबार ५४.२६ अंकले बढेको छ । आज दोहोरो अंकले बढेको नेप्से परिसूचक आज २७३८.३० विन्दुमा पुगेको छ । आज २.०२ प्रतिशतले बढेको नेप्सेमा आज २ करोड १३ लाख २८ हजार ८८२ कित्ताको किनबेचमा १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबारमा आएका २१४ वटा कम्पनीमध्ये ८ ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएका छन् । आज कारोबार रकम पनि अन्य दिनको तुलनामा करीब तीन अर्बले बढी भएको छ । अहिले व्यापार व्यावसायका अन्य क्षेत्र बन्द भएकाले पनि लगानीकर्ता शेयर बजारमा आकर्षित भएको लगानीकर्ता बताउँछन् ।

    ‘अहिले लगानीकर्ताले उच्च मनोबलसँगै लगानी गरेकाले पनि बजार बढ्नमा टेवा पुगेको हो,’ लगानीकर्ता विनोद श्रेष्ठले बताए ।

    आज सबैभन्दा धेरै पुर्नबीमा कम्पनीको शेयर कारोबार भएको छ । आज पुर्नबीमाको आज ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, एनसीसी बैंकको ३१ करोड रुपैयाँ बराबरको भएको छ ।

    त्यस्तै, नेपाल इन्फ्रास्ट्रकचर बैंकको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै रु रु जलविद्युत कम्पनीका शेयर धनीले कमाएका छन् । आज रु रु जलविद्युतको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

    यसैगरी शिखर इन्स्योरेन्स कम्पनीलगायत अन्य सात वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सबै समूहका उप–सूचकहरु हरिया भएका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहको उप–सूचक सबैभन्दा बढी ४ दशमलव २८ प्रतिशतले बढेको छ । यसैगरी, जीवन बीमा कम्पनी समूहको उप–सूचक ३ दशमलव ०४ प्रतिशतले बढेको छ ।

  • नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने ७ अर्ब माथि

    नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने ७ अर्ब माथि

    काठमाडौं । शेयर बजार परिसूचक नेप्से १.१३ अंकले बढ्दै २६५८.७४ अंकको अहिलेसम्म कै उच्च बिन्दुमा कारोबार बन्द भएको छ ।

    २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेचबाट ७ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    त्यस्तै ‘क’ बर्ग कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १।०९ अंकले बढ्दै ४७१.८४ अंकको बिन्दुमा पुगेको छ ।

    समूहगत परिसूचक तर्फ हेर्ने हो भने बैंकिङ , बिकास बैंक , वित्त कम्पनी , नीर्जीवन बीमा समूह , जीवन बीमा र लगानी समूहको कारोबारमा घटेको छ । १०६.६१ अंकको गिरावट आएको नीर्जीवन बीमा समूहमा सबैभन्दा बढी कारोबार भएको छ ।

    त्यस्तै ब्यापार समूहका कम्पनीहरुको कारोबार सबैभन्दा बढी बृद्धि देखिएको छ । उक्त समूहको सुचाङ्क १३२.६५ अंकले बढेको छ भने होटल तथा पर्यटन समूहको सुचाङ्क ११४.८ अंकले बढ्दै दोस्रो स्थानमा रहेको छ ।

    जलबिद्युत समूहको ४६.४९, उत्पादन समूहको २४.८, अन्य समूहको ३३.०२ , वित्त कम्पनीको ३४.६३ र सामूह लगानी कोषको ०.०५ अंकले बढेको छ ।

    एनसनआइसी एसीया लघुवित्त कम्पनी , राधी विद्यूत कम्पनी , वोमी लघुवित्त वित्तीय संस्था र सानीमा जनेरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट नजिक रह्यो ।

    त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ३.३६ प्रतिशतले गुमाएका छन् । ३४ करोड ७५ लाख कित्ता सेयर खरिदविक्री गरेको माथिल्लो तामाकोशी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

  • २४ अंकले घटेको शेयर बजारमा अपर तामाकोशीको मूल्य १० प्रतिशतले बढ्यो

    २४ अंकले घटेको शेयर बजारमा अपर तामाकोशीको मूल्य १० प्रतिशतले बढ्यो

    काठमाडौं । नेप्से परिसूच सोमबार २४.०८ अंकले घटेको छ । आज भएको एक करोड ९ लाख ३१ हजार ३५८ कित्ताको किनबेचमा ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर ४६ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, नेपाल बैंकको ३१ करोड, नेपाल लाईफ इन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज अपर तामाकोशीको शेयर १० प्रतिशतले बढेको छ ।  आज पनि चन्द्रागीरि हिल्सको शेयर मूल्य करीब १० प्रतिशतले नै बढेको छ । आज होटल समूह र जलविद्युत समूहको बाहेक सबैको सूचक घटेको छ ।

  • मंगलबार शेयरमा तीब्र उत्तर–चढाब, २१ अंकले घट्यो नेप्से

    मंगलबार शेयरमा तीब्र उत्तर–चढाब, २१ अंकले घट्यो नेप्से

    काठमाडौं । मंगलबार शेयर बजारले निकै उत्तर–चढाव वेहोर्‍यो । कारोबार भएको प्रि– ओपन सेशनमा नै नेप्से परिसूचक १९ अंकभन्दा माथि बढेको थियो । त्यसपछि लगातार घटेको नेप्सेमा २ घण्टाको कारोबार समयमा तीब्र गिरावट भयो ।

    करीब एक बजेको समयमा बजार खुलेको विन्दुबाट ६६ अंकले नेप्से घट्न पुगेको थियो । घटेको नेप्से पुन बढ्दै २,५८६ दशमलव ५१ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक २१ दशमलव १६ अंकले घटेको छ ।

    आज नेप्से घट्नु पर्ने कुनै पनि कारण नभएको शेयर विश्लेषकले बताएका छन् । आज भएको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ताको किनबेचमा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    आज नीफ्राको शेयर मूल्यमा सकारात्मक र नकारात्मक सर्किट ब्रेक लाग्यो । तर, आज सबैभन्दा धेरै नीफ्राको शेयर कारोबार भएको छ । आज नीफ्राको ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    यसैगरी अपर तामाकोशीको शेयर ४३ करोड, नबिल बैंकको शेयर ३७ करोड एनआइसीए बैंकको शेयर ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा नेपाल फाइनान्स लिमिटेड, अपी हाइड्रो पावर रहेका छन् ।

    कारोबारको २० मिनेटपछि नीफ्राले १० प्रतिशत मूल्य गुमाएको थियो ।

  • शेयर बजार ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार

    शेयर बजार ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दु हो ।

    आज एकैदिन ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।