Tag: शेयरबजार

  • शेयर बजारमा हरियाली, ६३.३८ अंकले बढ्यो नेप्से

    शेयर बजारमा हरियाली, ६३.३८ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६३.३८ अंकले बजार बढेको हो ।

    आज परिसूचक २५३८.४७ अंकमा पुगेको छ । केही दिन कारोबार घटेकोमा आज पुनः ५ अर्बभन्दा धेरै पुगेको छ ।

    साताको पहिलो दिन आज २ सय ६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५ सय ६९ रुपियाँ बराबरको कारोबार भएको हो ।

    सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७४२ं.७६ अंक र निर्जीवन बीमा समूह ५६१.३४ अंकले बढेको छ ।