Tag: शिष्टाचार भेट

  • गृहमन्त्री खाण र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

    गृहमन्त्री खाण र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले शुक्रबार  शिष्टाचार भेट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

    भेटमा गृहमन्त्री खाणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरे । त्यस्तै नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरे ।

    ‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्टे«लियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाणले भने, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाइका अलवा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने बातावरण मिलाउन पनि आग्रह छ ।’

    जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताइन्।

  • कतारको उच्चस्तरीय टोली र श्रममन्त्री श्रेष्ठविच शिष्टाचार भेट

    कतारको उच्चस्तरीय टोली र श्रममन्त्री श्रेष्ठविच शिष्टाचार भेट

    काठमाडौं । नेपाल कतार संयुक्त समितिको चौथो बैठकका लागि नेपाल आएको कतारको उच्चस्तरीय टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीसंग शिष्टाचार भेट गरेको छ ।

    कतारको श्रम मन्त्रालयका सचिव महमद हसन अल लवाद्ली नेतृत्वको टोलीसंगको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

    कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको मन्त्री श्रेष्ठले बताए । दुई देशबीच हुने संयुक्त समितिको वैठकले सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने बिश्वास व्यक्त गरे ।

    दक्ष जनशक्ति विकासका लागि संयुक्त रुपमा काम गर्ने, कतारबाट फर्केका श्रमिकको आर्थिक सामाजिक पुनःएकीकरणका लागि संयुक्त परियोजना निर्माण गर्ने, कतार भिषा सेन्टरको व्यवस्थापनका साथै कोभिड महामारीले कतारमा रहेका नेपाली श्रमिकलाई परेको असर लगायतबारे उनिहरुविच छलफल भएको छ ।

    शुक्रबार हुने संयुक्त समितिको प्राविधिक वैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन, पुनःएकीकरण कार्यक्रम, कतारमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने लगायतका विषयमा छलफल हुनेछ ।