Tag: शव

  • स्वयम्भुमा युवकको शव भेटियो, पहिचान खुल्न सकेन

    काठमाडौं । स्वयम्भुको भगानपाउमा एक युवकको शव फेला परेको छ । अनुहारमा चोट लागेको अवस्थामा करिब २५ वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्त दिनेश मैनालीले जानकारी दिए ।

    उनका अनुसार शव आज बिहान फेला परेको हो । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।

  • आफ्नै बुबा र श्रीमतीको हत्या गरी एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला

    धनुषा । एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् ।

    भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गरी हत्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

    दुवै जनाको शव घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

    रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर शव निकालेको थियो ।

    शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शङ्का गरिएको छ ।

    स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झैझगडा हुँदै आएको थियो । सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् । रासस

  • धनुष सागर पोखरीमा भेटियो सन्तोषको शव

    धनुष सागर पोखरीमा भेटियो सन्तोषको शव

    जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक धनुष सागर पोखरीमा शुक्रबारदेखि बेपत्ता एक युवकको शव आज बिहान फेला परेको छ ।

    जनकपुरधामकै कटैया चौरी घर भएका अन्दाजी ३५ वर्षीय सन्तोष सहनीको शव फेला परेको हो । पोखरीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।

    यूवक बेपत्ता भएको कुरा जानकारी पाएलगत्तै सुरक्षाकर्मीले पोखरीमा डुंगाको सहायताले खोजतलास गरेको थियो । आज बिहान पोखरीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

    उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

  • एउटा विमान, जसले परदेशबाट नेपाली युवाको शव ओसार्छ

    एउटा विमान, जसले परदेशबाट नेपाली युवाको शव ओसार्छ

    काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ ।

    वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित राजदूतावासको आग्रहमा महिनामा निगमको एक उडान प्रयोग हुँदै आएको हो । त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरर्राष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो ।

    निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ । निगमले सबैभन्दा बढी मलेसियाबाट र अन्य खाडी मुलुकबाट पनि शव ल्याएको थियो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ ।

    निगमको जहाजले गत शनिबार एकै उडानमार्फत २४ शव र तीन अस्तु नेपाल ल्याएको थियो भने गत २०७७ माघ १० मा एकैपटक १८ शव ल्याइएको थियो । कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपालमा जारी निषेधाज्ञाका बेला निगमले हरेक महिना शव ल्याइरहेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नेपालीको मृत्यु भएपछि त्यहाँ शव अलपत्र अवस्थामा थियो ।

    निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

  • मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

    मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटियो

    काठमाडौं । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको छ । उनीहरु दुवै चिनियाँ हुन् ।

    बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी अरुण  पाेखरेलले नेपालप्रेसलाई बताए ।

    उनीहरुमध्ये यु ची झुको शव आज बिहान सिन्धुलीको खोलामा भेटिएको र गोगको मेलम्ची दोभानभन्दा केही तल फेला परेको उनले जानकारी दिए ।

    उनीहरु दुवै चिनियाँ कम्पनी सिनो हाइड्रोका कामदार रहेको पुष्टी भएको छ । उनीहरुको साथमा भटिएको परिचयपत्रको आधारमा पहिचान खुलेको हो ।

    सीडीओ नेपालका अनुसार आयोजनाका ७८ कामदारलाई उद्धार गरिएको छ भने अझै ६ जना कामदार सम्पर्कविहीन छन् ।
    उनले भने, ‘अझै पनि केही कामदार बेपत्ता भएको खबर आएकाले खोजी कार्य तीव्र पारिएको छ ।’

    हेलम्बु गाउँपालिका- १ आम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेर्डवक्समा खटिएका ३ चिनियाँ, ३ भारतीय र २ नेपाली सम्पर्कविहीन भएका थिए । बाढीमा अलपत्र परेका कामदारहरुलाई हेलिकम्पटरबाट उद्धार गरी धुलिखेल र काठमाडौं अस्पतालमा राखिएकोे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    मंगलबार परेको अविरल वर्षाका कारण हेलम्बुको आयोजनाभन्दा माथि पहिरो गएको थियो । पहिरोले नदी थुनिँदा आयोजनाको संरचनामा क्षति पुगेको छ ।

    आयोजना नजिकैको मुहानमा रहेको क्याम्प बाढीले बगाएको थियो भने आयोजनामै कार्यरत कामदारहरु बाढीमा फसेका थिए । बाढीका कारण मेलम्ची बजारको दुईसय भन्दा बढी घरहरु डुबानमा पर्नुको साथै ७ जनाले ज्यान गुमाइसकेका छन् ।

  • आमासहित छोराछोरीको शव झुण्डिएको अवस्थामा फेला

    रुपन्देही । प्युठानमा आमासहित छोरा र छोरी मृत फेला परेका छन् ।

    प्युठान नगरपालिका १ को जंगलमा झुण्डिएको अवस्थामा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    मृत फेला परेकामा आमा २७ वर्षीया गायत्री सुनार, ६ वर्षीया छोरी प्रकृति सुनार र डेढ वर्षीय छोरा सुशान्त सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

    उनीहरु प्युठान नगरपालिका २ का बासिन्दा हुन् । घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

    सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

    सोलुखुम्बु । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।

    राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए ।
    -रासस

  • कोभिड-१९ महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

    कोभिड-१९ महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

    दिल्ली । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलि-अलि छोप-छाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

    कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो ।

    जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, ‘हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौ ।’

    शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो ।

    उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले दाबीका साथ भने, ‘यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।’

    उनले केही मानिसले हिन्दु परम्परा अनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए ।

    एक जना वरिष्ट प्रहरी अधिकृत के.पी. सिंहले कोभिड-१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताए । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ, उनले भने ।

    उनले प्रचार गरिएजस्तो नभई नदी किनारामा सानो संख्यामा शव भेटिएका बताए, तर उनले वास्तविक संख्या दिन इन्कार गरे ।

    दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताए । उनले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिए ।

    हालका दिनहरुमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ ।

    राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गङ्गा नदीले छेउ लगाएका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए तर शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् ।

    उत्तर प्रदेशकै राजधानी लखनऊबाट करिब ४० किलोमिटर दक्षिणको उन्नाउ जिल्लास्थित गङ्गा नदी तटमा बालुवाले छोपेको अवस्थामा गत साता एक दर्जन शव फेला परेका थिए । जिल्ला मजिस्ट्रेट रवीन्द्र कुमारले मृत्युको कारण पहिल्याउन अनुसन्धान जारी रहेको बताएका छन् ।

    भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड–१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन् । तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् ।

    केही हप्तादेखि तिब्र गतिमा फैलिएको कोरोनाभाइरस अहिले केही मत्थर हुन लागेको सरकारका स्वास्थ्य सल्लाहकार डा. भि.के. पलले बताए ।

    भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा विगत २४ घण्टामा भारतमा तीन लाख ११ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका उल्लेख छ । यो संख्या अघिल्लो दिनको भन्दा करिब १५ हजारले कमी हो ।

    तर मृत्यु दरमा भने कमी आएको छ । विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।
    -रासस

  • देवघाटमा दोब्बर शव

    देवघाटमा दोब्बर शव

    चितवन । देशैभर कोरोना संक्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । संक्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक ७/८ वटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उनले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताए ।

    कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ ।

    घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार संक्रमण भएका दैनिक तीन÷चारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।

    गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा शवको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५/६ वटा मात्रै शव आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई सङ्क्रमणको कारण होम आइसोलेशनमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । होम आइसोलेशनमा मृत्यु भएकाहरुको शव आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।

    सामान्य अवस्थामा टाढाटाढाबाट समेत शव ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन । स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ ।

    चितवनका दुई अस्पतालमा १८ घण्टामा आठ जनाको मृत्यु

    चितवनका दुईवटा अस्पतालमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार मध्याह्न ३ः३० देखि बुधबार बिहान ९ः२६ बजेसम्म आठ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये पाँचजना ४० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् ।

    चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् । चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिए ।

    यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर-४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

  • पशुपतिमा जल्दै गरेको महिलाको शव प्रहरीले किन खोस्यो ?

    पशुपतिमा जल्दै गरेको महिलाको शव प्रहरीले किन खोस्यो ?

    काठमाडौं । पशुपतिको राममन्दिरनजिकै पञ्चदेवलमा आइतबार बिहान आगो लागेको खबर गौशाला प्रहरीमा पुग्यो । प्रहरी टोली बिहानै पञ्चदेवलमा पुग्दा प्रहरीले आगो लागेको ठाउँ शंकास्पद देखेपछि प्रहरीले खोजी गर्न थाल्यो ।

    आगो लागेको भनिएको ठाउँमा मानिसको शव जल्दै गरेको फेला पर्‍याे । गौशाला प्रहरी वृतका अनुसार आगो लागेको स्थानमा ३५ वर्षीया बबितादेवी चौधरीको शव पूरै जलेको अवस्थामा फेला परेको छ ।

    मृतक बबितादेबी र उनका श्रीमान रवि चौधरी राममन्दिर नजिकैको पञ्चदेवलमा बस्दै आएका थिए । बबिताले चार दिन अगाडी अनु थापाको मोवाइल चोरेकी थिइन् ।

    मोवाइल चोरेपछि अनु थापा र उसको साथीहरु मिलेर बबितादेबीलाई मरणाशन्‍न हुने गरी कुटे । उनीहरुको कुटपिटबाट बबिताको टाउको र आँखामा चोट लागेको थियो ।

    सोही चोटको कारण उनी उठ्न सकिनन् । उनी दुईतीन दिनदेखि त्यही सुतिरहेकी थिइन् । कुटपिटपछि घाइते भएकी उनलाई रविले अस्पताल लैजानुको साटो बेवास्ता गरे ।

    सुतिरहेकै ठाउँमा रविले खाना ल्याइदिएका थिए । ‘त यस्तो चोरी गर्ने म त सँग बस्दिन ’ भनेर उसलाई छोडेर रवि छुट्टै सुत्ने गरेका थिए । शनिवार दिउँसो अनु थापा र रविले श्रीमती लरखराउदै ढलेको देखे ।

    बबिता ढलेको देखेपछि प्राण त्यागेकोे अनु र रविले चाल पाए । उनको मृत्यु भएपछि अब के गर्ने भनेर आत्तिएर डराए । बरु पशुपतिमा ल्याउ जलाइदिउँ भनेर अनुले भनिन् ।

    रविले ‘होइन कसैलाई खबरै नगरी यसलाई एउटा खाल्डो खनेर गाडिदिनुपर्छ’ भने । मृतक अघिल्लो दिन ढलेकै ठाउँबाट उठाएर भित्र लगे । त्यहाँ राखेर ब्ल्याङकेट ओडाएर छोपेर राखे ।

    बेलुका ५ बजे रविले बबितालाई गाड्नका लागि नजिकै खाल्डो खन्ने प्रयास गरे । बेल्चाले खाल्डो खन्न सम्भव नभएपछि उनले ७ बजे आगो लगाइदिए ।

    घटना भएको भोलिपल्ट बिहान आइतबार प्रहरी पुग्दा आगो लगाएको अवस्थामा शव फेला परेको हो । घटनामा संलग्न भएको आरोपमा गौशला प्रहरी वृतले रवि चौधरी र अनु थापालाई पक्राउ गरेको छ ।

    गौशाला प्रहरी वृतका प्रहरी निरिक्षक जनक ढुंगानाले नेपालप्रेससँग भने,‘शरीर पूरै जलेर शव नचिनिने अवस्थामा फेला परेको हो । बायाँपट्टीको खुट्टा र घुँडा अलिकति भाग फेला परेको हो ।’

    प्रहरीले फरेन्सिक ल्याबमा अनुसन्धानसँगै शवलाई पोष्टमार्टम गर्न टिचिङ अस्पतालमा लगिएको छ । उनका अनुसार सुतेकै ठाउँमा शवमा आगो लगाएको थियो । त्यहीबाट शव बरामद गरेको हो ।

    मृतकका श्रीमानले शुरूमा आफूले आगो लागेको मात्रै देखेको बयान दिए तर बुझ्दै जाँदा पछि उनले खाल्डो खनेर गाड्ने योजना बनाएका थिए । तर, सफल हुन नुसकेपछि उनले शव भएकै ठाउँमा आगो लगाइदिए ।

    उनले भने,‘प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मोवाइल चोरेको कारणले गर्दा अनु थापाको कुटपिटबाट घाइते भएकी बबिता चोटपटकको कारण उनको मृत्यु भएको खुल्न आएको छ । यिनिहरुले लाश लुकाउनका लागि शव जलाए ।’

  • मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो (फाेटाे फिचर)

    मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो (फाेटाे फिचर)

    काठमाडौं । रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी  विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो ।

    मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।

    मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न मलेशियामा मृत्यु भएकाको शव नेपाल ल्याइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।