Tag: शपथग्रहण

  • वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीको सपथग्रहण

    वागमती प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीको सपथग्रहण

    काठमाडौं । वागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् ।

    नवनियुक्त उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, सामाजिक विकास मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले पद तथा गोपनीयताको सपथ गरेका हुन् ।

    मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पौडेलले सपथ गराए ।

    माओवादी र एमालेको माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री पौडेलले आजै नयाँमन्त्री नियुक्त गरेका हुन् ।

     

  • तस्बिर र भिडियोमा हेर्नुस् संवैधानिक अंगका पदाधिकारीको शपथग्रहण

    तस्बिर र भिडियोमा हेर्नुस् संवैधानिक अंगका पदाधिकारीको शपथग्रहण

    काठमाडौं । संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाएका हुन् ।

    त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले शपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी थिए ।

  • बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण

    बालुवाटारमा नेकपाका नयाँ सदस्यको शपथग्रहण

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई आजै शपथग्रहण गराएका छन् ।

    महाधिवेशन आयोजक समितिमा थपिएका ५५६ जनालाई शपथग्रहण गराइएको केन्द्रीय सदस्य माधव ढुंगेलले बताए । आजै ओलीले १९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।

    अध्यक्ष ओली प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।