Tag: वृद्धि

  • मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह

    मुख्यमन्त्री पौडेलद्धारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आग्रह गरेका छन् ।

    कोभिड-१९ संक्रमितका बिरामी बढ्दै गएको अवस्थालाई ध्यान दिइ उनले सो आग्रह गरेका हुन् । प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख र महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुसँग आज टेलिफोन सम्वादमा मुख्यमन्त्री पौडेलले प्रदेशका ११९ स्थानीय तहका पायक पर्ने विभिन्न स्थानमा आइशोलेसन कक्षको संख्या वृद्धि गर्न आह्वान गरेका हुन् ।

    स्थानीय तहका प्रत्येक वडावडामा टोल विकास संस्थामार्फत कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्ने प्रयासको लागि प्रत्येक घरदैलोमा जनचेतना अभियान कार्यक्रम सञ्चालन गर्न उनले जोड दिएका छन् ।

    उनले प्रदेश सरकारले १३ जिल्ला अस्पताल तथा कोभिड अस्पताललाई आवश्यकीय अक्सिजन, आइसीयू कक्ष, भेन्टिलेटर, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले स्रोतसाधन र चिकित्सकको उपलब्ध गराइसकिएको उल्लेख गरे ।

    यसैबीच प्रदेशको काठमाडौैँ, ललितपुर, भक्तपुर, काभ्रे र नुवाकोटको विभिन्न स्थानीय तहका टोलमा आइशोलेसन कक्षको स्थापना गरिएको छ । सरकारले ती कक्षहरुलाई आवश्यक अक्सिजन, चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताए । 

  • अण्डाको मूल्य हालसम्मकै उच्च

    अण्डाको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।

    नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो । ओलीको भनाइमा ४ वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो ।

    एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । ओलीका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अण्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दासमेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।

    सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अण्डाको लागत मूल्य ११/५३ रुपैयाँ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२/३३ रुपैयाँ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउनुहुन्छ । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।

    नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल यसअघि प्रतिकिलो ६४ रुपैयाँमा आउने सामान्य भटमासको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । त्यसैगरी हाइप्रो भटमास प्रतिकेजी ७० रुपैयाँबाट बढेर ११५ रुपैयाँ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो ७ रुपैयाँले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायतका सामग्रीमा शत्प्रतिशतसम्म मूल्य बढेको जानकारी दिए ।

    यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक पटक गरी ७ रुपैयाँ प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर ६० रुपैयाँ प्रतिकिलो पर्न आउँछ ।

    देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अण्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २५ अर्ब रुपैयाँ भन्दाबढी लगानी भएको व्यवसायीहरुको भनाइ छ ।

  • सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको ९० हजार

    सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको ९० हजार

    काठमाडौं । आइतबार सुन तोलामा सामान्य मूल्य वृद्धि भएको छ ।

    शुक्रबार तोलामा एकैपटक ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।

    कोरोना महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा लागू भएका कारण देशका अधिकांश शहरमा सुनको कारोबार भएको छैन ।