Tag: विश्व बैंक

  • विश्व बैंकसँग १५ करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर

    विश्व बैंकसँग १५ करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर

    काठमाडौं। नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि सम्झौता भएको हो ।

    यस सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

    ‘हाम्रा मुख्य प्राथमिकताहरू दिगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्यद्वारा निर्देशित छन् । जुन वित्तीय क्षेत्र विकास रणनीति ९२०७८ – २०८२० मा पनि प्रतिबिम्बित छ । जसले कोभिड १९ र जलवायु परिवर्तनका उदीयमान जोखिमहरूको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रवाहमा ल्याउन केन्द्रित रहेको छ । यस ‘वृद्धिका लागि वित्त’ आयोजनाले यी प्राथमिकताहरूमा योगदान पुर्‍याउँछ’, अर्थ सचिव मधुकुमार मरासिनीले भने ।

    यो दोस्रो ‘वृद्धिका लागि वित्त’ आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १० चैत्र २०७८ मा अनुमोदन गरेको थियो । कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिष्कृत पर्यवेक्षणलाई यस कार्यक्रमले सघाउनेछ ।

    यसले पूँजी, बीमा, र प्रकोप जोखिम वित्तिय बजारहरू खोल्न र नवीनतम वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ । यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलीकरण र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट अर्थतन्त्रको तरलता र समावेशीता बढाउने पहलहरूलाई पनि सघाउनेछ ।

    यस आयोजनाले नेपालको हरित, उत्थानशील र समावेशी विकासलाई समर्थन गर्नुका साथै विभिन्न क्षेत्रमा जलवायु वित्तिय उत्थानशीलताका नीतिहरूलाई सघाउँदै नयाँ जलवायु एजेन्डाको पनि शुरूवात गर्नेछ ।

  • विश्व बैंकले श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग गर्ने

    विश्व बैंकले श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग गर्ने

    काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको रहेको श्रीलंकालाई विश्व बैंकले ६० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । श्रीलंकन राष्ट्रपतिको संचार विभागले जानाकारी गराए अनुसार विश्व बैंकले श्रीलंकामा अत्यावश्यक वस्तुहरुको आयात गर्नको लागि उक्त सहयोग उपलब्ध गराउने भएको हो ।

    राष्ट्रपतिको संचार विभागकाले जारी गरेको विज्ञप्ती अनुसार विश्व बैंकले आगामी दिनहरुमा पनि थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

    सन् १९४८ यताकै सबै भन्दा ठुलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा हाल खाना , इन्धन , औषधी लगायतका अत्यावश्यक वस्तुहरुको समेत चरम अभाव देखिन थालेको छ । आर्थिक संकटको सामना गर्न हाल श्रीलंकाले अन्तर्राष्टिय मुद्रा कोषसँग पनि वार्ता गरिरहेको छ ।

    यद्यपी मुद्रा कोषसँग वार्ताले कुनै ठोष निर्णय गर्नु पूर्व श्रीलंकालाई तत्काल ३ देखि ४ अर्ब अमेरिकी डलर आवश्यकता रहेको बताइएको छ । विश्व बैंकले श्रीलंकालाई सहयोग उपलब्ध गराउने घोषणा गरेसँगै श्रीलंकाको स्टक मार्केट ४। २ प्रतिशतले बढेको अन्तर्राष्टिय संचारमाध्यम अलजाजिराले जनाएको छ ।

  • नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

    नेपाल सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि विश्व बैंकले भने ३.९ भन्दा माथि नजाने निष्कर्ष निकालेको हो । विश्व बैंकका अनुसार कोभिड-१९ विरुद्धको खोप लगाउन ढिलाइ, कोभिडको नयाँ भेरियन्ट र बढ्दो सार्वजनिक ऋणका कारण नेपालको आर्थतन्त्र प्रभावित हुने बताएको छ । विश्व बैंकका अनुसार यो वर्ष नेपालमा कृषि क्षेत्रको योगदान भने बढ्ने अनुमान गरेको छ ।

    मनसुनी वर्ष र रासयनिक मलको पर्याप्त आपूर्ति भएकाले पनि यो वर्ष २.७ प्रतिशतले कृषि क्षेत्रको योगदान रहने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको योगदान २.२ प्रतिशतमा सीमित थियो । विश्व बैंकल नेपालको महंगी अझै बढ्ने प्रक्षेपण गरेको छ । बैंककाअनुसार चालु आवमा महंगी ७ प्रतिशतसम्म बढ्ने अनुमान छ । साथै उत्पादन क्षेत्रमा उद्योग तथा सेवा क्षेत्रको योगदान १.६ प्रतिशतसम्म रहने विश्व बैंकको भनाइ छ ।

    साथै, अहिले नेपालमा रेमिट्यान्सको आप्रवाहमा कमी आइरहेकाले ऋण भुक्तानीमा समस्या पर्नसक्ने अनुमान विश्व बैंकको छ । साथै, कोभिडका कारण नेपालको गरिबी अझै बढेको अनुमान बैंकले गरेको छ ।

  • अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड

    अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ ।

    सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति मन्त्री शर्माले धन्यवाद दिए । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड-१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’

    मन्त्री शर्माले भने, ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ ।’

    भेटमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे । बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे ।

  • नेपाल र विश्व बैंकबीच ५ अर्ब ८७ करोड सहुलियतपूर्ण ऋण सम्झौता

    नेपाल र विश्व बैंकबीच ५ अर्ब ८७ करोड सहुलियतपूर्ण ऋण सम्झौता

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।

    बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले सम्झौतामा हस्ताक्षर हुन् ।

    हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले बैंकले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताए । उनले विशेषगरी कोभिड–१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने बताए ।

    ‘विद्यालय र स्वास्थ्य क्षेत्रमा कोभिड–१९ ले निकै प्रभाव पारेको छ’, उनले भने, ‘यी दुई सम्झौता यी क्षेत्रको पुनरुत्र्थानमा महत्वपूर्ण सिद्ध हुनेछन् ।’
    उनले स्वास्थ्य क्षेत्रमा बैंकले दिने सहयोगले नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्रका कार्यक्रम गरी नेपालको दक्ष, प्रभावकारी, पारदर्शी र उद्यरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रमले सबल मानव पूँजी विकास गर्नका लागि उत्प्रेरकको काम गर्ने बताए ।

    समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिसले यस किसिमका सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्य प्रणालीलाई समावेशी र उत्थानशील बनाउनमा योगदान गर्ने विश्वास व्यक्त गरे । उनले सबैका लागि स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने र किशोरकिशोरीरूलाई समावेशी शिक्षा प्रदान गर्ने नेपालको लक्ष्य प्राप्त गर्न सहयोग सम्झौताले मद्दत गर्ने बताए ।

    विश्व बैंकले दिने ऋण सहयोगले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति, विज्ञान छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँचलाई सुनिश्चितता गर्न मद्दत पुग्ने बताइएको छ । यस्तै बिचमै विद्यालय छाड्नेको संख्या कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

    स्वास्थ्य क्षेत्रमा गरिएको सहयोगले नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम गरिने बताइएको छ । यसले सार्वजनिक खरिद, वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नता आदि क्षेत्रमा सुधार गर्न सघाउने बताइएको छ ।
    यसअघि पनि विश्व बैंकले नेपालको शैक्षिक तथा विभिन्न क्षेत्रको सुधारका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्दै आइरहेको छ ।

     

  • ‘उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम’का लागि विश्व बैंकले ७ अर्ब सहुलियतपूर्ण ऋण दिने

    ‘उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम’का लागि विश्व बैंकले ७ अर्ब सहुलियतपूर्ण ऋण दिने

    काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।

    बिहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर   गरेका हुन् ।

    कार्यक्रमले नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन, र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीहरूलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मरासिनीले युवाहरूलाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै यसबाट कोभिड-१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएका विद्यार्थीहरू लाभान्वित हुने बताए।

    ‘युवाहरूको क्षमता अभिवृद्धि तथा विकासमा लगानी गर्ने सरकारको विशेष प्राथमिकता हो’, सचिव मरासिनीले भने, ‘यो कार्यक्रमले मुलुकभर कोरोनाका कारण उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः शिक्षासँग जोडिनलाई मद्दत गर्नेछ ।’

    विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँच योग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको भन्दै कार्यक्रमले नेपालको पुनरुत्थानशिलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । उनले कारोनाका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित भएकाहरूलाई पुनः जोड्न क्याम्पसहरूको नेटवर्कलाई सबैको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।

    यसैगरी कार्यक्रमले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तो छात्रवृत्ति विशेषगरी पिछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट बञ्चित हुने विद्यार्थीलाई प्रदान गरिने बताइएको छ ।

  • नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर सहुलियत ऋण सम्झौतामा हस्ताक्षर (भिडियाे)

    नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर सहुलियत ऋण सम्झौतामा हस्ताक्षर (भिडियाे)

    काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

    आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुर्नजिवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए ।

    चालु आर्थिक वर्षमै विनियोजन गरिएको पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए ।

    कार्यक्रममा बोल्दै माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।

    कोभिड महामारीको समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरुलाई सघाउन विश्व बैंक प्रतिबद्ध रहेको पनि उनले बताए ।

    यस आयोजनाले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठुला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्ने बताइएको छ ।

     

  • विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    काठमाडौं । कोरोना महामारीविरुद्ध स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्न विश्व बैकको सहयोगमा खरिद गरिएका १० लिटर क्षमताका ९८२ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

    नेपाल, मालद्विभ्स र श्रीलङ्काका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जेर्भोसले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई आज राजधानीमा आयोजित एक कार्यक्रममा ती उपकरण हस्तान्तरण गरे ।

    त्यस अवसरमा उनले प्राप्त सहयोगका निम्ति बैंकप्रति कृतज्ञता व्यक्त गर्दै ती उपकरण यथाशक्य चाँडो सातवटै प्रदेशस्थित स्वास्थ्य प्रतिष्ठानहरुमा पुर्‍याइने बताए । निर्देशक जेर्भोसले अहिलेको असहज अवस्थामा विकासका साझेदारसँग मिलेर नेपाल र नेपालीलाई सघाउन बैंक प्रतिबद्ध रहेको समेत बताए ।

    बैंकको कोभिड-१९ आपत्कालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाअन्तर्गत प्रदान गरिएको रकमबाट परियोजना सेवाका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । उक्त कार्यालयले आगामी छ देखि १५ साता भित्रमा सातवटै प्रदेशस्थित प्रदेश अस्पतालमा अक्सिजन उत्पादन गर्ने उपकरण जडान एवं सञ्चालन गरिसक्ने बैंकले जनाएको छ ।

  • महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई विश्व बैंकले १७ अर्ब ५५ करोड दिने

    महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई विश्व बैंकले १७ अर्ब ५५ करोड दिने

    काठमाडौं । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड-१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।

    ‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसंख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो’, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भनेका छन् ।

    नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पुर्‍याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।

  • विश्व बैंकद्वारा नेपालको उच्च शिक्षा गुणस्तर सुधारमा ७ अर्ब सहायताको घोषणा

    विश्व बैंकद्वारा नेपालको उच्च शिक्षा गुणस्तर सुधारमा ७ अर्ब सहायताको घोषणा

    वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ ।

    बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व बैंकद्वारा जारी वक्तव्यमा उल्लेख छ । विपन्न र सीमान्तकृत वर्गका बालबालिकालाई शिक्षामा पहुँच तुल्याउन र अनलाइन सिकाइमा जोड दिन उक्त रकम विनियोजन गरिएको विश्व बैंकले जनाएको छ ।

    ‘कोरोनाभाइरस महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको छ’ बैंकको नेपाल निर्देशक फरिस हडाड जर्भोसले भने, ‘कोभिड–१९ महामारीबाट नेपालको आर्थिक पुनउत्र्थानका लागि आवश्यक श्रमशक्ति जुटाउन पनि शैक्षिकरुपमा दक्ष जनशक्ति बनाउनु जरुरी छ ।’

    उक्त सहयोगले श्रमशक्ति निर्माण गर्न नेपाललाई उच्च शिक्षामा जोड दिन सघाउन पुर्‍याउने आशा पनि विश्व बैंकले व्यक्त गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य कोभिड–१९ महामारीको कारण आर्थिक संकट झेलिरहेका गरिबहरुलाई उच्च शिक्षामा आकर्षित गर्नु रहेको समेत जनाइएको छ ।

  • विश्व बैंकद्वारा खोप खरिदका लागि झण्डै ९ अर्ब ऋण सहायता

    विश्व बैंकद्वारा खोप खरिदका लागि झण्डै ९ अर्ब ऋण सहायता

    काठमाडौं । विश्व बैंकले कोभिड–१९ को खोप विरुद्धका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ ।

    कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।

    हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण र सान्दर्भिक हुने उनको भनाई छ ।

    यस्तै खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरुपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न पनि प्राप्त सहयोग उपयोगी हुने बताए ।

    शिशिरकुमार ढुङ्गाना, सचिव, अर्थ मन्त्रालय माल्दिभ्स, नेपाल र श्रीलंकाकालागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जार्भोसले कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको समतामुलक र द्रूत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बिचार व्यक्त गरे ।

    उनले नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताए।

     

     

  • नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

    नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

    विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

    साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।

    दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ । । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।

    ‘दक्षिण एसियाको अर्थतन्त्र पुनर्उत्थान हुनेमा आशाबादी छौं तर, महामारी अहिलेसम्म नियन्त्रणमा आइनसकेको कारणले अझैपनि संका गर्ने ठाउँ भने रहेको विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष हार्टवीग स्च्याफरले बताएका छन् ।

  • कोरोनाविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण

    कोरोनाविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण

    काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोनाविरुद्ध खोप खरिद गर्न ७.५ मिलियन अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रूपैयाँ ऋण दिने भएको छ ।

    नेपालमा कोरोना महामारीविरुद्ध प्रभावकारिता कायम गर्न र यसले एक तिहाई जनसंख्यालाई खोप पुग्ने भएकाले खोपको वितरण समतामूलक हुने विश्व बैंकले विश्वास लिएको छ ।

    ७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउने सरकारी योजनाको सहयोगका लागि विश्व बैंकले उक्त ऋण दिन लागेको हो ।

    विश्व बैकले नेपालबाहेक बंगलादेशलाई ५० मिलियन र अफगानिस्तानलाई ६ करोड अमेरिकी सहायता उपलव्ध गराउन लागेको जानकारी दिएको छ ।

  • सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

    सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘समृद्धिका लागि वन’ आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौताको कुल रकममध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ ।

    सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

    आयोजनाले नपालको दीगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्‍याउने मन्त्रालय र विश्व बैंकको भनाइ छ । यस आयोजनाले ५० वटा स्थानीय तहलाई सहयोग पुर्‍याउनेछ ।

    अर्थसचिव ढुंगानाले आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिका लागि शुरूआतको बिन्दु हुने बताए ।

    सो अवसरमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच आयोजनाको सहमतिपत्रमा पनि हस्ताक्षर भएको छ ।

    आयोजनाको कार्यान्वयन गर्ने एक संस्थाका रूपमा कृषि विकास बैंकले वनमा आधारित साना र मझौला उद्यमहरूको स्थापना र सुदृढीकरण गर्न कर्जाको डिजाइन र परीक्षण गर्नेछ ।

  • खोप खरिद गर्न विश्व बैंकले पौनै ९ अर्ब ऋण दिने, नेपालमा प्रयोग भएको खोपलाई  डब्लुएचओको सिफारिस

    खोप खरिद गर्न विश्व बैंकले पौनै ९ अर्ब ऋण दिने, नेपालमा प्रयोग भएको खोपलाई डब्लुएचओको सिफारिस

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरिद गर्नको लागि विश्व बैंकले नेपाललाई झन्डै ८ अर्ब ७० करोड (७ करोड ५० लाख अमेरिकी डलर) सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

    बैंकका नेपाल निर्देशक फारिस हदाद जेर्भोसका अनुसार नेपाललाई दिइने ऋण सहायताको प्रस्तावलाई बोर्डमा प्रस्तुत गरिने भएको छ । सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिद गर्न विश्व बैंकको उक्त ऋण प्रयोग गरिने भएको छ ।

    जेर्भोसका अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादक वा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाबापत आउने खोप खरिदमा नेपालले रकम प्रयोग गर्न पाउने जनाइएको छ । सरकारले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गर्ने तयारी गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले सिरम इन्स्टिच्युटसँग ५ डलरभन्दा कम रकममै खोप खरिद गर्ने जनाएको छ ।

    अक्सफोर्डको खोपलाई सिफारिस
    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोभिडविरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

    खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह (सेज)ले अन्तरिम सिफारिस गर्दै सबै उमेरका वयस्कलाई खोप दिन सकिने जनाएको छ । यो खोप ६३ प्रतिशत प्रभावकारी रहेको पनि जनाइएको छ ।

    कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएका देशमा पनि यो खोप लगाउन मिल्ने सेजको भनाई छ । खोपको पहिलो मात्रा (डोज) लगाएको ८ देखि १२ सातामा अर्को मात्रा लगाए प्रभावकारिता बढी हुने जनाइएको छ ।

    अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अनुसन्धानकर्मी प्राध्यापक सारा गिल्बर्टले डब्लुएचओबाट खोप प्रयोगको सिफारिस पाउनु महत्वपूर्ण भएको बताएकी छिन् । नेपालमा पनि यो भ्याक्सिनलाई आपतकालिन प्रयोगमा ल्याइएको छ ।

  • विश्व बैंकको रिपोर्ट : कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र

    विश्व बैंकको रिपोर्ट : कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र

    काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत  रहने बताएको छ । कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ०. ६ प्रतिशतमा मात्र सिमित रहने विश्व बैंकको भनाइ छ ।

    विशेषगरी पर्यटन क्षेत्रमा परेको प्रभावले आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकको भनाइ छ । विश्व बैंकले मंगलबार सार्वजानिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनमा उल्लेख छ ।

    विश्व बैंकले यस अघि चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतले रहने प्रक्षेपण गरेको थियो ।