Tag: विश्वप्रकाश

  • कांग्रेस महामन्त्रीमा तीन दाबेदार, विश्वप्रकाशले पनि गरे घोषणा(भिडिओ)

    कांग्रेस महामन्त्रीमा तीन दाबेदार, विश्वप्रकाशले पनि गरे घोषणा(भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

    बिहीबार वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन् । यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् ।

  • कांग्रेस प्रवक्ताबाट विश्वप्रकाशले लिए दुई साताका लागि बिदा

    कांग्रेस प्रवक्ताबाट विश्वप्रकाशले लिए दुई साताका लागि बिदा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।

    कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित मैदानमा फर्कने बताएका हुन् । प्रवक्ता शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकमा धन्यवाद दिएका छन् ।

    उनले ट्वीट गरेका छन्, ‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु ! मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु !’