Tag: विश्वकप छनाेट

  • विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

    विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

    काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टीमको घोषणा गरेका छन् ।

    आइतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेको हो ।

    गत चैत्रमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शिर्ष तीनमा अटाउँदै साझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

    जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटको तयारिका लागि नेपाली टिम केहिदिनमा दक्षिण अफ्रिका तयारिका लागि जाँदैछ । र, उतैबाट विश्वकप खेल्न प्रस्थान गर्नेछ ।

    आईसीसीले गत मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ’ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वे विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

    यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसंग र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

    नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।

    नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई) संग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।

    प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

    प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।

    विश्वकप खेल्ने नेपाली टिमः

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो

  • विश्वकप एसिया छनोट: नेपाल र मलेसिया भिड्दै

    विश्वकप एसिया छनोट: नेपाल र मलेसिया भिड्दै

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको एसियाली छनोटमा आज नेपाली राष्ट्रिय महिला टोलीले मलेसियासँग खेल्दै छ । नेपाली समयअनुसार ११:१५ बजे आईसीसी एकेडेमी दुबईमा सुरु हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिने छ ।

    नेपाल पहिलो खेलमा हङ्कङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा कुवेतलाई पराजित गरेको नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।

    नेपालले ग्लोबल छनोटमा स्थान बनाउँन बाँकी दुवै खेल जित्नु पर्नेछ । नेपालले मलेसियापछि आइतबार युएईसँग खेल्नेछ । एसियाली छनोटबा शीर्ष टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

  • कोलम्बियालाई हराएपछि ब्राजिल ६ खेल अगावै विश्वकपमा छनोट

    कोलम्बियालाई हराएपछि ब्राजिल ६ खेल अगावै विश्वकपमा छनोट

    एजेन्सी । कतारमा अर्को वर्ष हुने फिफा विश्वकप फुटबलमा छनोट हुने ब्राजिल दक्षिण अमेरिकाको पहिलो देश बनेको छ ।

    विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत आज विहान भएको खेलमा कोलम्बियामाथि १–० को जितका साथ ब्राजिलले ६ खेल अगावै कतार विश्वकप निश्चित गरेको हो ।

    विश्वकपको दक्षिण अमेरिकी छनोटमा १० टोली सहभागी छन् । राउण्ड रोविन प्रणालीमा होम एण्ड अवे प्रतिस्पर्धाअन्तर्गत सबैले १८ खेल खेल्नेछन् । छनोटमा अपराजित ब्राजिल १२ खेलबाट ३४ अंकका साथ छनोट भएको हो ।

    दक्षिण अमेरिकाबाट ४ टोलीले सिधै विश्वकप खेल्नेछन् भने पाँचौं स्थानमा रहनेले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ ।

    छनोट प्रतियोगितामा लगातार चौथो खेलसम्म जित निकाल्न असफल कोलम्बियामाथिको जितमा ब्राजिलका लुकास पाक्वेटाले निर्णायक गोल गरेका थिए । ७२औं मिनेटमा उनले नेइमारको पासमा गोल गरेका थिए ।

  • विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । विश्वकप तथा एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दैछ ।

    पाँचपल्ट विश्वकप खेलिरहेको अस्ट्रेलियाका लागि आजको खेल जितेसँगै समूहको शीर्ष स्थानमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित हुनेछ ।

    फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

    कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयअनुसार राती पौने १० बजेदेखि सुरु हुनेछ ।

    दुई सातादेखि मध्यपूर्वमा रहेको नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गत नै चाइनिज ताइपेईसँग र जोर्डनसँग खेलिसकेको छ । सबैकुरा सामान्य भइदिएको भए यी तीनै खेल नेपालले आफ्नै मैदानमा खेल्न पाउने थियो ।

    खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले आफ्नो खेल्ने शैली परिवर्तन गरेको र यसले समर्थकलाई खुसी दिएको बताएका थिए । ‘म अस्ट्रेलियासँग नेपाल टिमको अर्को एउटा सकारात्मक प्रदर्शनको आशा गर्छु । हाम्रो खेल्ने शैली सुधारिएको छ र यसले हाम्रा समर्थकलाई खुसी दिएको छ,’ उनले भने।

    कुवेतका प्रो लाइसेन्सधारी प्रशिक्षक अल्मुताइरीले आफ्नो टिममा रहेका डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेतसमेत गरेका छन् । ‘मलाई थाहा छ अस्ट्रेलियासँगको खेल कठिन हुनेछ तर उनीहरुले खेल्न पाउनु पनि त्यत्तिकै महत्वपूर्ण रहनेछ,’ अल्मुताइरीले भने । नेपाली टोलीमा परेर कुवेत उडेका गोलरक्षकबाहेक सुरज ज्यू ठकुरी, आयुश घलान र कमल थापाले डेब्यू गर्न बाँकी छ ।

    अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘उनीहरु फरक शैलीमा खेल्छन् । उनीहरुका प्रशिक्षकले राम्रो काम गरिरहेका छन् । हामी नेपाली टिमको सम्मान गर्छौं, उनीहरु मिहिनेती छन्,’ आर्नोल्डले पत्रकार सम्मेलनमा भने ।

  • विश्वकप छनाेटमा जाेर्डनले नेपाललाई हरायाे

    विश्वकप छनाेटमा जाेर्डनले नेपाललाई हरायाे

    काठमाडौं । पहिलो लेगकै नतिजालाई कायम राखि विश्वकप तथा एसिया कप छनोटमा नेपालले जोर्डनसँग ३-० गोलअन्तरकोे पराजय व्यहोरेको छ ।

    समूहको चौथो स्थानमा रहेको नेपालले जोर्डनसँग उसकै मैदानमा खेलिएको अवे खेलमा पनि ३-० ले नै हारेको थियो ।

    कोरोना महामारीका कारण तथस्ट मैदानका रुपमा कतारको जुवेर अलअहमद अन्तर्राष्ट्रिय रंगशालामा खेलाइएको होम खेलमा नेपाल पहिलो हाफ पेनाल्टीमा गोल खाँदै १-० ले पछि थियो ।

    २२ औं मिनेटमा रोहित चन्दले मोउसा मोहम्मद सुलेमनलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा जोर्डनका बाहा फैजालले गोल गरे ।

    दोस्रो हाफको सुरुमै फैजालले नै गोल गरी अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा याजान अलनैमातको क्रसमा याजान अल अरवले शानदार हेडर गोल गरे ।

    फिफा वरियतामा आफूभन्दा ७६ स्थान माथि रहेको जोर्डनको पोष्टमा नेपालले एउटै शशक्त आक्रमण गर्न सकेन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पेनाल्टी नभएको भए खेलको नतिजा अर्कै हुनसक्ने अनुमान गरे । तर उनले आफ्नो योजनाअनुसार नै खेलेकोमा टिमको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताए ।

    नेपालले अघिल्लाे खेलमा चार दिनअघि चाइनिज ताइपेईलाई २–० गाेलले पराजित गरेकाे थियाे । समूहचरणकाे अन्तिम खेलमा नेपालले शुक्रबार सबैभन्दा बलियाे प्रतिस्पर्धी अस्ट्रेलियासँग खेल्नेछ ।

     

  • विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

    विश्वकप छनोटः चिलीसँग बराबरीमा रोकियो अर्जेन्टिना

    एजेन्सी । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीले अर्जेन्टिनालाई छनोट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिने अवसर गुमेको छ ।

    नेपाली समयअनुसार आज विहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमार्फत २४ औं मिनेटमा अग्रता बनाएको थियो ।

    तर चिलीका सुपरस्टार तथा कुनै समय बार्सिलोनामा मेस्सीका टिममेट रहेका एलेक्सिस सान्चेसले ३६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।

    छनोट प्रतियोगिताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बराबरीपछि ५ खेलबाट ११ अंक पु¥याएको छ । शीर्ष स्थनमा रहेको ब्राजिलको १२ अंक छ भने उसले एक खेल कम खेलेको छ ।

    यता चिली भने कठिन स्थितिमा छ । उसले ५ खेलबाट ५ अंक भएको छ । चिली छनोट प्रतियोगिताको छैटौं स्थानमा छ ।

    दक्षिण अमेरिकाबाट छनोट प्रतियोगितामा १० देशको प्रतिस्पर्धा छ । राउण्ड रोविन प्रतियोगितामा शीर्ष ४ टोलीले सिधै विश्वकप खेल्नेछ भने पाँचौं स्थानमा रहने टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछ ।

    यसअघि आज विहान नै भएको अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समान ५ खेलबाट ७ अंकसहित पाराग्वे चौथो र उरुग्वे पाँचौं स्थानमा छन् ।

    अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ३–१ गोलले हराएको छ । छनोट प्रतियोगितामा बोलिभियाको यो पहिलो जित हो । ५ खेलबाट बोलिभियाको ४ र भेनेजुएलाको ३ अंक छ ।