Tag: विवाहपञ्चमी

  • स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमीमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमीमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाएर विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् ।

    मुख्यमन्त्री राउतले विवाहपञ्चमीको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुसँग अपिल गरेका हुन् । त्रेता युगमा भगवान् राम-सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने साताव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा  राउतले शुभकामना व्यक्त गरेका छन् ।

    यसवर्ष विवाहपञ्चमी मंसिर २२ गते परेको छ । सो दिन प्रदेशभर सार्वजनिक बिदा दिएको पनि मुख्यमन्त्री राउतद्वारा जारी सन्देशमा उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकाले भने शैक्षिक संस्था ३ दिन बन्द गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

    विवाहपञ्चमीमा नेपाल र भारतबाट भक्तजनको भीड लाग्छ । अहिले जनकपुरधाममा श्रद्धालु आउनेक्रम जारी छ ।

  • विवाह-व्रतबन्धमा १५ जनासम्मलाई छूट, पार्टी प्यालेसका लागि अनुमति लिनुपर्ने

    विवाह-व्रतबन्धमा १५ जनासम्मलाई छूट, पार्टी प्यालेसका लागि अनुमति लिनुपर्ने

    काठमाडौं । विहीबारदेखि काठमाडौं उपयत्यकामा लागु हुन लागेको दुई साता लामो निषेधाज्ञा (लकडाउन)को बेला विवाह र व्रतबन्ध सांस्कृतिक गतिबिधि १५ जनामा सीमित राखेर गर्न पाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले थप आदेश जारी गर्दै दुलाहा-दुलहीसहित १५ जना सहभागी भएर ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गर्न पाउनेछन् । त्यसका लागि जिल्ला प्रशासनबाट अनुमति पास आवश्यक नपर्ने जनाइएको छ ।

    तर विवाह र ब्रतबन्ध गर्न पार्टी प्यालेस प्रयोग गर्नु परेमा भने जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ । तर पार्टी प्यालेसमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

    विवाहव्रतबन्धमा सहभागी भइ अरु जिल्ला फर्किनुपर्ने भएमा चालकसहित बढीमा सात जना सम्मको लागि सम्बन्धित स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने बताइएको छ । त्यस्तै मृत्यु संस्कार र विरामी कुरुवाको हकमा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने छ ।

  • विवाहपञ्चमीमा राष्ट्रपतिको कामनाः साँस्कृतिक पर्वले राष्ट्रिय एकता मजबुत बनोस्

    विवाहपञ्चमीमा राष्ट्रपतिको कामनाः साँस्कृतिक पर्वले राष्ट्रिय एकता मजबुत बनोस्

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।

    नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्‌भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वा्स व्यक्त गरिन् ।

    पर्वका समयमा सामाजिक अन्तरक्रिया बढ्ने हुनाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाहपञ्चमीको उत्सव मनाउन उनले सबैमा आह्वान गरिन् ।

    मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्बर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छिन् ।

    प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने तथा रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रहिआएको छ । यसैगरी विवाहोत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा छ ।

  • राम–सीताको टिकाटालोका लागि कोसेली लैजाँदै साधुसन्त (फोटो फिचर)

    राम–सीताको टिकाटालोका लागि कोसेली लैजाँदै साधुसन्त (फोटो फिचर)

    जनकपुर । राम–सीता विवाहपञ्चमीको चौथो दिन अर्थात् बिहीबार जानकी मन्दिरबाट बाजागाजासहित कोसेली बोकेर साधुसन्तसँगै सर्वसाधारण राम मन्दिर गएका छन् । यो विधिलाई तित्कोत्सव भनिन्छ । त्रेतायुगमा भगवान राम र सीताको टिकाटालो भएको सम्झनामा तिल्कोत्सव मनाउने गरिन्छ ।