Tag: विपक्षी गठवन्धन

  • राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्यो : सरकारका दीर्घकालीन काममा साथ नदेऊ

    राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्यो : सरकारका दीर्घकालीन काममा साथ नदेऊ

    काठमाडौं । विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतलाई असर पार्ने दीर्घकालिन प्रकृतिका काम नगर्न चेतावनी दिएको छ ।

    यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायहरुलाई गठबन्धनले आग्रह समेत गरेको छ । गठबन्धनमा संलग्न पाँच नेताहरुले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

    पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गरेका उनीहरुले नेपालको संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसँग आग्रह गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नर नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं ।’ विज्ञप्तिमा शेरबहादुर देउवा , प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

  • मुख्यमन्त्री नियुक्त नगरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठवन्धनको धर्ना

    मुख्यमन्त्री नियुक्त नगरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयबाहिर विपक्षी गठवन्धनको धर्ना

    कास्की । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।

    प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए भने आज मुख्यमन्त्री गुरुङले पनि दावी गरेका छन् । प्रदेश प्रमु्खबाट अहिलसम्म कुनै सूचना आएको छैन ।

    ३१ सांसदको भौतिक उपस्थितिसहित हस्ताक्षर बुझाउँदा पनि नियुक्ती नगरिएको भन्दै विपक्षी गठवन्धनले आपत्ति जनाएको छ ।

    मुख्यमन्त्रीका दावेदार पोखरेलका स्वकियसचिव राजेन्द्र पौडेलले अहिले जारी धर्नामा जनमोर्चाका दुई र जसपाका दुई सांसद उपस्थित रहेको बताए । यसैगरि स्वतन्त्र सांसद दिपक मनाङे पनि धर्नामा छन् ।

    तस्विर सौजन्य : राजेन्द्र पौडेल