Tag: विपक्षी गठब्धन

  • विपक्षी गठबन्धनको घोषणा : राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध राजनीतिक र कानूनी लडाइ लड्छौं

    विपक्षी गठबन्धनको घोषणा : राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध राजनीतिक र कानूनी लडाइ लड्छौं

    काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाइ लड्ने घोषणा गरेका हुन् ।

  • विपक्षी गठबन्धनको बैठकअघि पाँच नेताको अनौपचारिक छलफल

    विपक्षी गठबन्धनको बैठकअघि पाँच नेताको अनौपचारिक छलफल

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणापछि रणनीति तय गर्न विपक्षी गठवन्धनका बैठक सुरु हुन लागेको छ ।

    नयाँ बानेश्ववरस्थित संसद भवनको ल्होत्से हलमा हुने बैठकमा कांग्रेस, माआवादी तथा एमाले र जसपाका विभाजित समूहहरू सहभागी छन् ।
    कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैठकमा भाग लिन पुगेका छन् ।

    यसैगरि, नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालको बैठकमा उपस्थिति छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई तथा कांग्रेस नेताहरू रामचन्द्र पौडेल र विमलेन्द्र निधि पनि बैठकस्थलमा आइसकेका छन् ।

    गठबन्धनको बैठक पूर्व पाँच शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल तथा जसपाका भट्टराई र यादवबीच अनौपचारिक कुराकानी भइरहेको छ ।

    आजको गठबन्धन बैठकले सरकारको निर्णयमाथि कानुनी प्रतिवाद गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

  • उपेन्द्र निवासमा प्रचण्ड-माधवसहितको छलफल, संसदमा ओलीलाई असफल बनाउने

    उपेन्द्र निवासमा प्रचण्ड-माधवसहितको छलफल, संसदमा ओलीलाई असफल बनाउने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु सघन छलफलमा जुटेका छन् । यो गठबन्धनमा एमालेको माधव नेपाल पक्ष पनि समेटिएको छ ।
    मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् ।

    जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपाल सहित प्रचण्डले छलफल गरेका हुन् ।

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

    तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम-उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषय छलफलमा रहेको छ । त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।

    यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

    प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।