Tag: विद्यादेवी भण्डारी

  • जलेश्वरनाथको दर्शन गर्न राष्ट्रपति महोत्तरी आउँदै

    जलेश्वरनाथको दर्शन गर्न राष्ट्रपति महोत्तरी आउँदै

    महोत्तरी । बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार महोत्तरी आउने भएकी छन् ।

    राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आउने भएपछि उनको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयवासी आत्तुर देखिएका छन् । उनको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको नगर प्रमुख रामशङ्कर मिश्रले बताए ।

    जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले उनलाई जलेश्वरवासीका तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्नेलगायतका कार्यक्रमका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूर्ण तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए।

    अनादी कालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेका बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती छ ।

    जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढीमुनी जमिनभित्र रहेको छ, जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहनुहुन्छ ।

    यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।रासस

  • राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

    राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर फर्किएका छन्। मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेका बेला देउवा राष्ट्रपतिलाई भेट्न शुक्रबार बिहान शीतलनिवास पुगेका थिए।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार देउवाले आज सपथ हुन सक्नेबारे राष्ट्रपतिसँग सामान्य चर्चा गरे पनि मन्त्रीहरुको नियुक्तिको सूची बुझाइएको छैन ।

    सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंग्याइसकेको भए पनि नेपाली कांग्रेस र जसपामा निर्णय हुन नसकेकाले सपथको समय अझै निश्चित भइसकेको छैन।

    हिजो बसेको गठबन्धनको बैठकमा आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

  • बाघको संख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

    बाघको संख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् ।

    विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १२१ बाट दोब्बर बढाई २५० पु¥याउने लक्ष्य राखेकामा हाल यो संख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गरेकी हुन् ।

    उनले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाएकी छन् । राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

    ‘बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो’, सन्देशमा भनिएको छ, ‘जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।

  • शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

    सर्वोच्च अदालतले आज गरेको फैसलाबाट बहिगर्मन निश्चित भएपछि छलफलका लागि उनी शीतलनिवास गएका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको शीतलनिवास स्रोतले बतायो ।

    प्रधानमन्त्रीले आज राष्ट्रपतिसमक्ष राजीनामा दिन सक्ने अनुमान गरिएको भए पनि सर्वोच्चको आदेशबाट स्वतः कामचलाउ भइसकेकाले राजीनामा दिइरहनु नपर्नेबारे कुराकानी भएको स्रोतेको भनाइ छ ।

    सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री बनाउन आज परमादेश जारी गरेको छ ।

  • प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो)

    प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर दिक्दारी व्यक्त गरेका छन् । आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रपतिको इज्जतै नरहेको बताए ।

    प्रचण्डको भनाइ यस्तो थियो :

    ‘राष्ट्रपति सबैको अभिभावक भनेर, संविधानको संरक्षक भनेर… अझ म त महिला अघि साने भाको (हाँस्दै)… हेर्नुस् त अहिले राष्ट्रपति कस्तो भयो ? अहिले राष्ट्रपति भन्ने संस्था त… यति… (केही भन्न खोज्दा आफैं रोकिए)…यो भन्दा त… राजाको त एउटा थ्यो नि शान… अहिले त शान पनि छैन, मान पनि छैन, इज्जत पनि छैन । कस्तो भयो त हामीले बनाएको संस्था । राष्ट्रपति त संस्था हो नि ।’

  • राष्ट्रपतिद्वारा चार सय ३० कैदीलाई माफी

    राष्ट्रपतिद्वारा चार सय ३० कैदीलाई माफी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजय कट्टा गरि माफी दिएकी छिन्। सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने गरेकी छिन्।

  • दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो, राष्ट्रपतिलाई आइतबार महाप्रसाद पठाइने

    दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो, राष्ट्रपतिलाई आइतबार महाप्रसाद पठाइने

    काठमाडौं । दोलखास्थित भीमेश्वर मन्दिरको शीलामा पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै शनिबार दिउँसो सवा १२ देखि साढे १ बजेसम्म शीलामा पसिना आएको जनाएको हो ।

    पसिना आएपछि मन्दिर व्यवस्थापनको जानकारीको आधारमा जिल्ला सुरक्षा समितिका अधिकारीहरु त्यहाँ पुगेका थिए । मन्दिरमा क्षमापूजा समेत गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

    चलिआएको परम्पराअनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

    गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएको प्रशासनले जनाएको थियो ।

  • राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

    राष्ट्रपतिबाट विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् ।

    राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

  • राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

    राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले बताइन् ।

    भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी थिइन् ।

    धारा उद्घाटनपछि राष्ट्रपतिले गरेको सम्बोधन यस्तो छ :

    सम्माननीय प्रधानमन्त्री,
    माननीय मन्त्रीहरू,
    माननीय सदस्यहरू,
    राष्ट्रसेवकहरू,
    भद्रमहिला तथा सज्जनवृन्द ।

    • हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथमचरणको निर्माण कार्य सम्पन्नप्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दछु ।
    • यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको शुभकामना प्रकट गर्दछु ।
    • आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।
    • बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित मेलम्ची नदीको पानी आर्थिक, सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट उपयुक्त देखिएपछि दुई दशकअघि नै मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको थियो ।
    • मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशक पहिले नै गरिएको भएता पनि करीब तीन दशकअघि तत्कालिन सरकारले विस्तृत सम्भाव्यता अध्ययनपछि यस आयोजनाको प्रारुप तयार गरेको थियो ।
    • यस अवसरमा मेलम्ची आयोजनाका परिकल्पनाकारलाई धन्यवाद दिन चाहन्छु ।
    • मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सर्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो ।
    • यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो ।
    • परियोजनाको निर्माण कार्य ठोस रूपमा कार्यान्वयन हुन त्यसपछि पनि झण्डै एक दशक प्रतीक्षा गर्नु परेको थियो ।
    • त्यसपछिका सरकारहरूले विभिन्न चरणमा निर्माण कार्य अघि बढाए ।

    • श्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छा शक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ ।
    • नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर र राजधानी काठमाडौँका लागि यो आयोजना एक उपहार बन्न पुगेको छ ।
    • यसबाट यहाँका जनताको खुसी बढेको छ ।
    • पानी र जीवन बिच अभिन्न सम्बन्ध रहेको छ ।
    • पानीविना जीवनको अस्तित्व असम्भव भएकाले पानीका स्रोतहरूको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।
    • जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहन जस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ ।
    • यसबाट काठमाडौँ उपत्यकाका जलाधार क्षेत्रको प्रदुषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न समेत मद्दत पुग्ने अपेक्षा लिएको छु ।
    • यस प्रसंगमा, खुल्ला आकाशमुनि हामीले प्राणवायु लिनु पर्ने शास्वत सत्यलाई ध्यानमा राखी वायु प्रदुषण न्यूनीकरण गर्नु पनि हामी सबैको दायित्व भएको कुरा पुनः स्मरण गराउन चाहन्छु ।
    • पानीका स्रोतहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने सन्दर्भमा नै वातावरण प्रदुषण समेत नियन्त्रण गर्न सकिन्छ ।
    • नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका सन्दर्भमा हासिल भएका सकारात्मक र नकारात्मक दुवै किसिमका सिकाईबाट शिक्षा लिदै आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
    • मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ ।

    • यस अभियानलाई सार्थक तुल्याउन निर्बाह भएका भूमिकाको प्रशंसा गर्दछु ।
    • विकास निर्माण कार्यमा यदाकदा अवरोध सिर्जना गर्ने कार्य हुनु चिन्ताको विषय हो ।
    • मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरैहदसम्म सहज हुने नै छ ।
    • यस प्रकारका आयोजना विस्तार र सुदृढीकरण गर्न समयमै सम्बन्धित निकायले ध्यान पुर्‍याउने विश्वास लिएको छु ।
    • एकातिर, हजारौँ नदी, तालतलैया, पोखरी, लाखौँ हेक्टर भूभागमा फैलिएको सिमसार क्षेत्रका साथै ठूलो मात्रामा भूमिगत पानीका स्रोतहरू विद्यमान रहेको भएता पनि केहि जनसंख्या अझै पनि स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेकोछ ।
    • अर्कोतिर, प्राकृतिक प्रकोप, डढेलो, बाढी पहिरोले पानीका स्रोत र मुहानहरूमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
    • यसका लागि हरियाली प्रवद्र्धन तथा पानीको दिगो उपयोग गर्दै जमिनको पानी पुनर्भरण गर्नुपर्ने आवश्यकता समेत महसुस गरेको छु ।
    • पानीको स्रोत संरक्षण तथा संवद्र्धनमा त्रिभुवन विश्व विद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनु पर्दछ ।
    • अन्तमा, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि सिन्धुपाल्चोकका स्थानीय समुदायको योगदानको सराहना गर्दछु ।
    • त्यस क्षेत्रको सामाजिक आर्थिक उत्थान गर्न सम्बद्ध सबै पक्षको ध्यान पुग्ने विश्वास लिएको छु ।

    धन्यवाद ।

  • राष्ट्रपति भण्डारी र बङ्गलादेशी समकक्षी हमिदबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र बङ्गलादेशी समकक्षी हमिदबीच भेटवार्ता

    काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ ।

    भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।

    भेटवार्तापछि दुबै राष्ट्रपति बंगलादेशी समकक्षी हमिदले सोही भवनमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भए ।

    बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान प्रदान भएको थियो ।

    बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी थिइन् ।

    राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

    सो अघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् ।

  • ढाकामा राष्ट्रपति : बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी

    ढाकामा राष्ट्रपति : बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी

    ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा सोमबार ढाका पुगेकी छिन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा उनले भाग लिने कार्यक्रम छ ।

    बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए । कोभिड–१९ प्रोटोकलको कारण फूलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

    भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए ।

    आजै नेपाली राष्ट्रपतिले ढाकाको सावर पुगेर बंगालदेशी स्वतन्त्रता आन्दोलनका शहिदको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । भण्डारीले सावरमा वृक्षारोपण गर्ने र आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्नेछिन् ।

    अपरान्ह राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले आयोजना गर्ने नेसनल परेड स्क्वायरमा उपस्थित हुने कार्यक्रम छ । राष्ट्रपति बंगबन्धुको शतवार्षिकामा पनि भण्डारीले सम्बोधन गर्ने जनाइएको छ । बेलुका आयोजना हुने रात्रीभोजमा भण्डारी सरिक हुने जनाइएको छ ।

    राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्य छन् ।

  • हलिउड अभिनेत्री जेनिफर एनिस्टनद्वारा राष्ट्रपति भण्डारीको प्रशंसा

    हलिउड अभिनेत्री जेनिफर एनिस्टनद्वारा राष्ट्रपति भण्डारीको प्रशंसा

    काठमाडौं । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् ।

    हलिउड अभिनेता ब्राड पिटकी पूर्वपत्नी समेत रहेकी एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राम स्टोरीमा राष्ट्रपति भण्डारीसहित जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एवं राष्ट्रप्रमुखको तस्विर सेयर गरेकी थिइन् ।

    ‘परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहेको बेला अन्ततः परिवर्तन सम्भव भएको छ’ उनले स्टोरीमा क्याप्सनसहित लेखेकी छिन् ।

    विश्वका प्रभावशाली महिला र युवतीको शक्तिको प्रशंसा गर्दै उनले परिवर्तनका लागि महिला अगाडि बढ्नुपर्ने उल्लेख गरेकी छिन् । एनिस्टन चर्चित हलिउड टिभी सिरिज ‘फ्रेन्ड्स’बाट अभिनयमा उदाएकी थिइन् ।