Tag: विदेशी लगानी

  • नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीको भूमिका महत्वपूर्ण: राजदूत पिलोट

    नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीको भूमिका महत्वपूर्ण: राजदूत पिलोट

    काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती राजदूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।

    नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने भन्दै बेलायती लगानीकर्ता नेपाल भित्र्याउन आफूले पहल गर्ने बताएका छन् । ‘नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भने ।

    राजदूत पिलोटले आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतिपूर्ण हुने बताए । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि निजी क्षेत्रले काम गर्न सक्ने पनि उल्लेख गर्दै ‘हरित ऊर्जा प्रवद्र्धनका लागि निजी क्षेत्रले काम गर्न सक्छ,’ राजदूत पिलोटले जानकारी दिए ।
    कोभिड – १९ को नकारात्मक प्रभाव आम जीवन र उद्योग व्यवसायमा परेको भन्दै उनले मानवीय र विकास सहायताको क्षेत्रमा बेलायतले नेपाललाई महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे ।

    भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको भन्दै सीपयुक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए ।

    नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सुरुवात गरेको अध्यक्ष अग्रवालले बताए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अघियान अघि बढाइएको उल्लेख गरे ।

    अध्यक्ष अग्रवालले परिसंघले स्टार्ट अप प्रवद्र्धनका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको भन्दै साना व्यवसायलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

  • किसानलाई नोक्सान नहुने हिसाबले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ: कृषिमन्त्री अर्याल

    किसानलाई नोक्सान नहुने हिसाबले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ: कृषिमन्त्री अर्याल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन् ।

    सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठुलो लगानी जरुरी भएकोले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी हुन् ।

    कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उनले भनिन् ।

    उनले भनिन्,‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठुलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन ।’

    उनले नेपालको कृषि क्षेत्रमा सरकारको लगानीले मात्रै नपुगेको बताइन् ।

    उनले थपिन्,‘हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ । उत्पादन बढाऔँ । निर्यात पनि गर्ने । हामिलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’

    मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना सिर्जना गर्ने पनि बताइन् ।

    उनी भन्छिन्,‘कोभिड १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरु हजारौँ युवाहरुलाई रोजगारीको कार्यक्रम लिएर अगाडी बढेका छौँ । फार्मको रुपमा, ठुला ठुला फार्महरु व्यवसायिक हिसाबले लैजानेगरी हजारौ जना युवाहरुलाई हामी रोजगारी दिनेगरी, उहाँहरुको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडी बढेका छौँ ।’

    मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गरिन्। तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उनको भनाई छ । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि बताइन् ।

  • गृहकार्यबिना कृषिमा विदेशी लगानी नभित्र्याउन विज्ञको सुझाव

    गृहकार्यबिना कृषिमा विदेशी लगानी नभित्र्याउन विज्ञको सुझाव

    काठमाडौं । नेपालको कृषि क्षेत्र विकासको निम्ति विदेशी लगानी आवश्यक रहेपनि प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

    मंगलबार काठमाडौँमा आयोजित ‘कृषिमा विदेशी लगानी खुल्ला किन ?’ विषय बहस कार्यक्रममा भाग लिदैँ सरोकारवालाहरुले नेपालको कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएतापनि प्रशस्त गृहकार्य बिना भित्राउनु नहुने धारणा व्यक्त गरेका हुन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा विदेशी लगानी चाहिएको भएपनि व्यापक गृहकार्यको आवश्यकता रहेको बताए ।

    नेपालको कृषि क्षेत्र व्यवसायिकतातर्फ उन्मुखमात्रै भएको अवस्थामा लगानी चाहिएपनि पर्याप्त छलफल आवश्यक रहेको औँल्याए ।

    कृषिमा विदेशी लगानीको लागि सरकारले निकै समयदेखि प्रयास गरिरहेपनि हाललाई आन्तरिक क्षमता बढाउनको निम्ति भन्दै लगानी भित्राइनसकेको उनको भनाइ छ ।

    उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउदै गर्दा नेपालका साना किसान विस्थापित हुनुनहुने धारणा राखे ।

    नेपालमा साना किसानमा आधारित कृषि रहेको भन्दै उनले ती साना किसानलाई रोजगारीको विकल्प हुनुपर्ने बताए । यस निम्ति अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

    डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले नेपालमा कृषिको लागि लगानी भित्राउन आवश्यक नरहेको बताए ।

    कृषिमा लगानी पहुँचवालाहरुलाई जागिर खाने बाटो मात्रै हुने टिप्पणी गर्दै उनले कृषिमा लगानी भित्राउने भुल नगर्न सरकारलाई सुझाव दिए ।

    गोल्यान समुहका अध्यक्ष पवन गोल्यानले नेपालमा भएको उद्योगहरु विस्थापित नहुनेगरी विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिए । विदेशी लगानीले नेपाली कृषि क्षेत्रलाई घाटा नहुने उनको भनाई छ ।

    नेपालमा कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएपनि कुन क्षेत्रमा आवश्यक हो किटान साथ आउनुपर्ने तथा नेपालका साना किसानहरुको रोजिरोटी गुम्नु नुहुनेमा छलफलमा सहभागीहरुको जोड रहेको थियो ।

  • ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ता शुरु गरेका छन् । वार्ता शुरु गरेकोमा आफू निकै खुसी भएको बताएका छन् ।

    उनले ट्वीट गर्दै भनेका छन् पाँचौ वार्षिक ‘अमेरिका–नेपाल व्यापार तथा लगानी’ वार्ताको शुरुवात गर्न पाएकोमा म हर्षित छु,’ । ‘एउटा सक्षम व्यावसायिक वातावरणको निर्माण दुई देशबीचको बढ्दो व्यापार सम्बन्धले थप मजबुत बनाउने तथा नेपाली अमेरिकीहरुलाई उत्तिकै सघाउनेतर्फ पहिलो महत्वपूर्ण कदम हो, मेरो उच्च प्राथमिकता पनि हो,’ उनले ट्वीटमा भनेका छन् ।

    नेपाल सरकार र संयुक्त राज्य अमेरिकाले २०६८ वैशाख २ गतेबाट लागू हुने गरी व्यापार तथा लगानीसम्बन्धि सम्झौता (टिफा) मा हस्ताक्षर गरेका हुन् । यो सम्झौताको उदेश्य व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण लगायत रहेका छन् ।

    २०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि सन् २०१५ को व्यापार सहजीकरण तथा व्यापार कार्यान्वयन ऐनले नयाँ देशकेन्द्रित ग्राहता कार्यक्रम स्थापित गरी ‘हार्मोनाइज्ड ट्यारिफ शेडुल’अन्र्तगत ७७ वस्तुहरु समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । जसमा हस्तकला, शल भ्रमण सामग्र लगायतका वस्तु छन् ।