Tag: वित्त प्रेस

  • ११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी

    ११६ संस्थानमा ५ खर्ब २६ अर्ब बढी सरकारी ऋण लगानी

    काठमाडौँ गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा नौ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

    सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् ।

    त्यस्तै, गत आर्थिक वर्षसम्मको सरकारको कूल ऋण लगानी पाँच खर्ब २६ अर्ब छ करोड ६३ लाख १० हजार रुपैयाँ रहेको छ । त्यसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार रुपैयाँ र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

    बढी ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।

    गत आर्थिक वर्षमा सरकारले साँवा फिर्तातर्फ दुई अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ रुपैयाँ र ब्याज असुलीतर्फ पाँच अर्ब २९ करोड चार लाख ३० हजार ३५६ रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै, गत आर्थिक वर्षमा मात्र शेयर लगानीतर्फ पाँच अर्ब ५२ करोड छ लाख ३४ हजार ५४९ रुपैयाँ र ऋण लगानीतर्फ ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ रुपैयाँ गरी कूल ४१ अर्ब ४८ करोड चार लाख २२ हजार २४७ रुपैयाँ लगानी भएको छ ।

    विभिन्न संस्थान र निकायमा सरकारको ठूलो लगानी भए पनि त्यसको प्रतिफल भने कमजोर देखिन्छ । ऋण तथा शेयर लगानी भएका निकायले समयमा सरकारलाई साँवाब्याज भुक्तानी नगर्दा त्यसको दायित्व क्रमशः बढ्दै गएको देखिन्छ ।

    आर्थिक वर्ष २०८१/८२ सम्ममा भाका नाघेको साँवा दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख तीन हजार १२६ रुपैयाँ र भाका नाघेको ब्याज एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ रुपैयाँ गरी कूल भाका नाघेको रकम चार खर्ब आठ करोड २० लाख ९९ हजार २९५ रुपैयाँ रहेको छ, प्रतिवेदनमा भनिएको छ ।

    भाका नाघेको साँवा ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् ।

    रासस

  • कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

    कोटेश्वर चोक सुधार आयोजनाको लागि जापानले ३१.७६ अर्ब ऋण दिने

    काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सम्झौता भएको छ । उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायताका लागि सम्झौता गरिएको हो ।

    अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधवार अर्थ मन्त्रालयमा उक्त सम्झौता भएको हो । जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्षको हुनेछ । यसका साथै भुक्तानी अवधि ३० वर्ष र ०.२ प्रतिशत ब्याजदर रहनेछ ।

    अर्थ मन्त्रालयका अनुसार यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ ।

    ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन् ।

  • वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

    वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

    कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।

    इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ । रासस

  • सुनचाँदीको मूल्य निरन्तर अकासिदो

    सुनचाँदीको मूल्य निरन्तर अकासिदो

    काठमाडौं । अन्तरर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ ।

    मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

    निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • राष्ट्र बैंकको सर्कुलर– केही सुविधा, ऋण प्रवाहमा नयाँ व्यवस्था

    राष्ट्र बैंकको सर्कुलर– केही सुविधा, ऋण प्रवाहमा नयाँ व्यवस्था

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।

    बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

    त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ ।

    यसैगरी अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजनक नखुलेका व्यक्तिगत कर्जा एक करोड रुपैयाँसम्म प्रवाह गर्न सक्नेछन् । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले यो सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

    त्यस्तै, इजाजतप्राप्त संस्थरुलाई प्रचलित ऐनमा भएको व्यवस्थाबमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ । यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो ।

    केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संस्थालाई पनि कर्जाको पुनरतालिकीकरण एव्म पुनरसंरचनाका सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ । विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँ बराबरको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

    यसअघि त्यस्तो कर्जा सात लाख रुपैयाँ बराबर मात्रै उपलब्ध गराउन सकिने व्यवस्था थियो । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।

  • रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति

    रिलायन्सले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो ।

    धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको शेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’

    स्वीकृतिसँगै अब रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०।८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरबले आईपीओ किनिसकेका छन् ।

    रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

    वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

    रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

  • संकलन गरिएभन्दा कम खपत हुन थालेपछि विराटनगरमा पुन: पाउडर दूध उत्पादन

    संकलन गरिएभन्दा कम खपत हुन थालेपछि विराटनगरमा पुन: पाउडर दूध उत्पादन

    विराटनगर । स्थिर आपूर्ति व्यवस्थापनको उद्देश्य साथ विराटनगर दुग्ध वितरण आयोजनाले पुनः पाउडर दूध उत्पादन सुरू गरेको छ ।

    पूर्व क्षेत्रका कृषकबाट दैनिक करिब १२ हजार लिटर दूध संकलन हुने तर बजारमा दैनिक ४ हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ मात्र बिक्री हुने अवस्थामा दूधको उपयोगका लागि पुनः पाउडर दूध उत्पादन सुरू गरिएको आयोजनाले जनाएको छ ।

    काठमाडौंस्थित मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिलाई करिब १ हजार किलो अर्ध-तयारी कच्चा चीज वितरण हुँदै आएकोमा कम्पनीको बैंक ग्यारेन्टी म्याद सकिएपछि हालका लागि सो सामग्री वितरण रोकिएको छ ।

    नयाँ सम्झौता प्रक्रियामा केही समय लाग्ने भएकाले सङ्कलित दूध नष्ट हुन नदिई पाउडर दूध उत्पादनतर्फ फर्कनु परेको आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले बताए । अहिले तीन-चार दिनको अन्तरालमा एक पटक पाउडर दूध उत्पादन भइरहेको छ ।

    विराटनगर दुग्ध वितरण आयोजनामा हाल करिब ९८ मेट्रिक टन मक्खन र १०७ मेट्रिक टन पाउडर दूध मौज्दात रहेको छ । दूध संकलन वृद्धि, उत्पादन विविधीकरण र मौज्दात व्यवस्थापनमार्फत कृषकको दूध सुनिश्चितरूपमा उपयोग हुने वातावरण बन्न थालेको आयोजनाले जनाएको छ ।

  • उपत्यका विकास प्राधिकरणको शरणमा ‘लगानी बोर्ड’- साँघुरो कोठाबाट फराकिलो सपना बुन्दै

    उपत्यका विकास प्राधिकरणको शरणमा ‘लगानी बोर्ड’- साँघुरो कोठाबाट फराकिलो सपना बुन्दै

    काठमाडौं । जेनजी आन्दोलनको त्यो पहिलो दिन (भदौ २३ गते)। जब प्रदर्शनकारीको भीड संसद् भवनतर्फ सोझिएको थियो, तब एउटा अनिष्टको सङ्केत देखिइसकेको थियो। सुरक्षाकर्मीको घेरा तोडेर संसद् भवनमा आक्रमण गर्ने पहिलो दिनको त्यो ‘प्रयास’ विफल त भयो, तर त्यसक्रममा ठूलो विपत्तिको पूर्वसङ्केत देखिइसकेको थियो।

    पहिलो दिनको अवस्थाले भोलिपल्ट अर्कै कथा लेख्दै थियो। नभन्दै, दोस्रो दिन आन्दोलनको राप यति विध्वंसक बन्यो कि देशको सार्वभौम संसद् भवनसँगै विदेशी लगानी भित्र्याउने मुलुकको ‘द्वार’ मानिने लगानी बोर्डको कार्यालय पनि एकै चिहान भयो।

    नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको त्यो भव्य परिसर, जहाँ बसेर खर्बौँ डलर भित्र्याउने र देशको मुहार फेर्ने योजना बुनिन्थ्यो; आज त्यो ठाउँ खरानीको थुप्रोमा परिणत भएको छ। हिजोसम्म विदेशी पाहुना र अर्बपति लगानीकर्तालाई स्वागत गर्न रातो कार्पेट ओछ्याउने लगानी बोर्ड आज आफैँ काठमाडौँ उपत्यका विकास प्राधिकरणको एउटा कुनामा शरण लिन विवश छ।

    प्राधिकरणको साँघुरो कोठामा विदेशी दातृ निकायले दिएको पुरानो कुर्सीमा बसेर नयाँ मार्गको खोजीमा रहेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको मुहारमा त्यो त्रासदीपूर्ण दिनको झझल्को अझै ताजै देखिन्छ। सीईओ ज्ञवालीका लागि त्यो आगलागी केवल एउटा भवन जल्नु मात्र थिएन; त्यो इतिहास जल्नु थियो र त्योसँगै वर्तमानको ठूलो सपना खरानी हुनु थियो।

    ‘पहिलो दिनको प्रयास असफल भएपछि दोस्रो दिन जसरी आक्रमण भयो, त्यसले हामीलाई सम्हालिने मौका नै दिएन’, ज्ञवाली सुनाउँछन्, ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाताभित्र रहेकाले हाम्रो कार्यालय जोगिन सकेन। एकैछिनमा कार्यालय ध्वस्त भएको खबर पाएँ।’

    जेनजी आन्दोलनको समयमा ज्ञवाली नेपालमा थिएनन्। उनी नेपालमा लगानी ल्याउने खोजीमा देशबाहिर पुगेका थिए। लगानीकर्ता ‘फकाउन’ विदेश पुगेका ज्ञवालीको ध्यान भने नेपालको आन्दोलनमै थियो। कार्यक्रमस्थलमा रहेर पनि नेपालको अवस्थाबारे जानकारी लिन उनी छिनछिनमै मोबाइल हेर्थे।

    ‘आन्दोलनको समयमा नेपालमा थिइनँ, देशबाहिर थिएँ’, उनले भने, ‘लगानी ल्याउन हिँडेको मान्छे, देश खरानी भएको खबर पाएँ। त्यो रातभर निदाउन सकिनँ।’

    कार्यालय ध्वस्त भएसँगै सीईओ ज्ञवालीको मनमा थपिएको अर्को पीडा थियो– अब कसरी काम अगाडि बढाउने? लगानीकर्ता फकाउने चिन्ता उनमा छँदै थियो, त्यसमा थपिएको थियो अर्को चिन्ता– अब कार्यालय कहाँ, कसरी चलाउने भन्ने।

    ‘एकातर्फ कार्यालय व्यवस्थापन र आफ्ना कर्मचारीलाई कहाँ राख्ने भन्ने चिन्ता थियो। अर्कोतर्फ लगानीकर्ताको मनोबल खस्किन दिनु भएन। यो दुई कुरालाई ब्यालेन्स मिलाउन ठूलो दबाब रह्यो’, त्यो बेलाको समय सम्झिँदै उनले सुनाए।

    नेपाल फर्केर उनी तत्कालै नयाँ ठाउँको खोजीमा लागे। विभिन्न ठाउँ पुगे र सबैसँग हारगुहार मागे। र, अन्ततः प्राधिकरणको शरण पाए।

    ‘यहाँ आउँदा हामीसँग केही थिएन। हामीले बेलायती सहयोग नियोगसँग सहयोग माग्यौँ। उनीहरूको ‘ग्रिन ग्रोथ नेपाल’ परियोजनामार्फत हामीलाई केही कुर्सी, टेबल र कम्प्युटरहरू सहयोग गर्नुभयो’, उनले भने।

    अहिले ज्ञवाली बसिरहेको कुर्सीमा पनि विदेशी दातृ निकायको सहयोगको छाप छ। एउटा फ्ल्याटमा दुई–चारवटा कोठा लिएर कोचाकोच गरेर कर्मचारीहरू काम गरिरहेका छन्। ‘एउटै फ्ल्याट पनि पाइएन। ग्राउन्ड फ्लोरमा एउटा कोठा छ, माथि अर्को छ। तीन तलामा छरिएर बस्नुपरेको छ’, उनले बाध्यता सुनाए।

    ध्वस्त भए २५ सवारीसाधन, करिब सात करोडको क्षति

    जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आन्दोलनकारीहरूको भीडले संसद् भवनसँगै बोर्डको संरचनामा समेत आगो झोसेका थिए। जसबाट बोर्डले आफ्नो भौतिक अस्तित्व नै गुमायो। बोर्डको कार्यालयसँगै महत्त्वपूर्ण कागजातदेखि सवारीसाधनसम्म क्षतिग्रस्त भए।

    ‘करिब सात करोडको क्षति भएको छ। यो क्षति कार्यालयबाहेक सवारीसाधन, कम्प्युटर र फर्निचरको हो। सबै स्वाहा भयो’, उनले सुनाए।

    ‘बोर्डको भौतिक पूर्वाधार र सामानको हिसाब गर्दा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ’, उनले भने, ‘हाम्रो अफिसमा रहेका करिब २५ सवारीसाधन पूर्ण रूपमा जले। बोर्डका कर्मचारी र केही कम्पनीका गाडीहरू पनि त्यहाँ थिए, ती सबै आगोमा परे। करोडौँको सामान क्षणभरमै खरानी हुँदा बोर्डको दैनिक कार्यसम्पादनमा ठूलो धक्का लाग्यो।’

    भौतिक सम्पत्ति त फेरि किन्न सकिएला, भवन फेरि बनाउन सकिएला तर त्यो आगलागीमा मुलुकको लगानी इतिहाससँग जोडिएका महत्त्वपूर्ण दस्तावेजहरू जले, जसलाई अब चाहेर पनि पुनः प्राप्त गर्न सकिँदैन।

    ज्ञवालीका अनुसार नेपालको कानुनबमोजिम नेपाली कागजमा हस्ताक्षर गरेर राखिएका ठूला परियोजनाका ‘ओरिजिनल प्रोजेक्ट एग्रिमेन्ट’हरू आगोमा जलेर नष्ट भए।

    ‘हामीले विदेशी लगानीकर्तासँग वर्षौँ लगाएर गरेको नेगोसिएसनपछि तयार भएका सम्झौताका ओरिजिनल कपीहरू त्यहाँ थिए। दुवै पक्षले हस्ताक्षर गरेका ती ऐतिहासिक दस्तावेजहरू खरानीमा परिणत भए’, उनले भने।

    ती कागजातहरूमा परियोजनाको इतिहास, अध्ययन प्रतिवेदन र महत्त्वपूर्ण रिभ्युहरू समेटिएका थिए। यस्ता महत्त्वपूर्ण कागजातहरू जल्नु मुलुकका लागि ठूलो अभिलेखीय क्षति हो। तर, ‘डिजिटल मेमोरी’ र माइन्युट भने सुरक्षित फेला पऱ्यो।

    सबै थोक जल्दा पनि एउटा सुखद संयोगले बोर्डको तथ्याङ्क भने पूर्ण रूपमा नष्ट हुन पाएन। नेपाल प्रेससँगको कुराकानीमा ज्ञवालीले राहतको सास फेर्दै सुनाए, ‘एउटा लक्की कुरा के भयो भने बोर्डको माइन्युट (निर्णय पुस्तिका) चाहिँ बच्यो। त्यो अलि भित्री कोठाको दराजमा थियो। त्यहाँसम्म आगोको लप्का पुग्न पाएनछ। त्यो जोगिनु हाम्रो लागि ठूलो सम्पत्ति जोगिएसरह भयो।’

    त्यसबाहेक, बोर्डको डिजिटल सिस्टम र सर्भर कोठा पनि तुलनात्मक रूपमा भित्री भागमा भएकाले आगोले पूर्ण रूपमा छुन पाएन। डिजिटल रेकर्डलाई रिभाइभ गरिएको छ। केही डकुमेन्ट लगानीकर्तासँग मगाएर र यताबाट पठाएको इमेल रेकर्डबाट निकालेर रिकभर गरिँदै छ।

    सीईओ ज्ञवालीसहित उनको टिम जोगिएका केही फाइल बोकेर खरानी टकटक्याउँदै जलेका सपनाहरूलाई पुनः जोड्ने प्रयासमा अनामनगरमा शरणमा छन्। आन्दोलनको त्यो भयानक चोट व्यहोरेका ज्ञवालीले भग्नावशेषबाट कसरी बोर्डलाई पुनः खडा गरिँदै छ र विदेशी लगानीकर्ताको गुमेको विश्वास फर्काउन के गरिँदै छ भन्ने फेहरिस्त नेपाल प्रेसलाई सुनाए।

    ज्ञवालीका अनुसार बोर्डको आफ्नै स्थायी भवन बनाउने योजना पनि अघि सारिएको छ। ‘हामी सधैँ यसरी शरणमा बस्न सक्दैनौँ। सरकारले जग्गा उपलब्ध गरायो भने हामी आफ्नै भवन बनाउने छौँ। यसका लागि डिजाइनको काम अघि बढाउने निर्णय भइसकेको छ’, उनले भने।

    निराशाभन्दा बढी अठोट

    संसद् भवन परिसरमा हुँदाको त्यो ‘स्पिड’ र अहिलेको यो साँघुरो कोठाको काम गराइमा आकाश–पातालको फरक छ। तर, ज्ञवालीको अनुहारमा निराशाभन्दा बढी अठोट देखिन्छ। उनी भन्छन्, ‘हाम्रो भवन जल्यो, कुर्सी–टेबुल जले, तर हाम्रो ‘स्पिरिट’ जलेको छैन। लगानी बोर्डको जुन स्पिरिट थियो, त्यो अझै पनि जीवित छ र हामी त्यही स्पिरिटलाई समातेर अघि बढ्ने कोसिसमा छौँ।’

    जेनजी आन्दोलनले भौतिक संरचना मात्र भत्काएन, विदेशी लगानीकर्ताको नेपालप्रतिको विश्वास पनि डगमगाइदियो। जुन देशको न्यायालयदेखि सिंहदरबार परिसर नै सुरक्षित छैन भने त्यहाँ हाम्रो लगानी कसरी सुरक्षित हुन्छ भन्ने प्रश्न लगानीकर्ताले तेर्स्याउन थाले।

    ‘स्वाभाविक रूपमा उहाँहरूमा एक खालको ठूलो चिन्ता देखियो। सुरक्षाको हिसाबले हाम्रो लगानी के हुन्छ भन्ने प्रश्न हाम्रो बीचमा आयो। आइसकेका लगानीकर्तामा त्रास मात्रै देखिएन कि नेपाल आउने तयारीमा रहेका कतिपय लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा पुगे’, उनले भने।

    विदेशी लगानीकर्ताले सीईओ ज्ञवालीसँग गर्ने एउटै तर्क थियो– नेपालमा लगानी सुरक्षित छ कि छैन ? यो प्रश्नको सामना गर्न ज्ञवालीलाई निकै कठिन थियो। त्यो दृश्यमा देखिएको विध्वंसलाई ढाकछोप गर्न सकिने अवस्था थिएन। तर पनि लगानी सुरक्षित रहने प्रतिबद्धता भने जनाइरहे।

    सङ्कटको यो घडीमा सीईओ ज्ञवालीले हात बाँधेर बस्न चाहेनन्। उनले तत्कालै ‘ड्यामेज कन्ट्रोल’ को रणनीति अपनाए। घटना भएको केही दिनभित्रै उनले नेपालस्थित शक्तिशाली राष्ट्रका राजदूतहरू र लगानीकर्ताहरूसँगको संवादलाई तीव्रता दिए।

    ‘मैले सबै लगानीकर्तालाई बोलाएँ। यहाँका नेपाल प्रतिनिधिहरू, सीएनआई (नेपाल उद्योग परिसंघ), एफएनसीसीआई, चेम्बर अफ कमर्सका अध्यक्षहरूलाई राखेर छलफल गरेँ। हामीले अर्थमन्त्रीको नेतृत्वमा अमेरिकी, बेलायती, भारतीयलगायतका राजदूतहरू र बहुराष्ट्रिय कम्पनीका सीईओहरूलाई राखेर विशेष कार्यक्रम गर्यौँ’, उनले भने।

    त्यो बैठकमा ज्ञवाली र नेपाल सरकारको एउटै सन्देश थियो– ‘वी विल राइज’ । यो एउटा दुर्घटना थियो, तर हामी उठ्ने छौँ र उठ्नैपर्छ।

    उनले निजी क्षेत्रका ठूला लगानीकर्ताहरू रहेका कम्पनीका प्रतिनिधिहरूसँग खुलेर कुरा गरे। ‘उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो। तर खुसीको कुरा, उहाँहरूले जे भयो भयो, हामी नेपाल छोड्दैनौँ। हामी पनि रिकभरीमा लाग्छौँ भनेर प्रतिबद्धता जनाउनुभयो। सरकार र निजी क्षेत्रको यो संवादले लगानीकर्तामा गुमेको विश्वास फर्काउन ठूलो भूमिका खेल्यो’, ज्ञवालीले भने।

    अर्बौँ डलरको नयाँ रोडम्याप, सम्झौतामै कानुनी सुरक्षाको ग्यारेन्टी

    खरानीबाट उठ्दै गरेको लगानी बोर्डले आफ्नो लक्ष्यलाई भने घटाएको छैन। ज्ञवालीका अनुसार अहिले पनि १६ सय अर्ब (१६ खर्ब) रुपैयाँ बराबरका परियोजनाहरू बोर्डको ‘पाइपलाइन’ मा छन्। यो नेपालको अर्थतन्त्रको आकारको तुलनामा निकै ठूलो रकम हो।

    ज्ञवालीले अझ ठूलो र महत्त्वाकांक्षी योजना रहेको बताउँदै भने, ‘हामीले नेपाल उद्योग परिसंघसँग मिलेर एउटा स्टडी गरेका छौँ। अबको ५ वर्षमा नेपालमा १०० अर्ब डलर बराबरको लगानी भित्र्याउने रोडम्याप तयार पार्दै छौँ।’

    उनले १६ सय अर्बको पाइपलाइनमा रहेका प्रोजेक्टहरूलाई कुनै पनि हालतमा ‘ड्रप’ हुन नदिने अठोट व्यक्त गरे। लगानीकर्ताको मनोबल खस्किन नदिनु हाम्रो पहिलो कर्तव्य रहेको समेत उनले सुनाए।

    मौखिक आश्वासनले मात्र विदेशी लगानीकर्ता आश्वस्त हुँदैनन् भन्ने कुरा ज्ञवालीले राम्रोसँग बुझेका छन्। त्यसैले उनले अब लगानीकर्तासँग गरिने सम्झौतामै सुरक्षाको ग्यारेन्टी खोज्ने नीति लिएका छन्।

    ‘हिजो सुरक्षाको कुरा सामान्य थियो। आज विदेशी लगानीकर्ताले कानुनी रूपमै सुरक्षाको ग्यारेन्टी खोजेका छन्। हामी अब गर्ने एग्रिमेन्टमा लगानीको सुरक्षाको दफालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बलियो बनाउँदै छौँ’, ज्ञवालीले भने।

    यदि भोलि कुनै कारणले लगानीकर्ताको परियोजनामा क्षति भयो भने त्यसको जिम्मा राज्यले लिने गरी ‘सोभरेन ग्यारेन्टी’ सरहको कानुनी प्रबन्ध गर्ने तयारी बोर्डले गरेको छ। यसले लगानीकर्तालाई आफ्नो पुँजी डुब्ने डरबाट मुक्त गराउने विश्वास ज्ञवालीको छ।

    लगानीकर्ताको अर्को चासो भनेको ‘रिटर्न’ (नाफा) लैजाने कुरामा हो। उनीहरूले कमाएको पैसा सहजै लैजान पाउने वातावरण बनाइदेऊ भन्ने उनीहरूको माग छ। त्यसमा पनि बोर्डले सहजीकरण गरिरहेको छ।

    सङ्कट व्यवस्थापनको पुरानो अनुभवले दिएको धैर्यता

    सीईओ ज्ञवालीसँग सङ्कट व्यवस्थापनको पुरानो अनुभव छ। २०७२ सालको विनाशकारी भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व उनैले गरेका थिए। त्यतिबेला पनि शून्यबाट काम सुरु गरेर ८ लाख निजी घर र हजारौँ विद्यालय, सम्पदा ठड्याएको अनुभवले उनलाई अहिलेको सङ्कटमा विचलित हुन दिएन।

    ‘त्यतिबेला पनि हामी जिरोमा थियौँ। कुर्सी थिएन, टेबल थिएन। तर हामीले संसारकै ठूलो हाउजिङ रिकभरीको काम गर्यौँ। त्यो अनुभवले मलाई अहिले धैर्य हुन सिकाएको छ। त्यही अनुभवकै कारण संसद् भवन जल्दा र आफ्नो अफिस खरानी हुँदा मन रोयो तर हिम्मत हराएन।’

    उनले सिंहदरबार जल्दाको पीडा पनि सुनाए। जुन लगानीभन्दा माथि कला र इतिहाससँग जोडिएको थियो।

    ‘म पुनर्निर्माण प्राधिकरणमा हुँदा सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) गरेको थिएँ। त्यहाँ भित्रका कलाकृति, पेन्टिङ र वास्तुकला यति बेजोड थिए कि त्यो संसारकै उत्कृष्ट नमुना थियो। बकिंघम प्यालेसमा भएको घडी र त्यहाँको घडी उस्तै थियो’, उनले सम्झिए।

    त्यो सबै खरानी बन्दा आफू रातभर निदाउन नसकेको सुनाउँदै ज्ञवालीले भने, ‘त्यो राणाकालीन कला, त्यो काठको बुट्टा, त्यो इतिहासलाई भत्काउन दिइनँ, बचाएँ भनेर गर्व लाग्थ्यो । तर, त्यो दनदनी जलेको देख्दा म राति निदाउन पनि सकिनँ।’

    लगानी र पैसा त फेरि कमाउन सकिएला, तर त्यो जलेको इतिहास अब कहिल्यै फर्काउन नसकिने उनले सुनाए। यी सबै पीडाबाट माथि उठ्ने कोसिस गर्दै ज्ञवालीको निष्कर्ष छ– अब पछाडि फर्केर हेर्ने समय छैन। नेगेटिभिटीको एउटा क्लाइमेक्स सकियो। अब हामी पोजिटिभ भाइब्सका साथ अघि बढ्नुपर्छ।

    आगामी फागुन २१ गतेपछि देशमा नयाँ सरकार बन्ने र त्यसले ५ वर्षका लागि स्थिरता दिने अपेक्षासहित बोर्डले ‘फास्ट ट्र्याक’ मा काम गर्ने योजना बनाएको छ। जेनजी आन्दोलनले दिएको पीडालाई शक्तिमा बदल्दै लगानी बोर्ड ‘एक्सन’ मा उत्रिएको उनले सुनाए। लगानीको दीर्घकालीन सपना बोकेर प्राधिकरणको साँघुरो कोठाबाट बोर्डले विश्व नियालिरहेको ज्ञवालीले बताए ।

    ०००

    ज्ञवालीसँग गरेको कुराकानीको थप अंशः 

    –आन्दोलनपछि लगानी बोर्डले कसरी काम गर्दै छ ?

    आन्दोलनमा कार्यालय ध्वस्त भए पनि हामीले अहिले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालयमा शरण लिएर काम गर्नु परेको छ। हाम्रो डिजिटल रेकर्ड पनि धेरै लस भयो। त्यसलाई बाहिरबाट अरू डिफरेन्ट ढङ्गले रिभाइभ गर्नुपर्ने अवस्था भयो। हाम्रो सम्पूर्ण लगानीसँग सम्बन्धित सबै खालका तथ्याङ्कहरू, डकुमेन्टहरू, रिपोर्टहरू, एग्रिमेन्टलाई रिभाइभ गर्ने कोसिस गरिरहेका छौँ।

    –जेनजी आन्दोलन पछाडि विदेशी लगानीकर्ताहरूसँगको कुराकानीमा कस्तो प्रतिक्रिया पाउनुभयो?

    स्वाभाविक ढङ्गले उहाँहरूमा एक खालको चिन्ता देखियो। सुरक्षाको हिसाबले पनि के हुन्छ हाम्रो सम्पत्तिहरू भन्ने प्रश्न आयो। अहिले कतिपय लगानीकर्ताहरू ‘वेट एन्ड सि’ (पर्ख र हेर) को अवस्थामा पनि हुनुहुन्छ। तर अब सबै हातै झिकिहाल्ने भन्ने चाहिँ छैन।

    मुलुकमा निजी क्षेत्रको लगानी आउन सकेन, निजी क्षेत्रको मनोबल कमजोर भयो र मनोबल खस्कियो भने त बर्बाद हुन्छ भनेर यो बीचमा हामीले महत्त्वपूर्ण कार्यक्रमहरू गर्यौँ। कार्यक्रममा अर्थमन्त्रीदेखि ठूलो क्षति व्यहोरेको भाटभटेनीलगायत निजी क्षेत्रबाट सहभागिता भयो। जहाँ उहाँहरूले पनि आफ्नो कुराहरू राख्नुभयो र ओपन छलफल गर्यौँ। त्यहाँ हामीले सुरु गर्यौँ ‘वी विल राइज’, हामी उठ्ने छौँ र हामी उठ्नैपर्छ भन्ने लेभलको निष्कर्ष निकाल्यौँ।

    मनोबल खस्केर स्वाट्टै एकदम तल झर्ने जुन खतरा हुन सक्थ्यो, त्यसलाई हामीले सुरक्षित बनाएका छौँ, बचाएका छौँ। तर, पनि यो बीचमा जुन स्पिड थियो, त्यो स्पिडमा अलिकति केही ब्रेक त लाग्यो नै। लगानी ल्याउँछौँ भन्ने केही लगानीकर्ताहरूले ‘हामी पर्खन्छौँ, हामी हेर्छौँ, अझै थप अध्ययन गर्छौँ’ भनिरहेका छन्। बाहिरबाट आउने लगानीकर्ताहरूमा अलिकति केही–केही प्रोजेक्टहरूमा त्यस्तो देखिएको छ। तर हामीले उनीहरूमा सकारात्मक म्यासेज भने दिइरहेका छौँ। हामीले उनीहरूको मनोबल बढाउने कुरामा काम गरिरहेका छौँ।

    लगानीकर्ताहरूले नेपालमा खोजिरहेको सुरक्षा नै हो। लगानीकर्ताहरूले दुई–तीनवटा अर्को प्लस कुराहरू खोजिराखेका छन्। एउटा छिटो–छरितो काम हुनुपऱ्यो। किनभने उहाँहरूलाई जति ढिलो हुन्छ, काम उति नै कष्ट बढ्छ। प्रोजेक्ट चाहिँ महँगो पर्न जान्छ। त्यही भएर फास्ट ट्र्याकमा काम गरिदिनुपऱ्यो। सरकारले दिनुपर्ने सेवा–सुविधा जे–जे चिजहरू छन्, त्यो फास्ट गरिदिनुपऱ्यो। लामो समय लाग्यो भनेदेखि प्रोजेक्ट भायबल चाहिँ हुँदैन। रिटर्न राम्रो आउने खालकै हुँदैन। त्यहीँनिर लस हुन्छ। एउटा कन्सर्नको विषय त्यहाँनिर छ।

    अब अर्को, उहाँहरूको केही इन्सेन्टिभहरू नेपालले के दिन्छ? अरू देशहरूभन्दा तुलनात्मक हिसाबको फाइदा के छ यहाँ भन्ने खालको कुराको तुलनात्मक ढङ्गले उहाँहरू अध्ययन गर्न चाहन्छन्।

    उनीहरूमा हामीले जे कमाउँछौँ, देशका लागि एग्रिमेन्ट गरेअनुसारको टर्म्स एन्ड कन्डिसनमा काम गर्छौँ। नेपाललाई दिनुपर्ने सेवा तथा फाइदाहरू जे–जे छ, त्यो दिन्छौँ। तर हामीले कमाएको जुन नाफा हुन्छ, त्यो नाफा हामीले लैजान पाउनुपऱ्यो भन्ने छ। लगानी गरेपछि नाफै लान पाएन भने लगानी किन गर्ने भन्ने छ। नाफा सहज ढङ्गले लान पाउनुपऱ्यो भन्ने उनीहरूको कुरा छ।

    –सरकारले राजदूतहरूलाई फिर्ता बोलाउँदा वैदेशिक लगानीमा कस्तो असर परेको छ ?

    राजदूतहरूलाई फिर्ता बोलाउँदा वैदेशिक लगानी भित्र्याउने काममा केही हदसम्म असर परेको छ। राजदूत आवास र राजदूतहरूले लगानी प्रवर्द्धनमा भर्खरै सक्रिय भूमिका खेल्न थालेका थिए। कामले गति लिन लागेको अवस्थामा फिर्ता बोलाउँदा त्यसको प्रभाव देखिएको छ।

    तर, लगानी बोर्डले यसलाई संस्थागत रूपमा अघि बढाउन आर्थिक कूटनीति र लगानी कूटनीतिको रणनीति बनाएर काम गरिरहेको छ। बोर्डले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी राजदूत र कूटनीतिक कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट ओरिएन्टेसन दिएको छ। यसअन्तर्गत बेलायत, कोरिया, चीन, भारत, सिङ्गापुर, युएई र कतारलगायतका देशमा रहेका दूतावासहरूले लगानीकर्ताहरूसँग प्रत्यक्ष वा भर्चुअल कार्यक्रमहरू आयोजना गरिसकेका छन्।

    दूतावासमा फोकल पर्सन तोकेर काम गर्ने प्रणाली बसालिएको हुनाले राजदूत परिवर्तन भए पनि संस्थागत काम रोकिँदैन। अहिले बोर्ड आफैँ भौतिक रूपमा उपस्थित हुनु नपर्ने, भिडियो कन्फ्रेन्सिङबाटै काम हुने र आवश्यक पर्दा मात्र भौतिक उपस्थिति जनाउने गरी प्रविधिको प्रयोग बढाइएको छ। राजदूत फिर्ता हुँदा केही सुस्तता देखिए पनि संस्थागत प्रणालीमार्फत लगानीको वातावरण बिग्रन नदिने प्रयास भइरहेको छ।

    –अहिले लगानी बोर्डले परियोजना छनौट र विकासका लागि कस्तो मोडालिटी अपनाएको छ ?

    विगतमा सरकारले परियोजना पहिचान गरेर लगानीकर्ता खोज्ने चलन थियो भने अहिले लगानी बोर्डले लगानीकर्तालाई नै तपाईँहरूसँग के प्रस्ताव छ, लिएर आउनुस् भन्ने खुला नीति अपनाएको छ। यस नयाँ मोडालिटीअनुसार लगानीकर्ताले सीधै परियोजनाको प्रस्ताव पेस गर्न सक्छन् र बोर्डले उनीहरूलाई अध्ययन अनुमति पत्र दिन्छ। लगानीकर्ता आफैँले डीपीआर तयार गरेपछि त्यो प्रस्ताव नेपालका लागि कत्तिको फाइदाजनक छ भनेर यकिन गरिन्छ। त्यसपछि सो प्रस्तावलाई प्रतिस्पर्धामा लगिन्छ।

    यदि प्रतिस्पर्धाका क्रममा अर्को कुनै लगानीकर्ताले सोही परियोजनामा देशलाई बढी फाइदा हुने प्रस्ताव ल्यायो भने नयाँले अवसर पाउँछ। तर सुरुमा अध्ययन गर्ने प्रवर्द्धकको खर्च दोस्रो पक्षले शोधभर्ना गरिदिनुपर्ने व्यवस्था गरिएको छ। यदि प्रस्ताव बराबर भएमा सुरुको प्रवर्द्धकले नै प्राथमिकता पाउँछ। यो विधिले गर्दा सरकारी अध्ययन प्रतिवेदन दराजमा थन्किने समस्या हट्छ र लगानीकर्ताले उत्कृष्ट प्रविधि र पुँजी लिएर आउँछन्।

    यही मोडालिटीमा हाल १६०० अर्बको पाइपलाइनमध्ये ७०० अर्बको लगानी सम्झौता गर्ने लक्ष्य राखिएको छ। जसमा १५ हजार जनालाई रोजगारी दिने सूचना प्रविधि पार्क, कृषिलाई आधुनिकीकरण गर्दै माथि सौर्य ऊर्जा उत्पादन गर्ने एग्रो भोल्टेक, पिक आवरको लोडसेडिङ व्यवस्थापन गर्न ब्याट्री स्टोरेजसहितको सोलार सिस्टम र हाइड्रोजन उत्पादन जस्ता नवीन र ठूला परियोजनाहरू अघि बढेका छन्।

    –लगानी सुरक्षाको प्रत्याभूति दिन बोर्डले कस्ता योजना बनाएको छ ?

    जेनजी आन्दोलन वा अन्य राजनीतिक घटनाक्रमले लगानीकर्तामा सुरक्षाको चिन्ता उत्पन्न हुनु स्वाभाविक भए पनि लगानी बोर्डले लगानीकर्ताहरूलाई सुरक्षाको ग्यारेन्टी गरेको छ। बोर्डले लगानीकर्तासँग गर्ने सम्झौतालाई अन्तर्राष्ट्रिय स्तरको द्विपक्षीय सन्धि सरहको मान्यता दिने तयारी गरेको छ। यसले गर्दा लगानीमा कुनै जोखिम आएमा लगानीकर्ताले अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा लड्न सक्ने कानुनी बाटो खुल्छ, जसले उनीहरूको लगानी डुब्न दिँदैन।

    बोर्डले आगामी निर्वाचित सरकारलाई सहज होस् भनेर लगानीको स्पष्ट ‘रोडम्याप’ र दस्तावेज तयार गरिरहेको छ। जसले नीतिगत स्थिरता प्रदान गर्छ। नेपालमा लगानी गर्दा अरू देशको तुलनामा उच्च प्रतिफल प्राप्त हुने र जोखिम देखिएका क्षेत्रमै बढी अवसर लुकेको हुन्छ भन्ने सन्देश बोर्डले दिएको छ। निजी क्षेत्र र विदेशी लगानीकर्तालाई समान व्यवहार गर्दै, प्रतिस्पर्धी वातावरण सिर्जना गरी ‘फास्ट ट्र्याक’ मार्फत काम गर्ने र बोर्डले लगानीको वातावरण बनाउने विश्वास दिलाएको छ।

  • ४ वर्षसम्म कामको मेलो नसरेपछि इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडियो

    ४ वर्षसम्म कामको मेलो नसरेपछि इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडियो

    काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।

    सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

    सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८ मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो ।

    ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख १ करोड ७१ लाख रूपैयाँ जफत गरिने छ । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो ।

    योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै सोधिएको १५ दिने स्पष्टीकरणको निर्माण व्यवसायीबाट चित्तबुझ्दो जवाफ नआएको कार्यालयले जनाएको छ ।

  • बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा स्तरोन्नति

    बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा स्तरोन्नति

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो ।

    सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा काम सम्पन्न भएको छ ।

    त्यसैगरी, राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।

  • बुटवल कृषि उपज केन्द्रको टेन्डर अविलम्ब खोल्न मन्त्रालयको निर्देशन

    बुटवल कृषि उपज केन्द्रको टेन्डर अविलम्ब खोल्न मन्त्रालयको निर्देशन

    रुपन्देही । बुटवल कृषि उपज केन्द्रका लागि ६८ वटा सटर लामो समय टेन्डर आह्वान गरेर नखोलिएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले अविलम्ब खोल्न निर्देशन दिएको छ । २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो ।

    सोही अनुसार ६८ वटा सटरका लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएका थिए । तर अहिलेसम्म खोलिएको छैन । कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गते पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थविज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडि बढाउन र अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । सटर बहालसम्बन्धी सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि विभागले पत्र काटेर सचेत गराएको हो ।

    पत्रमा कृषि बजार व्यवस्थापन समितिले २०८१ भदौ २४ गते आह्वान गरेको सटरको बेलपत्रसम्बन्धी मुद्दामा अदालतबाट फैसला भइआएको अवस्थामा पनि सटरको बोलपत्र नखुल्नको कारण समेत माग गरेको हो । अदालतबाट २०८२ कार्तिक २० गते गरेको अन्तिम फैसलाअनुसार सटरको टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको थियो ।

    विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घ रुपन्देहीलाई समेत बोधार्थ पत्र दिँदै ‘सटर बहालसम्बन्धी बोलपत्रको विषयमा सम्मानित जिल्ला अदालत रुपन्देहीबाट अदालतको फैसला कार्यान्वयन गर्ने प्रक्रिया प्रचलित कानूनबमोजिम तुरुन्त अघि बढाउन निर्देशानुसार अनुरोध छ’ भनेर पत्र काटेको हो । साथै विभागको पत्रमा यससम्बन्धी कामको दैनिक प्रगति विवरणसमेत विभागको इमेलमा पठाउन अनुरोध गरेको छ ।

    टेन्डरर खुलाउन एक पक्षले र टेन्डरर नखुलाउन अर्को पक्षले स्थानीय सरकार तथा व्यवस्थापन समितिलाई दबाब दिँदै आएको छ भने केही समय अदालती प्रकृयाले पनि यो काम रोकिएको थियो ।

    १५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६०, बुटवल उपमहानगरको २४ र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी छ ।

  • तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

    तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५ दशमलव चार प्रतिशत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । यही समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा भने १२ दशमलव दुई प्रतिशतले वृद्धि भएर तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।

    यस्तै, भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।

    यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ कायम भएको छ ।

  • नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक, कुन देशबाट कति आए ? 

    नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक, कुन देशबाट कति आए ? 

    काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो ।

    यस अवधिमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४  पर्यटक भित्रिएका हुन् ।

    क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट  २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    सन् २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ ।

    सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

  • महानगरमा बैंकका शाखा घटाउने बाटो खुल्यो, एकीकरण वा समायोजन गर्न पाइने  

    महानगरमा बैंकका शाखा घटाउने बाटो खुल्यो, एकीकरण वा समायोजन गर्न पाइने  

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई महानगरपालिका भित्र रहेका आफ्ना शाखाहरू घटाउने वा एकआपसमा गाभ्ने बाटो खोलिदिएको छ। पछिल्लो समय विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को कारोबार बढ्दै गएको र महानगरहरूमा बैंकका शाखाहरूको सङ्ख्या उल्लेख्य रहेको भन्दै राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो।

    राष्ट्र बैंकले गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा अनुसार अब बैंकहरूले महानगरपालिकामा रहेका आफ्ना शाखाहरूलाई स्वयम् समायोजन वा एकीकरण गर्न सक्नेछन्। समीक्षामा भनिएको छ, ‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन एकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’

    नयाँ व्यवस्था अनुसार अब एउटै क्षेत्र वा नजिकको दुरीमा रहेका एउटै बैंकका शाखाहरूलाई बैंकले चाहेमा बन्द गर्न वा अर्को शाखामा गाभ्न पाउनेछन्। डिजिटल बैंकिङको प्रयोग बढेसँगै भौतिक शाखामा ग्राहकको उपस्थिति कम गर्न राष्ट्र बैंकले यस्तो नीति अपनाउन खोजेको छ ।

  • अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

    अब लघुवित्तबाट १५ लाखसम्म ऋण लिन पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको सीमा वृद्धि गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत लघुवित्तबाट प्रवाह हुने कर्जाको सीमा बढाएको हो ।

    नयाँ व्यवस्था अनुसार लघुवित्तबाट १५ लाख रुपैयाँसम्म ऋण लिन पाइने भएको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरूले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँ मात्र रहेको थियो। राष्ट्र बैंकले सो सीमालाई शतप्रतिशत भन्दा बढीले वृद्धि गर्दै १५ लाख रुपैयाँ कायम गरेको हो  ।

    ‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु.७ लाखबाट वृद्धि गरी रु.१५ लाख कायम गरिनेछ’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

    १५ लाखसम्मको सुविधा प्राप्त गर्नका लागि ऋणीले धितो भने अनिवार्य राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएको छ । विद्यमान यस्तो सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिएको छ ।

  • मौद्रिक नीति समीक्षा- घट्यो स्थायी तरलता सुविधा र नीतिगत दर, व्यक्तिगत कर्जा सीमा एक करोड पुर्‍याइयो

    मौद्रिक नीति समीक्षा- घट्यो स्थायी तरलता सुविधा र नीतिगत दर, व्यक्तिगत कर्जा सीमा एक करोड पुर्‍याइयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ ।

    मौद्रिक नीति समीक्षा मार्फत राष्ट्र बैंकले स्थायी तरलता सुविधा दर र नीतिगत दरलाई घटाएको छ । व्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ ।

    त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएको छ । विद्यमान यस्तो सीमा ५० लाख रुपैयाँबाट वृद्धि गरी १ करोड रुपैयाँ कायम गरिएको छ ।

    मौद्रिक नीति समीक्षा मार्फत संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज छ ।

    ‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

    हेर्नुहोस् मौद्रिक नीति समीक्षाको पूर्णपाठ

  • ३ नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    ३ नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

    काठमाडौं । सरकारले थप ३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादनको अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो ।

    ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट/घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ ।

    रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पूरा भइसकेकाले चिलिमे कम्पनीका लागि स्यार खोला अर्को महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको विभागले बताएको छ ।

    यस्तै, विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजना (रामेछाप, साँघुटार) र ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजना (घान्द्रुक) लाई पनि उत्पादन अनुमति प्रदान गरेको छ ।

    विभागका अनुसार हालसम्म कुल २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन्, जसको संयुक्त क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ । चालू आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको उल्लेख छ ।

    यस्तै, हालसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । चालू आर्थिक वर्षमा मात्रै ४२ नयाँ आवेदन परेको विभागले जनाएको छ । ती प्रस्तावित आयोजनाहरूको संयुक्त क्षमता करिब ९ हजार ६८९ मेगावाट रहेको छ ।

  • चार महिनामा ३८ करोडको कुकुर र बिरालोको खाना आयात

    चार महिनामा ३८ करोडको कुकुर र बिरालोको खाना आयात

    बनियानी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपैयाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । आयातको तुलनामा निर्यात आधामा सीमित छ । यति मात्र होइन, पछिल्लो समय देशमा कुकुर र बिरालोको खाना निर्यातमा एकाएक ३३ प्रतिशत वृद्धि भएको छ । चालु आवको चार महिनामै ३७ करोड ९९ लाख १२ हजार रुपैयाँको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

    यस्तै, चालु आव २०८२–८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

    गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

    चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट ५ अर्ब ४६ करोड एक लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आयातबाट पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार रुपैयाँ र निर्यातबाट १२ करोड ३४ लाख ६० हजार राजस्व संकलन गरेको हो । राजस्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।

    काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ, भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ ।

    अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४१ लाख ३२ लाख रुपैयाँले बढी हो । चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।

    प्लाइउड निर्यातमा ५२.७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा १ अर्ब २५ करोड ७२ लाख ५९ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएकामा चालु आवको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ६६ करोड २२ लाख ४१ हजार रुपैयाँले कमी हो ।

    यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा १६ करोड ४५ लाख १२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवमा ३८ करोड ६२ लाख ६८ हजार रुपैयाँको निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ करोड १७ लाख ६८ हजार रुपैयाँले बढी हो ।

    अम्रिसो निर्यातमा २३.९ प्रतिशतले गिरावट आएको छ । २६ करोड २५ लाख ६३ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । अदुवा र सुठो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको छ । २४ करोड २४ लाख १६ हजार रुपैयाँ बराबरको अदुवा र सुठो निर्यात भएको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवमा ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । ९ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको मुसुरो दाल निर्यात भएको थियो ।

    चालु आवमा ३ करोड ७८ लाख ८३ हजार रुपैयाँ बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ ।

  • सालझण्डी–ढोरपाटन सडकः तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत काम

    सालझण्डी–ढोरपाटन सडकः तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत काम

    बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द–ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

    विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

    यो म्याद पनि आगामी विसं २०८३ जेठसम्म छ । २५ करोड ६१ लाख ३१ हजार १ सय ६६ रुपैयाँमा खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिइन् । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताइन् । यो अन्तिम म्याद रहेको उनी बताउँछिन् । आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनी बताउँछिन् ।

    ‘लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,’ उनले भनिन्, ‘अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।’

    स्वच्छन्द–ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए । मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो ।

    विसं २०६८ मा रूपन्देहीदेखि शुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ ।

    उपप्रमुख कायतले भने, ‘बुर्तिबाङ–ढोरपाटन लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ स्थानीय र पर्यटकले दुःख पाएका छन्, अहिले निर्माण कम्पनीले काम सक्ला भन्ने छ, काम गरिरहेको हुँदा आशा पलाएको छ, यो ढोरपाटनमा उत्पादन भएका वस्तु बजारीकरण गर्ने मुख्य सडक हो, बर्खामा यात्रा गर्न निकै कठिन छ, हिउँदमा पनि त्यत्ति सहज छैन ।’

    फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने
    बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । यस खण्ड शुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नतिनै भएको छैन ।

    १६ करोड ४८ लाख २६ हजार २ सय २८ रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी काम शुरु भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बताउँछिन् । तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जाखिमपूर्ण हुने गरेको उनको भनाइ छ । अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताइन् ।

  • सालझण्डी–ढोरपाटन सडकः तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत काम

    सालझण्डी–ढोरपाटन सडकः तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत काम

    बागलुङ । तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द–ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

    विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

    यो म्याद पनि आगामी विसं २०८३ जेठसम्म छ । २५ करोड ६१ लाख ३१ हजार १ सय ६६ रुपैयाँमा खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिइन् । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताइन् । यो अन्तिम म्याद रहेको उनी बताउँछिन् । आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनी बताउँछिन् ।

    ‘लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,’ उनले भनिन्, ‘अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।’

    स्वच्छन्द–ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए । मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो ।

    विसं २०६८ मा रूपन्देहीदेखि शुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ ।

    उपप्रमुख कायतले भने, ‘बुर्तिबाङ–ढोरपाटन लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ स्थानीय र पर्यटकले दुःख पाएका छन्, अहिले निर्माण कम्पनीले काम सक्ला भन्ने छ, काम गरिरहेको हुँदा आशा पलाएको छ, यो ढोरपाटनमा उत्पादन भएका वस्तु बजारीकरण गर्ने मुख्य सडक हो, बर्खामा यात्रा गर्न निकै कठिन छ, हिउँदमा पनि त्यत्ति सहज छैन ।’

    फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने
    बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । यस खण्ड शुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नतिनै भएको छैन ।

    १६ करोड ४८ लाख २६ हजार २ सय २८ रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी काम शुरु भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बताउँछिन् । तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जाखिमपूर्ण हुने गरेको उनको भनाइ छ । अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताइन् ।

  • भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

    भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

    सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ ।

    धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा करिब छ महिनाअघि सडक पिच भएर सहज पहुँच बनेपछि यहाँको पर्यटन चहलपहल ह्वात्तै बढेको स्थानीय बताउँछन् । सडक विस्तारले केवल पर्यटकको आगमन मात्र बढाएको छैन, यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म सजिलै पु¥याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    हाल यो सडक वडा नं १४ को सर्रे–अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्तीलाई बजारसँग थप मजबुत रूपमा जोडेको छ । भालटारडाँडामा पुग्ने जो–कसैलाई यहाँको हरियाली, चुरे आसपासका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले मोहित बनाउने गर्दछ । परिवारसहित पिकनिक मनाउन, साथीभाइसँग रमाइलो गर्न, हाइकिङ गर्न तथा मनको थकान मेट्न यहाँ आउनेहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । पर्यटक आगमनसँगै भालटारमा होटल–रेस्टुराँको सङ्ख्या पनि बढ्दै गएको छ ।

    भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राई भन्छन्, ‘विगत आठ वर्षदेखि होटल सञ्चालन गरे पनि पहिला खासै मानिस आउँदैनथ्ये । तर पछिल्लो समय पूर्वाधारको विकाससँगै मानिसको उल्लेख्य आगमन हुन थालेको छ । छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।’

    राईका अनुसार, धेरै पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन्, कोही हिँड्दै–हिँड्दै नै आउने गर्छन् । ‘यहाँ लोकल कुखुराको स्वाद चाख्न विशेषै पर्यटक आउँछन् । रमाइलो वातावरणमा फ्रेश फिल गर्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ,’ राई थप्छन् । होटल व्यवसायीको भनाइमा, सडक राम्रो भएपछि दैनिक रूपमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ ।

    धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने प्रयासलाई तीव्रता दिइरहेका छन् । वडा नं १३ का वडाध्यक्ष सूर्यमान तामाङले भने, ‘भालटार डाँडामा पछिल्ला वर्षमा पर्यटकको आकर्षण असाध्यै बढेको छ । त्यसैले हामीले यस क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ प्रचारप्रसारदेखि भ्यू–प्वाइन्ट पहिचान, सफाइ अभियान र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेका छौँ ।’ नजिकै धनगढीमाई चोकमा पनि सो क्षेत्रको पर्यटन सम्भावनालाई मुख्य केन्द्र बनाउँदै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको उनले जानकारी दिए ।

    सुन्दर भू–आकृति, बढ्दो होटल व्यवसाय, सहज यातायात र बढ्दो आन्तरिक तथा बाह्य पर्यटक आगमनका कारण भालटारडाँडामा ‘मिनी–हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल देखिएको स्थानीय युवा वीरेन्द्र चौधरीको भनाइ छ । मधेशमै यस्तो रमणीय पहाडी दृश्य पाउन सकिने थोरै ठाउँमध्ये भालटार एक भएकाले स्थानीय तहले यसको प्रवद्र्धन गरी स्थानीयको रोजगारीसँग जोड्न सक्नुपर्ने उनले बताए ।

  • घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिन म्याद थप

    घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिन म्याद थप

    काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।

    विभागले मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो ।

    विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको थियो । एक पटकमा तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो । घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ ।

    विभागले गत शुक्रबारदेखि लागू हुने गरी आवेदनको म्याद थप गरिएको जनाएको हो । विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

    विभागका अनुसार कात्तिकमा घरजग्गा कारोबारबाट दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४ सय १३ रुपैयाँ, रजिष्टे«शन शुल्क एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रपैयाँ, पूँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ बराबर सङ्कलन भएको थियो ।

  • प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त

    प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त

    काठमाडौं । प्रभु बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साललाई नियुक्त गरिएको छ ।

    बैंकका वरिष्ठ कर्मचारी रहेका लम्साललाई आईतबारदेखि लागू हुनेगरि बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको हो ।

    आईतबार सीईओ अशोक शेचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । शेरचन पक्राउ परेपछि लम्साललाइ कर्यवाहकको जिम्वेवारी दिने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।

    सिआइबीले सीईओ शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सिसीओ) रिवास श्रेष्ठलाई नियन्त्रणमा लिईएको छ । डिसीईओ पोखरेल पालुङटार नगरपालिका वडा नम्बर २ का हुन् भने सिसीओ श्रेष्ठ इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का हुन् ।

    उनीहरूले कानून विपरीत कार्य गरी प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने/ गराउने कसुरमा संलग्न रहेका आरोप छ ।

    यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

    साथै बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरु सम्पूर्ण शाखा सञ्जालहरुबाट निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाईएको सुचना अधिकार रविन्द्र ढकालले जानकारी दिए ।

  • डिजेलको मूल्य घट्दा, हवाई इन्धनको बढ्यो

    डिजेलको मूल्य घट्दा, हवाई इन्धनको बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको मूल्य बढेको छ ।

    मंसिर १५ गतेबाट लागू हुनेगरी डिजल/मट्टितेलको मूल्य १ रुपैयाँले घटाइएको हो ।

    निगम सञ्चालक समितको निर्णयअनुसार पहिलो वर्गको १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १४५ रुपैयाँ र तेस्रो वर्गको १४६ रुपैयाँ तय भएको छ ।

    यस्तै हवाई इन्धनको आन्तरिकतर्फ भने ६ रुपैयाँ बढेको छ । अन्तरराष्ट्रिय तर्फ ४२ डलरले बढेको छ ।

  • राष्ट्रिय सहकारी बैंकको खर्च कटौती मुख्य चुनौती, शाखा घटाउने तयारी 

    राष्ट्रिय सहकारी बैंकको खर्च कटौती मुख्य चुनौती, शाखा घटाउने तयारी 

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकको खर्च कटौती मुख्य चुनौती रहेको अध्यक्ष महेन्द्रकुमार गिरीले बताएका छन् । शनिवार बैंकको साधारण सभामा बोल्दै अध्यक्ष गिरीले सञ्चालन खर्च धान्न नसकिने अवस्था आउन नदिन शाखा मर्जरको नीति लिएको खुलासा गरे ।

    बैंकको वर्तमान सञ्चालक समितिले ६८ वटा शाखा कार्यालयमध्ये ११ वटा शाखालाई गाभ्ने (मर्ज) वा घटाउने प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए । ‘अहिले हाम्रो ६८ वटा शाखा भएपनि हामीले ११ वटा घटाउन वा मर्ज गर्न अगाडि बढाइसकेका छौँ । यहाँ खर्च घटाउने चुनौती मुख्य छ’, उनले भने, ‘ऋण लगानी गर्न पनि आवश्यक छ ।’

    नयाँ नेतृत्वलाई पनि फजुल खर्च नियन्त्रणमा निर्मम हुन उनको सुझाव छ । नयाँ आउने नेतृत्वलाई सुझाव दिँदै अध्यक्ष गिरीले ‘भाषण ठोकेर बैंक बन्छ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । उनले भने, ‘पहिला साधारण सभामा भाषण ठोक्दा बैंक बन्छ भन्ने कल्चर थियो, हामीले त्यसलाई तोडेका छौँ । अब आउने सञ्चालक समितिले अलिकति बल गर्नुपर्छ, अलिकति खट्नुपर्छ ।’

    उनले सञ्चालक समिति र उपसमितिहरू वित्तीय रूपमा साक्षर हुनुपर्ने र व्यवस्थापनले ल्याएको प्रस्तावमा ‘पास’ मात्र भन्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव दिए । ‘हामीले सञ्चालकलाई पुँजी पर्याप्तता अनुपात के हो भनेर पढाउनु पर्‍यो, अबको नेतृत्व प्रोफेसनल हुनुपर्छ,’ गिरीले भने ।

    विगतमा ४० करोडसम्मका ठूला कर्जा लगानी गर्दा ५ अर्ब रुपैयाँ जोखिममा परेको उदाहरण दिँदै अध्यक्ष गिरीले नयाँ नेतृत्वलाई साना कर्जामा केन्द्रित हुन सुझाव दिए ।

    ‘ठूला कर्जा होइन, अब १० लाखको ऋण मोडलमा जानुपर्छ । १० हजार जनालाई १० लाखको दरले दिँदा पनि १० अर्ब लगानी हुन्छ,’ उनले अनुभव सुनाउँदै भने, ‘माइक्रोफाइनान्स मोडलमा जाँदा १० लाख रुपैयाँ त हप्काएर पनि उठाउन सकिन्छ, तर ठूला ऋणीले बैंकलाई नै जोखिममा पार्छन् ।’

    अध्यक्ष गिरीले आफ्नो टिमले एक वर्षमा बैंकलाई अपरेटिङ नाफामा ल्याएपनि विगतको ३ अर्बभन्दा बढी सञ्चित नोक्सानका कारण तत्काल सेयरधनीलाई लाभांश बाँड्न नसकिने यथार्थ प्रस्तुत गरे ।

    ‘हामीले दुख गरेर असुली प्रक्रिया अघि बढाएका छौँ, अब आउने नेतृत्वको पालामा १ देखि २ अर्ब नाफा देखिन सक्छ,’ उनले भने, ‘तर सञ्चित नोक्सान ३ अर्ब नाघेकाले नाफा बाँड्न भने सकिँदैन, यसमा नयाँ नेतृत्वले सेयरधनीलाई बुझाउन र बैंकलाई बलियो बनाउन मेहनत गर्नुपर्नेछ ।’

    उनले ऋण असुलीका क्रममा जेलबाटै ज्यान मार्ने धम्की आउँदा पनि आफूहरू नडगमगाएको भन्दै अबको नेतृत्वले पनि जस्तोसुकै दबाब र चुनौती सामना गर्न तयार रहनुपर्ने सन्देश दिए ।

    अध्यक्ष गिरीले आफू अध्यक्ष हुँदाको जटिल परिस्थितिबाट बैंकलाई अहिलेको अवस्थासम्म ल्याउन ठूलो चुनौती सामना गर्नु परेको बताए । उनले खराब कर्जा असुलीका क्रममा आफू र कर्मचारीले ज्यान मार्ने धम्की समेत सहनु परेको खुलासा गरे ।

    ‘सञ्चालक समितिले २५ बुँदे कार्यदिशा बनाएर ठूला ऋणीहरूको कर्जा असुली प्रक्रिया अघि बढाउँदा हामीलाई जेलभित्रबाट तँलाई मार्छु भनेर धम्की आयो,’ अध्यक्ष गिरीले भने, ‘हामी डराएनौँ, ३५ दिने सूचना निकाल्यौँ, कालोसूचीमा राख्यौँ र धितो लिलाम प्रक्रिया अघि बढायौँ । जसका कारण बैंकको खराब कर्जा उठ्दै छ ।’

    गिरीले आफू अध्यक्ष बनेको सुरुवाती चरणमा बैंकलाई ‘लाटो समिति’ भनेर उपहास गरिएको उल्लेख गर्दै त्यसले आफ्नो टिमको मनोबल नघटाएको बताए । ‘हामीलाई लाटो समिति भनियो । राष्ट्र बैंकदेखि पत्रपत्रिकासम्म असहयोग भयो, तरपनि हामी निरन्तर काममा अग्रसर रह्यौँ’, उनले भने ।

     

  • बजारबाट राष्ट्र बैंकले ४० अर्ब निक्षेप तान्दै, आजै बोलकबोल हुने 

    बजारबाट राष्ट्र बैंकले ४० अर्ब निक्षेप तान्दै, आजै बोलकबोल हुने 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो ।

    राष्ट्र बैंकले ३५ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी यही पुस १० गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलब पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

     

  • फेरि बढ्यो सुनचाँदीको भाउ

    फेरि बढ्यो सुनचाँदीको भाउ

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४ सय ९० रुपैयाँ निर्धारण भएको छ ।

    शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६ सय रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १ सय ७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • वीरगंज महानगरको पुँजीगत खर्च गर्ने क्षमतामा लगातार ह्रास

    वीरगंज महानगरको पुँजीगत खर्च गर्ने क्षमतामा लगातार ह्रास

    वीरगंज । वीरगंज महानगरले आर्थिक वर्ष २०८१–८२ का लागि पुँजीगततर्फ एक अर्ब ४३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर महानगरले ६७ करोड ७३ लाख रुपैयाँ मात्र खर्च गरेको छ । जबकि महानगरले सोही आवमा चालु खर्चतर्फ भने दुई अर्ब ४१ करोड २१ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये एक अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खर्च गरेको थियो । वीरगंज महानगरले गत आवमा मात्र होइन, पछिल्ला तीन आवमा पुँजीगत खर्च गर्ने क्षमतामा क्रमशः ह्रास आइरहेको छ ।

    वीरगंज महानगरले आव २०८०–८१ मा पुँजीगत खर्चतर्फ एक अर्ब छ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा मुस्किलले ६८ करोड एक लाख रुपैयाँ मात्र खर्च गर्न सकेको थियो । त्यस आवमा पुँजीगत बजेटमध्ये महानगरले प्रथम त्रैमासिकमा २१ दशमलव ४० प्रतिशत, दोस्रो त्रैमासिकमा १६ दशमलव ५४ प्रतिशत र तेसो त्रैमासिकमा १४ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च गरेको थियो भने चौथो त्रैमासिकमा भने ४७ दशमलव ६२ प्रतिशत खर्च गरेको छ ।

    महालेखापरीक्षक कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनले महानगरले आव २०८०–८१ मा भएको कुल पुँजीगत खर्चमध्ये ३६ दशमलव ६२ प्रतिशत खर्च–भुक्तानी असार महिनामा भएको औँल्याएको छ । ‘आर्थिक वर्षको अन्त्यमा वर्षायाम सुरु भएपछि विकास निर्माण दिगो र गुणस्तरीय नहुने र कार्यबोझ बढी हुने भएकाले प्रत्येक त्रैमासिकमा समानुपातिक रूपमा खर्च गर्नुपर्ने सुझाव दिँदै आएकामा सुधार भएको छैन,’ महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

    पुँजीगत अपेक्षाकृत खर्च गर्न नसकेको महानगरले चालुतर्फको उत्साहजनक ढङ्गले खर्च गरेको देखिन्छ । आव २०८०–८१ मा महानगरले चालु खर्चतर्फ दुई अर्ब ९६ करोड ६२ लाख रुपैयाँ विनियोजन भएको थियो । सोमध्ये एक अर्ब ७५ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । महानगरले आव २०७९–८० मा पुँजीगत खर्चतर्फ एक अर्ब ८७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेकामा त्यस आवमा एक अर्ब २६ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । जबकि सोही आवमा चालु खर्चतर्फ भने दुई अर्ब ५७ करोड १० लाख रुपैयाँमध्ये दुई अर्ब २८ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ ।

    वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले सङ्घ तथा प्रदेश सरकारबाट पुँजीगततर्फ आउने बजेट समयमै निकासा नहुँदा पनि पुँजीगत खर्च चाहेजस्तो खर्च हुन नसकेको बताए । ‘सङ्घ तथा प्रदेश सरकारबाट आउने विभिन्न अनुदानबापतको रकम खर्च गर्न पनि विभिन्न खालका बाधा अड्चन आउने गरेका छन् । हामीले सकेसम्म समन्वय गरेर पुँजीगत खर्च अघि बढाउने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

    प्रमुख सिंहले मुुलुकका अन्य महानगरको तुलनामा वीरगंज महानगरमा सङ्घीय सरकारबाट ठूला परियोजना नपर्दा यहाँ विकास निर्माणका ठूला काम हुन नसकिरहेको गुनासो गरे । ‘वीरगंजबाट सङ्घीय सरकारले रु दुई खर्बभन्दा धेरै राजस्व सङ्कलन गर्ने भएता पनि सङ्घीय सरकारले यहाँको विकास निर्माणको लागि ध्यान दिनसकेको छैन,’ उनले भने, ‘विकासमा भएको विभेदको अन्त्य गर्दै यहाँ पनि ठूला खालका कार्यक्रम ल्याउन आह्वान गर्दछु ।’

    प्रमुख सिंहले महानगरको आन्तरिक स्रोतबाट शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलगायतका तलबभत्ता खुवाउनुपर्दा पनि विकास निर्माणको काम बेलाबखतमा प्रभावित हुने गरेको बताए । महानगरका लेखा अधिकृत रुपनारायण राउतले झन्झटिलो सार्वजनिक खरिद प्रक्रिया, पुँजीगत खर्च असार अन्तिममा मात्र निकास हुने प्रवृत्ति र समयमै ठेक्का व्यवस्थापनलगायत कारणले महानगरको पुँजीगत खर्च अपेक्षाकृत ढङ्गले हुन नसकेको बताए ।

    ‘चालु आवको पहिलो चौमासिकसम्म पुँजीगत लक्षित छुट्याइएको बजेट तथा कार्यक्रमको सम्पूर्ण बोलपत्र प्रक्रिया टुङ्गो लाग्नुपर्ने हुन्छ,’ उनले भने, ‘स्रोत सुनिश्चितताको अभाव र ठेक्का व्यवस्थापनमा आउने विभिन्न थरिका उल्झनले पनि पुँजीगत खर्च हुन सकिरहेको छैन ।’ लेखा अधिकृत राउत स्थानीय सरकारले खर्च गर्ने पद्धतिमा पनि उल्लेखनीय सुधार ल्याउनुपर्ने बताउँछन् । महानगरसँग तरलताको अभाव र अन्य विविध कारणले पनि विभिन्न समस्या देखापर्दै आइरहेका छन् ।

    सङ्घीयता तथा स्थानीय शासनविद् डा खिमलाल देवकोटाले स्थानीय तहमा प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष बीचमा समन्वय र सहकार्य अभावका कारणले पनि बजेट निर्माणदेखि कार्यान्वयनको तहसम्मै असर पार्दै आइरहेको बताए । ‘स्थानीय तहले समयमै बजेट ल्याउने र पास गर्ने संस्कारमा ह्रास हुुँदै आइरहेको छ,’ उनले भने, ‘स्थानीय तहले बजेटलाई अबण्डामा राख्नुभएन । बजेट चक्रअनुसार पालना गर्दै अघि नबढ्दा पनि तोकिएको समयमै पुँजीगत खर्च गर्ने क्षमतामा समेत समस्या देखिँदँ आइरहेको छ ।’ बजेट निर्माण र खर्च गर्ने परिपाटीमा पनि पारदर्शी, बजेट निर्माण गर्दा पनि सबै वडाको सामाजिक, आर्थिक, पूर्वाधार विकासमा ध्यान दिनुपर्ने हुन्छ ।

    महालेखापरीक्षकको कार्यालयको ६२औँ प्रतिवेदनले पनि वीरगंज महानगरलाई स्वीकृत बजेट तथा कार्यक्रम प्राप्त भएपछि प्रथम त्रैमासभित्र खरिद सम्झौता नगरी आर्थिक वर्षको अन्त्यमा मात्र काम गराउँदा कामको गुणस्तरमा समेत प्रतिकूल असर पर्न सक्ने हुँदा नियमानुसार समयमा नै ठेक्का सम्झौता गरी कार्यतालिकाअनुसार कार्य गर्न सुझाव दिएको छ ।

    महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ (४ ख) मा पालिकाको उपप्रमुखले योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्नुपर्ने व्यवस्था भएकामा उप्रमुखबाट योजना अनुगमन गरी प्रतिवेदन पेस नगरेको समेत देखिएको छ ।

    त्यस्तै सार्वजनिक खरिद ऐन, २०६३ अनुसार रु १० करोडभन्दा बढी रकमको वस्तु, निर्माण, परामर्शलगायत खरिद गर्दा खरिद गुरुयोजना तयार गर्नुपर्नेमा महानगरले आव २०८०–८१ मा ६८ करोड एक लाख २२ हजार रुपैयाँको सार्वजनिक खरिद व्यवस्थापन गरेकामा खरिद गुरुयोजना तयार गरेको देखिएको छैन ।

  • वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ भित्रियो, झण्डै २३ करोड राजस्व संकलन

    वीरगञ्ज (पर्सा) । चालू आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

    डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा २ अर्ब ९३ करोडले बढी हो ।

    जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालू आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए ।

    ‘गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत ९ दशमलव ६० प्रतिशतले बढेको छ,’ उनले भने ।

    कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ । जसबाट १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो । सोबाट ९ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो ।

    चालू आवको ४ महिनामा १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ । सो पेट्रोल आयात हुँदा ९ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा ८ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।

    त्यस्तै यो अवधिमा ९ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट १ अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।

    गत आवको सोही अवधिमा भने ११ अर्ब १० करोड मूल्य पर्ने १० करोड तीन लाख ५९ हजार किलोग्राम एलपी ग्यास आयात भएको थियो । सो आयातबाट २ अर्ब आठ करोड राजस्व सङ्कलन भएको थियो ।

  • साकोस शिखर गोष्ठी आयोजना गर्दै नेफ्स्कून  

    साकोस शिखर गोष्ठी आयोजना गर्दै नेफ्स्कून  

    काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ‘साकोस शिखर गोष्ठी–२०८२’ आयोजना गर्ने भएको छ । संघले आगामी पुस ३ र ४ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा उक्त गोष्ठी आयोजना गर्न लागेको हो ।

    नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाका अनुसार विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानको नेतृत्व गर्दै आएको नेफ्स्कूनले बदलिँदो नियामक परिवेशमा साकोस अभियानको निरन्तरता र अनुपालनका विषयमा छलफल गर्न गोष्ठी आयोजना गर्न लागेको हो । विशेषगरी सहकारी ऐन तथा नियमावलीका संशोधनहरू, सदस्यको बचत सुरक्षा, जोखिम न्यूनीकरण र कर्जा सूचना केन्द्रको स्थापना मार्फत बढेको नियामकिय दायराको सन्दर्भमा यो गोष्ठी केन्द्रित रहनेछ ।

    गोष्ठीमा स्वदेशी तथा विदेशी विज्ञहरूबाट विभिन्न ६ वटा महत्त्वपूर्ण विषयमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । जसमा नियामकिय मार्गचित्र, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र नेतृत्व परिवर्तन, वित्तीय सहकारीको स्वनियमन अभ्यास, वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालन, वर्तमान प्रवृत्ति र आगामी मार्ग दिशा रहेका छन् ।

    गोष्ठीमा नेफ्स्कूनका सदस्य संघ संस्था, नियामक निकाय, विकास साझेदार लगायतबाट करिब ७०० जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ । सहभागिताका लागि संघले अनलाइन दर्ता खुला गरेको छ ।

    नेफ्स्कूनले सहभागिता शुल्क समेत तोकेको छ । जसमा मंसिर २० गतेभित्र दर्ता गर्नेहरूको लागि छुट सहितको ६ हजार रुपैयाँ शुल्क तोकिएको छ । नियमित शुल्क तर्फ सात हजार र गैर–सदस्यलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

     

  • एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो टेण्डर

    एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो टेण्डर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छाप्ने तयारी गरेको छ । जसका लागि राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई टेण्डर दिएको छ ।

    नोट छपाइका लागि राष्ट्र बैंकको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चिनियाँ कम्पनीले टेण्डर पाएको हो । टेण्डर पाएको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको छ ।

    उक्त कम्पनीले एक करोड ६९ लाख ८५ हजार डलरमा नोट छाप्ने ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ । नोट छपाइका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

     

  • अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो चिया निर्यात

    अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो चिया निर्यात

    झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ ।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो ।

    गत आवको त्यस अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० रुपैयाँ हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।

  • उद्योगी/व्यवसायीलाई सहजीकरण गर्ने सरकारको लक्ष्य : अर्थमन्त्री खनाल

    उद्योगी/व्यवसायीलाई सहजीकरण गर्ने सरकारको लक्ष्य : अर्थमन्त्री खनाल

    रुपन्देही । रुपन्देहीका उद्योगी/व्यवसायीसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनालले तीन घण्टा खुलेर अन्तरसंवाद गरेका छन् । सबै क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधि तथा उद्योगीहरू सहभागी त्यो कार्यक्रममा अर्थमन्त्रीले पहिले समस्या सुने र त्यसको समाधानमा सरकारले थालेका योजना सुनाए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघले रुपन्देहीमा बिहीबार आयोजना गरेका कार्यक्रममा सहभागीले उद्योगी–व्यवसायीलाई भरोसा दिलाउँदै अर्थमन्त्री खनालले अब सहजीकरणमै सरकार अघि बढ्ने प्रतिबद्धता गरेका छन् ।

    ‘अर्थमन्त्रीले हाम्रा कुरा ध्यान दिएर सुन्नुभयो, विभागीय टीम पनि भएकाले केही कुरा तत्काल पनि समन्वय भयो, केही नीतिगत कुराहरू टिपोट गरेर जानुभएको छ, व्यवसाय सहजीकरण, कर प्रशासनका झमेला हटाउन पहल गरिने, विधिमै रहेर कसरी काम गर्न सकिन्छ भन्ने विषय र डेडिकेटेट तथा ट्रंकलाइनको समस्या दीर्घकालीन समाधानको विषय व्यवसाय केन्द्रित छलफल भयो’ कार्यक्रममा सहभागी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने ।

    उनले प्राकृतिक साधन स्रोतको उपयोग गर्नुपर्ने भन्दै अन्तरपालिकाको समन्वय नहुँदा नेपालमा विकास र निर्माणमा समस्या भएको भन्दै यसलाई सहजीकरण गर्नका लागि आग्रह गरे । अर्यालले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीलाई तर्साउने गरेको भन्दै त्यस्ता कार्य बन्द गर्न अनुरोध गरे ।

    रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले संकटग्रस्त उद्योगीलाई चल्नसक्नेगरी सरकारले योजना बनाउनु पर्ने र नीतिगत रूपमा अघि सारेका योजना कार्यान्वयनमा आग्रह गरे । उनले डेडिकेटड र ट्रंक लाइनको विषयमा पनि सरकारले पुनर्विचार गर्नुपर्ने सुझाव दिए ।

    अर्थमन्त्री खनालले उद्योगी–व्यवसायीलाई धरपकड नगरी सहजीकरणतर्फ सरकार लागेको जनाएका छन् । उनले कुनै व्यवसायको कमजोरी नहुने जनाउँदै गलत गर्ने व्यक्ति भएको जनाए । त्यसैले कुनै अनुसन्धान हुँदा व्यवसाय बन्द नगरी गरिने बताए । यस्तै, उनले फूल अडिट वा कुनै पनि बहानामा उद्योगी–व्यवसायीलाई दुःख नदिइने जनाए । तर, आवश्यकता आधारमा अनुसन्धान भने गरिने स्पष्ट पारे ।

    बोल्दै अर्थमन्त्री खनालले आर्थिक क्षेत्र सुधारमा सरकारले ध्यान केन्द्रित गरेको बताए । ‘यो सरकार निर्वाचन गर्नका लागि बनेको हो । हामीले फागुन २१ भित्रै निर्वाचन गर्न लागिपरेको छौँ’, उनले भने, ‘तर, छोटो समयमा भए पनि आर्थिक क्षेत्रमा सुधारका काम गर्छौँ ।’ उनले राजस्व चुहावट नियन्त्रणका लागि सरकारले भन्सारदेखि कर प्रशासनसम्म सुधारका काम गरिरहेको बताए ।

    यस्तै, मन्त्री खनालले ढुंगा–गिटीको निर्यात खोल्ने विषयमा सरकार सकारात्मक रहेको जनाए । ‘लुम्बिनी प्रदेशबाट सहज रूपमा ढुंगा– गिटी निर्यात गर्न सम्भव छ । राम्रोसित उत्खनन गरिए पर्यावरणीय क्षति नहुने भएकाले उद्योगीले पनि लामो समयदेखि यही माग दोहोर्‍याई रहेकाले आफू मैले सकारात्मक भूमिका खेल्छु ।’ यस विषयमा उद्योग मन्त्रीसित कुराकानी गरेर बाँकी अवधिमा माग पूरा गर्न पहल गर्ने उनले बताए । ‘ढुंगा–गिटी निर्यात गर्ने कुरा वर्षौदेखिको माग हो,’ उनले भने, ‘वर्तमान सरकारको बाँकी अवधिमा यसलाई निष्कर्षमा पुर्याउनेगरी काम गर्छ ।’

    उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा सकारात्मक रहेको जनाए । ‘सरकार गठन भएको छोटो समय भयो । विमानस्थलबारे केन्द्रित हुन पाएका छैनौँ’, उनले भने, ‘बाँकी अवधिमा राज्यको यति धेरै लगानी भएको विमानस्थल सञ्चालनका विषयमा केन्द्रित हुन्छौँ ।’

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बिना भन्सार भारतीय बजारमा किनेर ल्याउने सामानका कारण रुपन्देहीका स्थानीय बजार प्रवर्द्धन हुन नसकेको बताए । वर्षौँदेखि मलको चोरी तस्करी भइरहेकाले भन्सार राजश्व संकलनमा असर परेको बताए । रुपन्देहीको बेलहियाबाट मुलुकमै धेरै पर्यटक भित्रिने भएकाले त्यसलाई पर्यटनमैत्री नाका बनाउन माग गरे ।

    मुलुकमा जेन–जी आन्दोलनपछि उद्योग सञ्चालनमा चुनौती देखिएकाले उद्यम–व्यवसायका लागि अनुदान र लगानीकर्ताको मनोबल उकास्ने कार्यक्रम ल्याउन माग गरे । ‘कर पक्रिया सरल र पारदर्शी बनाउनुपर्छ,’ उनले भने, ‘उद्योग व्यापारलाई उकास्न नीति निर्माण तहमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता गराउन हाम्रो माग छ ।’

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले ढुंगा–गिट्टीको भारत निर्यात खुलाउन माग गरे । स्थानीय तहलाई जिम्मेवारी दिएर वा सरकारले नै निगरानी निकाय तयार गरेर भए पनि ढुंगा–गिट्टी निकासी खुला गर्न माग गरे । नेपालमा खेर गइरहेका यस्ता सामाग्री भारतमा चर्को मूल्यमा विक्री हुने र भन्सार राजश्वमा पनि उल्लेख्य वृद्धि हुने भएकाले गिट्टी, बालुवा निकासी खुला गर्न माग गरे ।

    उद्योगी उज्ज्वल कसजुले विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर घटाएकोमा सरकारलाई धन्यवाद दिए । सरकारले सेजको भाडा ७५ प्रतिशत घटाएर प्रति वर्गमिटर ५ रुपैयाँ कायम गरेको छ । यसले उद्योगीको घाउमा मलहमपट्टि लगाएको उनले बताए । साथै सेजका उद्योगले गरेका उत्पादनको निर्यातमा सहजीकरण गरिदिन माग गरे ।

    नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले निजी क्षेत्रको मनोबल उकास्न सरकारले कुनै कसर बाँकी नराखोस् भनेर अनुरोध गरे । ‘तपाईँले गरेका राम्रा कामले आगामी दिनमा निर्वाचित हुने सरकार पनि दबाब पुर्‍याओस्,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थल चलाउन के–के गर्नुपर्छ सबै गरिदिनुस् ।’ जनताले महशुष गर्नेगरि आर्थिक क्षेत्रको उन्नतिका लागि काम गरिदिन उनले आग्रह गरे । यसबाट मुलुक उन्नतिको मार्गमा लम्किने उनले बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रुपन्देही–परासी क्षेत्र आर्थिक हबका रूपमा विकास भए पनि भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) भारतीय रेल मार्गसित नजोडिएकाले आगामी दिनमा समस्या हुन सक्ने बताए । भारत सरकारसित उच्चस्तरीय वार्ता गरेर भए पनि आईसीपीसम्म रेल मार्ग पुर्‍याउन पहल गरिदिन अनुरोध गरे । कार्यक्रममा सहभागी रुपन्देहीका उद्योगी व्यवसायीले भोग्नु परेका समस्याबारे सुनाएका थिए । चोरी तस्करी नियन्त्रण र मूल्य समायोजनका लागि भन्सार दर घटाउनुपर्ने व्यवसायीको भनाई थियो ।

    व्यवसायी रबी रौनियारले अहिलेसम्म नक्कली बिलबिजक परीक्षण गर्ने संयन्त्र तयार नभएकाले धेरै जना समस्यामा परेको बताए । पर्यटन व्यवसायी सञ्जय बजिमयले बुद्ध जन्मस्थल लुम्बिनीका लागि प्रवेश बिन्दुका रूपमा रहेको बेलहिया नाकाको सुधार गर्न माग गरे । ‘ओभर ट्राफिक र लोडको समस्या छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा भुक्तानी माध्यम सहज तुल्याइदिनु पर्‍यो ।’

    नेपाल रेडिमिक्स व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भरतकुमार पोखरेलले बैंकिङ प्रणालीलाई सहज र व्यवसायी मैत्री बताउनका लागि अर्थमन्त्रीलाई आग्रह गरे । उनले कृषिक्षेत्रलाई उत्पादनमुखी र जग्गाको नयाँ वर्गीकरण गर्ने कार्यलाई वैज्ञानिक किसिमले गर्न आग्रह गरे । बैंकहरुले लिने सेवा शुल्क पूर्ण खारेज गर्नुपर्न भन्दै वार्षिक नवीकरण शुल्कलाई मिनाहा गर्नुपर्ने उनको माग छ ।

    महिला उद्यमी पुनमकुमारी अग्रवालले उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टले बैंक ग्यारेन्टी गरेर लगेको १५ करोड बराबरको कोइलाको भुक्तानी नगरेको गुनासो गरिन् । आफू महिला भएका कारण नेपालमा व्यापार व्यवसायी तथा उद्योग सञ्चालनमा कठिन भएको गुनासो उनको थियो । तिलोत्तममा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अर्थमन्त्रीले फुलअडिटको चेकजाँचलाई लिखित निर्देशन गर्नुपर्ने सुझाव दिए । सीमाक्षेत्रमा पछिल्लो समयमा अवैध तस्करी बढ्दो रहेको भन्दै यसलाई रोक्न नीतिगतरुपमा पहल गर्न कार्कीले आग्रह गरे । गार्मेन्ट उद्योगहरूमा अन्डर बिलिङको समस्या रहेको भन्दै त्यसलाई न्यूनीकरण र कानुनी दायरामा ल्याउन अनुरोध गरे ।

    युवा उद्यमी सिद्धार्थ अग्रवालले भारतबाट नेपालमा रासायनिक मल ल्याउँदा भन्सार शुल्क नलाग्ने तर नेपालमा नै मल निर्माण गर्नका लागि आफूले उद्योग स्थापना गरेको तर मल बनाउने कच्चा पदार्थ ल्याउँदा भन्सार शुल्क लाग्ने गरेको जनाए । उनले यस्तो व्यवस्था हटाउन आग्रह गरे ।

    भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार, व्यवसायी र ग्राहक मिलेर काम गर्ने हो भने चोरी तस्करी नियन्त्रण हुने जनाए । खुल्ला नाका भएका कारण चोरी तस्करीलाई नियन्त्रण गर्न सबै व्यवसायीलाई भन्सार भित्रबाट निकासी पैठारी गर्न आग्रह गरे ।

    राजस्व अनुसन्धान विभागमा महानिर्देशक तीर्थ चिलुवालले उद्योगी व्यापारीका कुनै समस्या भएमा आफूलाई खबर गर्न आग्रह गर्दै अहिले व्यवसायीमैत्री वातावरण सिर्जना भएको दाबी गरे । उनले अहिले नक्कली विलविजकको भयावह अवस्था रहेको जनाए ।

    बिहीबार बिहान बेलहिया नाकामा रहेको आईसीपीलगायत औद्योगिक क्षेत्रको निरीक्षण गरेका थिए ।

  • रसुवा नाका ५ महिनादेखि ठप्प : चीनतर्फ पुनर्निर्माण धमाधम, नेपालको तयारी शून्य

    रसुवा नाका ५ महिनादेखि ठप्प : चीनतर्फ पुनर्निर्माण धमाधम, नेपालको तयारी शून्य

    सिन्धुपाल्चोक । नेपाल-चीन जोड्ने मितेरी पुल गत असार २४ गते ल्हेन्दे खोलाले बगाएपछि रसुवा नाकाबाट हुने व्यापारिक कारोबार ठप्प छ ।

    चिनियाँ पक्षले धमाधम काम गरिरहँदा नेपालको तयारी शून्य छ । विगत ५ महिनाको अवधिमा रसुवास्थित टिमुरे सडकको अस्थायी ट्रयाक खोल्नुबाहेक नाका क्षेत्रमा नेपालले निर्माणको काम अगाडि बढाएको छैन ।

    बाढी आएको एक महिनापछि चिनियाँ पक्षले अस्थायी बेलीब्रिज निर्माण सुरु गरेको थियो । केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको पुल मध्यभागमा लच्किएपछि पुन: निर्माण सुरु गरिएको थियो ।

    सीडीओ पन्थी ।

    चिनियाँ पक्षले अस्थायी बेलीब्रीज निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । उनका अनुसार केही साताअघि सम्पन्न सीमा बैठकमा चिनियाँ पक्षले डिसेम्बर अन्तिमसम्ममा पुल निर्माण सम्पन्न हुने जानकारी दिएको छ ।

    टिमुरे सडकको अस्थायी ट्रयाकमा ठूला कन्टेनर आउन नसक्ने नाकाको स्थलगत निरीक्षणमा पुगेका नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरे बताउँछन् ।

    सुनसान केरुङ नाका

    वार्षिक अर्बौंको कारोबार हुने केरुङ नाका पाँच महिना यता सुनसान छ । पहिलो चौमासिकमा राजश्व सङ्‍कलन शून्य छ । डिसेम्बर पहिलो साताबाट मितेरी पुल सञ्चालनमा आउने सम्भावना भए पनि नेपालको तयारी नहुँदा पार्किङ गर्ने ठाउँसमेत छैन ।

    नेपाल इन्टरमोडल यातयात विकास समितिले पार्किङको जिम्मेवारी लिएको छ । तर इन्टरमोडलले काम नगरेको रसुवा भन्सारका प्रमुख तुलसीप्रसाद भट्टराई बताउँछन् ।

    ‘भन्सार विभाग र इन्टरमोडल यातयातलाई यहाँको अवस्थाको बारेमा जानकारी गराएका छौं तर केही पनि प्रतिक्रिया आएको छैन’, भन्सार प्रमुख भट्टराईले भने, ‘भन्सार सञ्चालन हुनका लागि पहिलो प्राथमिकता सडक हो, सडक नै क्षतविक्षत छ ।’

    भन्सार प्रमुख भट्टराईले थपे- ‘अस्थायी रुपमा सडक सञ्चालनमा आयो भने पनि भन्सार यार्ड नै छैन ।’

    नेपाल इन्टरमोडल यातयात विकास समितिले ६० वटा सवारी साधन पार्किङ गर्न मिल्ने यार्ड निर्माण गरेको दाबी गर्छ । ‘हामीले पहिलो चरणमा अस्थायी रुपमा गाडी राख्न सक्ने गरेर काम गरिसकेका छौं, अन्य काम बिस्तारै गर्दै जानेछौं ।’ विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन् ।

    गजुरेलले यार्ड निर्माण गरेको दाबी गरे पनि भन्सार विभाग भने गजुरेलको दाबी अस्वीकार गर्छ । बाढी पछिको यार्डको अवस्था उस्तै रहेको भन्सारको भनाइ छ ।


    रसुवा भन्सारको पहिलो चौमासिक शून्य राजस्व

    रसुवा भन्सारले अघिल्लो आर्थिक वर्षमा ३० अर्ब राजस्व सङ्‍कलन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ३० अर्ब २० करोडको लक्ष्य लिए पनि जेठ १५ सम्म ३० अर्ब १५ करोड राजस्व सङ्‍कलन भएको थियो । जुन लक्ष्यको ९९ दशमलव ८१ प्रतिशत हो ।

    बाढीले समस्या नगरेको भए रसुवाबाट १०३ प्रतिशत राजस्व उठाउने योजना रहेको भन्सार प्रमुख भट्टराई बताउँछन् । चालु आर्थिक वर्षका लागि ४० अर्ब १६ करोडको लक्ष्य दिइएको छ । पहिलो चौमासिकमा मात्रै १४ अर्बको लक्ष्य भए पनि नाका सञ्चालन नहुँदा राजस्वको अवस्था शून्य छ ।

    ६ अर्बको सडक निर्माण सम्झौता, एक वर्षदेखि फाइल अड्कियो

    चीन सरकारले गल्छी-त्रिशुली-मैलुङ-स्याप्रफुबेशी-रसुवागडी सडकअन्तर्गत तेस्रो खण्डको स्याफ्रुबेशी-रसुवागढी सडक निर्माण अगाडि बढाउन सकेको छैन । अर्थ मन्त्रालयले कर छुटको निर्णय नगर्दा एक वर्षअगाडि सम्झौता भए पनि सडक निर्माणको काम अघि बढ्न नसकेको सडक योजनाका प्रमुख कृष्णनाथ ओझा बताउँछन् ।

    झण्डै ६ अर्ब रुपैयाँको लागतमा चिनियाँ ठेकेदारमार्फत सडक निर्माणको सम्झौता भएको थियो ।

    ‘ठेकेदारहरु साइटमा आएर बसेको १ वर्ष भयो तर कर छुटको निर्णय नहुँदा काम अघि बढ्न सकेको छैन ।’ गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडक योजनाका प्रमुख ओझाले भने । सडक निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ उत्खनन् गर्दा नेपाल सरकारको तर्फबाट कर छुट दिने सम्झौता भएको छ तर नदीजन्य पदार्थ उत्खनन् गर्ने स्थल निकुञ्जभित्र रहेकाले त्यससम्बन्धी निर्णय अर्थ मन्त्रालयले गर्नुपर्ने हुन्छ ।

    ‘मन्त्रालयमा एउटा फाइल अड्केको छ, हाम्रो तर्फबाट धेरै पहल गरेका छौं तर अहिले सम्म केही प्रगति भएन ।’ रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले भने ।

    केरुङमा ६ सय कन्टेनर अलपत्र

    बाढीले मितेरी पुल बगाएपछि चिनियाँ सामग्री बोकेका करिब ६ सय कन्टेनर अहिले पनि चिनियाँ भूमिमा अलपत्र छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सागर घिमिरेका अनुसार सामान बोकेका कन्टेनर केरुङमा रोकिँदा व्यापारी समस्यामा छन् ।

    राज्यको तर्फबाट सहयोग नभएको उपाध्यक्ष घिमिरेको गुनासो छ । उनले भने, ‘हामी सरकारलाई राजश्व तिरेर खुला रुपमा व्यापार व्यावसाय गर्न चाहान्छौं तर राज्यले वातवरण नै बनाइदिएन ।’