Tag: विज्ञापन बोर्ड

  • विज्ञापन बोर्डका अध्यक्ष हुमागाई भन्छन्- क्लिनफिड केवल व्यवसायीको मात्र समस्या होइन (भिडिओ)

    विज्ञापन बोर्डका अध्यक्ष हुमागाई भन्छन्- क्लिनफिड केवल व्यवसायीको मात्र समस्या होइन (भिडिओ)

    काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले क्लिनफिड केवल व्यवसायीका लागि मात्रै नभइ जुनसुकै प्लेटफर्मका लागि भएको बताएका छन् ।

    काठमाडौंमा जारी देशभरका केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केवल व्यवसायीहरूको सहयोगमा क्लिनफिड लागू भएको बताए ।

    विद्युतको पोलमा बढाइएको भाडाप्रति केवल व्यवसायीको विरोधलाई उनले समर्थन गरे ।

    विभिन्न प्रकारका डिजिटल प्लेटफर्मका कारण पनि केवल टीभी व्यवसायीलाई चुनौती थपेको उनले बताए । आईपी टीभी, ओटीटी प्लेटफर्म, भिडियो अन डिमान्ड , नेटफिलिक्सलगायतका कारण व्यवसायीलाई चुनौती थपेको हुमागाईको भनाइ थियो ।

  • लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको सबै काम जिल्ला हुलाक कार्यालयबाट हुने

    लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको सबै काम जिल्ला हुलाक कार्यालयबाट हुने

    काठमाडौं । विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको अनुगमन तथा भुक्तानी सम्बन्धी सम्पूर्ण काम जिल्ला हुलाक कार्यालय मार्फत गर्ने निर्णय गरेको छ । विज्ञापन बोर्डको साउन १५ गते बसेको बैठकले यस्तो निर्णय गरेको बोर्डले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

    बोर्डले विद्युतीय तथा छापा माध्यममा प्रकाशन तथा प्रसारण हुने लोक कल्याणकारी विज्ञापन सम्वन्धी छुट्टा छुट्टै मापदण्ड समेत स्वीकृत गरेको वोर्डका प्रवक्ता समेत रहेका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरलेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनका अनुसार मापदण्ड कार्यान्वयनका सन्दर्भमा बोर्डले शुक्रबा जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुखसँग छलफल पनि गरेको छ ।

    छलफलमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले छापा तथा विद्युतिय सञ्चार माध्यमवाट प्रकाशन तथा प्रसारण हुने लोक कल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको अनुगमन जिल्ला हुलाक कार्यालयवाट हुने बताउदैँ उनले भुक्तानी समेत सम्वन्धित जिल्ला हुलाक कार्यालयवाटै हुने व्यवस्था मिलाईएको जानकारी गराए । विगतमा छापातर्फको सूचना तथा प्रसारण विभाग र प्रदेश मुकाममा रहेका जिल्ला हुलाक कार्यालय मार्फत हुने गरेकोमा यस वर्षदेखि सम्वन्धित जिल्ला हुलाक कार्यालय मार्फत गर्न लागिएको हुमागाईको भनाई छ ।

    चालू आर्थिक वर्षको साउन महिनामा प्रकाशन भएका पत्रपत्रिकाले भदौ ७ गते भित्र सम्वन्धित जिल्ला हुलाक कार्यालयमा पत्रपत्रिका, विल पेश गर्ने र जिल्ला अनुगमन तथा सिफारिस समितिको सिफारिसमा भुक्तानी गर्ने निर्णय भएको पनि अध्यक्ष हुमागाईले जानकारी गराए ।

    जिल्ला सिफारिस तथा अनुगमन समितिमा जिल्ला हुलाक कार्यालयका प्रमुख संयोजक, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय तथा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिले तोकेको प्रतिनिधि सदस्य रहने र सदस्य सचिवको काम जिल्ला हुलाक कार्यालय प्रमुखले तोकेको कर्मचारीले गर्ने व्यवस्था गरिएको छ ।

    लोक कल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रसारणको काममा बोर्डलाई सहयोग गर्न हुलाक हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठले आग्रह गरेकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम प्रवक्ता शोभाकान्त पौडेलले लोक कल्याणकारी विज्ञापन मन्त्रालयको प्राथमिकतामा परेको विषय भएको र त्यसको अनुगमन तथा भुक्तानी स्थानीय स्तरवाटै गर्ने व्यवस्था मिलाइएको बताए ।

  • वान एक्स वेटको नाममा अवैध विज्ञापन गरेको भेटिए कारवाही गरिने

    वान एक्स वेटको नाममा अवैध विज्ञापन गरेको भेटिए कारवाही गरिने

    काठमाडौं । सरकारले वान एक्स वेटको नाममा अवैध विज्ञापन गरेको भेटिए कारवाही गर्ने गर्ने भएको छ । विज्ञापन बोर्डले वान एक्स वेटको नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन दिई कारोवार भईरहेको जानकारी पाएपछि आइतबार एक विज्ञप्ती जारी गर्दै गरेको भेटिए कारवाही गर्ने चेतावनी दिएको हो ।

    यदि कसैले गरेकाे भए तत्काल त्यस्ता गतिविधि वन्द गर्न तथा त्यस्ता विज्ञापन तथा प्रमोशनल भिडियो डिजिटल प्लेटफर्मवाट हटाउन विज्ञापन बोर्डका प्रवक्ता दीपेश लेखकले विज्ञप्तीमार्फत आग्रह गरका हुन् । उनका अनुसार यदि आग्रह गरे अनुसार नगरिए कानून बमोजिम कारवाहि पनि वोर्डले चेतावनी दिएको छ ।

    याे पनि पढ्नुहाेस

    वान् एक्स बेटका नेपाली एजेन्टको खल्ती अकाउन्ट सस्पेन्ड, प्रहरीसँग सहायता लिने तयारीमा राष्ट्र बैंक

     

  • बिना भेदभाव विज्ञापन वितरण प्रणाली बनाउन मन्त्री गुरुङको निर्देशन

    बिना भेदभाव विज्ञापन वितरण प्रणाली बनाउन मन्त्री गुरुङको निर्देशन

    काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले मंगलबार पदभार ग्रहण गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पार्वत गुरुङले हुमागाईलाई चार वर्षका लागि बोर्ड अध्यक्ष नियुक्तिको पत्र दिएका हुन् ।

    मन्त्री गुरुङ विज्ञापन वितरण प्रणाली संवेदनशील विषय भएको र यसमा बिना भेदभाव कार्य सम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे ।

    अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताए । पदभार ग्रहण गर्दै अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए ।

    केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि हुमागाईले बताए ।

    यसअघि मन्त्रालयका सहसचिव डिल्लिराम अधिकारीले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । बोर्डको सदस्यमा बन्दना दनुवार, शुभशंकर कडेल, महेन्द्र शेरचन, बलराम थापाले यसअघि नै नियुक्ति पाइसकेका छन् ।

  • प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

    प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।
    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि अरबौंं बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् ।

    सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।

    ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’

    मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए ।

    सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो ।